आविष्कार धरला | देशमा स्थानीय चुनाव सम्पन्न पछि केहि समय नबित्दै प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि चुनावको मिति झन्डै मुखमै आइसकेको छ । देशमा चुनावको ठुलै चहलपह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... आविष्कार धरला | देशमा स्थानीय चुनाव सम्पन्न पछि केहि समय नबित्दै प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि चुनावको मिति झन्डै मुखमै आइसकेको छ । देशमा चुनावको ठुलै चहलपह"/>
2026-07-25 05:10 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

निर्वाचनमा पनि हुनै पर्ने भो “नक्कली देखि साबधान”

आविष्कार धरला | देशमा स्थानीय चुनाव सम्पन्न पछि केहि समय नबित्दै प्रतिनिधि र प्रदेशसभा सदस्यका लागि चुनावको मिति झन्डै मुखमै आइसकेको छ । देशमा चुनावको ठुलै चहलपहल चलिरहदा कर्णालीका ५ ओटै जिल्लाहरुमा पनि माहोल यति बेला निकै तात्तिएको छ । विशेष गरि जिल्लामा चुनाव भन्दा पनि बाम गठबन्धनले निकै चर्चा पाएको छ । विगतलाई हेर्ने हो भने बाम गठबन्धनका दुई पार्टी एक अर्काका निकै प्रतिस्पर्धी रहेको पाहिन्छ । कति ठाउँमा तालमेल नमिल्दा कार्यकर्ता बीच झडप भए पनि अब दुई ओटै पार्टी एक भइसकेका छन् । 

जुम्ला जिल्लामा  वाम गठबन्धनको तुलनामा अन्य पार्टीको चहलपहल निकै कम देखिन्छ । जब चुनाव आउछ तब नेताहरु गाउँ छिर्ने अरुबेला सहर छिर्ने । यो सबै नेताको एक विशेषतानै हो । नेताहरु गाउँगाउँ छिरेर सोजा जनतालाई फकाउन थालेका छन् । त्यति मात्र कहाँ हो र खसी बोका काटेर जनतालाई देवि देवताको अगाडी धजा छुवाएर पार्टी  प्रवेश  गराएको पनि एताकता सुनिन्छ । यति भनिरहदा पैसा, पावर, डर,  धम्की नचल्ने त कुरै भएन । यस्तो परिपाटी  कतिको विवेक पूर्ण कार्य हो सबैलाई सोच्न बाध्य बनाएको छ । नेपालीमा एउटा उखानै छ “…लाई भन्दा देख्नेलाई लाज”। मलाई यो त अति नै  भएको हो कि जस्तो लाग्छ । तर पनि सबै तै चुप मै चुप छन् । यस्तै हो भने जनताले हाम्रो नेता भनेर गर्वका साथ् नाक फुलाएर  हिड्ने दिन कल्पनामा मात्र सिमित हुने देखिन्छ । 

कर्णालीको माटोमै जन्मेका  हुर्केका छोरा छोरी सांसद देखि मन्त्रीसम्म नभएका भने होइनन् । तर त्यहाँको अवस्था हेर्ने हो भने जस्ताको त्यस्तै छ । समय परिवर्तन भयो तर नेताहरुको दिमागमा त खै के पो भरिएछ पूर्व हिड्ने मान्छे पश्चिम हिडे जस्तो देखिन्छ । बरु जिल्लाको विकास गर्छु भनेर देवि देवताको अगाडी नेता आफै कसम खाएको भए जनताले पत्याउथे पनि  होला । आखिर चाहिएको नै त्यस्तै  हो । नेपालमा संकटकालको अन्त्य भएपछिका चुनावहरुमा कर्णालीले धेरै नेतालाई जितायो । सांसद र मन्त्री पनि बनायो । तर समय अनुसारको उपलब्धी भने खासै केहि देखिदैन ।  अहिलेसम्म कर्णालीमा अझै ५२ प्रतिशत भन्दा बढी मान्छेहरु गरिबीको रेखामुनि छन् । स्वास्थ्य, शिक्षाको सेवा सुविधाको त कुरै गरेर साध्य छैन । कुनै समयमा हाम्रा छिमेकी जिल्लाहरु मनाङ र मुस्ताङ कर्णालीका जिल्ला डोल्पा र हुम्ला सरह नै  थिए । अब अहिले हेरौ कहाँ डोल्पा कहाँ मुस्ताङ छ । मुस्ताङ घुम्न नेपाल नगई भाको छैन भन्नेहरुको भिड चलिरहदा कर्णालीको अवस्था हेर्दा मन खिन्न भएर आउछ । 

भौगोलिक  सुन्दरताको हिसाबले हेर्ने हो भने जति मुस्ताङ छ उत्तिकै कर्णालीका पाच ओटै जिल्लाहरु  सुन्दर छन् । अब सोच्नै पर्छ, विकल्प खोज्नै पर्छ । विकल्प नै खोज्ने हो भने जिल्लामा नयाँ जोस, नयाँ पार्टी र नया अनुहार खासै देखिदैनन् । त्यहि भित्र पनि केहि अनुहार आशलाग्दा र सबैले राम्रो भनेका पनि देखिन्छन् । अब आश लाग्दालाई जिताउने हुन् की उही उहिलेकालाई जिताउने हुन् सबैलाई चासोकै बिषय बनेको छ । तर स्थानीय चुनावको परिणाम हेर्ने हो भने खासै गतिलो र आश लाग्दो देखिदैन । त्यसकारण यसपटक पनि फेरी त्यही नतिजा दोहोरिने पो हो कि भन्ने आशंका छ । सबैले भन्ने गरेको एउटा भनाई छ, “हाम्रालाई होइन राम्रालाई जिताउ” । आखिर सबैको चाहना पनि त्यहि नै हो । तर यहाँ कसैलाई पैसा प्यारो त कसैलाई आफ्नो प्यारो भइदिन्छ । फलस्वरुप सधै उही पैसा र पावर वालाहरुले जित्ने र सहर पस्ने चलन बसेको छ । कर्णालीका हरेक जिल्लाहरुमा बर्सौ देखि यस्तै भैरहेको छ । यहि प्रबृत्तिले कर्णाली अरुको तुलनामा निकै पछाडी छ । अब सधै यस्तै गल्ति गरिरहने हो भने अब समयले कुन रुप लिन्छ होला हामी सबैले सजिलै अट्कल गर्न सक्छौं । सबैको चाहना भनेकै राम्राले जितोस् भन्ने नै हो । 

हरेक जिल्लाले एउटा असल नेता पाए कर्णालीका लागि केहि राहत पक्कै मिल्ने थियो । त्यसमा कुनै दुई मत नै छैन । पैसा आज आउछ भोलि जान्छ, तर समयमा सहि नेतृत्व छाने देश बन्छ । देश बने सबैको भविश्य सुनिश्चित हुन्छ । सधै जिल्लामा बसेर ठूला ठूला गफ मार्ने, जनतालाई फसाउने, जिल्लाको विकासका लागि केहि गर्न नसक्ने, भएका स्रोत साधनको सहि उपयोग गर्न नसक्ने नेता त हामी कसैले चाहेको त छैनौं होला । अब आम जनताले बुज्नुपर्ने कुरा के हो भने पितललाई जति लेप्पन गरे पनि त्यो सुन कहिल्यै बन्न सक्दैन । पितल पितल नै हुन्छ । पुराना शैली र पुरानै बिचारले परिवर्तन असम्भव देखिन्छ । अब अल्कोहलिक होइन ओर्कहलिक नेताको खाचो छ । त्यसैले सबैले सोच्नै पर्ने हुन्छ । पार्टी र व्यक्तिगत स्वार्थ भन्दा माथि उठि जिम्मेवार नागरिकको भूमिका खेल्न आवश्यक छ । केही गर्छु भन्ने नयाँ अनुहार र सबैले राम्रा भनेकाहरुलाई सबैले साथ दिनैपर्ने हुन्छ । हेर्दा सुन जस्तै देखिने सबै सुन हुदैनन् । कुनै समान हेर्दा निकै आकर्षक देखिन्छन् तर ति  नक्कली हुन्छन् । त्यसैले विकासको नाममा पैसा, पावर, जागिर मिलाई दिन्छु भनेर प्रलोभनमा पार्ने, सोजा साजालाई ठग्ने ति सबै नक्कली हुन् । त्यसैले अब सबै जनता हुनै पर्ने भयो “नक्कली देखि साबधान”। 

लेखकः जुम्लाका, आविष्कार धरला, एमविविएस विद्यार्थी: हाल फिलिपिन्स्मा अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन