२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘अनि गर्नेछन लुटको स्वर्गमा भोजभतेर !’

२०७४, २० मंसिर बुधबार ०८:३८

डिल्लीराज रावत । दुई बर्ष अगाडि हो । त्यो दिन एक जना सरकारी कर्मचारी (उनको नाम गोपनियताका लागि उल्लेख गरिन) ले भने (सल्यान कै कुनै एक गाउमा) यहाँ एक दलित महिलाको हत्या भएको छ तपाइहरु आउन पर्दैन ?  

मैले सहज रुपमा भने- प्रहरीलाई उजुरी दिनुस न ।

उनले भने- प्रहरीले हत्यालाई पिडकको मिलेमतोमा आत्महत्या भएको भन्दै सर्जिमिन मुचुल्का बनाएर सेलाउन लगाए । तपाइको काम के त डिल्ली जी ? 

म नजावाफ भए । म यता बुझेर आउछु है सर भनेर फोन राखे । 

घटना सुन्दा आत्महत्या भएपनि पोष्टमार्टम हुनुपर्ने जस्तो लाग्यो । किन मुचुल्का बनाइ सेलाउनलाई लगाए होलान ? मनमा प्रश्न उब्जेकै थिए । जिल्ला प्रहरीलाई सोधियो जानकारी नभएको उत्तर आयो ।   

तत्काल विप्लवदाई (कान्तिपुरका सल्यान समाचारदाता) लाई फोन गरेर भने दाइ के हो यस्तो घटना छ बुझ्न जाम भने । अघिपछि मलाइ समाचारका लागि जाम बरु म तेलको व्यवस्था गरुला भन्ने विप्लव दाइलाई के खोज्छस काना आँखो भयोहोला । २० मिनेटमै म कहाँ आउनुभयो अनि हामी गयौं । भर्खर आन्दोलन भएको रहेछ । प्रहरीले हवाइ फायर गरेर भिड हटाएको रहेछ । रेडियो तहल्का, अनलाइन तहल्का, अनि जिल्लाका अन्य संचारमाध्याम (हामी जिल्लाका समाचार बाँड्ने पनि गर्छौ) र कान्तिपुर पत्रिकामा पनि समाचार आयो । 

अहिले एउटै बनेका राजनीतिक दलका जिल्ला नेतापनि पक्ष विपक्ष भएर घटना बुझ्न गए कसैले हत्या भने कसैले आत्महत्या तर के के नाममा घटना गुमसुम नै भयो । एकथरीले हत्या भने अर्काथरीले आत्महत्या । मृतक दलित महिलाका ४ र ७ बर्षका २ छोरामध्ये ७ बर्षका ठुलाछोराले हत्या नै हो भनेको कसैले सुन्ने कुरै भएन । प्रत्यक्षदर्शिले डराएर सहि कुरा नगरेको भन्ने भएपछि हामीले न्याय दिन सक्ने कुरै भएन । न्यायालयले पनि प्रमाण पुगेन नै भन्यो । नष्ट बनाएको प्रमाण कसरी पुग्थ्यो ?

आज लागेको छ एउटा गरिव, दलित महिलाको मृत्युमा वास्ता नगरेका मान्छेहरु समाजमा हुनेखाने र बोल्नसक्नेहरुका बारेमा उनका गतिविधि समावेश गरेर लेखिएको समाचारमा नानाथरी आरोप लगाइरहेका छन । जेलमा हाल्न विभिन्न हुकुम र फरमान जारी गर्दैछन । न्यायालयको ढोका कुदिरहेका छन । लाग्छ दिन तिनकै छन र भोली पनि तिनकै दिन आउनेछन । 

हो २ बर्ष अघि निधन भएकी ति गरिव दलित महिलाले तिनीहरुलाइ कुनै फाइदा दिने थिइनन तर अहिले चुनावमा लडेकाहरुले चुनाव प्रचार गरेकालाई जितेपछि सबै पुराउनेछन । पत्रकारीतालाइ परिभाषित गरेर हामीलाई पढाउन खोज्नेलाई उनिहरुको पत्रकारीता नै जितेकाले टिकाउनेछन । व्यापारी, कर्मचारी, शिक्षकहरुका पेशा नै उनिहरुले टिकाइदिने छन । 

जिल्लाका ठुला मान्छेलाई फोन गरेर २ मिनेटमा समाचार नहटाए जेल हाल्छौ भन्न लगाई उनिहरु अनुसारको कानुनको व्याख्या बनाई हामीलाई जेल हाल्नेछन, जेल नपारे उनिहरुका केटाहरु छन (उनकै भाषामा चुल्ठा पारेका र मुद्रा लगाएका) उनिहरुले खुट्टाभाँच्ने छन अनि कामै नलाग्ने बनाइदिनेछन । अज्ञात समूहको प्रयोग गरि समाचार लेख्ने औला काटिदिनेछन, आँखा फुटाइदिनेछन । (अहिलेसम्म त्यस्तै फोन आए) अनि गर्नेछन लुटको स्वर्गमा भोजभतेर । 

अनि सहयोग गर्नेछैनन सत्तामा पुगेपछि हामीले चलाएका समाचार माध्यामलाई, पुरै सुकाउनेछन । अनि उनकै संचारमाध्यामले आवाजविहिनको आवाज हैन आवाज हुने कै गुनगान गाउनेछन । त्यसपछि समाजका गरिव निमुखाहरु सधै अपमानित र अन्यायमा हुनेछन । 

जिवनका हरेकौ कालखण्डमा मृत्युको मुखसम्म पुगेका हामीलाई जिवनमा पत्रकारीताको परिभाषा सिकाउनेमात्रै हैन सिक्ने भए जिवनकै परिभाषा हामीबाटै सिक्न अनुरोध छ । हामीले पत्रकारीतालाई पेशा मात्रै हैन सेवापनि बनाइरहेका छौं । हाम्रा विरुद्ध कोहि छ भने उनका पक्षमा हामी हुन सक्दैनौ । हामीले अहिलेका मात्रै हैन हिजोका कालखण्डलाई पनि राम्ररी अध्ययन गरेका छौ ।

“अमुख पार्टी उम्मेद्वार विशेषको प्रचार बाहेक समाचार प्रसारण, प्रकाशन गर्न मिडिया स्वतन्त्र छन । सामान्य आचरण बाहेक पत्रकार तथा मिडियालाई समाचार प्रकाशन, प्रसारण गर्न कुनै निर्वाचन कानुन र निर्देशिकाले बन्देज गरेको छैन” भन्ने कुरालाई अध्ययन गर्दा राम्रो नै हुन्छ हनुमानजीहरु ले । 

व्यक्तिगत रुपमा कसैसंग पुर्वाग्रह छैन र हुनेछैन । समाचारका बारेमा खण्डन गर्न पाइन्छ, सूचना विभागमा मुद्धा हाल्न पाइन्छ, अहिले निर्वाचनको अवधिमा आयोगमा पनि मुद्धा हाल्न पाइन्छ । यी सबै बाटा खुला छन । मौन अवधि के हो हामीलाई पनि थाहा छ । 

पत्रकार जस्तो भएर भन्दा पनि पार्टीका कार्यकर्ता भएर प्रस्तुत भएका पत्रकार हनुमानजीहरु लेख्ने हात हाम्रापनि छन । पार्टीका कार्यकर्ता भएर हामीपनि पत्रकार हौ भन्दै सामाजिक संजालमा पोष्ट गरेर पत्रकारीताको खिल्ली नउडाउनुहोला । परिवर्तन कसरी आएको हो ?, किन आएको हो ? नानाभाँती लेख्दै र फोनगर्दै पत्रकारलाई थर्काउने र धम्काउने काम बन्द गर्नुहोला, पगरी गुथ्ने हनुमानजीहरु ……………. ।


पत्रकार डिल्लीराज रावत सल्यानस्थित रेडियो तहल्काका स्टेशन म्यानेजर र अनलाइन तहल्काका सम्पादक हुन  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ