प्यारी छोरीमा शुभाशिर्वाद,

आज तिमीलाई सम्झेर एउटा पत्र लेख्न मन लाग्यो । यो आमाको मन पनि कस्तो हुँदो रहेछ कुन्नी आफ्ना सन्तान सधैँ साना नै देखिने । तिम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्यारी छोरीमा शुभाशिर्वाद,

आज तिमीलाई सम्झेर एउटा पत्र लेख्न मन लाग्यो । यो आमाको मन पनि कस्तो हुँदो रहेछ कुन्नी आफ्ना सन्तान सधैँ साना नै देखिने । तिम"/>

2026-09-26 07:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीलाई चिठी !

प्यारी छोरीमा शुभाशिर्वाद,

आज तिमीलाई सम्झेर एउटा पत्र लेख्न मन लाग्यो । यो आमाको मन पनि कस्तो हुँदो रहेछ कुन्नी आफ्ना सन्तान सधैँ साना नै देखिने । तिमी पनि जवानी भइछौ भन्ने कुरा तिम्रा साथीहरु विवाह बन्धनमा बाँधिन थाले पछि निद्राबाट एक्कासी ब्युँझे झै पो झसँग हुँदै थाहा पाएँ । कतै तिमीमा पनि साथीहरुको बैबाहकि जीवन देखेर रहर त लागेको छैन भन्ने आसङ्का लाग्न थालेको छ अचेल मलाई । 

 हाम्रो संस्कारमा परापूर्वकालदेखि नै छोरी विवाह  गरेर केटाको घरमा जाने चलन रहेको छ । मानव सभ्यताको सुरुदेखि नै यो चलन चलेको हो । परापूर्वकालदेखि आजसम्म सृष्टि पनि यसरी नै चल्दै आएको छ । ब्रह्मचमर्याश्रमको समाप्तिपछि गृहस्थानमा प्रवेश गर्ने द्वारको रुपमा पनि विवहलाई लिइन्छ । धर्मशास्त्रले पनि समान्यतया धर्म प्राप्ति र पुत्र प्राप्तिलाई विवाहको उद्देश्य बनाइएको छ । यस्तो संस्कार न तोड्न सकिन्छ न त तोड्नु पर्छ भन्ने नै मान्यता हो ? विवाह रहरमा गरियो भने जिम्मेबारी र कर्तव्यविमुख भइन्छ कि भन्ने धारण मात्र हो मेरो ।

साथीहरुको विवाह र उनीहरुको रमझमले तिम्रो मन पनि कतै विवाहको रहरतिर लाग्छ कि भन्ने डर लाग्छ । हुन त छोरीको उमेरसँगै चाहना र भावनाहरु पनि बढ्दै जान्छन् । मैले यहाँ भन्न खोजेका कुराले सन्तानको चाहना र भावना बुझ्न नसक्ने कस्ती आमा भन्ने प्रश्न पनि उठ्न सक्ला । तर मैले तिम्रा रहर र चाहना बुझ्न नचाहेको पनि होइन । दाजुभाइ सरह अंश र अधिकार खोज्ने छोरीले कर्तव्यतिर पनि ध्यान दिनु पर्छ भन्न खोजेकी मात्र हुँ । छोरा र छोरी समान हुन् भनेर ठूला र चर्का नारा लगाउनेहरु पनि वंश प्राप्तिको लागि गर्भमा भएको छोरीलाई धर्तीमा टेक्न नदिनेहरु हाम्रै समाजमा छन् तर म सधैँ छोरीको अधिकारको लागि समाजबाट छोरा नहुँदा लागाउने लान्छना,  भोलिको स्वर्ग जाने बाटो  र वंश धान्ने धारणालाई लत्याउँदै छोरी र छोरा समान छन्, छोरा भन्दा कम छैनन् छोरी पनि भन्ने कुरालाई प्रमाणित गर्न पट्टी लागेँ । 

साथीको ऐना जत्रो मोवाइल, हातभरीका औँठी, गलाभरीका गहना देखेर तिम्रो मन पनि कतै परवर्तन पो हुने हो की ? विवाहमा नै सुख र खुसी रहेछ भन्ने पो सोचाइ पो रहन्छ की ? यस रहरसँग कतै पढाइलाई नै छोडेर रमाइलोतिर लाग्ने त होइन भन्ने डर लाग्छ ।  यसरी हेर्दा छोरी हुन सजिलो छ । अहिलेको छोरीले विवाह भएपछि घरको कर्तव्य पूरा गर्न परेको छैन । श्रीमतीलाई दुःख हुन्छ भनेर सहरमा कोठा खोजेर राख्ने र जे भन्यो त्यही पुर्याएका पनि छन् । आमा बुबासित भन्दा विवाह गरेपछि आफूलाई धेरै सुख हुने ठानेर पनि विवाहमा रमाएका छन् । 

तर छोरी तिमीले एउटा छोराले पूरा गर्नु पर्ने कर्तव्य पूरा गर्नु छ । यसो भनिरहदा तिमीले विवाह नै नगर भन्न खाजेकी होइन मैले । कर्तव्यपरायण मान्छेलाई रमाइलोमा रम्ने फुर्सत हुँदैन । तिमी सक्षम भएर दुबैतिरको कर्तव्य पूरा गर्ने हुनु पर्दछ । छोरीहरु पढेर डाक्टर, इन्जिनियर, वकिल, शिक्षक भएका छन् । परिआउँदा गर्नुपर्ने काम  पनि गरेका छन् तर कर्तव्य बोध भएर गरेको पाइदैन । कर्तव्य बोध भएर जिम्मेबारी समाल्ने हुनको लागि पहिला आफू सक्षम हुन सक्नु पर्दछ । सक्षम हुनको लागि धेरै रहरहरुलाई तिलाञ्जली दिनुपर्छ र खुसीलाई बन्दगी राख्नु पर्छ ।

हुन त तिमीलाई पनि रहर होला, सिउँदोभरी पराइको हातको सिन्धुर सजाएर, गलाभरी सुनको मालाले पहेँलै भएर घुम्टो भित्र सिगारिएको अनुहारलाई क्यामेरामा कैद गर्दै नयाँ जीवनको रमाइला क्याप्सन सहितका फोटो समाजिक सञ्जालमा अपलोड गरेर बधाइ र सुन्दर तस्वीर भन्दै लेखिएका सस्ता शब्द पढ्न र साथीहरुमा रमाइलो जीवन देखाउन । दायित्व र जिम्मेवारी नसम्झनेलाई त्यो जीवन पनि रमाइलो छ तर दायित्व र जिम्मेवारी सम्झने छोरीलाई जति ती शब्द सस्ता छन् त्यति नै कठिन छ जीवन चलाउन र जिम्मेवारी पूरा गर्न । 

पढेर धनी केटासित विवाह गरेर सन्तान जन्माउने र हुर्काउने बस्ने पनि छन् । त्यो आमा बन्नु पर्ने बाध्यता त छदैछ एउटा छोराले गर्नु पर्ने जिम्मेवारी र कर्तव्य पनि पूरा गर्नु पर्ने हुँदा दोहोरो दायित्वको मारमा तिमी छ्यौ । छोरी विवाह गरेर गएपछि जन्मघरको दुई दिनको पाहुना र अर्काको घरको नासो ठान्ने चलनले जन्म घरको कुनै कर्तव्य तोकिएको छैन । अहिले बाबुको सम्पत्तिमा छोरा समान अधिकार हुनुपर्छ भन्ने कुरा पनि आएको छ तर बुबा पाल्नु पर्ने कर्तव्य कतै  छैन । कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन् । 

कर्तव्यलाई भुलेर अधिकारका मात्र कुरा गर्ने हो भने भोलि वंश धान्न र स्वर्गको बाटो मात्र रोज्न होइन कर्तव्यविहिन छोरीलाई बोझ ठानी यो भूमि छोराले मात्र भरिनेछन् । त्यसैले छोरी तिमीले बुबाको भूकम्पले चर्केको घर बनाउनु छ । मुसाले प्वाल पारेको ठाउँमा टाल्नु छ । पहिरोले लगेको जमिनमा विरुवा लगाउनु छ । साँधसीमानामा पर्खाल ठड्याउनु छ । बुबाको बुढेसकालको सहाराको लठ्ठी बन्नु छ । आमाको सुसार गर्नुछ । समाजको हरेक काममा लाग्नु छ । श्रीमानको घरको इज्जत प्रतिष्ठा बचाउनु छ । असल गृहिणी बन्नु छ । यो सबै बन्न अरुका तीतामीठा सबै शब्द पचाउने बन्नु पर्छ । त्यो बन्नको लागि तिमी व्यवहारिक बन्नु पर्छ । 

छोरी तिमी एक घरकी छोरी र अर्को घरकी बुहारी मात्र होइनौ यो देशको सचेत र जिम्मेवार नागरिक पनि हौ । आज देश भोक, रोग र गरीबीले पिल्सीएको छ । नेपाली युवा विदेशको भूमिमा दिनरात, घामपनी नभनी कमाएको पठाएको रेमिटेन्सले देश चलेको छ । यसरी यो देशलाई कतिसम्म चाउन सकिन्छ र ? तिमीले यहाँबाट प्राप्त गरेको ज्ञान, बुद्धि , विवेकलाई यही धर्तीमा सिन्चित गरी देशमा कायापलट गर्नु छ । विदेशबाट आएको रेमिटेन्स ठूलो धनराशी महिलाकै गहना र कपडामा विदेश नै गएको छ । विवाहमा गरिने भडेकिलो चलनले र महिलालाई देखाउनु पर्ने संस्कारका कारण देश झन जर्जर हुँदै जानेछ  । तिमीहरु जस्ता छोरीले देश टाट पल्टाउने विचार त्यागी परिश्रम, धन र मन देश संबृद्ध बनाउन  लागाउने छौ भन्ने आशा राखेकी छु । 

– बिजया पन्त 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह