By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    7 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    10 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    11 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    11 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    14 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    14 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: “अझै उठ्नु भा’छैन सुरज सर?”
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > “अझै उठ्नु भा’छैन सुरज सर?”
काठमाडौँ - KTMलेख

“अझै उठ्नु भा’छैन सुरज सर?”

साझासवाल
Last updated: May 19, 2017 7:43 am
साझासवाल
16 Min Read
Share

बिहानको करीब ६ बजेको थियो, कहिल्यै उ त्यति छिटो उठेको थाहा थिएन ! अझ त्यो दिन शनिबार पो थियो त ! प्राय: उ शनिबारको दिन अबेर सम्म सुत्ने गर्थ्यो ! 

“अहँ सर, उठेको छैन ! यो जाडोमा यति छिटो उठेर पो के गर्नु छ र ? हाम्रो तराई तिर त बिहान बिहान उठेर आगो तापिन्छ, धाराबाट जमिनमुनिको पानि आउछ ! यता तिर त पानि पनि कति चिसो हो !” म बिस्तारामै आड लाएर उसलाई भन्दै थिए, तर उ मेरो कुरामा तेती चासो देखाएन ! सायद उ अर्कै कामले आएको थियो ! राजिव, उसको नाम थियो ! हल्का कालो वर्णको, ५.४ इन्च को राजिव त्यो दिन अजिव देखियो मेरो लागि ! 

“केहि काम थियो कि राजीव सर ? ” हाई काढ्दै मैले सोधे !

“सानो काम थियो सर, पोखरासम्म जानुपर्ने, संगै जाउ कि भनेर, साझ सम्म फर्किउला ! बाईकमा जाने हो ! तपाईको दाई भाउजु पनि पोखरानै हुनुहुन्छ, तपाईवहाहरु लाई भेट्नुहोला अनि मेरो काम पनि सकेर साझ सम्म फर्किउला नि हुदैन सर ?”

मलाई पनि दाईभाउजुको न्यास्रो लागि रहेको थियो केहि दिन देखि ! साथि पनि हुने त्यसमाथि शनिबारको दिन, जाने सोच बनाएर मैले उसलाई “हुन्छ” को इशारा गरे !

“ल सर तपाई रेडी भएर मेरो कोठा तिर आउनुहोला है त ?” 

त्यति भनेर उ गयो !

म उठेर हातमुख धोए ! पुसको जाडो छेक्न भित्रबाट बाक्ला लुगाहरु प्रसस्त लगाएर तयार भएर उसको कोठामा पुगे ! उ तयार भै सकेको थियो !

“सुन्नु न ! सुरज सरले चिया खानुहुन्थ्यो होला, म छिट्टै बनाईदिन्छु एकैछिन पर्खनुस न है ?”

उसको श्रीमतीले उसलाई भनि !

“होइन ! हामि बाटोमा खाईहाल्छौ नि ! आजभोली दिन छोटो हुन्छ ! फर्कदा रातपर्छ !”

उसले भन्यो ! म पनि उसको कुरामा मौन सहमति जनाए !

बिहानको करिब साढे सात बजेको हुनुपर्छ ! हामि पोखराको लागी हिड्यौ ! साविक भन्दा त्यसदिन जाडो अलि बढीनै थियो ! उ अलि तेज गतिमा बाईक चलाउथ्यो ! त्यसैपनि बेनी-पोखरा सडक अलि साघुरिएको, त्यसैले मनमा अलि डर थियो मेरो ! तर पहिले गाडीमा त्यो बाटो हिड्दा वरिपरिको दृश्य देख्न सकिन्नथ्यो, तर तेतिबेला पारिको डाडाहरुमा परेको सेताम्य हिउ देख्दा मन एकदमै रमाएको थियो !!

“सर एउटा कुरा तपाईलाई भन्छु, कसैलाई नभन्नुहोला है ?” उसले बाईकको गति अलि कम गर्दै भन्यो !

“के कुरा ?” मैले अचम्म मान्दै सोधे !

“खास कुरा के हो भने नि सुरज सर, एउटा छम्मा संग धेरै भयो फेसबुकमा कुरा भै राथ्यो, पछी पछी फोनमा पनि कुरा हुन्थ्यो ! आज भेट्न बोलाथ्यो, त्यसकै लागि हो ! घरमा बुडिले शंका गरिराख्यो, मैले सुरज सरको पनि काम छ, पोखराबाट सामानपनि ल्याउनुपर्ने छ भने’छु ! तपाई संग हिड्दा शंका गर्दिने त्यसैले सर !” 

“ओहो ! अनि भोलि बैनी (उसको श्रीमती) ले थाहा पाउनुभयो भने मलाई के सोच्नुहुन्छ नि ?” म अलि हड्बदाउदै सोधे !

“केहि हुदैन के सर ! नडराउनुस न ! म मिलाईहाल्छु नि !

“अनि कहाँ को केटि हो त त्यो? विवाहित हो को अविवाहित नि?” मैले सोधे !

“केटि लमजुंगको हो ! उसको बुडा दुबईमा छ रे, बिहे भ’को २ महिना मै उसको बुडा विदेश ग’को रे ! पहिले पहिले त अलि अलि मात्र कुरा हुन्थ्यो, आजभोली त खुलेरै कुरा गर्छे सर !” उ मलाई बुझाउदै थियो !

“अनि तपाई आफ्नो श्रीमती संग सन्तुष्ट हुनुहुन्न र सर?” उसको कुरालाई अड्काएर मैले सोधे !

“कुरा तेस्तो होइन सर, “घर कि मुर्गी दाल बराबर” उ हास्दै भन्यो !

जाडो अत्यन्त बढेको थियो ! पोखरा सम्म पुग्दा घाम पनि राम्रै संग लागेको थियो ! बिन्दबासिनी मन्दिर नजिकै पुगेपछि उसले बाईक साईड लगाउदै गोजीबाट बजिरहेको मोबाईल निकाल्यो र फोनमा केहि कुरा गर्यो र हतार गर्दै मलाई भन्यो-

“सुरज सर ! तपाई यहाँ बाट दाई भाउजुलाई भेट्न जानुस, मलाई लेक साईड बोलाछ उसले, म फर्किने बेलामा तपाईलाई फोन गर्छु”

“हुन्छ” भन्दै म त्यहाबाट मोहरियाटोल मा रहेको दाईको होटल तिर लागे !

केटि घण्टा पछि उसको फोन आयो ! “सुरज सर तपाई अघि हामि छुटेको ठाउमा आउनुस, म त्यहि आउछु अनि जाउला !”

मैले”हुन्छ” भन्दै थिए, उसले फोन काटिदियो, सुन्यो वा सुनेन, त्यो थाहा भएन ! म त्यहा पुग्दा उ मलाइ कुरेर बसीराखेको थियो !

“कति बेर लगाउनु भ’को सर?” उसले भन्यो !

म केहि नबोली बाईकमा बसे, हामि बेनी तर्फ लाग्यौ !

जाडो याम भएकाले झमक्क पर्न थालिसकेको थियो ! पोखरादेखि करिब डेढ घन्टाको यात्रा तय गरिसकेपछि उसले मलाई एउटा होटल नजिक पुर्यायो ! उ सानो गल्लिबाट छिर्यो, उसलाई पछ्याउदै म पनि त्यतै लागे ! 

“दाई, छ कि छैन?”

उसले चोर औला नाक तिर देखाउदै भन्यो, 

“छ भाई ! जस्तो खोज्यो त्यस्तै छ नि !” होचो, भुडी अस्वाभाविक रुपले बाहिर निस्किएको, मंगोलियन अनुहारको व्यक्तिले भन्यो ! उसले के बुझेर भन्यो, म अनभिज्ञ थिए !

“सर कहिल्यै आउनुभा’थ्यो यस्तो ठाउमा ? छोरा मान्छे भएसी कहिले काही यस्तो ठाउमा पनि आउनुपर्छ !”

हरियो कपडाले वरिपरीबाट घेरिएको टेबलमा बस्दै उसले भन्यो ! 

उसले हातको इशारा गर्दै चुरोट पठाईदिन अघिको “साहुजी” लाई आग्रह गर्यो ! हातमा चुरोट र सलाई बोकेर करिब १६/१७ वर्षकि केटि हामी नजिक आई ! 

“चुरोट कतिवटा हो ?” उसले सोधी !

“वहा त सोझो मान्छे हो, चुरोट रक्सि केहि पनि खानु हुन्न, एउटा मात्र देउ मलाई” उसले म तिर हेर्दै जिस्क्याउने शैलीमा भन्यो !

“साच्चै हो कि त्यसै भन्नु भ’को ?” उसले जिज्ञाशा राख्दै सोधी !

“खोइ, हाम्ले दिदा खानुहुन्न केरे, तिम्ले दिदा खानुहुन्छ कि? दिएर हेर न, म त दाई संग एकछिन काम छ…” भन्दै हातमा चुरोट लिएर उ साहुजी भएतिर गयो !

सानो कोठी, त्यसमा पनि रक्सि खानेहरुको कोलाहल ! उनीहरुले प्रयोग गर्ने अश्लिल शब्द ! 

“साच्चै तपाई चुरोट अनि जाड रक्सि केहि खानुहुन्न ?” उसले जिस्किने पारामा सोधी !

“किन बिस्वास लागेन ?” मैले भने !

“खोई, हेर्दा त त्यस्तो देखिनुहुन्न केरे ! अनि आजको जमानामा पनि नखाने कोहि हुन्छन र ? जाड रक्सि त माने, चुरोट त सामान्य भै सक्यो नि !” उ मेरो नजिकै रहेको कुर्सीमा बस्दै भनि !

“हेर्दा त तिमि पनि यस्तो ठाउमा काम गर्दिन्यौ जस्तो देखिन्छौ नि, सोझी देखिन्छ्यौ, तर देखेर मात्र हुदो रहेनछ !”

मैले पनि उसलाई उसकै शैलीमा उत्तर दिए ! मेरो कुराले उ अलि मलिन भै, उसको हासो अलिकति खुम्चियो ! हुन पनि उसको सुन्दरता र पहिरनले एउटा सामान्य मान्छेलाई यो कुरा भुलाईदिन्थ्यो कि उ एउटा वेश्या हो ! गोरो वर्ण, पातलो शरीरमा सामान्य गाउले केटिले लगाएझैँ गरि लगाएको कुर्था सलवार ! 

“सबै देखेका कुरा सहि हुन्छन भन्ने पनि हुदैन सर !” उसले अलि भावुक हुदै भनि “यस्तो ठाउमा काम गर्ने रहर कसलाई हुन्छ र ?”

“अनि रहर नभए के केटीहरुले गर्ने अरु कुनै काम नै हुन्न र ? अरु काम पनि त छन् नि, दु:ख गर्न सक्दैनन् अनि यसरि मोज पनि हुने, पैसा पनि आउने भएपछी….” म भन्दै थिए, उसले बीच मै रोकेर भनि:

“सबै मोज गर्नकै लागि यो बाटोमा लागेका हुदैन सर ! कतिको बाध्यता पनि हुन्छ ! होलान कोहि रहर ले यस्तो तिर लाग्ने, तर सबै रहरले लागेका हुदैनन् ! तपाई भन्नुहुन्छ काम अरु पनि छन्, हो छन्, तर त्यो कामले खान सम्म पुग्दैन ! अनि घर/परिवार को जिम्मेवारी कसरि पुरा गर्ने? अनि हाम्रो जिन्दगीमा के मोज मस्ती देख्नुहुन्छ र सर? शारीरिक सम्पर्क मात्र मोज मस्ती होइन, यहाँ न हाम्रो भावनाको कदर हुन्छ, जस्तो संग पनि सुत्नुपर्छ ! चाहे त्यो मन परोस, या नपरोस ! अझ “रन्डी/ वेश्या/भालु” जस्ता नराम्रा शब्द प्रयोग गर्छन हामीलाई !”

“अनि भालु चाहि किन भन्छन नि? लामो लामो नङ हुने भएर हो?” म उसले हातमा पालेको लामो नङहरु देखाउदै भने !

उ एकपटक छिल्लिएर हासी र त्यसको रहस्य खोलि, भालु यस्तो जनावर हो, जुन धेरै संगको शारीरिक सम्पर्क पछी मात्र सन्तुष्टि प्राप्त गर्छ, त्यसैले त्यस्तै धेरै कुनै एउटा मान्छे मात्रबाट सन्तुष्ट नभई धेरै संग शारीरिक सम्पर्क राख्ने केटीलाई “भालु” भनिन्छ रे ! उसले यी कुराहरु अति नै अश्लिल शब्दमा भनि, जुन म यहाँ लेख्न सक्दिन !

“अनि पैसा मात्र सबै कुरा त होइन नि ! मान्छेहरु त तिम्रो शरीर रहे सम्म मात्र तिम्लाई किन्छन, अनि त्यसपछि के गर्छ्यौ नि ?” मैले सोधे !

गोजी बाट चाइनिज मोबाईल निकालेर हातमा लिदै उसले भनि “भोको पेटले इज्जत, मान, सम्मान केहि पनि हेर्दैन सर !” चाइनिज मोबाईलको धमिलो स्क्रिनमा फोटो देखाउदै भनि ” म पनि घर, परिवार भएकी केटि हु, इज्जतको डर लाग्थ्यो तर…”

उसको कुरालाई बिचमै काटेर मैले सोधे “कुरा त निक्कै जानेकी रैछ्यौ, कति पढेकी छौ?”

“हाम्रो पेशामा पढाई होइन सर, रुप र सुन्दरता हेरिन्छ, पढ्न त क्याम्पस पढेकै हो, तर जागिर पाईन्न, पाए पनि खाना लाउन ठिक्कै” भावुक स्वरमा उसले भनि र मोबाईलमा दोहोरि गीत बजाई र त्यहि गीतमै हराउन थालि !

म पनि एकछिन केहि बोलिन, एकछिन पछी उसको भावुकतालाई नियाल्दै प्रश्न गरे:

“उसो भए केटीहरुलाई त सजिलो रैछ नि ! अरु जागिर नपाए पनि यो जागिर त “फिक्स” हुदो रैछ ! केटाहरु ले त जागिर नपाए अरु विकल्प हुदैन ! त्यसैले त होला नि बुढापाकाहरुले भन्ने केटिहरुको जात कहिँ पनि गएर मर्नु पर्दैन रे ! “थापेर खाने भाडो” भगवानले नै दिएका छन् रे !”

“त्यो त उनीहरुले आफ्नो बचावको लागि भन्ने मात्रै कुराहरु हुन सर ! अझै पनि उच्चा ओहदा मा पुरुषहरु छन् ! यहाँ पनि हामि पुरुषहरुको गुलामी नै गर्नुपर्छ क्यारे ! उनीहरुकै आवश्यकता पूर्तिका लागि प्रयोग हुदैछौ !” उसले भनि !

“अनि त्यस्तो थाहा हुदा हुदा किन त त्यहि संसारमा भुल्छ्यौ अझै ?, पुरुषलाई मात्र दोष दिएर हुदैन ! सबै पुरुष नराम्रा पनि त छैनन् !” मैले भने !

“भोको पेटले सबैभन्दा पहिला खाना खोज्छ सर ! हामि जस्तो बाध्यताको जिन्दगि जिउनेहरूलाई यथार्थता जस्तो भएपनि फरक पर्दैन ! म पनि सोच्छु, कुनैदिन अलि माथि उठ्न सके भने आफ्नो पहिचानको लागि संघर्ष गर्नेछु, तर हामी जस्तोको लागि भविष्यको कुनै अर्थ नहुदो रहेछ सर, हामि त मात्र वर्तमानलाई नै आफ्नो भुत, अनि भविष्य पनि मानेर बाच्नुपर्छ !”

म उसको कुरालाई गम्भीरता पुर्वक सुनिरहेको थिए ! साच्चै उसको कुरामा यथार्थता पाउदै थिए मैले !

“सर यतै बस्ने विचार गर्नुभयो कि क्या हो? जाने होइन ? रातपरिसक्यो !” बिचमा राजीव आईपुग्यो !

“हुन्छ, अब जाने !” मैले भने !

” ल बस है ! रात परिसक्यो अब जानुपर्छ ! अँ साच्चै तिम्रो नाम चै के हो नि ?” मैले उ प्रति हेर्दै सोधे !

“मेरो घरमा सबैले जुनु भनेर बोलाउछन, तर यहाँ आएपछी मैले मेरो नाम परिवर्तन गरेकीछु, यहाँ सबैले मलाई ममता भनेर चिन्छन !” उसले बताई !

“हुन्छ त ममता, बस है- मैले मेरो खल्तीबाट हजारको नोट निकालेर उसको हातमा थमाईदिदै भने !”

“केहि पनि नगरी पैसा?” उसले अचम्म मान्दै भनि !

“गरे त ! तिमि संग यति मिठा मिठा कुरा गरे, त्यसकै पारिश्रमिक सम्झेर राख ! आखिर मैले तिम्रो समय न किनेको हुँ ! अरु मान्छेहरु तिम्रो शरीरको लागि पैसा तिर्छन म तिम्रो विचार र भावनाको लागि पैसा तिरे !” मैले हास्दै भने !

उ अवाक भएर म तिर हेरी मात्र रही ! म र राजीव त्यहाँ बाट निस्क्यौ ! राजिवले अलि धेरै नै पिएको थियो ! त्यसैले मैले बाईक चलाउछु भने तर उसले मानेन ! रात परिसकेको थियो ! त्यसैले उसले बाईक तेज गतिमा हाकेको थियो ! तर मलाई बिहान जस्तो डर लागेको थिएँन ! मेरो दिमाग र आखा अगाडी उही जुनु उर्फ ममताको कुराहरु आईरहेका थिए ! म उ बाट जति टाढा जादै थिए, त्यति नै उ संग नजिक हुने चाहना बढ्दै गएको थियो ! उसका प्रत्यक कुराहरु आखा वरिपरी घुमिरहेको थियो ! झलक्क मैले दिउसो राजीव भेट्न गएको केटीलाई सम्झे ! अनि फेरी ममतालाई सम्झे ! कति फरक छ यी दुईको जिन्दगि ! आखिर दुवैले एउटै प्रकृतिको काम गरेका छन्, तर पनि एउटालाई एउटालाई “वेश्या” को संज्ञा दिईएको छ भने अर्कोलाई “विवाह” नामको कथित संस्कारले चोख्याएको छ ! एउटाले पैसाको लागि शरीर बेच्दैछ भने अर्कोले सन्तुष्टि (खुशी) को लागि शरीर किन्दै छ ! पर्दा पछाडी भएका हरेक कुराहरु चोखो हुने र पर्दा अगाडी भएका हरेक कुराहरु जुठो र घृणित हुने यो संस्कार देखेर अति नै घृणा जागेर आयो ! दोष “नारीलाई” दिउ भने ममता र राजीवको श्रीमती, दुवै दबिएका छन्, ठगिएका छन् ! दोष केटालाई दिउ भने राजीवलाई भेट्ने त्यो केटीको श्रीमान पनि ठगिएको छ ! वास्तवमा दोष यहा नारि र पुरुष मात्र को नभएर “चरित्र” को थियो !

त्यसपछी का दिनहरु मात्र म ममताको बारेमा सोचेर बिताउन थाले ! उसको “बाध्यता” ले उसलाई के के गर्न बाध्य बनायो होला ? अहिले के गर्दै होलि ? यस्ता कुराहरु मेरो मनमा खेल्न थाले ! एकदिन एउटा अठोट गरे ! अब म उसलाई त्यो नारकीय जीवन जिउन दिने छैन ! उसलाई भेटेर त्यो नर्क बाट सदाका लागि टाढा लैजाने सोच गरे ! होला उ यो समाजको लागि एउटा “वेश्या” होला, तर मेरो लागि उ एउटा “विवेकशील” नारि हो ! यो समाजको “पुरुष” नामक प्राणिले उसको शरीर छोए होलान, चिथोरे होलान, उसको चरित्रमा दाग लगाए होलान, तर उसको मन लाई कसैले दाग लगाउन सकेको छैन ! उसलाई म यो संसार देखि धेरै टाढा लानेछु , यस्तै मनमा अठोट गरि ढुक्क भए र बेनी सदाको लागि छोड्ने निर्णय गरे ! भोलि बिहानै म त्यहाबाट हिडे ! त्यहाबाट फेरी त्यहि होटेल मा पुगे ! जब त्यहा पुगे, ममताले त्यो होटेल छाडेर गएको कुरा होटेल मालिकले मलाई जानकारी गरायो ! म अति नै दुखित भए ! फर्केर फेरी बेनी जान मन लागेन, त्यहा बाट फेरी सदाको लागि घर फर्के ! 

म जाड, रक्सि, चुरोट केहि पनि खादिन/पिउदिन तर पनि म हरेक ठाउको होटेल, रेस्टुरेन्ट, बारहरुमा छिर्ने गर्छु ! कतै मैले उसलाई त्यहा पाउछु कि भनेर !

Share This Article
Facebook Email Copy Link Print
Previous Article कास्कीका तीन गाउँपालिका एमाले र एकमा काँग्रेस विजयी
Next Article मतगणना नसकिँदै एमाले उम्मेदवारद्वारा हार स्वीकार
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

प्रदर्शन शान्तिपूर्ण बनाउन आयोगको आग्रह

11 months ago
काठमाडौँ - KTMबैदेशिक रोजगार

कोरोना महामारीकै विच ७ हजार जनाले श्रम स्वीकृति लिए, कुन देशका लागि कति ?

57 years ago
काठमाडौँ - KTMराजनीति

राष्ट्रियसभाको बैठक सुरु

57 years ago
काठमाडौँ - KTMविश्व

विश्वको सबैभन्दा ठूलो ज्वालामुखी ३८ वर्षपछि विष्फोट, सर्वाधिक लामो समयसम्म मौन कीर्तिमान तोड्यो

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?