- गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... - गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा ब"/>
2026-09-26 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाउँ-पालिका/नगरपालिका केन्द्र कस्तो हुनुपर्छ ?

– गाउँपालिका केन्द्र बनाउँदा प्रशासन भवन, प्रहरी चौकी, स्कूल, क्याम्पस, होटल लज आदि पुर्वाधारका लागी पुग्ने प्रयाप्त ठाउँ हुनुपर्छ । केन्द्र भएपछि स्थानीय सहरका रुपमा बस्ती बढ्दै जान्छ,  त्यसैले कम्तिमा ५० बर्षको जनशंख्या धान्ने किसिमको ठाउँ हुनुपर्दछ । गाउँपालिका केन्द्र बनेपछि स्थानीय बजार पनि त्यतै हुन्छ, किनकी प्रशासनिक काम गरेर फर्किदा किनमेल पनि गरेर फर्किने प्रबृति वा चलन हुन्छ, साथै सरकारी कामले जाँदा आफ्नो उत्पादन बजारमा बेच्न पनि सहज हुन्छ, अनी स्थानीय उत्पादनमा आधारित उद्योगहरु पनि खोल्न सहज हुन्छ । 

बरु अलिकति केन्द्र नपरोस तर मुख्य कुरा ठाउँ फराकिलो हुनुपर्छ । पहिरोले भेट्ने वा बाढीले बगाउने खालको ठाउँ हुनुहुँदैन । यातायातले छोएको ठाउँ हुनुपर्छ । अझ पर्यटनको हिसाबले रमाइलो ठाउँ हुनु निकै राम्रो हुन्छ ।

संसारका धेरै देशको राजधानी पनी देशको बिच भागमा छैनन् । जस्तो चीनको राजधानी बेईजिंग, भारतको दिल्ली, अमेरिकाको वासिङ्टन आदि । अर्को कुरा सदरमुकाममा हुने सबै काम गाउँपालिकामै हुनुपर्छ । अनीमात्र जनतालाई सजिलो हुन्छ,  अन्यथा गाउँपालिका केन्द्र बनाउनुको कुनै अर्थ छैन । त्यसैले स्थानीय निकाय अधिकार सम्पन्न र सवल हुनुपर्छ । श्रोत साधन र प्रबिधि उपयोग गर्नसक्ने किसिमको हुनुपर्छ । स्थानीय निकायलाई पछि प्रान्तीय सरकार अन्तर्गत राख्दा हुन्छ । एउटा निर्बाचन क्षेत्रमा २ वा तीन भन्दा बढी गाउँपालिका केन्द्र बनाउनु हुँदैन । किनकी चार/पाँच वटा गाविसको एउटा केन्द्र बनाउँदा मालपोत कम उठ्छ र प्रशासन खर्च धान्न निकै गाह्रो हुन्छ,  कर्मचारीलाई काम पुग्दैन । घाम तापेको भरमा तलब दिनुपर्ने हुन्छ । अनी कीत जनतासंग महंगो शुल्क लिनु पर्छ की सरकारले खर्च ब्याहोर्नु पर्छ । जसको सीधा असर करदाता र गरिब जनतालाई नै पर्ने हो । त्यसैले यदि कतै-कुनै कुरा नमिलेको छ भने सच्याउनु पर्छ । यिनै कुरालाई बिचार गरेर गाउँपालिका केन्द्र बनाइयोस । गाउँपालिका केन्द्र सिफारिस गर्न बनेको बिज्ञ टोलीले पनि यिनै कुरालाई बिचार गरेर मात्र आफ्नो रिपोर्ट सरकारलाई बुझाउनु हुन अनुरोध छ ।

मिन ब. पण्डित (दुबईबाट) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह