Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
पर्बत - PBT

निजामति सेवामा महिलाहरुको आकर्षण र अवस्था

k By kit 13 मिनेट पढाइ

पढ्न करिब 6 मिनेट लाग्छ
प्रकाशित:

तारादेवी सुनुवार

निमित महिला विकास अधिकृत

महिला तथा बालबालिका कार्यालय  पर्वत

नेपालको जनसंख्या आजको मितिमा २ करोड ९३ लाख ४ हजार मध्ये महिलाको १ करोड ४९ लाख ४ हजार ५सय ४० जना छ ।   यसैको अनुपातमा महिलाको संख्या पुरुषको तुलनामा बढि छ  । जनसख्यामा बढि भए पनि महिलाहरुको अवस्था हरेक क्षेत्रमा पछि रहेको त सबैलाई जानकारी नै भएको विषय हो । पछिल्लो समयमा शिक्षा ,सचेतना र जनचेतना कै कारण महिलाहरुको रोजगारी तर्फ आर्कषण बढदो छ यस्मा पनि  निजामति सेवामा क्रमश बढिरहेको छ  । सोही अनुरुप रोजगारीको क्षेत्रमा महिाहरुको उल्लेखनिय सहभागि पनि हुदै आएको छ निजामति सेवा मा पनि  । एक जना मान्छेको पछाडि धेरै जनाको जीवन सफल हुने या असफल हुने  भन्ने कुरा ठूलो हात छ भने त्यो मान्छे महिला नै हो । एक जना महिला आन्मनिर्भर भयो भने स्वेयम महिलालाई मात्र सजिलो हुदैन ंिसगो घर परिवारलाई सजिलो हुन्छ  । आफ्नो साथ साथै परिवारको आर्थिक सामाजिक र शैक्षिक जीवनमा सकरात्मक परिवर्तन हुन्छ । महिला स्वेयम सक्षम भएमा आफ्ना संन्तान, घर, परिवार र आफ्नताको भविश्यको चिन्ता पुरुष एक्लै ले व्यहोर्नु पर्दैन सहकार्य हून्छ भन्ने कुरामा दुइमत छैन । पछिल्लो समयमा राज्यका संविधान ऐन नियमावलीहरु ले महिलाहरुको आर्थिक सामाजिक जीवनमा सकरात्मक परिवर्तन ल्याउने प्रयास गरिरहेको छ ।  यसै गरि घर परिवारले पनि करले रहरले महिलालाई रोजगारीमा सहभागि हुने वातावरण सृजना गरेको पाइन्छन । गैर सरकारी सेवा सरकरी सेवा दुवैमा महिलाहरुको सहभागिता वृद्धि भइ रहेको छ जुन खुसिको कुरा हो आधा भन्दा बढि जनसख्या ओगटेको वर्गले हरेक क्षेत्रमा आफु र आफु जस्तैको मुद्धामा चासो राख्न निर्णय तहसम्म पुग्नु जरुरी छ । कति पय महिलाको मुद्धाहरु यस्ता छन महिलाले मात्र अनुभव गर्न सक्छन त्यस्ता खाले मुद्धा सम्बोधन गर्नका लागि महिला कै भूमिका अनिवार्य हुन्छ यर्सथ पनि महिलाको हरेक क्षेत्रमा गुणस्तरिय सहभागिता जरुरी छ ।  हाल सरकारी सेवामा महिलाहरुको आर्कषण र सहभागि हुने क्रम बढिरहेको छ । महिलाहरु स्वेम पनि आकर्षित भएका छन । पहिले जुन महिलालाई घर परिवारको सहयोग भयो उ मात्रै  रोजगरी हुन्थ्यो भने हाल महिलाहरु आफै पनि रोजगरी हुनु पर्छ अनि मात्रै अन्य कुरा भन्ने तर्फ सचेत भएका छन ।   पछिल्लो ५ वर्ष २०६८ देखि यताको तथ्यांकले  महिलाहरुलाई अझ अगाडि बढन प्रेरणा मिलेको छ ।

हाल निजामति सेवामा महिलाहरुको वर्तमान अवस्था

लोकसेवा आयोग ले तयार गरेको वार्षिक प्रतिवेदन २०७१।०७२ अनुसार पाँच वर्षको तुलना गर्दा २०७१।०७२ मा आइपुग्दा सरकारी जागिरीको लागि दरखास्त भर्ने महिला ६०.१२ प्रतिशत पुगेको  छ । सेवा प्रवेश सबैजनाले गर्न नसके पनि  सहभागि हुनु पनि ठूलो कुरा हो ।  २०६७।०६८ मा ४४ प्रतिशत २०६८।०६९ मा ४२ प्रतिशत २०६९।०७० मा ४७ प्रतिशत २०७०।०७१ मा ४६ प्रतिशत २०७१।०७२मा ६०.१२ प्रतिशत रहेको छ । राज्यले अपनाएको  समावेशी ,सकरात्मक विभेद नितिले गर्दा महिलाहरुलाई रोजगारीमा थप हौसला र अवसर मिलेको हो । महिला र खुल्ला दुवै तिर सहभागि हुनपाउने कारणले पनि निजामति सेवा महिलाहरुको लागि थप आर्कषण को केन्द्र बनेको छ । कुनै कुनै पदहरुमा महिला मात्रै को माग हुने गर्दछन  विविध सेवा तर्फ स्टाफ नर्स,महिला विकास निरिक्षक,अ.न.मि, साहयक महिला विकास निरिक्षक जस्ता पदहरुमा महिला महिला बिच मात्रै प्रतिस्पर्धा हुन्छ  । यस्मा १४० जना स्टाफ नर्स माग भएकोमा ११०१७ जनाको दरखास्त परेको थियो ,महिला विकास निरिक्षक १४ जना माग गर्दा २१३४ जनाको दरखास्त परेको थियो , अ.न.मि. ६४८ जना माग गर्दा ३१८८१ जनाको दरखास्त परेको थियो भने ४६० जना साहयक महिला विकास निरिक्षक माग गर्दा ६४९९६ जनाको दरखास्त परेको थियो यस्बाट पनि  महिलाहरुको निजामति सेवामा गहिरो रहर जागेको र महिला महिला बिच कडा प्रतिस्पर्धा हुदै आएको तथ्यांक बाट  देखिन्छ । सेवागत रुपमा प्रवेश गर्नेको संख्या सबै सेवामा  राजपत्रांकित प्रथममा श्रेणीमा महिला १६ जना द्धितिय श्रेणी ३९ जना तृतिय श्रेणीमा १३६ जना ले सेवा प्रवेश गरेका छन । यसै गरि राजपत्र अनंकित प्रथम श्रेणीमा ३९४ जना द्धितिय श्रेणीमा १०९३ जना र श्रेणी विहीन १२ जना गरि जम्मा १६९० जना रहेको देखिन्छ । राजपत्राकित प्राविधिक तर्फ  १२८ जना अप्राविधिक तर्फ  ६३ जना छन । राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तर्फ १३१९  अप्राविधिक १८० जना  १४९९ जना जम्मा  १६९० जना रहेका छन । महिलाहरुको सहभागिता पछिल्लो समयबाट मात्रै अलि बढि सेवा प्रवेश गरेको कारण ठूलो पदहरुका संख्या न्यून रहेको छ तर पनि क्रमश वृद्धि भइरहेको छ ।  २०७२ असार सम्म नेपालमा निजामति सेवामा महिलाको वर्तमान अवस्था सेवागत रुपमा यस्तो रहेको छ । १ नेपाल अर्थिक योजना तथा तथ्यांक सेवा ४४ जना ११.१४ % । २ नेपाल इन्जिनेरिङ सेवा ४७२ जना ६.१ % । ३ नेपाल कृषि सेवा ४५६ जना ९ं५३% । ४ नेपाल न्याय सेवा ४०० जना १२ं०६ %। ५ पराराष्ट्र सेवा ४० जना १७.०६२ % । ६ प्रशासन सेवा ३६४४ जना १०.३२ % । ७ लेखापरिक्षण सेवा ३६ जना १०.४३ % । ८ नेपाल बन सेवा २५९ जना ५.१७ % । ९ विविध सेवा ९०१ न.जना ३१.३९ % । १० शिक्षा सेवा २३७ जना १४.५ % । ११ स्वास्थ्य सेवा ७९०५ जना ४०.४७ % । १२ व्यवस्थापिका संसाद २९ जना १३.८१ % । १३ नेपाल संवैधानिक सेवा ८ जना ३.०२ % गरि कुल १४४३१ जनाा महिलाहरु  विभिन्न सेवा भन्र्तगत विभिन्न पदहरुमा कार्यरत रहेका छन ।   यतिबेला नेपालमा निजामति सेवामा महिला को उपस्थिती  १७.६८ % हरेको छ ।

नेपालमा  महिलाहरुको निजामति सेवामा  सहभागिता र प्रवेशमा वृद्धि भइरहेको छ निरन्तरता पनि जरुरी छ  । निजामति सेवामा महिलाहरुको आकर्षण हुनुमा पछिल्लो समयमा अन्तर्राष्ट्रिय महिला सम्मेलले पास गरेको एजेण्डा मा  राष्ट्रले जनाएको प्रतिवद्धता अनूरुप संविधान ऐन नियमावली  र परिपत्रहरुको पनि  महत्वपूर्ण भूमिका रहेको छ  । शिक्षा स्वास्थ्य रोजगरी लगायत महिलालाई हरेक क्षेत्रमा समानुपातिक सहभागिता गराउने भन्ने  व्यवस्थाको कारण महिलाहरुले अवसर पाई लाभ लिन पाएको वर्तमान अवस्था हो । तर पनि सोचनिय कुरा विकास क्षेत्रको आधारमा सहभागिता त भयो  हुनै पर्ने वर्गको सहभागित भयो कि भएन ? प्रथमिक्तामा पर्नु पर्ने ,भूगोलको आधारमा र वर्गको आधारमा हो यस्तो खाले सहभागि भए कि भएनन भन्ने कुरा गम्भिर अधयान र अनुसंधानको विषय हो । अस्तु ।