दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै पक्षमा छ । सोही अनुसार पहिलो र दोस्रो चरणमा गरी स्थानीय तहको चुनाव सम्पन्न भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै पक्षमा छ । सोही अनुसार पहिलो र दोस्रो चरणमा गरी स्थानीय तहको चुनाव सम्पन्न भ"/>
2026-06-28 02:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

टिप्पणी –जिसस पर्वतका संयोजकको नियत कि असक्षमता ?

2017-09-17

दशबर्षे जनयुद्ध र २०६२।६३ को जनआन्दोलन पछि प्राप्त भएको संघीय गणतन्त्र र त्यसको उपज नेपालको संविधान २०७२ हाम्रो सामु दस्ताबेजका रुपमा छ । संघीय गणतन्त्रको नयाँ संविधान कार्यान्वयनकै पक्षमा छ । सोही अनुसार पहिलो र दोस्रो चरणमा गरी स्थानीय तहको चुनाव सम्पन्न भएको छ र सोमबार तेस्रो चरणमा स्थानीय तहको चुनाव सम्पन्न हुदैछ । 

संविधान जारी गर्न र संविधानका उपलब्धीलाई संस्थागत गर्नको लागि हजारौ शहिदको बलिदान र पौने तीन करोड नेपालीको त्याग, तपस्या र बलिदान छ । राजनीतिक दलहरुले नेतृत्व गरे जनताले साथ दिए त्यसैले आज नयाँ नेपालको नयाँपन गाउँनगरमा सिंहदरबार पुग्दैछ ।

झण्डै २० बर्षसम्म सम्पन्न हुन नसकेको स्थानीय तहको निर्वाचन नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वको सरकारले सम्पन्न गर्दे छ । यसमा अन्य राजनीतिक दलहरुको पनि साथ र सहयोग छ ।

स्थानीय तहको चुनाव सम्पन्न हुदाँ साथ प्रदेश सभा र प्रतिनिधिसभाको चुनावपनि सम्पन्न हुनेछ र यहि माघको पहिलो साता भित्र नयाँ संविधानले पूर्ण कार्यान्वयन र सार्थकता पाउनेछ ।

संघीय स्वरुपमा गएको नेपाल र सोही अनुसार स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरु यतिबेला स्थानीय तहको जिम्मेवारी बोकेका छन् । स्थानीय तहको विकासका लागि जनताले चुनेका प्रतिनिधिहरु भलै राजनीतिक दलहरुबाट आएका हुन् तर तिनीहरुको मुख्य काम र जिम्मेवारी भनेको नागरिकको सेवा गर्नुनै हो ।

दलीय स्वार्थभन्दा माथि उठेर स्थानीय तहको विकास र जनताको सेवामा समर्पित हुनुनै जनप्रतिनिधिहरुको धर्म र कर्तव्य हो । समान सहभागीता, अस्तीत्व स्वीकार गरेर सवैको पहुँच पु¥याउनको लागि नेपालको संविधानले नीतिगत रुपमानै तोकेको छ जसका कारण कोहि पनि अघीपछि पर्ने वा तलमाथि हुने सम्भावना कमनै देखिन्छ ।

नेपालको संविधानले प्रेसलाई कानूनी रुपमा देशको चौथो अंगका रुपमा किटान नगरेता पनि मौखिक रुपमा भएता पनि मान्दै र मान्यता दिदै आएको छ ।

देशको आमुल परिर्वतनका लागि मिडिया र संचारकर्मीको भुमिका अहम छ । यसमा कसैको पनि दुइ मत नहोला । जनयुद्धकालको समय होस् या लोकतन्त्र वा त्योभन्दा अघिल्ला कालखण्ड हुन । देशका संचारमाध्यमले सकरात्मक पहल गरेका छन् र सोही अनुसार देशको विकास र निकासको लागि मार्गदर्शन पनि गरेका छन् ।

 राजनीतिक दलहरु लर्खाएको बेलामा होस् वा निदाएको बेलामा होस् झकझकाउने काम पनि संचारमाध्यमले गरेका छन् । आर्थिक विकास, राजनीतिक र सामाजिका निकासकालागि भूमिका निर्वाह गर्दै आएका संचारमाध्यममाथि उपेक्षा गरिनु क्षम्य छैन ।

असोज ३ गते गणतन्त्र नेपालको संविधान जारी भएको दिन । राजनीतिक दल, नागरिक समाज, संचारमाध्यम लगायतका तमाम सरोकारवाला निकाय र स्वयम नेपालका पौन तीन करोड नेपालीको योग्दानबाट प्राप्त दस्ताबेज हो ।

मधेसी जनताले अझै पनि नेपालको संविधान २०७२ लाई पूर्ण रुपले स्वीकार गरेको अबस्था छैन । संविधान दिवस देशभरी सरकारले मनाउने निर्णय गरेको छ सोही अनुसार स्थानीय तहलाई समेत निर्देशन दिएको छ । 

पर्वतमा जिल्ला समन्वय समितिले संविधान दिवस मनाउने सन्दर्भमा लेखेको पत्रमा जिल्लाका संचारमाध्यमलाई अपमान  गर्ने खालको छ । जिल्लामा भएका सवै संचारमाध्यमलाई संविधान दिवस मनाउनको लागि पत्र नकाट्नुमा जिसस पर्वतका संयोजक मनोहर वि पौडेलको नियत र असक्षता देखिएको छ ।

पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघसँग तुलना गरे जिल्लामा भएका केहि रेडियो र टेलिभिजनको नाममा पत्र काटेर अधिबक्ता समेत रहेका जिसस संयोजक पौडेलले आफ्नो असक्षता देखाएका छन् ।

अधिबक्ताको लाइसेन्स भएता पनि उनी अझै पनि असक्षम छन् । पत्रकार महासंघ, रेडियो एफएम, टेलिभिजन एकै होइनन् भन्ने कुरा भुलेका छन् अर्थात् आफ्नौ हैसियत उजागर गरेका छन् ।

यो गलतबश भन्दा पनि नियत र असक्षताको पराकाष्ठानै हो । जसले उनको भावी कार्यकालको लागि समेत चुनौति थपेको छ । निष्पक्ष,बफदार र इमान्दारका साथ उनले पाँच बर्षे कार्यकाल पुरा गर्नको लागि सक्षम छैन भन्ने पनि देखाएको छ । निर्वाचित भएको केहि समयमानै जिल्लाका आम संचारमाध्यमलाई अपमान हुने र बहिष्कार गर्ने जस्तो पत्र लेख्नु आफैमा मुर्खता र कमजोरी हो । महाभूल हो ।

पत्रमा उल्लेखित मिडियाबाहेक अरु मिडियासँग समन्वय गर्नु वा नगर्नुमा कुनै पनि दुखेसो छैन । तर जे जसरी पत्र लेखिएको छ त्यसले आम संचारमाध्यम र संचारकर्मीको अपमान गरेको छ । राज्यले चौथो अंगका रुपमा पुज्ने नेपालका संचारमाध्यमलाई अपमान गर्ने अधिकार जिसस पर्वतका संयोजकलाई छैन ।

गल्ती समयमानै सुधारौ, निर्यण परिमार्जन गरौ । यसले जिसस संयोजकको कार्यकालको लागि कलंकको टिका लगाउनेछ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी