By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    19 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    19 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    22 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: धर्मले संस्कार र सभ्यता सिकाउने कि कु-संस्कार ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > धर्मले संस्कार र सभ्यता सिकाउने कि कु-संस्कार ?
काठमाडौँ - KTMलेख

धर्मले संस्कार र सभ्यता सिकाउने कि कु-संस्कार ?

साझासवाल
Last updated: February 28, 2017 5:44 am
साझासवाल
17 Min Read
Share


Contents
  • हिन्दु धर्म तथा पशुपति नाथ मन्दिर 
  • पशुपतिमा भारतीय भट्ट किन राखिन्छन ?
  • पशुपति मेलामा हुने गतिविधि संस्कार कि कुसंस्कार ?

हेम चन्द्र राई | मान्छे जन्मजात कसैले पनि न धर्म नत सस्कार नत कुसंस्कार नै लिएर आएका हुन्छौं । यी सबै कुरा मान्छेको समुदायबाट नै बिस्तारै बढ्दो उमेर सङ्गै ग्रहण गर्दै जाने शिक्षा हुन । आदिम कालमा मानवको उत्पत्ति संगै बिस्तारै मान्छेले समुदाय अर्थात युनानी कालमा समुहमा बसोबास गर्न थाले । त्यो भन्दा पहिले मान्छे एक समुहले अर्को समुहलाई आक्रमण गरि जसले जित्यो उसलाई दास बनाएर कतै आहार बनाएर लिनेसम्म काम पनि भए । मानिसको चेतनाको बिकाससंगै प्राकृतिशीत तथा बन्यजन्तु शीत आत्म रक्षाका लागि पनि समय दौरानसंगै समाजमा बसोबास गर्न थाले । जुन समयमा मान्छे मान्छेबाट मात्रै होईन प्राकृतिसँग पनि असुरक्षित थियो । जंगली जनावर बाघ, भालु, सर्प, हात्तीहरु जस्ता हृंश्रक प्राणीहरुबाट पनि असुरक्षित त्यतिकै थियो । दर्शनको हिसाबमा मानव जातिको उत्पत्तिलाई दुई किसिमबाट अध्ययन गरिन्छ एउटा बैज्ञानिकहरुले भौतिकवाद र अर्को आध्यात्मिकवाद । आध्यात्मिकवाद धार्मिक आ-आफ्नो ग्रन्थ अनुसार जो दार्शनिक अब्बल थिए, उनिहरुले आफ्नो समुह समुदायलाई दिएको शिक्षा मुताविक हेर्ने तथा बुझ्ने गरिन्छ । आज एक्काइसौं शताब्दीमा पनि आध्यात्मिक वाद र नास्तिकवाद ( भौतिकवाद ) दर्शनको दुबैको महत्त्व नकार्न सकिने अवस्था छैन । भौतिक बिज्ञानको सुरुवात हुनु पहिले देखि नै आध्यात्मिक कुराले मान्छेमा बिकास हुँदै गरेको असभ्य, संस्कार बिहिन, छाडा तथा खराब गतिविधिलाई नियन्त्रणको महसुस गर्दै दार्शनिक जो विवेकशील थिए तत्कालीन समयमा उनिहरुले नै समुदाय आध्यात्मिकवादी दर्शन धार्मिक आस्थालाई समुदाय पस्कदै समाजको बिकासलाई निकै अघि लिएर आएका छन् । धार्मिक तथा स्थलगत दृश्यले हेर्दा विश्वमान चित्र पश्चिम तथा पुर्व गोलार्धमा बिभाजन पहिले देखिनै रहदै आईरहेको छ । पुर्वीया दर्शनलाई अध्यन गर्दा सनातन धर्म हिन्दु आर्य समाजबाट सुरुवात हुँदै बिस्तारै विभिन्न समुदायमा उनीहरुको आफ्नो पहिचान सस्कारलाई बर्जित गर्दै हिन्दु आर्य धर्म अनुयायीहरुले साम दाम दण्ड भेदको सिद्धान्त अपनाएर बिस्तार गरिएको थियो । जसले गर्दा आदिम विभिन्न समुदायले मान्दै आएको कयौं सस्कार संवत् लोप हुन पुग्यो । 

हिन्दु धर्मले जब पुर्वीया क्षेत्रका रहेको विभिन्न समुदायमा हाबी हुँदै आउदा हिन्दु धर्मको बिस्तारले सबैलाई हिन्दु संस्कार, इतिहासमा घटेको घटनाहरुलाई दार्शनिक बिचारहरुलाई लिपिबद्द गरि महाभारत, वेद, पुराण, गिता बिभित ग्रन्थ लेखिए जसले अझै मौलाउन सहज भयो । आर्य समुदायको सस्कृत भाषामा, हिन्दु अरेबिक लिपिमा उतार्दै धार्मिक सुरुवात बिस्तार हुँदै आए । यी कुरालाई बिस्तारै आर्य समुदायहरुले जहाँ जहाँ पुगे त्यहाँ त्यहाँ आफ्नो धार्मिक सस्कारलाई बिस्तार गर्दै गए । यो सङ्गै नेपालको इतिहासलाई हेर्दा किरात राई समुदायले मान्दै आएको आदिम प्रकृतिकको पुजा गर्ने चलनलाई पनि आर्य समुदायको राज्य बिस्तार संगै नियन्त्रण लिई हिन्दु धर्म बर्जित गरियो उनै धार्मिक संस्कारलाई अनुसरण गर्न बाध्य पारिएर आफ्नो संस्कारलाई बिस्तारै कम गर्दै गर्ने काम भयो । यो सङ्गै पछिल्लो पिढीमा बिस्तारै पुर्खाहरुको अवशानसंगै आफ्नो पुरातन मौलिक परम्परागत संस्कारलाई बिर्सदै हिन्दु धर्ममा लाग्ने काम भयो । यो आर्य समाजको उपज थियो । यो संगै भारत उपदिपबाट बिस्तारै शरणार्थी भएर नेपालको पश्चिमी क्षेत्रबाट नेपाल घुसपैठ गरि बसेका आर्य समाजले लामो ५३२ बर्षलामो किरात राईको शासन सत्तालाई कुटिल चाल अपनाएर अपदस्त गरिए सङ्गै बिस्तार भएको इतिहास भेटिन्छ । 

हिन्दु धर्म तथा पशुपति नाथ मन्दिर 

पशुपतिनाथ मन्दिर हिन्दु धर्मका आरध्य स्थल हो । यो विश्व सम्पदा सुचिमा समेत सुचिकृत रहेको छ । जिवनमा विश्वमा छरिएर बसेका हिन्दु अनुयायीको पवित्र तिर्थ स्थल हुनुका साथै अन्यत्र समुदायको लागि अध्ययन, घुमघामको महत्त्वपूर्ण स्थल पनि हुन पुगेको छ । जहाँ हिन्दु धर्म अलावा अन्य देश बिदेशबाट आउने पर्यटकहरुको लागि एक पटक पुग्नुपर्ने एतिहासिक धार्मिक स्थल हो । मन्दिरै मन्दीरको शहर राजधानीको पशुपति मन्दिरको इतिहास, महत्त्व, मौलिकता छुट्टै छ । हिन्दु धर्मको सुरुवात पुर्वीया आर्य समाजबाट सुरुवात भएको हो । राज्यको आफ्नो बिस्तार सङ्गै हिन्दु सस्कार धर्मको बिस्तार भयो । हिन्दु धर्ममा बिभितता पाईन्छ कहिँ बलि दिने, कहि बलिको नाममा नरिवललाई दिने बिभितता समुदाय अनुसार फरक-फरक पाइन्छ । हिन्दु धर्ममा अर्को समस्या सामाजिक छुवाछूत ( भेदभाव ), अतिवादी छाडावादी कुसंस्कार, महिलालाई दासता राखेर धर्मिक मान्यता अनुसार मानिसलाई चार भागमा बिभाजन गरिएको छ । ब्राह्मण, क्षेत्री, वैश्य ( मङोल पानी चल्ने जात जनजाती समुदायको आम नागरिक ), शुद्र ( दलित समुदाय पानी नचल्ने आर्य समुदायको आम नागरिक ) जसअनुसार कथित दलित मानिएका कामी, दमाई, सार्की समुदायको आ-आफ्नो समुदायको पुरोहित हुन्छन् । ब्राह्मण, क्षेत्री, वैश्य अदि जातिका मानिसहरुको ब्राह्मण समुदायको पुरोहित हुन्छन् भने शुद्र जातिको आफ्नो समुदाय हुनुपर्छ । ब्राह्मण, क्षेत्री र शुद्र आर्य समुदायको खलक हुन् । यसै गरि समाजले आज एक्काइसौं शताब्दीसम्म पार गर्दै अहिले परिवर्तनको आभास ठानी केहि अग्रगामी बाटोमा समुदाय हिड्न कोसिस गरिरहेको छ । जुन रूपमा सामाजिक हिसाबले मान्छेलाई बिभाजन गरि धार्मिक बर्जित नियमन गरिएको कुरालाई केही अतिवादी हिन्दु आर्य समुदायको लागी टाउको दुखाईको बिषय भए पनि बिज्ञानको युगलाई आज नास्तिकवादले गर्दा परिवर्तनको खाचो देखिदै आएका छन् । पछिल्लो समयमा विभिन्न धर्म जन्मिएका छन इसाई ( कृश्चियन ), इस्लाम आदिआदि । उनीहरुमा पनि बिज्ञानको फड्को संगै परिवर्तन महसुस हुँदै बिस्तारै परिवर्तनको बाटोलाई समुदायले अंगिकार गरिरहेका छन । हिन्दु धर्ममा केहि मुस्लिम कट्टर धर्म, इसाई ( कृश्चियन ) पैसाको लोभमा समुदायलाई समेट्ने परम्पराले केही आघात नपुगेको होईन । तर पनि धर्मका बारेमा धेरै टिप्पणी गर्नुमा एउटा कुरामा आम मानव जाती जो आस्थिक छन उनीहरुको बिश्वास ” धर्म अनेक भए पनि हिन्दु धर्म सनातन धर्म हो । धर्मले सबैलाई सतमार्गमा हिडाउछ । धर्म फरक रहे पनि भगवान, गड, अल्लाह एउटै हुन । धर्मले सामाजिक मुल्य र  मान्यतालाई पालना गराउछ । ” भन्ने कुरामा एकता पाइन्छ । पशुपतिमा आजसम्म जति बिकास हुनुपर्ने थियो राजनीति चङ्गुलले तिव्र गतिमा हुन सकिरहेको छैन । आधुनिकतामा ढाल्न आजसम्म सकिएको छैन । विश्व सम्पदा सुचिमा परेका यो एतिहासिक क्षेत्रलाई आधुनिकतामा ढालेर संरक्षण सम्बर्द्धन गर्न आजको समयको माग पनि हो । जसले आजसम्मको हिन्दु धर्म अनुयायीहरुको आस्था, धरोहर, मौलिकता बोकेर विश्वसामु उभिएको छ ।

पशुपतिमा भारतीय भट्ट किन राखिन्छन ?

दसक जनयुद्धबाट शान्ति प्रक्रियामा आएको पहिलो संविधान सभाको चुनावमा पहिलो दल माओवादीले पशुपतिमा नेपाल मुलका भट्ट राख्ने निर्णय गर्‍यो । जस अनुसार केही समयको लागि भए पनि नेपाली मुलका भट्ट राखिएको थियो । जुन राष्ट्रियता, जनजिविका, राष्ट्रको हितमा रहेर गरिएको थियो । तर यो समय नेपाली काङ्ग्रेस र एमाले दलले औपचारिक रूपमा संसद अवरुद्ध गरेर नै भारतीय मुलको भट्ट नियुक्त गर भनेर दवाब दिने काम गरे यो कस्तो रास्ट्रवाद हो ? नेपालमा ८१ प्रतिशत मानिस हिन्दु धर्म मान्छन भन्ने राष्ट्रिय तथ्यांक छ । नेपाल एउटा स्वतन्त्र मुलुक हो किन भारतीय मुलको भट्ट राष्ट्रको लागि कति हितकर छ ? के बनारसमा नेपाली भट्ट नियुक्ति गर्न भारतले दिन्छ ? स्वतन्त्र राष्ट्रको नेपाली राजनीति दलले नै धज्जी उडाउने अनि आफैं आज राष्ट्रवादको खोक्रो ढवाङ्ग पिट्ने कत्तिको जायज छ ? नेपाल नेपालीहरुको स्वतन्त्र मुलुक हो यहाँ हुने हरेक निकायमा नेपालीहरुले अवसर मौका पाउनु पर्छ । के नेपाली भट्ट पशुपतिमा बस्न लायक वा  हैसियतका छैनन् ? कुन धर्म शास्त्र, कानुनमा लेखिएको पशुपतिमा नेपाली भट्ट उपयुक्त छैन भारतीय भट्ट बिना यो पृथ्वीको बिनास हुन्छ, हिन्दु धर्मको बिनास हुन्छ भनेर ? कुर्सीको लोभमा परेर भारतिय विस्तारवादलाई हरेक क्षेत्रमा दक्षिणी राजनीति हस्तक्षेप नितिलाई मौन समर्थन, राज्यको हितमा छैन । हो, नेपाली भट्ट हुने हैसियत बनेको छैन भने त्यो हैसियत सरोकारवाला निकायले बनाउन सक्ने प्रयत्न गरेर पहल गर्न सक्नुपर्छ । पशुपतिमा नेपालको हितमा हेर्ने हो भने नेपाल स्वतन्त्र , राष्ट्रियता, हक अधिकार, सार्वभौम सत्ता सम्पन्न मुलुकको हैसियतले हेर्ने हो भने आगामी दिनमा छिटै नेपाली भट्ट पशुपतिमा नियुक्ति गरेर पशुपतिमा आजसम्म भएको कमिकमजोरी, बिकासका लागि हुनुपर्ने कार्यलाई सम्पादन गरेर थप महत्त्व दिनुको विकल्प छैन । आज भारतीय भट्टलाई मासिक ७ लाख सेवा सुविधा तलब दिनुपर्छ भनेर कुरा बाहिर आएका पनि छन । धर्म पैसाको कमाउने माध्यमका लागि होकि सन्याशी भएर सेवा प्रदान गर्ने सेवा हो ? यो कुरामा प्रष्ट हुन हामी सबैले जरुरी रहेको । 

पशुपति मेलामा हुने गतिविधि संस्कार कि कुसंस्कार ?

हरेक साल हिन्दु धर्मा वलम्भीहरुको पवित्र स्थल पशुपति मन्दिरलाई बार्षिक लाखौं भक्तजन, अनुयायी, पर्यटकहरुको आगमन हुन्छ । धार्मिक एतिहासिक हिसाबले पशुपतिमा एक पटक जसरी पनि पशुपतिमा जानुपर्छ भन्ने मान्यता हिन्दु आस्थावान समुदाय पाइन्छ । जस अनुरुप लाखौं भारतिय समुदायको नागरिक जो हिन्दु धर्मका अनुयायी छन नेपालमा महत्त्वपूर्ण तिर्थस्थल धाउने गर्छन । यसले धर्मिक आस्था संगै मुलुकमा पर्यटन व्यवसायको समेत राज्यलाई टेवा पुग्दछ । यो एतिहासिकतालाई मध्य नजर गर्दै  पशुपति बिकास कोष, सरोकारवाला निकाय, हिन्दु पुरोहित, ज्योतिषी, हिन्दु धर्मकामा पण्डितहरुले सस्कार भित्राउने कि कुसंस्कार भित्राउने भन्ने बारेमा व्यापक बहस हुनुपर्ने समय आएको छ । धर्मका नाममा कुसंस्कारलाई बढवा दिएर भोलिको हाम्रो सन्तति कुन अवस्था पुर्‍याउने काम गरिरहेका छौँ ? हिन्दु धर्ममा शास्त्रमा भएको कुरालाई हिन्दु अनुयायीले मान्ने कुरा भयो । तर वार्षिक लाखौं लाख दिदै भारतबाट नांगै बाबाहरुलाई हिन्दु आस्थावनको नाममा मुलुकमा खुल्लमखुल्ला गाझा, भाङ, धतुरो भित्राएर बिक्रीवितरण गर्न छुट दिने । जसको कुनै कानुनी मापदण्ड नराखिकन बिना इजाजत हचुवाको भरमा वयस्क एउटा बाबा नकावधारीलाई लाखौं हिन्दु दिदिबहिनी , आमा , महिला , सज्जनवृन्द, चेलीबेटीको बिचमा दिनदाहाडै लिंग प्रदशन सस्कार होकि कुसंस्कार हो ? कुन वेदमा लेखिएको छ कि धर्मका नाममा नाङ्गै बाबा नकाबधारीहरु हिड्न पाउनुपर्छ भनेर ? कुन महाभारत, गिता, पुरणमा उल्लेख छ नाङ्गै छौडा नचाउन पाईन्छ भनेर ? अर्को कुरा अब नेपालमा पशुपतिको महा शिवरात्रीमा लिंग प्रदशन गर्नको लागि पनि नेपाली लिंगहरु छैनन् ? हरेक साल बार्षिक भारतबाट नै लाखौं लाख खर्चिएर बाबाहरु लाई ल्याएर लिंग प्रदशन गर्नुपर्ने ? किन लिंग मात्रै पशुपतिमा भारतबाट ल्याएर प्रदशन गरिन्छ ? महिलाको पनि यौनाङ प्रदशन गर्दा पनि हुन्छ होला नि ? के यो समाज पुरुषहरूको मात्रै छौडा नचाउने स्थल हो ? त्यतिकै हचुवामा हामीले बार्षिक लाखौं पैसा बाबाको नाममा दिदै कुसंस्कार त भित्राईएरहेका त छैनौं ? बाहिर पशुपति तथा विभिन्न हिन्दु मठ-मन्दिर, पिठमा पनि शिवजीले बाघको छालाले आफ्नो लिंग छोपेको तस्वीर जताततै पाइन्छ तर ती नै धर्म अनुसरण गर्ने बाबा नकावधारीलाई भने किन नाङ्गै अश्लील छौडा नचाईरहेने ? आखिर कहिलेसम्म नचाईरहने ? हामी कुन युगमा जन्मिएका छौं ? अब समाजलाई कुन दिसामा धकेल्न आटिरहेका छौं ? हो धर्म हो मान्नुपर्छ के धर्मले संस्कार सिकाउदैन भने किन कुसंस्कार अवलम्बन गर्ने हामीले ? किन आस्था राख्ने ? धर्मले त आफू भन्दा सानालाई मायाँ, आफुभन्दा ठुलालाई सम्मान, सबैलाई पाप कुकर्म नगर्ने नगराउने । अश्लील, सामाजिक मान मर्यादाको ख्याल राख्ने भन्ने सिकाउने होईन र ? 

हिजो ठुलठुला रास्ट्रवादको नारा लगाउने व्यक्तिहरु भारतको खुबै बिरोध गरेर लम्पसारवाद आरोप लगाउने अनि आज उनै भारतबाट  लाखौं लाख खर्चिदै नाङ्गै नकावधारी भारतिया बाबा पशुपति जस्तो गरिमामय क्षेत्रमा ल्याएर छौडा नचाउदा कुन दुलामा पसेर बसिरहेका छन ? अब त हामी पाचौं छैटौं शताब्दीमा त छैनौं नि एक्काइसौं शताब्दी बिज्ञानको युगमा छौं । के असल के खराब छुट्टाउन सक्ने सामान्य हाम्रो हैसियत छ । शिक्षा आर्जन गरेका छौँ । हामीले आर्जन गरेको शिक्षा कस्तो शिक्षा हो ? पशुपति पति बिकास कोषले यो साल चर्को पैसा तिरेर नाङ्गै बाबा पशुपतिमा शिवरात्रीको नाममा छौडा नचायो । अब विश्व सम्पदा सुचिमा सुचिकृत पवित्र स्थल पशुपतिबाट विश्व आम हिन्दु तथा अन्य सात अर्ब मानिसहरुलाई कस्तो सन्देश दिन खोजिरहेको छ बिकास कोषले ? यौन शिक्षा उमेरको हदबन्दी संगै जानिसकेको स्वत: प्राप्त गर्ने शिक्षा पनि हो । कसैले एक रुपैयाँ पनि खर्च नगरिकन पाउने शिक्षालाई कुनै लगानी, शिक्षा, प्रचारप्रसार आवश्यकता छैन । यदी आवश्यकता छ भयो भने पनि पाठ्यसामग्री समावेश गरेर सरकारले शिक्षा दिने हो । पशुपति भारतबाट २०/३० जना नाङ्गै बाबाहरु लिएर नचाएर शिक्षा प्रदान हुन्छ ? पशुपति बिकास कोषले जिम्मेवारी वहन गरेर देखाउनु सक्नुपर्छ । पशुपति हिन्दु धर्मका पवित्र स्थल भए पनि सन्सारको करोडौं व्यक्तिहरुले देख्ने, हेर्ने, अध्ययन गर्ने, शिक्षा गर्ने साझा थलो हो । विश्व सम्पदा सुचिमा सुचिकृत यस क्षेत्रको रेखदेख सामाजिक मुल्या मान्यता, कानुनलाई कार्यनयन गर्न सक्दैन असक्षम हो भने राजिनामा दिएर अर्को व्यक्तिलाई कार्य हस्तान्तरण गर्दा उपयुक्त हुनेछ । हरियो डलरवाला हिन्दु महिला अधिकार कर्मी, डाक्टर, इन्जिनियर, शिक्षिका, सभासद, राष्ट्रपति, सभामुखसम्म राज्यको हरेक अंगमा महिलाहरुको उच्च सहभागीता रहिरहेको छ । के त्यो कुसंस्कार हो भनेर बन्द गर्न पहल गर्ने कि टुलुटुलु बार्षिक लाखौं राज्यको ढुकुटी दोहन गर्दै नाङ्गै लिंग हेरेर मौन समर्थन गरेर बसिरहेने ? हरियो डलरको खोल ओढेर ठुलाठुला भाषणबाजि गर्ने नाङ्गै दिउसै रात पार्ने नांगै ताण्डपलाई पनि हरेक साल पुरस्कृत गरिरहेने कि यो कुराको सवाल जवाफ चाहियो जो आज ३३ प्रतिशत अधिकार प्राप्त महिला जो ५१ प्रतिशत जनसंख्या ओगटेको हाम्रो महिला अधिकारकर्मीलाई मेरो प्रश्न रहेको छ ! बिशेष गरि महिला दिदिबहिनी चेलीबेटीहरुले आफ्नो पति जाड, रक्सी, चुरोट, बिडि ? सुर्तीजन्य पदार्थ सेवान नगर्ने, लागू औषध प्रयोग नगर्ने केटा खोज्छन तर उनै महिलाले किन प्रतिबन्ध गर्नुपर्छ भनेर राज्यको पहुँचमा पुगेर पनि मौन बसिरहेका छन ? राज्यको सुरक्षाको चुनौती सधैं थपिएको अवस्था नेपालमा आज हजारौं युवाहरू लागू औसधि दुर्व्यासनी कुलतमा फसिरहेका तथ्यांक देखाउने शिवरात्रीको दिन शिवजीको प्रसाद भन्दै एक डोज गाझा खाने, खुल्ला भारतका नाकाबाट प्रतिबन्धित गाझा , चरेसहरु कटाएर बिक्रीवितरण बाबा नकावधारीलाई दिने नेपाल प्रहरीको यो कस्तो जिम्मेवारी हो ? गाझा भाङ खाने पनि एउटा उमेरको हदबन्दी हुन्छ अहिले ८ सालको बालकले गाझा खान सुरु गर्‍यो भने भोलिको भावी हाम्रो सन्तति कस्तो अपेक्षा गरिरहेका छौँ ? ३६४ दिनसम्म गाझा तस्करलाई नियन्त्रण लिने अनि एक दिन भने छुट दिने यो कस्तो नौटङ्की हो नेपाल प्रहरीको ? शिवरात्री मनाउने अरु तरिका छैन ?

यो यावत समस्या राज्यको पहुच अपुग हुनसक्छ तर हामी आम नेपाली जनसमुदाय अब पहिला हिसाबले धेरै विवेकशील भैसकेका छौं । के राम्रो के नराम्रो त्यो छुट्टाउनसक्ने हैसियत हाम्रो छो । त्यो कुरा हामीले अध्ययन गरेको शिक्षाबाट अब कुसंस्कार बन्द गर्ने, संस्कार बसाल्ने, सामाजिक सद्भाव कायम राख्ने प्रण गरौं राजनीति रुपमा मात्रै परिवर्तन खोज्ने तर धार्मिक, संस्कृतिक रूपमा भने अझैसम्म पाचौं शताब्दीमा रहने हामीले कस्तो समाज परिकल्पना गर्ने ? के हामीले भोलि हाम्रो नेपाल वीर बहादुर गोर्खालीको मुलुक नाम बिगारेर असुरक्षित महिला, लागु औषध तस्करको देश भनेर चिनाउन लागिरहेका छैनौं ? भाबी सन्तति छोराछोरी, महिला जो संस्कार, समुदायको परिचय बोकेका महिलाहरु आजबाट मुलुकको समृद्धिको लागि सकारात्मक शिक्षा, सभ्यता दिएर मुलुकको भोलि सम्मुनतीको शिक्षा दिने कि कुसंस्कारको दलदलमा फसाएर छौडा नचाउने ? आजबाट महिला , सरोकारवाला निकाय , राज्यको सम्यन्त्र , हिन्दु पण्डित , ज्योतिषी , राजनीति दल , बुद्धिजीवीहरुले समयमै बहस गर्ने समय आएको छ । राज्यले के दियो भनेर कुर्लने मात्रै होइन हामीले राज्यलाई के के दिएका छौँ त्यो चिन्तन मन गरौं । बिरोध मात्रै पक्कै हाम्रो लागि राम्रो परिचय होइन । सकारात्मक सम्मुनम नेपाल , विकसित नेपाल , समृद्धि नेपालको परिकल्पना गर्ने हामीले राजनीतिमा होईन मुलुकको लागी हरेक क्षेत्रमा आमूल परिवर्तन हुन आवस्यकता खड्किएको छ । एक्काइसौं शताब्दीमा बसेर अझैसम्म जंगली युगको आचारण बोकेर सभ्यताको परिचय मिल्दैन । परिवर्तन अग्रगामी छलाङको लागि हामी आफैं तयार हुनुपर्छ । धर्मले सस्कार , सभ्यता सिकाउनु पर्छ । धर्मका नाममा समाज, समुदायलाई कुसंस्कार धकेल्ने गतिविधि छुट दिनुहुन्न हुन्न प्रतिबन्ध गरिनुपर्छ हुनुपर्छ यो जनजनको माग हो । सम्बन्धित निकाय, सरोकारवाला महानुभाव, ध्यान समयमै पुगोस् । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article देविस्थानको खाडुमा मोटरेवल पुल निर्माणको माग
Next Article सामुदायिक विद्यालयका छात्राहरुका लागि सेनेटरी प्याड बनाउने तालिम सम्पन्न
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMसमाज

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा

57 years ago
काठमाडौँ - KTMसमाज

बाजुराका ८ भन्दाबढी गाउँका बासिन्दा बिरामी, दुई नाबालकको मृत्यु

57 years ago
काठमाडौँ - KTMराजनीति

यस्तो छ नेकपा एमालेको पपुलिष्ट घोषणापत्र

57 years ago
काठमाडौँ - KTMसमाज

काठमाडौँको सडक छेउका फोहर व्यवस्थापन हुन एक साता लाग्ने

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?