Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
2026-08-15 08:00 AM
पर्बत - PBT

जीवन अनुभूति-मैले भोगेको जिबन

दिपीका भुषाल

जिबनमा अनगिन्ती मोड हरु आउछन र हरेक मोड बाट फरक मार्ग हरु फरक दिशा तर्फ निस्कन्छन । कतै बाटा हरु मिसीएका पनि हुन्छन तर मान्छे ले कुन बाटो मिसीएको हो र कुन छुटिएको हो भनेर चिन्न सक्दैन । कुन नदी हो र कुन भंगालो हो भनेर छुट्याउन नसक्ने अवस्था मा पनि समय र परिस्थिती अनुसार सबै कुराको सामना गर्दै यात्रा गर्नु पर्दो रहेछ ।

समयको बेग सँग बहकिदा कहीले दुखका ठुला पहाड, समस्याका भेल, सम्वन्धका झरी र भावनात्मक हुरी बतास संग पौठेजोरी खेल्नु परे पनि सहज रुपमा सामना गरेको अभिनय समेत पर्दो रहेछ जिबनमा । हो मैले पनि जिबन सँग धेरै संघर्ष गरें र गर्दै छु । ब्यबहारमा हार या जित जे भएपनि हिम्मत भने कहिले हारेकी छैन र जिबनको अन्तिम पल सम्म पनि समस्या संग निर्धक्क भएर लड्ने नै छु । समस्या सँग हार मानेर पाइला हरु लाई लडखडाउन दिने छैन यो मेरो आत्म विश्वास हो ।

साचिकै भन्नु पर्दा मैले सानो उमेरमा जति धेरै उतार चढाव भोगेकी छु, जीन्दगीका दुख सुख महसुस गरेकी छु क सम्पन्न र गरिवी सबै चिज लाइ नजिक बाट राम्रो सँग नियालेकी छु । दुख के हो सुख के हो आफ्नो को हो र पराइ त्यो पनि नजीक बाट अनुभव गरेकी छु ।

मिठो बोल्ने सबै आफ्नो हुदैन,आफ्नैले दिएको धोका बाट मैले राम्रो सिक्षा लिएकी छु । संसारमा भएका आफन्त हरु सबै आफ्ना हुदैनन तर कुनै पनि पराइ अचानक आफ्नो सबैभन्दा नजिकको मान्छे बन्न सक्दोरहेछ भन्ने मेरो अनुभव रहेको छ । न आफन्त टाढीन समय लाग्छ न पराय नजिक हुन समय लाग्छ । जिवन पानी र प्रेम नहर जस्तो । जिवन लाई प्रेम ले आफ्नो आकार अनुसार बग्न दिन्छ । मार्ग प्रसस्त गर्छ । जिवन पानी हो जता ओरालो उतै बग्दिन्छ । नहर विनाको बगाई कहाँ पुगेर सुक्छ थाह हुदैन । प्रेम ले जिवनलाई गन्तब्यमा पुर्याउछ त्यो ध्रुव सत्य कुरा हो ।

जव मान्छे मिठो बोल्छ त्यो भित्र केहि न केही रहस्य अबस्य लुकेको हुन्छ । स्वार्थी मान्छे हरुले सके सम्म अरुलाई प्रयोग गर्छन र प्रयोग जे जस्तो तरिका बाट फाईदा लिन सकिन्छ त्यसरी नै प्रयोग गर्छन ! जब उपयोगीता सकीन्छ या उपयोग गर्न सकिदैन जस्तो लाग्छ अनि मिल्काई दिन्छन् यो पनि अर्को धुर्व सत्य कुरा हो ।

मान्छेको जातनै स्वार्थी मैले मेरो जिबनमा थुप्रै स्वार्थले भरिएका हरु लाइ भेटेकी छु ! भोगेकी छु ! नजिक हुदा आफ्नै जस्तै अत्यन्तै आत्मीयता प्रदर्शन गर्दै आउछन, मानौकी त्यो मेरो लागि हिरा,मोति जस्तै बहुमुल्य बस्तु जस्तै गरि देखाई दिन्छ । तर टल्किदैमा सबै पत्थर हिरा हुदैन भन्ने कुरा त्यही देखावटी ब्यवहार गर्ने हरुले नै सिकाएर गएका छन ।

जीन्दगी सोचे जस्तो हुदैन कसैको पनि ! मेरो पनि छैन उस्को पनि छैन अनी उनको पनि छैन ! जीन्दगीमा धोका बिछोड, दुख पिडा, गरिब धनि,ज्ञानी अज्ञानी अबस्य सबै छन, सबैको छ र हुन्छन पनि ।

तर मान्छेले क्षणीक भौतिक खुशी र सुखमा रमाउदै दुखी र पिडीत हरुलाइ घोचेर ब्यवहार गर्छ । उसले बिर्सन्छ भोलि के थाहा उसको ठाउँ पनि तेही निम्न दुखी पिडीत हरुको जस्तै हुन सक्छ भन्ने । भर्खरै देखीएके कुरा ताजा ताजा जस्तै छ । केहि क्षणमा नै मान्छे करोड पति बाट रोडपति भएको सबैले देखेका छौ महसुस गरेका छौ । भोली कसैले देखेको छैन । के हुन्छ कस्तो हुन्छ को मान्छे के भएर सकिन्छ भन्ने कुरा तसर्थ धन सम्पति, मान सम्मान र आज भएको कुराहरुमा त्यतीनघमन्ड गर्नु राम्रो हो जस्तो लाग्दैन मलाई ।

-हाल ईजरायल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त