By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    17 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    4 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    6 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    6 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    10 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    6 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    10 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: प्रधानमन्त्री हुण्डीको बाटोहुँदै आए, अनि सुण्डीको बाटोहुँदै गए !
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > प्रधानमन्त्री हुण्डीको बाटोहुँदै आए, अनि सुण्डीको बाटोहुँदै गए !
काठमाडौँ - KTMलेख

प्रधानमन्त्री हुण्डीको बाटोहुँदै आए, अनि सुण्डीको बाटोहुँदै गए !

साझासवाल
Last updated: January 18, 2017 1:03 pm
साझासवाल
8 Min Read
Share

केबी गुरुङ । युएई | केहिबर्ष पहिले भारतका प्रधानमन्त्री मोदी युएई भ्रमणमा आउदा मजदुरहरुको क्याम्पमा पुगेर जाँचबुझ गरेका थिए, भलाकुसारी गरेका थिए । उनले विदेशमा रहेका आफ्ना मजदुरहरुका लागी धेरै पटक सामूहिक सम्बोधन गर्दै, आफ्ना मजदुरहरुसंग भावना साट्ने कोशिस गरेका दृश्यहरु धेरै छन् । जनता र नेताबीचको आपसी सम्बन्ध प्रगाढ पार्ने हरदम कसरत गर्छन ।

हाम्रा प्रधानमन्त्री प्रचण्डज्यु पनि युएइमा हुने दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन उर्जामन्त्रि जनार्दन शर्मासँग आगमन हुँदै थियो । आफ्ना नागरिकहरुको कर्मथलो युएइमा आउने खबरले नेपाली मजदुरहरु उत्साहित नहुने कुरै भएन । राजाहरुले राज गर्ने युएइ अरबको खजुरमुनि पसिना बगाउदै गरेका आफ्ना मजदुरको कथा-व्यथा प्रत्यक्ष अबलोकन गर्नेछन, र बगिरहेको पसिनाको मूल्य बुझ्ने छन् । यस्तै कुराले ह्रिदय फुलाएर बसेका थिए युएइमा नेपाली मजदुरहरु ।

किनकि इतिहासलाई फर्केर हेर्नेहो भनेपनि हाम्रो देशको प्रधानमन्त्रीले प्रबासमा रहेका मजदुरहरुको क्याम्प दैलो कार्यक्रम गरेर जाँचबुझ गरेको इतिहास कहिँकतै भेटिदैन, त्यो सौभाग्य यसपाली भेटिनेछ ।

तर प्रधानमन्त्रीको आगमन केवल हुण्डीवालाहरुले सुनहिडाउने सुण्डीको बाटो भएर आउने र जाने कार्य जस्तै भयो युएईमा रोजगाररत मजदुरहरु सामु, जसले युएइमा रहेका मजदुरहरुको मनलाई न्यास्रो बनायो ।

देशहाँक्ने राजनेताहरुका सम्पति भनेकै घरदेश र परदेशका नागरिकहरु हुन् । अबसर जुटेको बेला तिनै नागरिकहरुको ख्याल गर्दै स्वदेशमा घरदैलो गर्नु, अनि परदेशमा क्याम्पदैलो गर्नु असल राजनेताको गुण हो, भलै हामी संसारकै गरिब हौला तर राजनेता र जनता बीच भावनात्मक सम्बन्ध जोड्नु एकताको सुत्रमा बाँधिनु हो।

विडम्बना भन्नुपर्छ, नेपाली राजनीतिक चरितार्थ बोकेका युएइका सरकारी तथा गैरसरकारी सामाजिक संघसंस्थाहरु तथा भातृसंगठनहरु (नेपाली संस्थाहरु) ले प्रधानमन्त्रीसँग मजदुरहरुको देखभेट हुन दिएनन् । यसपाली प्रधानमन्त्री प्रचण्डको अरब प्रस्थानले सामन्ती चरित्रलाई लत्याएर, अरबको बालुवामा श्रम पोख्ने आफ्ना मजदुरहरुको सुखदु:ख सुझबुझ गर्न कर्मथलोमा क्याम्पदैलो गर्नुहुनेछ भन्ने आशामाथि घात भयो । यसको कारण तिनै संघ-संस्था र राजनीतिक चरितार्थर्थ बोकेका भातृसंगठन हुन् । आफ्ना देशका प्रधानमन्त्रीलाई मजदुरबाट टाढा राख्ने कुचेष्टा गर्ने मनुवाहरू को को हुन् ? त्यसको लेखाजोखा इतिहासले गर्नेछ ।

किनकि प्रधानमन्त्री प्रचण्डलाई वास्तविक मजदुरसँग घुलमिल हुन नदिएर उनीहरुले आफ्नै रवाफमा  हुण्डी र सुण्डीको यात्रामा भुलाए । तर मजदुर क्याम्पमा भेटघाट गर्नजाने बाटो बन्द गराए । यस्तो कार्यले राजनेता र जनता बीच भाँजो उत्पन्न गराएर राजनीतिक अस्थिरता पैदा गराउने हर्कत सृजना गरियो । 

मलाई लाग्दैन कि, प्रधानमन्त्रीले मजदुरहरुसँग भलाकुसारी गर्न इन्कार गर्नु भएको हो र उहाँसँग समयको अभाव पनि थियो । फेरी बिदेशमा रहेका मजदुरका लागि मात्र बिशेष कार्यक्रम बनाएर प्रधानमन्त्रीको प्रबास भ्रमण गराउन सम्भावना हुँदैन । यस्तै अन्तर्राष्ट्रिय स्तरमा हुने बैदेशिक भ्रमणहरुलाई अबसर छोपेर आफ्ना मजदुरहरुलाई भेटघाट गराउने अबसरबाट दूतावासहरु किन चुक्छन ? प्रधानमन्त्री तिम्रा मात्रै हुन् कि मजदुरका पनि हुन् ? युएइको बस्तुस्थिति बुझेर प्रधानमन्त्रीको कार्यक्रम ब्यबस्थापन गर्ने जिम्मा नेपाली दुताबासको होइन ? युएइमा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले पहल गर्नु पर्दैन ?

अवैध रुपमा हुने हुण्डी र सुण्डीले राज्यको अर्थतन्त्रमाथि आघात पुर्याई रहेको छ र निर्मुलिकरणको कुनै पहल हुँदैन भने हुण्डी र सुण्डीवालाहरु पनि यिनै राज्यका निकायमा तलब खाएर बस्नेहरु हुनेछन, सामाजिक हितका लागि उभिएका संस्थाहरु र त्यसका प्रतिनिधिहरु पनि हुनेछन । यस अर्थमा मजदुरले भन्न पाउनु पर्छ, प्रधानमन्त्रीले भेट गरेका सुटबुटवालाहरु नै हुण्डी र सुण्डीवालाहरु हुन् । त्यसै पनि युएइका मजदुरहरु संग हुण्डी र सुण्डी चलाउने हैसियत पनि छैन, त्यो हैसियत यिनै सुटबुटवालाहरु संग मात्र छ र यिनै सुटबुटवालाहरु अप्रत्यक्षरुपमा हुण्डी र सुण्डीमा संलग्न छन्, भलै प्रधानमन्त्रीसँग घुलमिल हुनेमध्ये थोरै हुन्डी र सुन्डीवाला नहोलान तर अधिकतम् तिनै हुन् । नत्र भने युएईमा वास्तविक मजदुरहरुले किन आफ्ना देशका प्रधानमन्त्री भेट्न पाएनन् ? किन तिनीहरुले मात्र प्रधानमन्त्रीसँग घुलमिल गर्ने अवसर पाए ? 

दुतावासमा भएको बिहानको प्रधानमन्त्री भेटघाट कार्यक्रममा उपस्थितहरु पनि धेरैजसो तिनै सुटबुटवालाहरु थिए । मानौ, मजदुरहरु उपस्थिति हुने डरले कार्यालयको सानो बन्दकोठा भित्र गुपचुप अन्तरक्रिया नामक कार्यक्रम अर्गनाइज भएको थियो । जहाँको कार्यक्रमले के उपलब्धि हाँसिल गर्यो उनैलाई थाहा होला ।

राजदुतावासको आधिकारिक वेवसाइट, सोसियल मिडिया तथा फेसबुकहरु प्रधानमन्त्री भ्रमणबाट बेखबर थिए । मजदुरलाइ विभिन्न बहानामा कार्यक्रम गरि हप्तौ लुट्ने फेस्बुकेहरुको भित्तो पनि चुपचाप थियो । प्रधानमन्त्री निकट सम्बन्धित निकायहरु भुमिगत नै थिए, शायद मजदुरहरु कालो झण्डा बोकेर प्रधानमन्त्रीलाई भेट्न आउने छन् भन्ने उल्टो दिमागी थियो ।

चोरको खुट्टा खुकुरीले नाप्दा चोरले पहिलेनै खुट्टा झिके झैँ, कालो झन्डाबाट प्रधानमन्त्रीलाई लुकाउन उद्दत देखिन्थे जिम्मेवार व्यक्तिहरु । सुरक्षाको कारण देखाएर कति दिन लुकाएर राख्न सकिन्छ महाशय तिम्रा प्रधानमन्त्रीलाई ? देश बाहिर बस्ने मजदुरले देशको स्वाभिमान बुझेका छन्, उनलाई पनि देशको माया छ, राजनेताको मायाँ छ तर सुटबुटवालाहरु कालो झण्डाबाट प्रधानमन्त्रीलाई लुकाउने कसरतको सिकार भएका प्रधानमन्त्रीको भेट अन्ततः सुटबुटवालाहरुको गुपचुप कोठामा सिमित भयो । यो अर्थमा भन्नुपर्दा प्रधानमन्त्रीको भ्रमण हुण्डी र सुण्डीवालाहरुसंगै बित्यो ।  

हात्तीलाई देखाउने दाँत बनाउन प्रधानमन्त्रीलाई सानो बन्द कोठाभित्र हुलेर सुटबुटवालाहरुको रोदन पस्किने काम पनि भयो ! तिनैका रोदनहरु झन्डै पोख्नबाट बन्देज हुदैगर्दा प्रधानमन्त्री स्वयमले बोल्न दिने अनुमति प्रदान गर्नु भएको थियो, यसको संकेत के हुन्छ भने प्रधानमन्त्री मजदुरसँग भलाकुसारी गर्ने मनशायमा थिए तर यी सुटबुटवालाहरु रोक्न चाहान्थे ।

मजदुरको ब्यथा त्यो सुटबुटवालाले सुनाए जस्तो गरे पनि आखिर मजदुरको दर्द उनैलाई थाहा हुन्छ, जसले भोगेको छ र त्यसैले मात्र ओकालत गर्न सक्छ । युएइका मजदुरहरुको दुख र दर्द सुकिलाहरुलाई भरिया लगाएर सुनाउन लगाए जस्तो प्रधानमन्त्रीको हृदय पनि कसरि छोयो होला र ? 

‘अर्को कार्यक्रम साँझ पनि हुने भएपछी सबै कुरा बिस्तृत त्यहि भन्छु, अहिले धेरै बिस्तृतमा नजाउ’ प्रधानमन्त्री ज्युले मन्तब्यको क्रममा भन्नुभयो । पंतिकारलाई लागेको थियो शायद साँझको कार्यक्रम मजदुर संगको होला । तर एकछिन पछी थाहा पाएँ, त्यो त झन् विजनेस म्यानहरुले आयोजनामा गरेको डिनर पार्टी पो रे । एकैदिन दुइ-दुइवटा कार्यक्रम त्यो पनि सुटबुटवाला र प्रधानमन्त्री निकटहरुसँग मात्रै सिमित रह्यो ।

कठैबरै! देशको प्रधानमन्त्रीलाई आफ्ना मजदुर सामु उभ्याउन कन्जुस्याइँ गर्ने सुटबुटवालाहरुले मजदुरहरुलाई डिनरपाटीमा समाबेश गराउने कुरा सोच्न सम्म सकिदैन । साँझको रमझम फेसबुक लाइभमा देखे खानपिन राम्रै भएछ । 

सुन्नमा आए अनुसार नेपाली दुतावासले प्रधानमन्त्रीको कार्यक्रमबाट बन्चित गर्न खोजेको भन्ने छ । यी सबै घटनाक्रमलाई नियाल्दा पहिलो कमजोरी नेपाली दूतावासको हो जसले मजदुरको भावना हिजो पनि बुझेन आज पनि बुझ्न जानेन भोलि पनि जान्ने छैन । दोश्रो युएइमा रहेका संघसंस्थाहरुको पनि हो यदि राजदूतावासले संस्थाहरु र मजदुरहरुको आग्रहलाई स्वीकार गर्दैन भने मौन बसेर केवल डिनर पार्टी मात्र गर्ने जिम्मेवारी हो कि आर्को जिम्मेवारी पनि छ ? यसको रिजल्ट भबिस्यले बताउला !  

तर बिहानको कोठे कार्यक्रम र साँझको डिनर पार्टी सकिएपछि तिनै प्रधानमन्त्री घुमाउनेहरुको फेसबुकमा सर्गमी बढ्यो र भित्तोभरी रंगियो “प्रधानमन्त्री सँग युएइका नेपालीहरुको अन्तर्क्रिया कार्यक्रम सफल भयो”। तर मजदुरसँग भेटघाट कार्यक्रम गराउन नसकेकोमा चिन्ता भने कतै भेटिएन !

त्यसकारण सम्माननीय प्रधानमन्त्रीको भ्रमणले राष्ट्रिय महत्व बोकेको छ, दशौं विश्व भविष्य उर्जा सम्मेलनले देशको उर्जा संकट टार्ने कुरामा हामी विश्वस्त पनि छौ । आसेपासे, राजनीति र आर्थिक प्रलोभनमा देश लुट्ने हुण्डी र सुण्डीवालाहरुलाई कारबाही हुने कुरामा पनि आशावादी छौं तर युएइमा रहेका संघ-संस्थाहरुलाई याद हुनुपर्छ, विभिन्न कार्यक्रमको नाममा युएइका मजदुरहरुलाई हप्तैपिच्छे लुट्ने परम्परा थियो तर देशको उच्च पदस्थ नेताको भ्रमण हुँदा तिनै मजदुरहरुलाई तिमीहरुले सम्झने चेस्टासम्म पनि गरेनौ । देशको प्रधानमन्त्री जस्तो मान्छे मजदुरको कर्मथलोमा उपस्थित हुँदा प्रधानमन्त्रीसँग मजदुरको भेटघाट कार्यक्रम आयोजना नगरी फिर्ता पठाउनु तिमीहरुको अत्यन्त गैरजिम्मेवारी हो । जुन गैरजिम्मेवारको छाप तिमीहरुले लगाएका छौ । त्यसैले तिनै गैरजिम्मेवारहरुलाई दोषारोपण गर्दै ‘प्रधानमन्त्री हुण्डीको बाटोहुँदै आए, अनि सुण्डीको बाटोहुँदै गए’ भनेर युएईमा रोजगाररत मजदुरले किन बुझ्न नपाउने ?

प्रकाशित मिति: १८ जनवरी २०१७ 

Share This Article
Facebook Email Copy Link Print
Previous Article गुनासो मेटाउदै सार्वजनिक सुनुवाई सम्पन्न
Next Article गुमनाम बन्दै हुलाक सेवा
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

सुनको मूल्य कति पुग्यो ? हेर्नुहोस्

57 years ago
काठमाडौँ - KTMसमाज

लामो दूरीको यातायात भाडा २८% बढ्यो

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

नेपाली कम्युनिष्ट पार्टी र मातृभूमि जागरण अभियानका बीच एकता

8 months ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

एमालेको जग्गा विवादसम्बन्धी मुद्दाको सुनुवाइ सर्‍यो

2 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?