2026-10-17 01:20 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

यसकारण छ स्थानिय चुनावमा सामाजिक सद्भावको खाँचो

पूर्ण बहादुर खड्का । दोश्रो चरण स्थानिय निकायको चुनाव नजिकिदै जाँदा सामाजिक सद्भाव खलबलिने खालका घट्ना दिन प्रति दिन बढ्दै गईरहेका छन । कतै मृत्युका खबर सार्वजनिक हुन थालेका छन भने कतै दाजुभाई बिच पानी बाराबार, दिदीबहिनीहरु बिच बोलचाल समेत बन्द भएका घट्ना दिन प्रतिदन सार्वजनिक भईरहेका छन । 

केही दिन अघि मात्र बाजुराको छेडेदह गाँउपालिकामा मनोनयन दर्ता गर्ने क्रममा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच झडप हुदाँ एक जना ५५ बर्षिय हंसबहादुर रावतले ज्यान गुमाउनु पर्यो । राजनितिक आस्थाका आधारमा नेता कार्यकर्ता भन्दा गाँउघरमा मिलेर बसेका दाजुभाई बिच फाटो आउन थालेका छन । एकैठाँउमा मिलेर बसेका दाजुभाई र दिदीबहिनीहरु बिच राजनितक आस्थाले यस्ता दुर्घटना बढीरहेको छन । 

अनि यता अछामको ढकारीमा दाई एक पार्टी र भाई अर्को पाटीमा हुदाँ घरमा बोलचाल समेत बन्द भएको छ । जसले गर्दा समाजमा नकरात्मक असर पर्दै गईरहेको छ । विभिन्न स्थानिय देखी राष्ट्यि पत्र पत्रिकामा यस्ताखाले घट्नाहरुले स्थान पाएका छन यतिबेला । चुनावले चिया खाने पसल देखी पानी पँधेरो र बाटोघाटा समेत अलग भईरहेका छन । जसले गर्दा एक अर्को परिवार र समाज प्रति झगडा हुने गरेका छन । राजनितक आस्थाले अहिले विभिन्न ठाँउमा कार्यकर्ता, मतादाता झडपमा परी घाईते हुने क्रम बढीरहेको छ । 

त्यसले यस्ता घटना हुन नदिन र कम गर्न सबै सचेतबर्ग, राजनितिक दल, समाजसेवी, बुद्धिजिवीले गाँउसमाजमा चेतनाको विकास गर्न जरुरी छ । सबैभन्दा पहिले परिवार मिले मात्र समाज बन्छ र समाज भए मात्र राजनिति गर्न सकिन्छ भन्ने कुराको विकास गर्न राजनिती गर्ने व्यक्ती चेतना फैलाउन जरुरी छ । तब मात्र मिलेर बसेको परिवार र समाज बिच सामाजिक सद्भाव कायम रहन्छ । 

राजनितिलाई हिंशक बनाउने र सामाजिक सदभाब खलबलाउने जस्ता क्रियाकलाप प्रोत्साहन गर्ने माथि समाजका अग्रज व्यक्तीले कडा निगरानी राख्न जरुरी छ । एकआपसमा भाईचाराको सम्बन्धका साथ मिलेर बसेको समाजलाई झन सुधार गर्नको साटो भाईभाई फुटाउने र लडाउने काम दलका प्रतिनिधी बाटै हुने गरेको छ । समाजमा बसेका हरेक एकअर्को व्यक्ती भनेका “जिउदाका जन्ती र मर्दाका मलामी” हुन भन्ने कुराको ज्ञान सबैले राख्न जुरुरी छ । आज त दलका नेताहरुले चुनाव जितेर जालान तर भोली तपाई हामी यहि समाजमा बस्नुपर्ने छ । सहकार्य गरेर समाजलाई सुन्दर बनाउ विकासको बाटोमा हातेमालो गर्न समुदाय नै काम लाग्न कुराको हेक्का पार्टीका कार्यकता देखी सबै जनता बुझन आवश्यक छ । 

हरके व्यक्तीसंग राजनितिक आस्था हुनु स्वभाविक हो, अहिलेको शताब्दीमा राजनितिक बिचार राख्न पाउनु सबै जनताको लोकतान्त्रीक धारणा हो । तर राजनितिक आस्थाका आधारमा समाजबिचको आत्मियता र सम्बन्धलाई नबिगारी स्वच्छ प्रतिष्पर्धा गर्ने आँट जो कोहीले राख्न जरुरी छ । चुनाव भनेको एक लोकतान्त्रीक अभ्यास हो यसमा सबैले भाग लिन पाउछन र हार जितलाई स्वभाविक रुपमा लिनु पदर्छ । 

एक ठाँउ, समाज तथा समग्र राष्टमा बस्ने आँखिर सबै नेपाली नै हुन, नेपाली नेपाली बिच सदभाब र आत्मियता नहुने हो भने नेपालै रहन्न नेपालै नरहे कहाँ रहौला हामी भन्ने कुरालाई आत्मासाथ गर्नुपर्ने अहिलेको आवश्यक्ता हो । 

पृथ्वीनारायण शाहले भनेका छन “नेपाल चार बर्ण ३६ जातको साझा फुलबारी हो” त्यसैले भाषा– भासी जात –जाती बिच आपसी सदभाब हुन खाचो छ जब आ –आफ्नै बिच लडाईं हुन्छ तब अरुले हेर्ने नजरमै फरक पर्छ । हाम्रो जस्तो भुपरिबेस्ठित सानो मुलुकमा धेरै जाती छन त्यस्तै सबैको आ– आफ्नै भेष भुसा छन बोलिचालिको आफ्नै भाषा छन ति सबैका आ–आफ्नै पहिचान छन यही सुन्दरताले गर्दा नेपालको गरिमा उचो रही आएको छ यि जात–जाती बिच भाषा–भाषी बिच द्वन्द चर्काउने खालको बिखण्डन गर्ने खालको सामाजिक सदभाब बिथोल्ने खालको आन्दोलनले गर्दा अहिले द्धन्द्ध सृजना भई कतिपयले ज्यान गुमाउनु परिरहेको छ । 

त्यसैले राजनितिक आस्था भन्दा माथि उठेर आफु बसेको समाजमा तिक्तता होइन सदभाब जगाउनु पर्छ सामाजिक मान मर्यदा प्रतिस्ठालाई कायम राख्दै अघी बढ्नु पर्दछ । केही समय अगाडी कैलालीको टिकापुरमा भएको घट्नाले अहिले कैलालीका थारु र अन्य समुदाय बिच फाटो आएको स्थिती छ 

आगामी दिनमा राजनितिक हिसाबले कही कतै यस्तो नहोस सबैले एक अर्का प्रती रकरात्मक भाबनाको बिकास गर्नुपर्दछ । दाजुभाई एकजुट हुन सके मात्र समाज राम्रो हुन्छ तब मात्र हाम्रो ठाँउको विकास हुन्छ र उन्नती प्रगती गर्न हामी आँफै सक्षम हुनेछौ । अतः यसैमा सबैको भलो हुनेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु