Image may contain: 1 person, sunglasses, outdoor, closeup and water Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: 1 person, sunglasses, outdoor, closeup and water
2026-06-28 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

अन्तर्राष्ट्रिय नारी दिवस र महिलाको अवस्था

2017-03-06

Image may contain: 1 person, sunglasses, outdoor, closeup and water– दीपिका भुसाल

प्रत्येक वर्ष ८ मार्चका दिनलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा विश्वभर सिर्जनात्मक र रचनात्मक कार्यक्रमसहित मनाइन्छ । आठ मार्च शोषणका विरुद्ध महिलाहरूले विजय हासिल गरेको दिन हो । नारी उत्पीडन, शोषण विश्वमा निकै युगसम्म चल्यो । नारी जागरणले जगतमा चेतना ल्यायो । शोषण, उत्पीडनका विरुद्ध विश्वका नारीहरू आ–आफ्ना घरपरिवार र स्थानबाट संघर्षका पाइलाहरू चाल्न थाले । नारी बन्धनबाट मुक्त हुन खोजे । लिंगिय विभेद निर्मूल भएको छैन तर न्यूनीकरण चाहिं अवश्य भएको छ । पुरुषसरह महिलाहरु हरेक क्षेत्रमा अग्रसर हुन सक्छन्, चाहन्छन् । यसकालागि महिला अधिकार र अवसरको सुनिश्चितता आवश्यकता पर्दछ । 

मानवजातीको आधा हिस्साका रुपमा रहेका नारीहरूको कल्याण, समानता र प्रगतिका निम्ति विश्वमा तीन थरिका चिन्तन देखा परेका छन् । पहिलो पुरुष प्रधान सोचाईं, दोश्रो नारी प्रधान सोचाईं, तेश्रो नारी–पुरुष समानताको सोचाई । विश्वका नारीहरू राजनीतिक अधिकार र शिक्षाबाट बञ्चित थिए । पुरुष र नारीबीच ठूलो असमानता थियो । अहिले विज्ञान र प्रविधिको विकाससँगै विश्वका कुना काप्चाका नारीहरूमा चेतनाको स्तर उठेको छ । परम्परागत सोचाईंबाट नारीहरूलाई माथि उठाउन अझ निकै प्रयास गुर्नपर्ने देखिन्छ । 

नेपालको दुई विशाल छिमेकी चीन र भारतको नारीहरूको अवस्था निकै अन्तर छ । भारतीय बहुसंख्यक नारीहरू अझै विकासको सूचकाङ्कको हिसाबले निकै पछि छन् । सानो देश नेपालको कूल जनसंख्याको आधा हिस्सा झण्डै डेढ करोड नेपाली महिलाहरूको आर्थिक स्थिति, राजनीतिक अधिकारको स्थिति अझै सन्तोषजनक छैन ।

नेपालमा कम्युनिष्ट राजनीतिक पार्टीहरूले महिला सशक्तिकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । हरेक क्षेत्रमा पुरुष सरह महिला धेरथोर देखिएका छन् । नेपालमा प्रथमपटक महिला राष्ट्रपति, महिला सांसदको सभामुख भएकी छिन् । यसलाई निकै ठूलो ऐतिहासिक उपलब्धीका रुपमा लिन सकिन्छ । महिलाको नेतृत्व विकास हुनु भनेको राष्ट्रको सर्वा·िन विकासमा ठूलो टेवा पुग्न जानु हो । महिला परिवारको पहिलो गुरु हुन् । महिला नै मानव सृष्टिकर्ता हुन् । महिला र पुरुषबीचको अन्योन्याश्रित सम्बन्धबाट नै यो विश्व ब्रम्हाण्ड सुचारित छ । महिला–पुरुष समान सहभागिता वर्तमान युगको आवश्यकता हो । पुरुषभन्दा महिलाहरुले तोकिएको काम पूरा गर्न बढि सक्रिय र जिम्मेवार देखिन थालेका छन् ।

विकास र परिवर्तनको गतिसँगै नयाँ नयाँ किसिमका समस्या पनि देखा पर्दछन् । महिलाको कमाई खाने बेला देखा परेको छ । समाजको विकाससँगै युगका विशेषता र चुनौतीहरु थपिंदै आएका हुन्छन् । महिला हिंसा यतिखेर बढ्दै गएको छ । महिलाहरू मुक्त भएको लगत्तै प्रताडित हुन थालेका छन् । कतिपय महिलाले स्वतन्त्रताको नाममा स्वच्छन्द गतिविधि गर्न थालेका छन् । घर, परिवार समाज र राष्ट्रको निर्माणमा महिलाहरुको अग्रसरताले नयाँ अध्याय थपिदिएको छ । आधुनिक महिलाहरूको हरेक स्थानमा उपस्थितिले गर्दा महिला र पुरुषको समान सहभागिता बिना काम नै अपुरो हुने अवस्था आएको छ । 

महिलाहरूको साँचो अर्थमा अझै मुक्ति भएको छैन । नारीले पतनको बाटो होइन उत्थानको बाटो रोज्नु पर्दछ । नारीहरूले भोग विलासको वस्तुमा मात्र आफूलाई सीमित राख्नु हुँदैन । नेपालमा आमूल सामाजिक परिवर्तन हुन नसकेकोले नेपाली नारीहरू अर्ध मुक्तिका अवस्थामा छन् । पूर्ण अधिकारबाट नारीहरू सम्पन्न हुन सकेका छैनन् । मुठ्ठीभरका नारीहरूको उन्नति नै सम्पूर्ण नारीहरूको उन्नति र प्रगति देख्नु, महिलाले अधिकार पाइसकेका छन् भन्नु वुद्धिमानी होइन । 

नेपाली समाजमा जातपात, छुवाछुत, अध्यात्मवाद, श्रमजीवी नारीहरूलाई दबाउने चलन, दाइजो प्रथा, बाल विवाह, बहु विवाह, अनमेल विवाह आदि समस्याले महिलाहरूलाई मुक्त हुन दिएको छैन । महिलाहरूमा शिक्षा र साक्षरताको लहर सन्तोषजनक छ । महिला रोजगारीको स्थिति नाजुक छ । नेपालको क्रान्ति र परिवर्तनमा नेपाली महिलाहरुले दिएको योगदान स्मरणीय छ ।

नेपाली नारीहरूले इतिहास रचेका छन् । नेपाली नारीहरूको वीरता र उनीहरूले पाएको वीरगतिले अहिले नेपालमा गणतन्त्र स्थापना भएको छ । नेपाली महिलाहरुको त्याग, तपस्या र बलिदान नेपालका पुरुषहरुको भन्दा कम छैन । महिला र पुरुष सँगसँगै विकास पथमा लम्के भने नेपाल विश्वकै उदाहरणीय देश बन्न सक्दछ । नेपालको आर्थिक क्रान्तिमा नेपाली महिलाहरूले अवसर पाएको खण्डमा ठूलो उथल पुथल ल्याउन सक्दछन् । नेपाली महिलाहरूले विश्वका विभिन्न भूभागमा पुगेर आफ्नो पहिचान राख्न सफल भएका छन् । 

अब नेपाली नारीहरू अन्याय र भेदभावले भरिएका परम्पराहरूलाई जस्ताको तस्तै धान्ने अवस्थामा छैन । जंगली अवस्था, कविला समाज, दास युग, सामन्ती समाज, पूँजीवादी समाज हुँदै समाजवादी व्यवस्थामा विश्वका महिलाहरूले पाइला चालेका छन् । नारीहरूलाई विज्ञापनको साधन अझै बनाइएको छ । महिलहरू राम्रा, नराम्रा सबै पेशा, व्यवसायमा संलग्न छन् । विश्वमा वेश्या (यौन व्यवसाय) बजार फस्टाएको छ । विवेकहीन मान्छेको मनपरी महिलामाथि अझै जारी छ । बलात्कार, सामुहिक बलात्कारको घटनामा कुनै कमि आएको छैन । एकल महिला (विधुवा महिला) माथि हेरिने दृष्टिकोण अझै संकिर्ण छ । 

महिलाविरुद्ध कुनै दुव्र्यवहार र कुनै भेदभाव हुन नदिन कानुन बनेका छन् । महिला तथा बालबालिकको उत्थान र संरक्षणका लागि अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु क्रियाशील छन् । महिला दबाव समूह गठन भएका छन् । दिनपरदिन महिलाहरूले मुक्ति र सुखको दिन फेर्न पाइरहेका छन् । बुढी आमालाई बुढेसकालमा आवश्यक स्याहार सुसार नगर्ने, बुढी आमाको कारण परिवारमा कलह, बढ्दै जाने क्रम छ । बुढाबुढीको आवश्यक लालन पालनमा कमिले गर्दा थप सामाजिक समस्या देखा परेको छ ।

बुढाबुढीले निकै कष्टकर जीवन बिताउन बाध्य छन् । बुढेसकालमा महिलाहरूले पाउँदै आएको ताडना नेपाल र भारतजस्तो राष्ट्रमा वर्णन गरेर साध्य छैन । नारीहरूलाई सम्पत्तिको अधिकार अझै समानतापूर्वक दिइएको छैन । महिला नै महिलाको बैरी हुने गरेको पाइन्छ । महिलाको समस्या साझा समस्या हो । साझा रुपमा नै हल हुनु पर्दछ । आठ मार्च अर्थात अन्तर्राष्ट्रिय नारी मुक्ति दिवसले सबैखाले शोषण, दमन, उत्पीडन, प्रताडना विरुद्ध आँखा खोल्न, विवेक राख्न सबै महिलाहरूलाई सन्देश दिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी