महेन्द्र केसी

महोत्सव भनेको सार्वजानिक समारोह हो । सार्वजानिक समारोह नागरिकको अधिकार र क्षेत्रभित्र पर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

महेन्द्र केसी

महोत्सव भनेको सार्वजानिक समारोह हो । सार्वजानिक समारोह नागरिकको अधिकार र क्षेत्रभित्र पर"/>

2026-08-15 06:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

महिला महोत्सवको नाममा शोषणा नहोस्

महेन्द्र केसी

महोत्सव भनेको सार्वजानिक समारोह हो । सार्वजानिक समारोह नागरिकको अधिकार र क्षेत्रभित्र पर्छ । महोत्सव किन, कसरी, केका लागि, कसले, कहिले, कहाँ गर्दे छ भन्ने बारेमा नागरिकले जान्न पाउनुपर्छ र हुन्छ पनि । जिल्लामा रहेको रेडियो दिदीबहिनीमा यो सामथ्र्य छ कि उसले हरेक बर्ष दुई वटा महोत्सवको आयोजना गरी नारीहरुलाई जमघट गराउने काम गर्छ यो काम यहाँका कुनै पनि नीजि तथा सरकारी कार्यालयले गर्न सक्ने विषय पनि हैन र सक्दैनन् पनि ।

 जिल्लामा संचालन भएको रडियो दिदीबहिनीले हरेक बर्ष २ पटक महिला महोत्सवको आयोजना गरी आफूलाई निजि तथा सरकारी क्षेत्रहरुको भन्दा उपल्लो स्थानमा राखेको पक्कै हो तर ,दिदीबहिनीले महोत्सवको आयोजना गरिरहदाँ भने केहि सबालहरुले आयोजकसँग जवाफ मागिरहेका छन् । हरेक बर्ष तीजको अबसर र अन्तराष्ट्रिय महिला दिवसको अबसर पारी आयोजना गर्ने महोत्सवमा आर्थिक पारदर्शीताको सबाल बर्सेनी उठ्ने गरेको छ ।

आयोजक रेडियो दिदीबहिनीले हरेक बर्ष २ वटा महोत्सवको आयोजना गर्नेगर्छ तर ती महोत्सवको आर्थिक पारदर्शीता भने देखिएकोे छैन र पाइदैन यसले गर्दा पनि महोत्सवप्रतिको जनगुनासो विगतदेखिनै छ ।

महोत्सवको लागि रेडियोले सरकारी विज्ञापन ल्याउन पनि सफल हुन्छ । भर्खरमात्रै सम्पन्न पाँचौ पर्वत महोत्सवको मुख्य प्रायोजक होस् वा सहप्रयोजकको रुपमा आयोजकले सरकारी विज्ञापनदाता खोज्न र ल्याउन सकेन तर दिदीबहिनीले आफूलाई त्यो महोत्सव भन्दा माथिल्लो र सरकारी क्षेत्रबाट समेत समर्थन भएको महोत्सवका रुपमा चिनाउन समेत सफल भएको छ ।

बर्षको दुइचोटी महिलाहरुलाई जमघट गराई महिला अधिकारको कुरामा पोख्त रहदै आएको महिला तथा रेडियो दिदीबहिनीको महोत्सव सवै कुरामा ठिक भएता पनि आर्थिक पारदर्शीतामा भने गम्भीर प्रश्न उठाउन बाध्य तुल्याउँदै आएको छ ।

महोत्सव आयोजना गर्दा लाग्ने खर्चको अनुमान सहित र महोत्सवको उदेश्यसहित प्रचारप्रसार गरिन्छ । अनुमानित खर्चको विवतरण आउँछ तर महोत्सव समापन पश्चायत् भने  महोत्सवमा कति खर्च र आम्दानी भयो त्यो कहिल्यै आउँदै जसले गर्दा पनि महोत्सवमाथि कालो नियत वा महिलाको नाममा शोषणा भएको आम जनमानसको गुनासो रहदै आएको छ ।

नवौं पश्चिमाञ्चल महिला महोत्सव तथा रेडियो दिदीबहिनीको बार्षिक उत्सव यहि फागुनको २४ गते उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने भएका छन् । यस महोत्सवमा ३० लाखको खर्च हुने अनुमान गरिएको छ । महोत्सवले जिल्लाको पर्यटन क्षेत्रको विकास गर्ने मुख्य उदेश्य लिएको छ  भने महिला, अनाथ, अपाङ्ग, जेष्ठ नागरिकलाई सम्मान गर्ने काम समेत गर्ने भएको छ । लघुउद्यमको विकासका साथै स्थानीय उत्पादन भएका बस्तुको प्रर्वद्धनमा समेत टेवा पुग्ने आशा र विश्वास लिइएको छ ।

 महोत्सबमा महिला शसक्तिकरणका विषयलाई समेत शसक्त बनाउने उदेश्यका साथ अन्तिम चरणमा पुगेको छ ।  महोत्सव समापन भएलगत्तै यो पटक आम जिल्लाबासिको मनमा उत्पन्न भएको रेडियो दिदीबहिनीले महोत्सव संचालन गरेर कति खर्च र आम्दानी भयो त्यो देखाउँदै , आर्थिक पारदर्शीता छैन भन्नेहरुको लागि भने गतिलो जवाफ दिनसक्नुनै महिला महोत्सवको मुख्य सफलता हुनेछ ।

आर्थिक रुपमा महोत्सव सफल होला या नहोला तर बास्तविक महोत्सवको आयव्ययको बारेमा आयोजक रेडियो दिदीबहिनीले यस पटक भने महोत्सवको नाममा महिला शोषणा भयो भन्नेहरुलाई आयव्यय सार्वजनिक गरी रेडियो दिदीबहिनीले हरेक बर्ष २ पटक महोत्सव संचालन मात्रै हैन, महोत्सव सम्पन्न पछि भएको आयव्यय पनि यथाशिघ्र देखाउन सक्छ भन्ने कुराको अनुभूति दिलाउन सक्नुपर्छ ।

रेडियो दिदीबहिनीकी अध्यक्ष स्वयम एक जिम्मेवार र जनप्रतिनिधित्व गर्ने व्यक्ति  भएको हिसाबले पनि यसपाली भने हरेक  कुराको सूचना प्रवाह हुनेछ र आर्थिक रुपमा पनि पारदर्शीता हुनेछ भन्नेमा विश्ववास गरौं । महिला महोत्सव सभ्य र भव्यताका साथ सम्पन्न होस शुभकामना ।



https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/



https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/



https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/


https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/



https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/

https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/ 
https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/
https://scontent.fmaa1-2.fna.fbcdn.net/v/t34.0-12/


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त