By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    1 hour ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    2 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    7 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    24 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    7 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अभिभावक बिहिन बालबालिका र संरक्षणको लागि राज्यको दायित्व
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अभिभावक बिहिन बालबालिका र संरक्षणको लागि राज्यको दायित्व
काठमाडौँ - KTMकालिकोट - KLKलेख

अभिभावक बिहिन बालबालिका र संरक्षणको लागि राज्यको दायित्व

साझासवाल
Last updated: January 17, 2017 2:48 am
साझासवाल
8 Min Read
Share

बाले बिश्वकर्मा । हाम्रो समुदायमा विभिन्न कारणले धेरै वा थोरै सङ्ख्यामा बालबालिका अभिभावकविहीन भएका छन् ।  तिनिहरुलाई बिशेष हेरचाह र संरक्षणको आवश्यकता रहेको छ , ति बालबालीकाहरु अभिभावक भएकाहरुको जस्तो बिशेष माया र ममता पाउन सकिरहेका छ्रैनन् । 

Contents
  • १- नजिकको नातेदारबाट गरिने हेरचाह 
  • २- अभिभावकीय हेरचाह  
  • बालबालिका परिवारबाट बिछोड हुनबाट जोगाउन राज्यको दायित्व

विशेष हेरचाह र संरक्षणको आवश्यकता भएका बालबालिका भन्नाले बाबुआमा दुवै नभएका र कसैले पनि हेरचाह नगरेका, बाबुआमाबाट बिछोडिएका (वा त्यागिएका) वा घरबाट भागेका र बाबुआमा पत्ता नलागेका, बाबु, आमा वा संरक्षकबाट उचित पालनपोषण नगरी हेलाँ, दूव्र्यवहार वा शोषणमा परेका, बाबु वा आमा भए पनि बालबालिकाको हेरचाह गर्न शारीरिक वा मानसिक अशक्तताका कारणले सक्षम नभएका, घर वा बसोबासको स्थायी ठेगान नभएका बालबालिका आदिलाई बुझाउँदछ । 

जुनसुकै कारण वा परिस्थितिका कारण आमाबाबुमध्ये एकजनाले पनि हेरचाह नगरिएका सबै बालबालिका । यी बालबालिका देशभित्र र देशबाहिर हुनसक्छन् र जोखिम अवस्थाबाट प्रभावित बालबालिका समेत हुनसक्छन् । उपयुक्त सहयोग पाएमा आर्थिक समस्या झेलिरहेका धेरैजसो परिवारहरु आफ्नो बालबालिका आफैसँग राखेर हेरचाह गर्न सक्षम हुन्छन् । र, कुनै कारणवस त्यसो हुन नसकेमा बालबालिकाको संरक्षण र हेरचाहका लागि परिवार तथा समुदायमा आधारित वैकल्पिक हेरचाहका उपायहरुको खोजी गरिनुपर्दछ ।

अभिभावक बिहिन र जोखीममा रहेका बालबालीकाहरुको बैकल्पीक स्याहार उनीहरुको संरक्षणका लागि संयुक्त राष्ट्रसंघबाट जारी गरिएको ‘ बालबालिकाको वैकल्पिक हेरचाहसम्बन्धी निर्देशिका’ २००९ को बुँदा नं २८ ग मा परिवार तथा समुदायमा आधारित  वैकल्पिक हेरचाहका स्वरुपहरु पनि निर्धारण गरेको छ ,  जसको पुर्ण रुपमा यसरी परिभाषित गरिएको छ । 

१- नजिकको नातेदारबाट गरिने हेरचाह 

बालबालिकाको वृहत् परिवारका सदस्यहरु वा नजिकका नातेदार गरिने हेरचाह हो । यो परिवारमा आधारित र कतिपय सन्दर्भमा बालबालिकाले चिनेका एवम् बालबालिकाको आनीबानीबारे हेरचाहकर्ताले थाहा पाएका हुन्छन् । परिवारसँगको सम्बन्धका कारण यो औपचारिक वा अनौपचारिक दुवै हुनसक्दछ ।

आमाबुवासँगको पुनर्मिलन सम्भव नभएको खण्डमा नातेदारबाट गरिने हेरचाहले बालबालिकालाई निरन्तर सम्बन्धको अनुभूति गराउँदछ, प्राक्रितिक वातावरणमा हुर्कन पाउँछन् । नातेदारबाट ती बालबालिका र उनीहरुका आफ्नै बालबालिकाबीच भेदभाद गर्नसक्ने सम्भावना हुन्छ । नातेदारहरु आफै कष्टकर जीवनयापन गरिरहेका छन् भने बालश्रम हुने जोखिम हुनसक्छ, पर्याप्त हेरचाह नहुन सक्छ । यसर्थ नातेदारको आर्थिक, सामाजिक, स्वास्थ्य एवम् बालबालिकाको आवश्यकताप्रति उनीहरुको दृष्टिकोणको गहन लेखाजोखा गरिनुपर्छ 

बालबालिकाको हेरचाहसम्बन्धी क्षमता प्रवद्र्धन गरिनु आवश्यक हुन्छ । साथै, यससम्बन्धी योजना आवश्यक हुन्छ । प्रत्येक बालबालिका भिन्न हुन् र उनीहरुको परिस्थिति फरकफरक छन् भन्ने कुरा महत्वपूर्ण हुन्छ । परिवारको आम्दानीको दिगो श्रोतका लागि काम गनुपर्ने हुन्छ । यसका लागि गाउँसमुदायका अन्य सेवाप्रदायक निकायसँग सम्पर्क, समन्वय स्थापित गरिनु आवश्यक हुन्छ ।

यस्तै नातेदारको हेरचाह पाएका बालबालिकालाई समुदायका अन्य सदस्यहरुसँग छलफल अन्तक्र्रिया वा पहुँच बढाउनु आवश्यक हुन्छ र यसले नातेदारबाट हुने हेरचाह व्यवस्थापनमा कुनै समस्या आएमा वा बालबालिकामाथि दूव्र्यवहार भएको खण्डमा समुदायका अन्य व्यक्तिसँगको सम्बन्ध स्थापित भएको कारणले समाधानका उपाय खोज्न सकिन्छ । बालबालिकाको लागि उपयुक्त सहयोगी वातावरण तयार हुन्छ, उनीहरु छलफलमा आउन सक्छन् । बालबालिकाको समग्र विकासका लागि समुदायका व्यक्ति वा स्वावलम्बी समूहहरुसँग मिलेर योजना तय गर्ने र आ-आफ्नो भूमिका खोजी गर्न सकिन्छ ।

२- अभिभावकीय हेरचाह  

बालबालिकाको आफनो परिवार नभई अन्य कुनै परिवारको सदस्यहरुबीच पारिवारिक वातावरणमा गरिने वैकल्पिक हेरचाह हो । कुनै अधिकारप्राप्त निकायद्वारा तोकिएको परिवारमा बालबालिकाको हेरचाह गरिन्छ । बालबालिकाको हेरचाहका लागि परिवार छनौट गरिन्छ, उपयुक्त ठह¥याइन्छ, स्वीक्रिति दिइन्छ र नियमित सुपरिवेक्षण र आवधिक समीक्षा गरिन्छ ।

बालबालिकाको प्राक्रितिक बुवाआमासँग राख्न नसकिएको खण्डमा निश्चित अवधिका लागि अधिकारीमार्फत् नियुक्त गरिएको हेरचाहकर्ताबाट गरिने हेरचाह । बालबालिकाको हेरचाहका लागि इच्छुक, तालिमप्राप्त र ती परिवारको समग्र स्थितिको लेखाजोखा गरेर मात्र बालबालिकालाई हेरचाहका लागि राख्न सकिन्छ । तालिममा बालविकास, बालअधिकार, बालसंरक्षण, अभिभावकत्व सीप, बालबालिकाको सरसफाइ एवम् पोषण, आचारसंहितालगायत विषयवस्तु समेटिनुपर्दछ ।

यस्ता वैकल्पिक हेरचाहमा रहेका बालबालिकालाई समुदायका अन्य सदस्यहरु र सेवा प्रदायक निकायहरुसँग सम्बन्ध विकास गर्नुपर्दछ । बालबालिकालाई सेवामा  पहुँच, बालसंरक्षणको लागि सहयोगी, अनुगमनजस्ता कुराहरुमा सहयोग पुग्दछ । साँस्क्रितिक हिसाबले उपयुक्त, दक्ष, तालिमप्राप्त र बालबालिकाको जटिल आवश्यकतालाई बुझ्ने समर्पित हेरचाहकर्ताको आवश्यकता हुन्छ । बालबालिका र हेरचाहकर्ता एवम् परिवारबीचको तालमेल हुनु जरूरी हुन्छ । बालबालिका र हेरचाहकर्ताबीचको सम्बन्धलाई स्थापित गर्न विशेष परिचयात्मक छलफल र आवश्यक समय उपलब्ध गराउनुपर्दछ ।

बाजुरा जिल्लामा  सेभ द चिल्ड्रेन र पिसविन बाजुराद्धारा संचालीत सहयात्रा परियोजना अन्र्तगत जोखीममा रहेका बालबालीकाहरुको  अवस्था   अध्ययन गरेको थियो ।  उक्त सर्वेक्षण अनुसार सो कार्यक्रम संचालन भएका १२ वटा गाविसहरु छतारा, तोली, बाह्रबिस,बर्मतोला,  गुदुखाति, मानाकोट,पाण्डुसैन, कोटिला, वाई, जगनान्नाथ र हाल बडिमालीका नगरपालिका र साविकको बुढिगंगा र जुगाडा गाविसमा ११०२ अर्थात एक हजार एक सय २ जना जोखीममा रहेका बालबालीकाहरु रहेको तथ्याँक सार्वजनिकरण गरेको छ उक्त तथ्याकलाई बिश्लेष गर्ने हो भने आमावुवा दुवै नभएका ६२ जना, आमा वा वुवा मध्ये एक अभिभावकसंग वसेका ४३३ जना, एच आई भीवाट प्रभावित १८ जना, अपांगता भएका १६५ जना, हराएका ४ जना, बालश्रमिक ७ जना,यौन दुब्र्यवहारमा परेका ४ जना, अति न्युन आर्थिक अवस्था २५८ जना गरि ११०२ जना जोखीम अवस्था रहेको देखिन्छ , बिभिन्न जोखीममा कारणहरु मध्ये  बिभिन्न कारणले ति बालबालीकाहरु अभिभावकहरुवाट वंचित भएका र आमावुवाहरुको माया ममतावाट टाढा रहेको छन् जसको कारण उनीहरुको बालअधिकार संरक्षणको अधिकारलाई नै समेत असर पारेको देखिन्छ , सोही तथ्याँकलाई हेर्ने हो भने कुल जोखीममा रहेका बालबालीकाहरु मध्ये बालक ६३१ र बालिका ४४१ रहेको  देखिन्छ ।

बालबालिका परिवारबाट बिछोड हुनबाट जोगाउन राज्यको दायित्व

राज्यले वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकालाई अभिभावकीय हेरचाह (फोष्टर केयर) मा राख्ने, धर्मपुत्र/धर्मपुत्री लिने वा आवश्यकताअनुसार हेरचाहका उपयुक्त विकल्पमा राख्ने व्यवस्था गर्नुपर्दछ, आमाबाबु/अभिभावकबाट बालबालिका बिछोडिनबाट जोगाउन राज्यले उपयुक्त  उपायहरु सुनिश्चित गर्नुपर्दछ । त्यसमा पनि खासगरी– अपाङ्गता भएका, लागु पदार्थ र रक्सी सेवन गर्ने, आदिवासी वा सिमान्तक्रित पृष्ठभूमि भएकालगायत परिवारमाथिको भेदभाव र वैदेशिक रोजगारमा रहेकाजस्ता कारणहरुले परिवारको  क्षमतालाई सिमित बनाउने कुरालाई दृष्टिगत गरी पारिवारिक हेरचाहको वातावरणलाई सहयोग गर्ने, त्यस्तै गरि दूव्र्यवहार र शोषणबाट पीडित भएका, परित्यक्त, सडकमा आश्रित, अविबाहित आमाबाट जन्मिएका, संरक्षकविहीन भएका र बिछोडिएका, आन्तरिकरुपमा विस्थापित र शरणार्थी बालबालिका, आप्रवासी मजदुरका बालबालिका, शरण खोजिरहेका बालबालिका वा एच. आइ. भी. र अन्य गम्भीर खालका रोगबाट सङ्क्रमित वा प्रभावितलगायत जोखिमी अवस्थामा रहेका बालबालिकालाई उपयुक्त हेरचाह तथा संरक्षण प्रदान गर्ने । यसो गर्नुको उद्देश्य वैकल्पिक हेरचाहको आवश्यकता भएका बालबालिकाको सङ्ख्या घटाउनु हो ।

बाजुरा जिल्लामा  जोखीममा रहेका बालबालीकाहरुको तथ्याँकलाई हेर्दा सरकारी निकायवाट जिल्ला भरीमा कति बालबालीकाहरु जोखीममा छन् भन्ने एकिन तथ्याँक नभएको यस परिस्थितिमा  जिल्ला बालकल्याण समिति बाजुराले जिल्ला भरीको  ति बालबालीकाहरुको तथ्याँक संकलन गरि उनीहरुको उचित संरक्षणका लागि जिल्लाको योजना बनाउन आवश्यक छ । सोही अनुसार बिभिन्न सरकारी तथा गैरसरकारी निकायहरुलाई एकद्धार प्रणाली मार्फत ति बालबालिकाहरुको लागि सहयोग पुर्याउने बातावरण सृजना गरेको खण्डमा  ति जोखीममा रहेका वा अभिभावक विहीन बालबालीकाहरुको अवस्थामा सुधान हुने देखिन्छ ।    

Share This Article
Facebook Email Copy Link Print
Previous Article कांग्रेस निकट कार्यकर्ताबाट एमाले नेता भट्ट कुटिए
Next Article खोटाङमा आगलागी हुँदा करिब सातलाख बढीको क्षति
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसप्तरी - SPTसमाज

श्रीमान्लाइ जेलबाट छुटाइदिने लोभ देखाई श्रीमती बलात्कार, राजपाका नेता पक्राउ

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै

4 months ago
अर्थ/विकासकाठमाडौँ - KTM

प्रधानन्यायाधीसको मासिक तलब ८८ हजार ९५०, सांसदको कति ?

57 years ago
काठमाडौँ - KTMसमाज

निर्माता रोज राणामाथि खुकुरी प्रहार गर्ने दुईजना पक्राउ

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?