2026-09-04 09:56 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

समाज विकासका लागि युवामा लगानी

होम बहादुर साउद | 

समाज परिवर्तनका प्रमुख हिस्सेदार युवाहरु हुन् । वर्तमान परिवेशमा हाम्रो समाज पुरातनवादी सोच र परिवर्तनकारी सोचको मध्यबिन्दुमा अडिएको छ । सामाजिक मुल्य मान्यतालाई लिएर समाज दुई कित्तामा बिभाजित भईराखेका बेलामा समाज विकास र सुधारका लागि युवाहरुको भूमिका महत्वपूर्ण देखिन्छ । जो परिवर्तनको पक्षमा छन र समाजको विकासका लागि चिन्तित छन उनिहरुलाई केन्द्रित गरेर अगाडि बढ्नु प्रमुख कुराहो । 

युवा शक्ति, जो सहि बाटो हिडेमा विकासको ढोका खुल्न सक्छ र समाजमा नमूना बन्न सक्छन । नमूना समाज र उद्यमशिल युवा बनाई देशको भविष्य वारे कल्पना गर्ने हो भने वर्तमान अवस्थामा रहेको युवा जमातलाई केन्द्रित गर्न जरुरी छ । समाजमा बिभिन्न सामाजिक अभियानहरु संचालन गर्न युवा परिचालन, कुरिती कुसंस्कार बिरुद्ध युवा परिचालन, सामाजिक सेवाका कार्यमा युवामा सकरात्मक सोचको विकास र विकास निर्माणका कार्यमा युवाको भूमिकालाई प्रभावकारी बनाँउनका लागि एवम दुई कित्तामा बिभाजित समाजलाई विकास र परिवर्तनको मुलधारमा डोर्याँउनका लागि युवामा लगानी प्रमुख कुरा हो । युवामा सकारात्मक सोचका साथ समाज विकास र परिवर्तनको एजेण्डालाई स्थापित गर्न पनि युवाको पक्षमा लगानी हुन आवस्यक छ । 

जसले समाजलाई धानेका छन, जसले रेमिटान्स पठाएर देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिएका छन, जसकै कारणले विकासका आयोजनाहरु सफल र सार्थक हुन सक्छन तिनै युवाहरुमा सकारात्मक सोचाई राख्न, क्षमता विकास गर्न, नेतृत्व विकास गर्न, ब्याक्तित्व विकास गर्न आदि कुरामा किन लगानी नगर्ने ? यीनै कुराहरुलाई मध्यनजर गर्दै राज्य, बिभिन्न सहयोगी निकाय र अन्य सरोकारवालाहरुले युवामा प्रभावकारी लगानीको बातावरण बनाँउनमा जोड दिनुपर्दछ । युवामा लगानी भयो र उनिहरु सकारात्मक सोचाईका साथ समाज विकासमा तल्लिन भए भने मात्रै हाम्रो कल्पनाको सुन्दर बन्न सक्छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय र स्थानिय स्थरमा सामाजिक विकासमा क्रियाशिल एनजिओ÷आईएनजिओ र अन्य निकायको लक्ष पनि युवामा लगानी भएमा मात्रै पुरा हुन सक्छ । हाम्रा हरेक कार्यक्रमका नीतिहरुले बोलेको कुरा जस्तो जनताको आर्थिक स्तर माथि उठ्ने कुरा, कुरीति कुसंस्कार अन्त्य भई सुन्दर समाज निर्माण हुने कुरा, उत्पादन बृद्धि देखी लिएर सबै क्षेत्रमा सबैको समान पहुंच पुग्ने कुरा र समाज विकास भई समृद्ध देश निर्माको कुरा पनि युवा वर्गमा लगानी भएमात्रै सम्भव छ । 

यहाँ लगानीको कुरा गर्दै गर्दा सवाल आँउन सक्छ हरेक निकायले गाँउ बस्तिमै लगानी केन्द्रित गरेको छ नी, त्यहाँ पनि याुवाहरु सहभागि छन नी । तर प्रष्ट हुनैपर्छ त्यो लगानीले युवाहरुलाई सम्वोधन गरेको छैन । युवाहरुमाझ हाम्रो समाज विकासका लागि केही भईरहेको छ भनेर सकारात्मक सोच आँउन सकेको अवस्था छैन । बिभिन्न कित्तामा बिभाजित समाजले युवामा पनि बिरोधी र नैरास्यताको मानसिकतालाई मजबुत रुपमा स्थापित गराईदिएको छ । त्यो अवस्थालाई चिर्नु युवामा लगानीको उद्देश्य हुनुपर्ने अवस्था छ । देश विकासका लागि दक्षिण कोरिया, सिंगापुर र मलेसियाको उदाहरण होईन एक ठाँउमा भएको राम्रो कुरा, विकास र सकारात्मक पक्षलाई अर्को ठाँउमा फैलाउँने, एक युवाले गरेको राम्रो काम, उद्यमशिलता आदिको प्रभाववारे अर्को युवालाई सुसूचित पार्ने आदि सामान्य सामान्य कुराहरुमा पनि हाम्रा कार्यक्रम र योजनाहरु केन्द्रित हुन जरुरी छ ।  

देशको कुल जनसंख्याको ४० प्रतिशतभन्दा बढी युवाहरु भएको अवस्थामा विकासको सवालले प्राथमिकता पाँउनु आवस्यक कुरा हो । यस कुरालाई मध्यनजर गर्दै राज्यले पनि बिभिन्न नीति नियमहरु, युवा केन्द्रित संरचनाहरु (राष्ट्रिय युवा परिषद जस्ता), युवा लक्षीत कार्यक्रमहरु र युवाको सवाललाई जोडदार रुपमा उठान गर्नका लागि बिभिन्न निकायलाई परिचालन गर्नु आफैमा सराहनिय कार्य हो । तर यसको कार्यान्वयन प्रक्रियाले बास्तवमै युावालाई समेट्न सकेको छैन । यहाँको राजनीतिक संस्कार, नीति, नियम र कार्यक्रमहरुको कार्यान्वयन प्रक्रियाले गर्दा युवाहरुलाई निरास बनाएको अवस्था छ । बास्तविक लक्षीत समुदाय राज्यका सेवा सुवीधा पाँउनवाट बञ्चित रहेको अवस्था छ । समाजका टाठा बाठाहरुकै हालिमुहाली र हाम्रो राजनीतिक संस्कार (जसले युवाहरुलाई पनि बिभिन्न कित्तामा बिभक्त पारेको छ) ले गर्दा युवाहरुमा नैरास्यता बढ्दो अवस्थामा छ । 

१६ वर्ष देखी ४० वर्ष उमेर समूहको युवा शक्ति, जो संग श्रम गर्नसक्ने अदभुत क्षमता छ, जसले अवसर र सही मार्गदर्शक पाँउने हो भने समाज विकास र आर्थिक उन्नतीको पाटो मजबुत बन्न सक्छ, त्यसभित्र पनि जसले केही गर्ने आँट गरेका छन र समाज विकासका लागि केही गर्छु भन्ने सोच राखिरहेको छन त्यस्ता युवाहरुलाई प्राथमिकतामा राखेर लगानी बढाँउनु आजको प्रमुख आवस्यकता हो । 

यहाँ युवामा लगानी र युवाका आवस्यकताको कुरा गरिरहंदा स्थानिय स्थरमा भएका गतिविधी र युवा लक्षीत तथा आम जनमानसमा सकारात्मक प्रभाव पारेका महत्वपूर्ण गतिविधीहरुलाई बिर्सन मिल्दैन । अछाम जिल्लामा मात्रै पनि युवाहरुलाई जागरुप पार्नका लागि बिभिन्न गतिविधी भएका छन । अहिले केही पनि युवा केन्द्रित काम कार्य भैरहेका छन । जसको सकारात्मक प्रभावले गर्दा युवाहरुमा जागरण आएको छ । जस्तो,

पछिल्ला तिन चार वर्ष यता अछाम जिल्लाका युवाहरु संगठीत रुपमा युवाका सामुहिक सवालका विषयमा वकालत गर्नतर्फ अग्रसर हुने गरेका छन । जिल्लामा जिल्ला युवा संजाल अछाम नामक युवाहरुको साझा संगठन स्थापना भई युवाको ब्याक्तित्व, नेतृत्व र क्षमता विकासका क्रियाकलापहरु स्वंसेवी रुपमै भएपनि निरन्तर गरिरहेको छ भने यसको प्रभाव गाँउ गाँउसम्म पर्न गई सबैतिर युवाहरु निकै क्रियाशिल छन ।

जिल्लाका १३ वटै ईलाकामा ईलाका स्तरका युवा संजाल गठन भई क्रियाशिल रहेका छन भने केही नगरपालिका तथा गाविसहरुमा पनि संजाल गठन भई सक्रिय रुपमा काम गरिरहेका छन । यस्तै हरेक टोल टोलमा गठित युवा क्लवहरुमा पनि युवाहरु संगठित भएर गाँउमा रचनात्मक र सकारात्मक काममा सक्रिय भएको कुरालाई जो कोहीले पनि सहर्ष स्वईकार्छ । 

यसरि युवाहरुलाई संगठित गर्नका लागि अछामको हकमा जिल्ला तथा ईलाका स्तरमा जिल्ला विकास समिती अछाम र दातृ निकाय संयुक्त राष्टसंघिय जनसंख्या विकास कोष (ग्ल्ँएब्) अछामले खेलेको भूमिका निकै महत्वपूर्ण छ । युवाहरुका साझा समस्या र सवालहरुलाई संगठित रुपमा उठान गर्नका लागि र समाज विकासमा केन्द्रित गर्नका लागि थप कार्यक्रमहरुको पनि आवस्यकता छ ।   

युवाहरु रोजगारिको सिलशिलामा भारत र खाडितिर भौतारिरहेका बेलामा केही युवाहरु ब्यावसायिकता तर्फ उन्मुख भएका छन । युवाहरुमा सिर्जनशिल र उर्जावान समयमा स्वदेशमै केही गर्नुपर्छ भन्ने सोच पलाएको छ । युवाहरु ब्यावसायिक कृषि खेती तथा बेमौसमी तरकारी खेती तर्फ लागेका छन भने ब्यावसायिक बाख्रापालन, कुखुरापालन लगायत अन्य लघुउद्यमका कार्यमा पनि युवाहरुको संलनता बढ्दो क्रममा रहेको पाँउन सकिन्छ । तर आवस्यक ज्ञान, सीप र दक्षताको अभावका कारण युवाहरुले अपेक्षीत उपलब्धि हाँसिल गर्न नसकेको तितो यथार्तता पनि हाम्रै सामु छ । यस अर्थमा  पनि उद्यमशिलता तर्फ आर्कषित युवाहरुलाई आवस्यक ज्ञान र सीप प्रदान गर्नका लागि आवस्यक कार्यक्रमहरु ल्याँउन जरुरी रहेको छ । 

जिल्लामा रहेका युवाहरु पछिल्ला वर्षहरुमा सूचनाप्रविधीमा पनि मजवुत पहुंच राख्न सक्ने भएका छन । जिल्ला युवा संजालमा आवद्ध अधिकाँश पदाधिकारीहरु राष्टिय तथा स्थानिय सञ्चार माध्ययममा आफ्नो प्रभावकारी उपस्थिती जनाईरहेको कुराले पनि युवाहरु सूचना प्रविधीको पहुंचमा छन भन्ने कुरा पुष्टि हुन्छ । सूचना प्रविधीको सहि प्रयोगले युवाहरुलाई नयाँ र रचनात्मक तथा फरक ढंगले काम गर्न उत्प्रेरणा प्रदान भईरहेको छ । तर बढ्दो सामाजिक संजालको प्रयोगका कारण केही नकारात्मक कुराले पनि प्रसय पाईरहेको अवस्था छ । यसलाई निरुत्साहित पार्नक लागि १५ देखी २५ वर्षमूनिका युवाहरुलाई आवस्यक परामर्श र सचेतीकरणको आवस्यक रहेको छ । सम्वन्धित निकायहरुले यसतर्फ पनि चासो देखाएको खण्डमा युवाहरुमा सकारात्मक विकासले प्राथमिकता पाँउने अवस्था रहन्छ । 

स्थानिय स्थरमा युवाहरुमा जागरण आएको छ । स्थानिय स्थरमा रहेका युवाहरु नीतिनिर्माण तथा निर्णय प्रक्रियामा बिगत वर्षहरुमा युवाकै रुपमा प्रतिनिधित्व गर्ने अवस्था शुन्यप्राय थियो भने २ वर्ष यता हरेक क्षेत्रमा युवाको प्रतिनिधी अनिवार्य सहभागि हुने गरेको अवस्था छ । गाँउ परिषदका लागि योजना तर्जुमा गाष्ठि होउन या त जिल्ला परिषदका बिषयगत बैठकहरु होउन युवाहरुको उल्लेख्य सहभागिता रहेको कुरा जिविस तथा गाविसहरुका बैठक एवम भेलाका माईन्यूटे पुष्टि गर्छ । पर्याप्त रोजगारी र अन्य अवसरहरु नहुंदा बिदेशीनुपर्ने बाध्यता भएपनि स्वदेशमा रहेका युवाहरु हरेक कार्यक्रममा आफुहरुको सहभागिताको लागि निरन्तर खवरदारि गरिरहेका हुन्छन । यसरी युवा सहभागिता बृद्धि हुनुमा जिल्ला युवा संजालको सक्रियता तथा प्रभावकारीता र युवाको क्षेत्रमा थोरै भएपनि लगानी गरिरहेको जिविस, ग्ल्ँएब् को भूमिका पनि महत्वपूर्ण छ ।

जिल्लामा संचालन हुने हरेक सामाजिक आन्दोलनहरुमा युवाहरुको भूमिका महत्वपूर्ण छ । युवाको प्रभावकारी खटनले नै सामाजिक अभियानहरुले सफलता पाँउछन । युवा स्वस्फुर्त रुपमा स्वंसेवी भावले सामाजिक अभियानमा (जस्तो, छाउपडि कुप्रथा अन्त्य, जातिय बिभेद निर्मूलिकरण, एच आई भि एड्स रोकथाम) सहभागि भईरहेको अवस्था छ । अहिले पनि जिल्ला तथा ईलाका स्तरमा र बिभिन्न गाविस स्तरमा यस्ता क्रियाकलापहरु भईरहेका छन । 

यस्तै युवाहरु बिभिन्न रचनात्मक क्रियाकलापमा पनि उत्तिकै संलग्न छन । देउसीभैलो खेलेर संकलन गरेको रकमले अनाथ, टुहुुरा बालवालिकालाई शैक्षीक सहयोग गर्नतर्फ पनि युवा क्लव तथा संजालहरु सक्रिय छन भने सावर्जनिक स्थल –मन्दिर, धारो, पाटीपौवा) सरसफाई गर्ने कार्यदेखी बिभिन्न खेलकुद प्रतियोगीताहरुको आयोजना लगायतका सामाजमा सकारात्मक कार्यवाट युवा साथिहरु सबैका प्रिय पात्र बन्न सफल भएका छन । यस्तै बिभिन्न ठाँउमा बिभिन्न निकायसंगको समन्वयमा सूचना केन्द्र स्थापना गरि यूवाहरुलाई बिभिनन जाँनकारी गराँउन तथा सूचनाप्रविधीको पहुंचमा पुगाँउनका लागि युवाहरु सक्रिय छन । बिभिन्न निकायको सहयोगमा जिल्ला युवा संजालको समन्वय तथा प्रभाववाट भएगरेका केही प्रतिनिधीमुलक कार्यहरुको छोटो जाँनकारी गराईएको हो । पछिल्लो समय युवाहरुमा आएको जागरण र भएगरेका सकारात्मक र रचनात्मक क्रियाकलापहरुको दस्तावेजीकरण गर्ने हो भने एउटा संग्रह बन्न सक्दछ । 

अन्तमा फेरीपनि भन्न चाहन्छु, युवाहरुमा केही गर्ने आँट पलाएको बेला, युवाहरुको हिम्मत बढेको अनुकुल समय, सबै युवाहरु संगठित रुपमा युवाका साझा सरोकारका विषयमा चिन्तितभईरहेको सुनौलो समयलाई सदुपयोग गर्दै राज्यका जिम्मेवार निकाय, स्थानिय, राष्टिय तथा अन्र्तराष्टिय गैर सरकारी संस्थाहरुको लगानी युवामा केन्द्रित हुन अति आवस्यक छ । युवाहरुलाई संगठित गर्न, बिभिन्न ज्ञान सीप सिकेर उद्यमशिल बन्न तथा सूचना प्रविधीको पहुंचमा पुगाँउन सहयोग गर्ने निकायले समाज सुन्दर समाज र समृद्ध देश बनाँउनका लागि युवालाई माध्ययम बनाएर योजना अगाडि सार्ने बेला भएको छ । युवाहरुले विकास र परिवर्तनको माध्ययम बन्नका लागि तयारी अवस्थामा रहि त्यो दिन पर्खीरहेका छन ।  

लेखक जिल्ला युवा संजाल, अछामका अध्यक्ष हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ