Image may contain: 1 person Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... Image may contain: 1 person
2026-08-15 07:59 AM
पर्बत - PBT

उपप्रमूखकी उम्मेदवार गंगाको जीवन सङ्घर्ष र सङ्कल्प

Image may contain: 1 personएकाबिहानै सेनाले ढोका ढक्ढकायो । ‘यही हो, आतङ्ककारीको घर !’ हतियारधारी सेनाको फौजले उनको श्रीमान गिरफ्तार ग¥यो । १६ वर्षे कलिली युवती, यौवनका आकाङ्क्षा र जीवनका अतृप्त सपनामाथि बज्रपात आइलाग्यो । बामपन्थी पारिवारिक पृष्ठभूमि भएपनि राजनीतिमा खासै चासो नदिएकी उनको मन अमिलो भयो । उनका श्रीमान् चम्किँदा युवा शिक्षक थिए । श्रीमानको गिरफ्तारीपछि उनको मस्तिष्कमा राजनीतिक जागरणको बिज अङ्कुरायो, अनि सक्रिय राजनीतिका लागि उर्वराभूमि बन्यो ।

३३ वसन्तअघि पर्वतको आर्थरमा बुवा अनिरुद्र पौडेल र आमा दुर्गादेवी पौडेलको कोखबाट जन्मिएकी गंगा तिमिल्सिना सानैदेखि प्रतिभाशाली र बहिर्मूखी स्वाभावकी थिइन् । उनका बुवा अनिरुद्र आर्थरका लोकप्रिय शिक्षक थिए । सहयोगी भावनाका अनिरुद्रको परिवार आर्थरेहरुका लागि उत्तिकै प्रिय थिए । घरमा राजनीतिक र सामाजिक अगुवाहरुको बाक्लै आवातजावात हुन्थ्यो, त्यही सङ्गतले गंगाको व्यक्तित्व विकासमा प्रारम्भिक भूमिका खेल्यो ।

२०५८ मंसीरमा संकटकालको घोषणा भयो । माओवादी युद्धमा लागेको अभियोगमा उनका श्रीमान बसन्तविक्रम तिमिल्सिना, दाजुहरु गोविन्द पौडेल र मनहरि तिमिल्सिना सेनाबाट गिरफ्तारीमा परे । परिवार र आफन्तमा एक खालको सन्नाटा छायो । तर, उनी र उनको परिवार बिचलित भएन । आफ्नै परिश्रम र मेहेनतको बलमा चुनौति छिचोल्ने सङ्कल्प गरिन् उनले । भन्छिन्, ‘एकातिर श्रीमान, अर्कोतिर गोविन्द दाइ र मनहरि दाइलाई सेनाले समात्यो, के गर्नु के नगर्नु ? म निकै ठूलो समस्यामा परें । तर, परेको सहन्छु भन्ठानें, कुनै दिन पनि हिम्मत हारिनँ ।’

पीडा र चुनौतिले नै उनलाई धेरै कुरा सिकायो । चुनौतिकै बीचमा स्नातक गरिन्, पातिचौरमै व्यवसाय सुरु गरिन्, अनि परिवर्तनको यात्रामा सधैं एक अभियान्ताका रुपमा क्रियाशील रहिन् । तिनै सङ्घर्षको पयार्यवाची गंगा तिमिल्सिना (पौडेल) बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिकाको उपप्रमूखमा प्रतिस्पर्धा गर्दैछिन् । 

ने.क.पा. (माओवादी केन्द्र) जिल्ला सचिवालय सदस्य र मोदी गाउँपालिकाको सचिवका रुपमा क्रियाशील उनी दर्जनौं सामाजिक सङ्घ, संस्था र अभियानको नेतृत्व गरिरहेकी छिन् । उनी मोदीखोला बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष, पर्वत उद्योग वाणिज्य संघकी महिला उद्यमी सभापति, नेपाल घरेलु तथा सना उद्योग महासङ्घकी उपाध्यक्ष, कृषि उपज सङ्कलन केन्द्र पर्वतकी सदस्य, ख्वाङ्जु स्वास्थ्य क्लिनिक डिमुवाको बोर्ड सदस्य, कोरुङ्गा सामुदायिक बनको सचिव, कोरुङ्गा महिला समूहको अध्यक्ष, बीरेन्द्र प्राविधिक शिक्षालयको सदस्य, कृषि उपज सङ्कलन केन्द्र पातिचौरको अध्यक्ष, राष्ट्रिय कृषक महासङ्घ पर्वतको सदस्य, पातिचौर खाद्यान्न शित भण्डारकोे अध्यक्षजस्ता दर्जनौं ठाउँमा बसेर सामाजिक क्षेत्रको नेतृत्व गरिरहेकी छिन् । 

सामाजिक काम भनेपछि भोक, निद्रा पनि बिर्सिन्छिन् उनी । उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘असाध्यै फरासिलो स्वाभाव छ, सामाजिक कामका लागि जहिले नि अघि तम्सिन्छिन् । मिलेर काम गर्ने उनको बानी नै सफलताको पहिलो आधार हो ।’ हुन पनि त्यस्तै छिन् उनी । कृषि क्षेत्रको विकास कसरी गर्ने ? नयाँ–नयाँ सोच र खोजीमा हुन्छिन् उनी । भेट्ने जति सबैलाई भन्ने उनको एउटै सुत्रवाक्य छ, ‘कम्मर कसेर लाग्नुस्, आफ्नै जीवन आत्मनिर्भर बनाउनुपर्छ । कसैले एक दिन दिएको सहयोगले हामीलाई पुग्दैन । सहयोग होइन, सीप माग्नुस्, सोंच माग्नुस्, त्यसले तपाईलाई आत्मनिर्भर र स्वाभिमानी बनाउनेछ ।’ उनी आफ्नो क्षमताले भ्याएसम्म माछा खान होइन, मार्न सिकाउँछिन् ।

यतिबेला उनलाई चुनावकै चटारो छ, भोट माग्न नै भ्याइनभ्याई छ । सबै पार्टीका उपप्रमूख प्रतिस्पर्धामा छन् । तर, उनको जस्तो लोकप्रियता अरुको देखिएको छैन । गाउँपालिकाको उपप्रमूख स्थानीय न्यायिक समितिको अध्यक्ष हुने संविधानमा व्यवस्था छ । झर्रा भाषामा भन्दा उपप्रमूख गाउँका न्यायाधीश हुन्छन् । देवानी प्रकृतिका मुद्दाको फैसला उनीहरुकै थाप्लोमा पर्छ । यस्तो महत्वपूर्ण जिम्मेवारी पाउने उपप्रमूखका लागि उनका प्रतिस्पर्धी त्यति सक्षम र बलिया देखिँदैनन् ।

जित्नुभयो भने तपाई गाउँपालिकाको न्यायाधीश, कसरी दिनुहुन्छ नागरिकलाई न्याय ? गंगा भन्छिन्, ‘यही जिम्मेवारी कूशलतापूर्वक पुरा गर्न नै म उपमेयरको प्रतिस्पर्धामा छु । अहिले हाम्रो न्याय प्रणाली कागजमूखी छ, कागजमा जसको प्रमाण पुग्छ, उसैले न्याय पाउने स्थितिको अन्त्य गर्नु मेरो पहिलो दायित्व हुन्छ । न्याय सम्पादनमा जनताको सहभागिता जुटाउने प्रणाली स्थापित गर्छु । कागजी प्रमाणका अतिरिक्त आम भेला वा सार्वजनिक सुनुवाईमार्फत् कागजी प्रमाणहरुको सत्यता जाँच्ने विधिको विकास गर्छु, समाजमा स्थापित प्राकृतिक न्यायका सिद्धान्तहरुलाई न्याय सम्पादनको आधारका रुपमा लिन्छु । विज्ञहरुको नियमित राय, छिटो न्याय सम्पादन र तोकिएको समयमा फैसला गर्न नसकिएको परिस्थितिमा पीडितले क्षतिपूर्ति पाउने व्यवस्था गर्छु ।’

उपमेयरहरु न्यायाधीश मात्रै होइनन्, मेयरको अनुपस्थितिमा कार्यवाहक मेयर वा प्रमूख पनि हुन् । चलनचल्तीको भाषामा भन्दा उपमेयरहरु मेयरका दाहिने हात हुन् । मोदी गाउँपालिकाको विकासको तपाईको योजना के छ ? चुनाव जितेर के गर्नुहुन्छ ? तिमिल्सिना भन्छिन्, ‘मसँग विकासको प्रष्ट मार्गचित्र छ । मसँग गाउँपालिका विकासको २० वर्षे गुरुयोजना छ । स्थानीय साधन स्रोत के छ ? त्यसको लेखाजोखा गरिएको छ । करको दर कसरी निर्धारण गर्ने, करको दायरा कत्रो बनाउने ? गाउँपालिकाको विकासमा स्थानीय जनताको सहभागिता र लगानी कसरी जुटाउने ? त्यसको ठोस खाका हामीसँग छ । गाउँपालिकामा वार्षिक र नियमित आम्दानीको स्रोत निर्धारण गरिनेछ, स्थानीय जनताको शेयरबाट प्राप्त पूँजीको परिचालन गरिनेछ । यसकै आधारमा हामी भौतिक पूर्वाधार, रोजगारी सिर्जना, जनताको जीवनस्तर अभिवृद्धिको काम गर्छौं ।’

यिनै गंगा तिमिल्सिना उपप्रमूखको प्रतिस्पर्धामा छिन् । भन्छिन्, ‘जिते पनि हारे पनि मेरो सपना समाज सेवा नै हो । तर, मैले जित्छु, मसँग मोदीको विकास कसरी गर्ने ? भन्ने स्पष्ट भिजन र अनुभव छ, केन्द्रसँग बलियो पहुँच र साथ छ । मोदीको विकासका लागि सबै दलहरुसँग हातेमालो गरेर नेतृत्व गर्ने सोंच छ ।’ निर्वाचनको माहोल र उनलाई नजिकबाट चिन्नेहरु भन्छन्, ‘मोदीमा माओवादीले जित्ला, नजित्ला । तर, उपप्रमूखमा गंगा तिमिल्सिनाले जित्छिन् ।’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त