२००७ सालमा स्थापना भएका नेपालि कम्युनिस्ट पार्टी अहिले आहेर ७५५ बनेका छन । विभिन्न आन्दोलनले जन्माएका नेताहरुको संख्या पनि कम्ती छैनन । कुर्सी भन्दा बिचारलाई महान ठान्द"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... २००७ सालमा स्थापना भएका नेपालि कम्युनिस्ट पार्टी अहिले आहेर ७५५ बनेका छन । विभिन्न आन्दोलनले जन्माएका नेताहरुको संख्या पनि कम्ती छैनन । कुर्सी भन्दा बिचारलाई महान ठान्द"/>
2026-06-23 09:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परदेशी युवाद्वारा बाम गठबन्धनलाई कडा प्रश्न

२००७ सालमा स्थापना भएका नेपालि कम्युनिस्ट पार्टी अहिले आहेर ७५५ बनेका छन । विभिन्न आन्दोलनले जन्माएका नेताहरुको संख्या पनि कम्ती छैनन । कुर्सी भन्दा बिचारलाई महान ठान्दै आएका कम्युनिस्ट बिचारको नाममा विभिन्न समुहमा बिभाजीत छन । देख्दा रास्ट्रबादी देखिने कम्युनिस्टहरु भित्री रूपमा दलाल भ्रष्ट र नव संशोधनबादीको रूपमा पतन हुँदै गएका छन । जनता माझ भाषण गर्दा अहिलेनै सबै काम गरि हाल्छन् जस्तो लाग्ने तर व्यबहारमा लागू नगर्ने नेपालि नेताको परिपाटीको अन्त्य गर्न जरुरी छ ।

यसैबिच मेरो अनुभवमा नेकपा एमालेको इतिहास हेर्ने हो भने जनताको बहुदलीय जनबादको नारा हेर्दा नराम्रो होइन, तर नारा दिने तत्कालीन महासचिवको षड्यन्त्र पुर्ब हत्या गरियो र अहिले सम्म कम्युनिस्टमा सवै भन्दा धेरै पटक सरकारको नेतृत्व गर्ने सरकारमा सहभागी हुने मौका एमालेले पाएको कुरा आम नेपाली जनतामा जगजाहेर छ । तर बिडम्बना यो छ कि ! आफनै महासचिवको हत्यारा पत्ता नलागाउनु र हत्यारालाइ कार्बाही नगर्नु जस्तो ठुलो लाचारीपन के हुनसक्छ ? 

अहिलेसम्म स्वर्गीय मदन भण्डारीको हत्यारा पत्ता नलाग्नु जनताले पार्टीलाई नै संखाको घेरामा हेर्ने गरेका छन । एमाले अहिलेसम्म मनमोहन सिंहले गरेका दुईवटा कामले सास फेरेको पाइन्छ । बाहिर भन्दा बहुदलीय जनवाद भन्ने, भित्र हेर्दा न भाले, न पोथी, न कुनै राजनीतिक उदेश्य छ । न कुनै बिचार समाज परिवर्तन गर्ने, त्यस्तो योजना छ । मात्र दलाल, भ्रष्ट एउटा कुर्सीको पछाडि दौडिरहेको देखिन्छ भर्खर प्रधानमन्त्री भएर राजीनामा दिएका केपी ओलिका कुरा हेर्न हो भने जनतालाई खोक्रो रास्ट्रवादको नारा दिएर विभिन्न सपना बाढ्ने जनतालाइ उल्लू बनाउने र तत्काल असम्भव कुरा गरेरे सरकार टीकाउनको लागि मात्र नाटक रचेका थिए । तर असफल भए पछील्लो चरण माओबादी केद्र पनि एमालेको पछाडि पछाडि दौडिरहेको छ । यो भनेको आखिरमा नव संशोधनवाद हुदै पतनको बाटो त होइन ? म पनि एउटा कम्युनिस्ट पार्टीमा हुर्केको युवा हुनाको नाताले कम्युनिस्टहरुलाइ चिल्ला सपना होइन काम गरेर देखाउ ?

आज साच्चिकै देशको अवस्था हेर्ने हो, भने जनताको घरमा खाने गास, बस्ने बाँस छैन, विरामी हुदा उपचार गर्ने स्वास्थ्य चौकी छैन स्वास्थ्य चौकी भएको ठाँउमा पनि डाक्टर छैन, डाक्टर छ, औषधि छैन, पढ्ने विद्यालय छैन, शिक्षक छैन, किताब छैन, बस्ने बेन्च छैन, घरमा दिशा गर्ने शौचालय छैन, खाने पानी छैन, रोजगार छैन, दैनीक देशविकास का पहरेदार युवा शक्ति हजारौं संख्यामा विदेशीन बाध्य छन । गाउँ बस्ने जनतालाई सुरक्षा छैन,  हत्या हिंसा चोरी बलात्कार जस्ता जघन्य अपराध दैनिक घटेका छन ।

सरकारि कार्यालयमा घुस विना जनताले काम गर्न गार्हो छ । कालोबजारी महङ्गिले गर्दा जनता मारमा छन । सवारी साधन दैनिक दुर्घटना भएका भैइ छन । दैनिक सयौं जनाले ज्यान गुमाउन परेको छ । जलस्रोतको दोस्रो धनी देशमा २४ घन्टा लोडसेडिङमा बस्नु परेको छ । देशको राष्ट्रिय पुजि दलालहरुको कब्जामा परेको छ । राज्यको आर्थिक नीति आयत मुखी भन्दा नियात मुखी छ । विदेशी हस्तक्षेप राजनीतिक, सामाजिक, शैक्षिक, आर्थिक, सांसकृतिक रुपमा तीब्र हुदै गएको छ । गण्डकी, कर्णाली, उपरकर्णाली लगाएत नेपालको सस्तो पारियोजाना भारतको एकाधिकार कब्जामा छ । बिगतका सरकारले गरेका विभिन्न रास्ट्रघाती समझौताले महाकाली, कोशी जस्ता क्षेत्रमा नेपाली जनताले बर्से्नि करोडौं धनजनको क्षेती बेहोर्नु परेको छ । के कम्युनिस्टहरुले गर्न खोजेको विकास यहि हो त ? शान्ति , परिवर्तन, समावेशी, लोकतन्त्र, गणतन्त्र पनि यहि हो र ?

के यसैको लागि दस बर्ष जनयुद्धमा र ०६२/०६३ को जनआन्दोलनमा करीब १७ हजार वीरहरुले रगत बगाएका हुन त, यो अवश्य होइन होला । तर आज आम नेपाली उत्पीडित जनताका जनजिविका साधारण समस्या पूरा गर्नुको साटो घर घरमा ग्यास पाइप, घर घरमा रेल, पानी जाहाज, हावा बाट बिजुली, उत्पादन गर्छु भनी जनतालाई भ्रम पार्न कतिको उपयुक्त होला ।    

त्यसैले मेरो सम्पूर्ण जनसमुदाय, रास्ट्रबादी देश भक्त परिवर्तनकारी, क्रान्तिकारी शक्ति एक जुट भएर फोहोरी र असफल रास्ट्रघाती संसदिय ब्यस्थाको अन्त्य गर्न एकीकृत जनक्रातिको मार्फत नयाँ जनवादी व्यवस्था ल्याउन अघि बढौ । जहाँ किसान, मजदुर, दलित जनजाति, महिला युवाहरुले समान अधिकार पाउने छन् । जहाँ नेपालको सगरमाथामा रास्ट्रीयताको झण्डा फराउने छ । बाम एकता सम्पुर्ण नेपाली आसाभरोसा होस्, बाम एकता दिर्गकालिन देशकै राष्ट प्रेमी बनोस मेरो शुभकामना छ !!!         

धनबिर बुढा, जुम्ला । हाल मलेसिया ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते गृहमन्त्री सुधन गुरुङविरुद्ध उजुरी दर्ता बेलायती प्रधानमन्त्री स्टार्मरले गरे राजीनामा दिने घोषणा संसदभित्र प्रतिपक्षीको आवाज भनेको तपाईंहरूको आवाज हो: भीष्मराज आङ्देम्बे