2026-10-17 08:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

शिवरात्रीको नाममा चरेस होइन चना खाऔं, रक्सी होइन लब्सी खाऔं

दलसिंह गिरी | फागुन १३, कालिकोट | हिन्दु धर्मावलम्बिहरुको एक महत्वपूर्ण चार्ड मध्यकै महाशिवरात्री पर्व आज नेपालभर विभिन्न शिव मन्दिरहरुमा पुजाआजा गरी  मनाईन्छ । विहानै उठी नुवाई धुवाई गरी मन्दिरहरुमा श्रद्धापूर्वक शिवको मनपर्ने दुध, भाङ्–धतुरो, बोलपत्र जस्ता प्रसाद चढाउदै आफ्नो मनकांक्षा प्राप्तीका लागि पुजाआजा गर्ने चलन छ ।

मानिसहरु यहि पर्वको अवसर पारेर आ–आफ्नो उमेर अनुसारको विभिन्न गतिविधि गरी रमाईलो गर्दछन् । साना केटाकेटीहरु देखि वृद्धसम्म, बालबालिकाहरु विभिन्न मनोरञ्नात्मक गतिविधि गरेर मनाउछन् भने यूवतिहरु शिवजस्तै पती पाइयोस् भन्नका लागि, विवाहित महिलाहरु आफ्नो पतिको दिर्घायुको लागि बत्र बसेर मनाउ छन् । यसै पर्वको अवसर पारेर शिवको पर्सादको रुपमा भागं खाने चलन हुन्छ । होटल तथा नास्ता पसलहरुमा समेत भाङ्लाई शिवको प्रसादको रुपमान्दै खानेकुराका विभिन्न परिकारहरुमा भांग, चरेस मिसाएर खाने पनि गरिन्छ ।

शिवको आहारको रुपमा लिईने यस भाङ धुतुरो (चरेस) लाई नेपाल लगाएत विश्वका धेरै जसो मुलुकले लागुपदार्थको रुपमा लिई यसलाई प्रतिवन्ध पनि गरेको छ । कुनैपनि ब्यक्ति वा निकायले यसको सेवन तथा कारोवार गरेको भेटिएमा आफ्नो देशको प्रचलित कानुन अनुसार कार्वाही गर्ने ब्यवस्था समेत गरेको छ ।

तर धार्मिक पर्वकै नाममा आजको दिन खुल्यामखुला विक्री तथा सेवन गर्ने गरिन्छ । पर्वकै नाममा गरिने यो कार्यलाई अवैध मान्ने या नमान्ने ? यसको कुनै त्यस्तो मान्यता छैन । आजको दिन बाहेक अन्य दिनहरुमा चरेस सेवन गरेको शंका तथा गन्ध समेत पाइयो भने पक्राउ तथा अनुसन्धा गरी कार्वाहि गर्ने प्रशासन निकायका कर्मचारीहरु समेत आजको दिन आफै खुल्यामखुला सेवन गरेर हिड्ने गरेको भेटिन्छन् ।

कालिकोटमा पनि महाशिवरात्री पर्ब मनाईन्छ । आफ्नो मनोकांक्षा पुराका लागि मन्दिरमा गएर पुजापाठ गरेर मनाउने भन्दापनि बजारका नास्ता पसलहरुमा शिवको पर्साद भन्दै भांङ, चरेर मिसाएका हलुवा, समसा, पकौडा जस्ता नास्ताहरु खानमै ब्यक्त देखिन्छ मानिसहरु । नास्ता पसलका साहुजिहरु ग्राहकहरुलाई नसा सहितको नास्ता बनाएर खुवाउन भ्याइ नभ्याइ छ ।

जिल्ला सदरमुकाम मान्म कै एक मात्र शिवको मन्दिरको रुपमा चिनिने लुवारढुंगा नजिकैको मन्दिरहरुमा कुनै भक्तजनहरुको घुइचो देखिदैन छिटफुट रुपमा युवती र महिलाहरु मात्र पुजापाठका लागि त्यहाँ आएका छन् । तर जिल्ला सदरमुकामको बजामा भने प्रायजसो मानिसहरु विहान विहानै भांङ (शिवको पर्साद) खाएको भन्दै लट्ठीएर बजारमा रमाइलो गरिरहेका छन् । साना केटा केटी देखि युवा वृद्ध प्राय लट्ठै परेका दखिन्छन् ।

नेपाल सरकारको प्रशासन निकायले प्रतिवन्ध नै लगाएको लागुपदार्थ (चरेस) आजकै दिन कसरी पाईन्छ ? यसको खेती तथा विक्रीवितरको लागि एक ठाउबाट अर्को ठाउमा लैजान समेत प्रतिवन्ध लगाईएको यो पदार्थ कसरी पुग्छ कालिकोटमा ? जिल्ला भित्रबाट भन्दा पनि बाहिरवाट भित्रिने यो पदार्थ कसरी भित्रीन्छ ? यसका बारेमा प्रशासन निकाय अनभिग्य छ । अन्य चार्डपर्वहरु नजिकिनेबेला बजारमा रहेको अखाध्य खाध्यबस्तु तथा अबैध माधक पदार्थ सेवन तथा बेचविखन रोक्नको लागि अनुगमन गर्ने प्रशासन निकायका मानिसहरु समेत आज यो महान शिवरात्रीको नाममा लागुपदार्थ सेवन गरिरहेका पाइन्छन् । चार्डपर्ब नजिकिने बेला यस्ता लागुपदार्थको कारोवारको नियन्त्रणका लागि अनुसनधान तथा अनुगमन गर्नुको साटो खुल्याम खुला सेवन तथा विक्रिवितरण गरिरहकेको प्रशासन निकायले वास्तै नगर्नु कत्तिको सार्थक होला ?

चार्डपर्व कै नाममा यस्ता लागु पदार्थ सेवन गरेर विभिन्न खालका दुर्घटनाहरु बर्षेनी घटेको सुृन्न र देख्न पाईन्छ । यस्ता घटनाहरु घट्नुको प्रमुख कारण मानिने यि नसालुजन्य लागुपदार्थ नियन्त्रण तथा घटनालाई निराकरण गर्न चार्ड चाडपर्व  सुरुहुन पूर्व नै यस्ता पदार्थको अनुगमन तथा नियन्त्रण गर्न सके, यसबाट हुने नोक्सानीबारे समुदायलाई जनचेतनात्क सन्देश दिने खालका कार्यक्रम तथा सूचाना प्रचार प्रसार गरी सबैलाई सूसुचित पार्न सके यस्ता विविधि घटनाहरु घटेको देख्न र सुन्न पाइदैन थियो कि ? यसबारे सरोकारवाला निकाय सचेत हुन जरुरी छ । र समग्र मानिसहरुलाई रक्सी होइन लब्सी खाऔं, चरेस होइन चना खाम भन्न चाहन्छु ।   

धन्यवाद 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु