2026-10-17 11:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मेलम्ची खानेपानी किस्ताबन्दीमा

दामोदर दाहाल | इन्द्रबतीबाट बगेको मेलम्ची खानेपानीले देशको अर्थतन्त्र, नेताहरुको बिकाशे भाषण अनि काठमान्डौका जनताको पानि पिउने झिनो आसा २ दशकभन्दा बढी आसामै रुमलिएको छ।

यो पौराणिक कथाको सुरु २०४६ सालको जनआन्दोलनबाट नेपालमा बहुदलीय पुन: स्थापितमा स्वर्गीय सन्त नेता तथा पुर्ब प्रधानमंत्री कृष्ण प्रसाद भट्टराईले मेलम्ची खानेपानी आयोजनामा चासो देखाए फलस्वरूप २०५१ सालमा यस आयोजना निर्माण गर्ने घोषणा र त्यस पछि बिधिवत रुपमा काम शुरु भएकै दुई दशक नाघी सकेको छ।

२६ बर्षको अन्तरालमा नेपालले १४ वटा प्रधानमन्त्री पाइसकेको छ, कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, मनमोहन अधिकारी, सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, पुष्प कमल दाहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिल राज रेग्मी (मंत्री परिषद अध्यक्ष), सुशील कोईराला, के पी ओली र हाल पुष्प कमल दाहाल सहित सबै प्रधानमंत्रीको बिसेष चासोको रुपमा रहेको छ यो काठमान्डौ बासीका लागि मेलम्ची खानेपानि।

देशको बिकाश कतिको दुर्तगतिमा भएको छ भन्ने कुरालाई पनि आम नेपालीले यहाँ मनन गर्न जरुरि छ। सबै पार्टी र नेत्रित्वबर्गले आफ्नो भोटरलाइ बिकाशको कुरा गर्दा हामि कति बेबकुफ भएर उनीहरुको घोसणापत्रको चर्चा गर्दा रहेछौ भन्ने पनि आम नेपाली जनताको चासोको बिषय हुन जरुरि छ।

यसै बिषयमा मेलम्ची खाने पानीको सुरुवातीबाट अहिलेसम्म भएका केहि रोचक घटना 

सन २००९ मा मेलम्ची आयोजनाको सुरुङ निर्माण काम चाइना रेल्वेले सुरु गरेको थियो । चाइना रेल्वेले सन् २०१३ को सेटेम्बरसम्म काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो जसमा साढे ४ वर्षमा २७ किमी सुरुङ निर्माण सम्पन गर्नु पर्नेमा साढे तीन वर्षमा बल्लतल्ल ६ किमी मात्र सुरुङ खनेर सन् २०१२ को सेप्टेम्बरमा चाइना रेल्वेले एकतर्फी ठेक्का सम्झौता तोडेको थियो। समयमै आयोजना सम्पन्न गर्ने भए थप ४ अर्बभन्दा बढी रकम चाइना रेलवेले माग गरेपछि मेलम्ची विकास समितिले ऊसँग ठेक्का सम्झौता रद्द गरेको थियो।

बाँकी कामका लागि मेलम्ची खानेपानी आयोजनाले डिसेम्बर २०१२ मा मुहान र सुरुङ निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । टेन्डरमा चीन, जापान र इटालीका कम्पनीहरूले आर्थिक र प्राविधिक प्रस्ताव हालेका थिए।

सन २०१३ मा इटालीयन कम्पनी को–अपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सीएमसी) र भारतको दि—राभेनाको संयुक्त उपक्रमले बाँकी २१ किलोमिटर सुरुङ सन् २०१६ को सेप्टेम्बरमा खनिसक्ने गरी सरकारसँग ७ अर्ब ७२ करोड रुपैयाँमा ठेक्का लिई काम सुरु गरेका थिए। मेलम्ची आयोजना तीन चरणमा सम्पन्न गरी दैनिक ५१ करोड लिटर पानी काठमाडौं उपत्यका ल्याउने सरकारी योजना छ ।

सिन्धुपाल्चोकको मेलम्ची, यांग्री र लार्के खोलाबाट १७/१७ करोड लिटर पानी ल्याइने जनाइएको छ। मेलम्ची आयोजनाको पानी काठमाडौंमा ल्याउन केही समयअघि जापानी नियोग (जाइका) को ऋण सहयोगमा महांकाल चौरमा पानी प्रशोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा इन्डस्ट्रिज लिमिटेडसँग ठेक्का सम्झौता भइसकेको छ । पानी प्रधोधन केन्द्र निर्माणका लागि भीएटेक–प्रतिभा कम्पनीले ४ अर्ब २० करोड ४६ लाखमा ठेक्का पाएका छन्।

२०७४ असोजमै काठमान्डौमा पानि आउनेमा अझै शंका छ, मेलम्चीको पानी राजधानीसम्म ल्याउन मेलम्ची खोलादेखि सुन्दरीजलसम्म करिब २७ किलोमिटर लामो सुरुङमार्ग निर्माण गर्नुपर्ने छ। काम कति भएको छ त्यसको लेखाजोखा मेलम्ची खानेपानी आयोजना लगायतसरकारी निकायले गरेकै होला।

अहिले सम्मको विवरण हेर्दा नेपाली जनतालाई झुक्याउने भन्दा अरु कुनै काम सरकारी निकाय तथा देशका नेत्रित्वबर्ग बाट हुन सकेको छैन। सन २००२ मा आयोजनाको भौतिक निर्माण कार्य सुरु भएकोमा निर्धारित तालिकभित्र काम पूरा नहुँदा तथा ठेक्का दिने नीति नियममा कडाइ, जरिवाना र धरौटी ब्यबस्थापनमा सरकारी नीति नियम फितलो भएकै कारणले गर्दा राज्यले अर्बौको नोक्सानी बेहोर्नु परेको छर्लंग हुन्छ। एउटा परियोजनाको काम गर्न आयोजनाको तालिका ३ पटक सम्म संशोधन भइसकेको छ। यसको जिम्मेवारी संबन्धित निकायले लिने कि नलिने?

हिजो काठमान्डौमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ सम्ममा देशभर आधारभूत खानेपानी र सरसफाइ सेवा पु¥याउने लक्ष्य प्रति सरकार गम्भीर रहेको बताउनु भएको छ, “विसं २०७४ असोज सम्ममा उपत्यकामा मेलम्चीको पानी ल्याई सक्ने योजनाका साथ मन्त्रालयले काम गरिरहेको मन्त्रलाय तथा संबन्धित बिभागले पत्रकार सम्मेलन नै गरेर जानकारी गराएका छन।

तत्कालिन मन्त्रि तथा सरकारी निकायका कर्मचारीहरुले पनि यस्तो प्रतिबद्धता गरेकै हुन ।

२०७० साल फाल्गुन महिना तिर पाँच मन्त्रालयका सचिव र आयोजना प्रमुखहरूले तत्कालीन अर्थमन्त्री रामशरण महतलाई प्रगति विवरण सुनाउँदै थिए। सहरी विकास सचिवले बहुचर्चित मेलम्ची खानेपानी आयोजनाबारे भने, ‘दिनको ४० मिटरका दरले सुरुङ खन्ने काम भइरहेको छ। २०७३ साल वैशाख १ गते बिहानै सूर्योदय नहुँदै काठमाडौंका धारामा पानी आउने छ ।

२०७० साल चैत्र ति साझा सवालको कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक ईश्वरीप्रसाद पौडेल र काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा निमित्त महाप्रबन्धक चन्द्रलाल नकर्मीहरुले भने- २०७३ सालको वैशाख १ गते बिहान ५ बजे काठमाडौँका जनताको धारामा मेलम्चीको पानी खस्छ। तपाईँहरु ढुक्क हुनुहोस्।

“भाषण गर्ने नेता र जनतालाई झुक्याउने कर्मचारी पदबाट रिटायर्ड भै सकेका छन। देशले १४ वटा मन्त्रि मण्डल पाईसकेको छ, क्रान्ति गरेर गणतन्त्र आइसकेको छ, सबै कुराले फट्को मारेपनि मेलम्चीले फड्को मार्न सकेको छैन, सुन्दरीजल देखि महांकाल सम्मको कालो पत्रे सडक मेलम्ची आयोजनाले खनेर जनताले पानिको साटो धुलो र धुवा खानु परेको छ, बर्खा सुरु हुन लागेको छ, हिलो र सडकका खाल्टाको कारण जनताले सास्थी बेहोर्न बाध्य हुनु परेको छ, देशले धेरै परिवर्तन पायो, काठमान्डौमा मेलम्चीको पानि झरेन त्यसैले मन्त्रि महोदय मेलम्ची किस्तामा दिने जुन कुरा आएको छ त्यो पनि सस्तो लोकप्रियताको लागि नहोस किस्तामै सहि तर जनतालाई झुटो सपना नदेखाउ फेरी २०७४ असोजको|

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु