अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ "/>
2026-09-26 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. गोबिन्द केसीले जितून लडाइँ

अहिले नेपालमा लोकतन्त्र र भ्रष्टचारबीचको लडाइँ दोक्लम प्रकरणजस्तै उदण्ड बन्दै गएको छ । दोक्लम प्रकरणमा केही समयपछिको खराब परिणाम कि बेइजीङले सामना गर्नुपर्ने छ भने कि नयाँ दिल्लीले सामना गर्नुपर्नेछ । 

त्यस्तै, नेपालमा पनि केही समयपछि डा. केसीजस्ता लोकतन्त्रवादी सपुतहरुको जित निश्चित छ कि त राज्यसत्ताको स्वाद चाखेर बानी परेकाहरु तथा सरकारजस्तो लोकतन्त्रको भ्रष्ट व्यापारीहरुको जित सुनिश्चित छ । अहिले नेपालमा लोकतन्त्रवादी र भ्रष्टचारीहरुबीच जीवनमरणको लडाइँ चलिरहेको छ । सरकार नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपाल खड्का र चूडामणि शर्माजस्ता राज्यकोश दोहनका शिर्ष पात्रहरुलाई आँखा छोपेर छातीमा संरक्षण दिन्छ भने जनताको पक्षमा मरणोपरान्त लडिरहने  डा. गोविन्द केसीजस्ता सपुतहरुलाई देख्दैन र सुन्दैन अझ यस्ता सच्चा नागरिकहरुलाई चिन्न चाहदैन ।  

केसीका जनताका प्रतिनिधिमुलक कारुणीक स्वरहरु दवाउन, हावामा उडाउन र कोठाभित्र अक्सिजनसँग बिलाउन उद्यत छ । जसले इतिहासमा खराब सरकारको सूचिको अग्रपंतिमा आफूलाई सुचिकृत गर्न सफल भएको सारा जनतासामु इतिहासले छर्लङ तस्विर कोरीदासमेत  पचाएर सत्तामा अन्धो र बैरो भएर बसीरहनु नैतिकताले अति भ्रष्ट सरकार प्रमाणीत गर्न असभ्य अभ्यास गर्न बलियो धरातल निर्माण गरेको छ । 

देउवा नेतृत्वको सरकार त्यही गरिरहेछ जुन विश्वमा सामन्ती राज्यसत्ताबाट पेलिएका, हेपिएका, चेपिएका र पलपल मृत्युको सामना गरिरहेका जनताको कथाबेथा खिइसकेको चट्टानी मृत्युशैथ्यबाट एक्काइसौँ शताब्दीमा ब्युँझाउँदै छ । यदी केसीको सवालमा लोकतन्त्रविरोधी र भ्रष्टहरुको जित भयो र केसीजस्ता नेपाली सपुतहरुको पराजय भयो भने नेपालमा के हुन्छ त्यो कल्पनाभन्दा धेरै ठूलो अशुभ परिस्थितीको सामना गर्न हामी सबै नचाहेर तयार हुनुपर्नेछ । 

अब, भन्नुहोस् नेपाली जनताहरुले लोकतन्त्रको अनुभूति भ्रष्ट र राज्य सत्ताका बेइमान भँमराहरुलाईमात्र गराउने कि सच्चा लोकतन्त्रवादीहरुलाई जिताएर सारा नेपालीहरुले पनि गर्ने ? अहिलेको समकालिन अवस्थामा जनताको हृदयको सर्वोच्च अदालतले गर्नुपर्ने फैसला यही हो । अन्यथा एमाले नेता देवी ज्ञावलीले सर्वोच्च अदालतको फैसला कुर्दाको परिणाम भनेर कथित आरोपसहित भरतपुर–१९ को दोस्रो पराजय स्वीकारे जस्तै हुनेछ लोकतन्त्रवादी र भ्रष्टचारीबीचको लडाइँको परिणाम ।

तसर्थ हामीले बेलैमा भ्रष्ट र सामन्ती राज्यसत्ताको बिरुद्धमा जागेनौँ र समयकालमा जनताका आधारभूत लडाइँहरुमा उर्लेर भ्रष्टचार, दमन, शोषण र उत्पीडनको भन्डाफोर गरेनौँ भने कुनै एक युगमा उदाउने परिवर्तनकारी शक्तिको पर्खाइमा भ्रष्ट राज्यसत्ताबाट घर पालुवा जनावरजस्तै शोषित र अनागरिक भएर युगौँ बस्नुपर्नेछ ।

– अनिल नेपाली, गोकुलगंगा गाउँपालिका- ५, रामेछाप ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह