2026-09-26 08:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माक्समाण्डु कि काठमाण्डौँ ?

मनोज बाहोरा । प्रसंग काठमाण्डौँको लाजिमपाट हुदै रिङरोड देखि गौशालासम्मको हानिकारक यात्रा । हुन त कुनै पनि यात्राले जिन्दगीको स्मृतिमा नौलो तरङ्ग सृजना गर्नु कुनै नयाँ प्रसङ्ग भने अवश्य पनि होईन् तर जब यात्राले स्वास्थ्य माथि चुनौती दिन्छ तब त्यस यात्राले बनाएको स्मृतिले जिन्दगी भरी घात गरी रहन्छ ।

काठमाण्डौमा सबै मानिसबीच एउटै पहिरनमा एकरुपता भेटदै आएको छु त्यो हो माक्स, हरेकको मुखमा । सुरुमा काठमाण्डौ आउँदा यहाँको धुवाँ धुलोले मलाई जति निसासेको थियो त्यो भन्दा बढी त मलाई माक्सले निसास्यो, जब मैले त्यसलाई प्रथम पटक लगाएँ।माक्स लगाउन म त्यति अभ्यस्त थिईन् । काठमाण्डौ बाहिर हुर्केको म जस्तालाई माक्सको त्यति साह्रो राम्रो अनुभव नहोला जस्तो लाग्छ । लाजिम्पाट हुदै रिङ्गरोडसम्मको यात्रामा मैले प्रायसबै मानिसको मुखमा माक्स देखे।यसलाई नागरिक चेतना भनौ या नागरिक अचेतना, बढो दुविधामा परे।धुवाँ,धुलो र प्रदुषणबाट बच्नलाई लगाईने माक्सलाई मानवीय चेतनाको प्रतिक एवं सकारात्मक बिम्बका रुपमा लिन सकिन्छ तर के यस्तो सँकुचित चेतनाको मात्रै खाँचो छ र हाम्रो राजधानीलाई अहिले । माक्स लगाएर हिड्नु पक्कै पनि दिर्घकालीन एवं प्रभावकारी उपाय भने अवश्य होईन्।यसको उपाय के त ।

यसको उपायको विषय वस्तुतिर प्रवेश गरिन् मैले किनकी यो काठमाण्डौको प्रदुषण एउटा यस्तो खुल्ला किताबको रुपमा परिणत भई सकेको छ  र यसको उपाय हामी सबैलाई धेरथोर थाहा नै छ । यस्तो धुलाम्मे काठमाण्डौँको सुकिला मुकिला हुन रुचाउने हामीहरुले यस विषयमा किन गहिरिएर सोचे जस्तो भान हुदैन्।लाजिम्पाट हुदै रिङरोडसम्मको यात्रामा मैले विभिन्न पर्यटकहरु देखे ।

मलाई थाहा छैन् कस्तो सन्देश लिएर फर्किने छन् ति विदेशी पर्यटकहरु तर यति भने म दाबीका साथ के भन्न सक्छु भने यस भ्रमणपछिको उनीहरुको नेपालप्रतिको भ्रमण दृष्टिकोण पक्कै बदल्निे छ।यसबाट हाम्रो देशलाई कस्तो असर पर्ने छ यसबारे सोच्ने कहिले हामीले । काठमाण्डौका बाटाहरुमा महङ्गा महङ्गा गाडिहरु गुड्छन्, झयालका सिसाहरु लगाएर।त्यही सडकपेटीमा कैयो भरिया बटुवा आफ्नो काध,टाउकाले थेग्न नसक्ने भारी लिएर हिडिरहेका हुन्छन् । अब प्रश्न यहाँनेर तेर्सीन्छ कि ति भारी बोक्ने भरियाले यस प्रदुषणका बारेमा आवाज उठाउदा बढी व्यवाहरिक देखिएला कि करोडौका गाडी चढेर हिड्ने मानिसहरु । 

हुन त हामी सबैको कर्तव्य हो यो देश बनाउने चाहे त्यो भरिया होस् या जोकोही शिक्षित एवं सम्पन्न मानिस होस् । तर ति व्यक्तिको प्रमुख प्राथमिकता के हो त्यसबारे नि एकपटक सोच्नै पर्छ हामीले।बिहान बेलुका हातमुख जोर्न धौधौ पर्ने मानिसहरुलाई भरे के खाने भन्ने पिरले बढी पिरोल्छ जति यहाँको धुवा धुलोले तिनीहरुलाई पिरोलेको हुन्छ । नेपाललाई पर्यटन व्यवसायका लागि प्रचुर सम्भावनामा राखेर हेर्ने गरिन्छ तर यसका निम्ति के गरिनु पर्ने हो यसबारे कसले सोच्ने । हामी सबै काम सरकारमा पुगेका मानिसहरुले गरिहाल्छन् नि भनेर चुप लागेर बस्ने प्रवृत्ति व्यापत छ।कहिले सम्म हामी सरकारको मुख ताकेर बस्ने हामी । अब हामी हाम्रो यस्ता चेतनाबाट अझ माथि उठ्न आवश्यक छ ।

हामी करोडौँ खर्च गरेर सुविधासमपन्न घर बनाउँछौ तर त्यही घर अगाडिको सडकमा अलिकति खाल्टो परे सरकारको मुख ताक्छौ  । यो सरकार यस्तो त्यो यस्तो भन्दै गरुङ्गो राजनितिक विश्लेषण गर्छो । हामी नागरीकको पनि त दायित्व हो नि आफ्नो समुदाय निर्माण गर्ने,होईन र?धुलाम्मे काठमाण्डौँले हाम्रो जस्तो सुन्दर नेपालको परिभाषामै धेरथोर फेरबदल नल्याउँला भन्न नसकिएला।काठमाण्डौको यो छोटो यात्राले मलाई धेरै कुरा सोच्न बाध्य बनायो।यो यात्रालाई फलदायी भन्ने या हानीकारक म आफै बढो दुविधामा छु । धुम्रपानको हरेक विज्ञापनमा जसरी धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ भन्ने लेखिन्छ ।  

त्यसै गरी काठमाण्डौँ भ्रमण हानिकारक छ भन्ने सन्देश विश्वमा नजाला भन्न सकिन्न्।हरपल सेवामा खटिने ट्राफिक प्रहरीको शरीरमा धुवाधुलो त हामी यात्रा गर्ने प्रायसबैले देख्छौ तर त्यो धुवाँधुलोले स्वास्थ्यमा पारेको असरबारे कसले देख्ने । यो नेताले यो गरेन,फलानोले त्यो गरेन् भन्नु भन्दा पनि हामीले आज के गर्यौ भन्ने बारे यसो सोच्ने कि ? प्रत्येक मानिस आफ्नो घर,टोलको सरसफाई, प्रदुषणका कारणप्रति चिन्तित हौ र आजैबाट सानो ठुलो जस्तो सक्न्छि त्यस्तै कदम चालौ,जसले हाम्रा साना पुस्ताप्रति सकारात्मक सन्देश सम्प्रेशण होस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह