-तारा सुनुवार
    आधा आकास ढाकेका महिलाहरुको वर्तमान अवस्था आज सम्म आइ पुग्दा धेरै परिवर्तनहरु भएको त छ तर जति हुनु पर्ने थियो त्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... -तारा सुनुवार
    आधा आकास ढाकेका महिलाहरुको वर्तमान अवस्था आज सम्म आइ पुग्दा धेरै परिवर्तनहरु भएको त छ तर जति हुनु पर्ने थियो त्"/>
2026-10-17 10:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान

-तारा सुनुवार
    आधा आकास ढाकेका महिलाहरुको वर्तमान अवस्था आज सम्म आइ पुग्दा धेरै परिवर्तनहरु भएको त छ तर जति हुनु पर्ने थियो त्यो हुन सकेको अवस्था छैन । महिलाहरुको आर्थिक ,सामाजिक,राजनैतिक र सामाजिक अवस्था पुरुषको तुलनामा पछि नै परेको अवस्था  छ ।  यति बेला लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । लैंगिक हिंसा संसार भरी नै छ र हाम्रो नेपालमा पनि अधिक मात्रामा    रहेको विभिन्न तथ्याकहरुबा प्रष्ट  छ ।  लैंगिक हिंसा  भन्नाले लिंगको आधारमा गरिने फरक व्यवाहार ,असामावेशी र महिलालाई गरेको निषेध तथा हिंसा हो जसले गर्दा महिलाहरुले आफ्नो मानव अधिकारको उपभोग गर्न पाउदैनन र राजनैतिक,आर्थिक, सामाजिक नागरिक तथा अन्य क्षेत्रमा स्वतन्त्र हनु सक्दैनन । फलस्वरुप संसार भरिनै महिलाहरु कुनै न कुनै किसिमको हिंसामा परेका हुन्छन ।
     हरेका वर्ष २५ नोभेम्मबर देखि १० डिसेम्बर सम्म १६ दिन सम्म मनाईन्छ । यस्को इतिहासलाई केलाउदा   डोमेनिकन गण राज्यको मिरावल परिवारमा जिन्मएका  ३ दिदीबहिनीहरु पेटिूया,मिर्नाभा र मारियो लाई राजनिति गरेको आरोपमा सोही राज्यका तानाशाही क्रुजिलो सरकारले सन १९६० नोभेम्बर २५ का दिन निमर्म हत्या गरेको थियो । सोही घट्नालाई विर्सनै नसकिने पुतलहिरुको उपनामले पनि चिनिने यी तिन दिदीबहिनीहरुको बलिदान,त्याग,र उच्च साहासको सम्झना गर्दै सर्व प्रथम ल्याटिन अमेरिकी देशहरुले २५ नोभेम्बरलाई महिला हिंसा विरुद्धको दिवसको रुपमा मनाउन थालेका हुन ।
    सन् १९९९मा संयूक्त राष्टूको साधारण सभाले अनतराष्टिूय महिला हिंसा विरुद्धको दिवस मनाउने निर्णय गरेको हो र नोभेभ्बर २५ देखि डिसेम्बर १०  सम्म यो दिवस संसार भर भनाइन्छ । यो अभियान संसार भरि मनाइदै आएको छ र हामी पनि मनाइरहेका छौ ।
    लैंगिक हिंसालाई नियालेर हेर्दा देखिने तथ्यांकहरु पनि छन १५(४९ बर्षका बिवाहित महिला मध्ये २२ प्रतिशतले शाररिक हिँसा बेहोरेको अवस्था छ । पिटिने श्रीमतीहरुको संख्या अत्याधिक छ । हिंसा उमेरमा अन्तर छ,जात बिषेशमा फरक छ ,सम्पन्नता बिषेषमा फरक छ ,भौगोलिक बिषेशमा  फरक  छ । ब्राम्हण क्षेत्री परिवारमा यो संख्या अत्यधिक छ करिब २० % ,मुस्लिम महिलाहरुमा यो सख्या ५५% छ । ,जुन महिला जसले पैशा आउने काममा संलग्न छन उनीहरु पनि यौनजन्य हिँसा बाट पभावित छन । यो संख्या आधिकारिक रुपमा नेपालमा २८ प्रतिशत मा छ ।
    अविवाहित महिलामा यो संख्या  ६ प्रतिशतमा छ । ग्रमिण महिला हरु २२ प्रतिशत यौन जन्य हिँसा बाट प्रभावित छन भने शहरी क्ष्ोत्रमा बसोबास गर्ने महिला हरु १९ प्रतिशत महिलाहरु यौनजन्य हिँसा बाट प्रताडित पाईन्छ । सम्रग्रमा हेर्दा ८४ प्रतिशत विाहति महिला हरु कुनै न कुनै प्रकारको हिँसाको सिकार भएको   पाईन्छ ।
    अविवाहित महिला हरु जसले १५ वर्ष मुनि नै पनि हिँसा बेहोर्नु परेको अवस्था छ यस प्रकारको हिँसा बेहार्ने बालिका हरुको संख्या करिब ३८ प्रतिशतमा छ । बालिका हरु बाबु वा आफन्त स्विकार गरिएको बाट हिँसामा परेका बालिका हरु ३६% छ ।  आमा वा स्विकार गरिएकी आमा बाट हिँसामा पर्ने बालिकाहरु ३०% रहेको अवस्था छ । आफू गर्भवती भएको अवस्थका समग्र महिलाहरुले शारिरिक हिँसा बेहोरेको प्रतिशत ६ % रहेको अवस्था छ     ।        मनोसामाजिक हिँसा नेपालमा रजिस्टर्ड भएका केशहरुको आधारमा बिवाहति महिलाहरु मध्ये १६ प्रतिशतले मनासामिााजिक हिँसा बेहोरेको अवस्था छ । यौनजन्य हिँसा १५ वर्ष मुनिका वाल बालिका मध्ये १५% ले कुनै पनि प्रकारको यौनजन्य हिँसा बेहोरेको अवस्था छ ।कार्यस्थालमा यौनजन्य र्दुब्यवहार ब्यहोर्ने महिलाहरुको संख्या ४३ प्रतिशत रहेको छ । बिषेश गरि आफुले कमाउने आर्थिक आय आर्जन गर्ने महिलामा यो प्रतिशत १८% छ ।आर्थिक उपार्जन नगर्ने वा नकमाउने महिलाहरु मध्ये २२% रहेको सर्वेक्षणले देखाएको छ । हालसालै बिवाह भएका महिलाहरुमा यौनजन्य हिँसा     बेहोरेको महिलाहरुको प्रतिशत १५%      छ ।
    अबिवाहित महिला हरुमध्ये यौनजन्य हिँसा बेहोर्ने महिलाहरुको संख्या २ प्रतिशत छ । यौनजन्य हिँसा भोग्ने ग्रामिण महिलाहरु १३ प्रतिशत छ ।यौनजन्य हिँसा भोग्ने शहरी क्षेत्रमा बसोबास गर्ने महिलाहरु ११ प्रतिशत रहेको अवस्था छ । बिवाहित महिलाहरु आफ्नो श्रमिान बाट नै यौनजन्य हिँसा को शिकार भएको अवस्था छ यसरी पिडामा रहने महिलाको संख्या ८७ % रहेको छ । ३% महिलाहरु आफ्नो साथी संगी बाट र २% आफ्नो नातेदार बाट यौनजन्य हिँसा बेहोर्न बाध्य भएको अवस्था छ । युनिसेफको सर्वेषणले वार्षिक ७०,००० महिलाले असुरक्षित गर्भपतन गर्न बाध्य छन् । यो गर्भपतन कुनै पनि हिसाबले छोराको चाहनाले गरिने संख्या धेरै छ । कुपोषण वा अन्य कुनै पनि कारणले बालकहरुको तुनामा बालिकाहरुको मृत्यु दोब्बर छ ।
    बालक हरुको माध्यमकि तह पार गर्नेै प्रतिशत ५५.८ छ भने बालिका हरुको ४४.१ प्रतिशत मात्र छ । सामाजिक र आर्थिक हिँसा युनिसेफको सर्वेषणले वार्षिक ७०,००० महिलाले असुरक्षित गर्भपतन गर्न बाध्य छन् । यो गर्भपतन कुनै पनि हिसाबले छोराको चाहनाले गरिने संख्या धेरै छ । बोक्सी र छाउपडी प्रथाका कारण धैरैले ज्यान गुमाई रहेको अवस्था छ । ९३ प्रतिशत महिलाहरुको नाममा कुनै जमिन छैन र ९०% महिलाहरुको नाममा घर छैन । यो प्रतिशत १५(४९ वर्षका महिलाहरुको हो । महिला तथा बालबालिका कार्यालय पर्वतमा आएका लैंगिक हिंसा सम्बन्धि आएका मुदाहरुलाई केलाउदा पनि बहुविवाह ३३ % , कुट पिट तथा खान लगाउन नदिएको २० %,अंशवण्डा तथा सम्बन्ध बिच्छेद १७.%, अन्य ३० %रहेको छ । नेपालमा समग्र हिंसा ८४ %रहेको छ । यो भनेको सभ्य समाजको कलंक हो । हिंसा रहित समाज निर्माण गर्नको लागि हामी सबैले आफ्नो व्यवाहारमा परिवर्तन गर्नु आवश्यक छ । आफै सचेत नभए लैंीगक हिंसा न त कम नै हुन्छ न कम गर्न नै सकिन्छ । अस्तु ।
लेखम महिला तथा बालबालिका कार्यालय पर्वतकी निमित्त प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु