जब जन्मन्छ एउटा सकारात्मक सम्भावना 

तव बिभिन्न तरिकाले फायर खुल्छन् 

भ्रष्टाचारीको फायर ! दलालहरुको फायर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जब जन्मन्छ एउटा सकारात्मक सम्भावना 

तव बिभिन्न तरिकाले फायर खुल्छन् 

भ्रष्टाचारीको फायर ! दलालहरुको फायर"/>

2026-07-25 05:10 PM
काठमाडौँ - KTM

रवि लामिछाने बिरुद्ध तेश्रो फायर … ‘रवि नेपाली नागरिक होईनन् !’

जब जन्मन्छ एउटा सकारात्मक सम्भावना 

तव बिभिन्न तरिकाले फायर खुल्छन् 

भ्रष्टाचारीको फायर ! दलालहरुको फायर !! 

अरुलाई दुर्वल बनाउन बिभिन्न प्रपन्चका फायर !!!

जसले यो देश चपाउन पल्किएको छ र लुट्न पल्किएको छ !

तिनैका फायर ! 

साच्चै पत्रकार रवि लामिछानेको चर्चासँगै उनि माथि बिभिन्न खाले फायरहरु खुल्दै जान थालेका छन् । माथिको पंक्तिले उनि बिरुद्धको फायर खोल्नुमा कसको हात छ भन्ने कुरा स्पष्ट छ । अब केहि समय मात्रै रविले यो देशमा टिके बबण्डर मच्चाउँछ भन्नेहरु अत्त्तालिएका छन् । चुस्दा-चुस्दा छाला मात्र बाँकी रहेको देशको जिउमा बिभिन्न ठाउँमा टासिएर किर्ना सरि मोटाएकाहरु सरिरबाटै धमाधम थुतिने डरले काप्दैछन् र उनिप्रति भए-नभएका फायरहरु खोल्दैछन् ।

नेपालमा ठूला घटनाका बिषयहरु गौण हुनुमा पत्रकारिताका अनैतिकता जिम्मेवार छ भन्दा अत्युक्ति हुँदैन । किनकी पत्रकारिता गर्नेहरुलाई नै बिभिन्न प्रभावमा पारेका घटनाहरु गौण पार्नमा यहाँ धेरै खाले अभ्यासहरु हुने गरेका छन् । पत्रकारनै किन्ने देखि बिभिन्न प्रभावमा पारेर यहाँ ठूला-ठूला घटना र भ्रष्टाचारहरुलाई गुपचुप राखिने परिपाटी छ । जसको असर सिधा जनता र देशको समृद्धिमा पर्न गएको छ । यहाँ दलालहरु छाडा छन्, कानुन जान्ने वकिल देखि सत्य/तथ्य कुराको रिपोर्ट बनाई जनतामाझ पुर्याउने कर्तब्य बोकेका पत्रकारसम्मले आफ्नो व्यक्तिगत फाइदामा आफ्नो नैतिकता बेचेर खाएका छन् । 

म आफै पनि पत्रकार हुँ, मैले सबै पत्रकारहरुलाई यस मेसोमा हाल्न खोजेको छैन, प्राय पत्रकारिता जानेका र बुझेकाहरुले पत्रकारिताको धर्म र मर्मलाई बुझेरै पत्रकारितामा आएका हुन्छन् तर पत्रकारितामा खेल्दै जाँदा आफ्नो धर्मलाई बिर्सेर उनीहरुले तिनै खराव र सराबको पक्षमा वकालत गर्ने बाटो रोज्छन् । जसको कारण भूमिका निभाउनेहरुनै बिचलित बनिदिएपछि देशको स्थितिमा नकारात्मक दिशाको घडी बजिरहन्छ, आजसम्म भएको यस्तै हो । 

अब प्रसंगतिरै जाउँ, 

पछिल्लो समय नेपाली टेलिभिजन ‘सो’हरुमा निकै चलेको र जनमानसमा आफ्नो सकारात्मक प्रभाव जमाईसकेको ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम र उक्त कार्यक्रमको संचालक रवि लामिछानेप्रति इंगित गरेर बिभिन्न अफवाह फैलाईएको छ । अफवाह कतिको सत्य हो ? त्यसको जवाफ पत्रकार रवि लामिछानेले आफैले देलान् र दिनु पनि अपरिहार्य छ । उनि बिरुद्ध केहि दिन अघि ‘मुकुन्दे’ नामबाट चिनिने एक जना व्यक्तिले टिप्पणी गरेपछी उक्त टिप्पणी बिरुद्ध टिप्पणीहरु भाईरल भईरहेको छ । त्यस्तै २ दिन अघि दिल निसानी मगरले लामीछानेप्रति फेसबुकमा लेखेको टिप्पणीलाई लिएर देशविदेशबाट मगर बिरुद्ध नकारात्मक टिप्पणीहरु भाईरल भएका छन् । केहिको विश्लेषणलाई लिने हो भने दिल निसानी मगरले आफु चर्चामा आउन रवि लामीछाने बिरुद्ध फायर खोलेको चर्चा पनि गरेका छन् । 

यसैबीच फेरी अर्को बिषयमा पत्रकार रवि लामीछाने बिरुद्ध समाचार तथा बिभिन्न स्रोतबाट लामीछानेले नेपाली नागरिकतानै त्यागिसकेको भन्ने बिषयलाई प्राथमिकता दिँदै उनिबिरुद्ध  तेश्रो फायर खोलिएको छ । जुन फायर सत्यतामै आधारित भएपनि जनताको नजरमा गौण हुने पक्का छ । आफ्नो कार्यक्रमको माध्यमबाट जनताको मन-मुटुमा बसिसकेका रविप्रति जति फायर खोलेपनि सामना गर्ने र उनलाई हिरोको दर्जा दिईरहने आम दर्शकको टिप्पणीहरुबाटै प्रमाणित हुन्छ । उनको विपक्षमा आएको पछिल्लो समाचार जसमा उनलाई नेपाली नागरिकनै होइनन् भन्ने किसिमले प्रचार गर्न खोजिएको छ । यस बिषयमा पनि अधिकांशले आफ्नो टिप्पणीमा रवि लामीछानेकै साथ दिएका छन् । ‘टेलिभिजनको पर्दामा ठूला कुरा गर्ने रवि रहेछन् अमेरिकी नागरिक, उनले धेरै अगाडि नै त्यागिसकेका रहेछन् नेपाली नागरिकता’ भन्दै आएका समाचारहरु जसले आफ्नो अनलाइनमा स्थान दिएका छन् तिनै बिरुद्ध टिप्पणीहरु प्रहार भएका छन् । 

नेपाली टेलिभिजनमा प्रभावकारी कार्यक्रम सञ्चालन गरी लोप्रियता कमाइरहेका रविको काम हेर्दा उनी साच्चै नेपाल र नेपालीको भलाईप्रति गम्भीर देखिन्छन् । उनले बोलेका, अभ्यास गरेका बिषयहरु र त्यसको गहिराईलाई खोतली समाधानसम्मको बाटो दिलाईदिने गरि गरिएको अभ्यास मिडिया अभ्यासमा आवश्यकताको बिषय हो । बिषय उठाउने र पैसाको बार्गेनिङ्ग वा डर त्रासबाट उठेको बिषयलाईनै अलपत्र पारिदिने पत्रकारिताको अभ्यास चलिरहेको सन्दर्भमा रवि लामीछानेको पत्रकारिता पद्धतिलाई नौलो मानिएको हुनसक्छ । तर हाम्रो जस्तो समस्याग्रस्त देश जहाँ कानुन एकातिर अनि ब्यबहार अर्कोतिर भईरहेको सन्दर्भमा पत्रकार रवि लामिछाने धेरै हदसम्म सहि छन्, राम्रो अभ्यास गर्दैछन् र यस्तै अवस्था देशमा रहे अरु पत्रकारले पनि रवि लामीछाने ‘स्टाइल’ मा पत्रकारिता गर्नु देशको हितमा हुनेछ । 

उनले प्रस्तुत गरेको कार्यक्रमको एउटै मात्र स्वार्थ हो समस्यामा परेकालाई सहयोग गर्ने । देशको संक्रमणकालिन अवस्थालाई प्रयोग गरेर सकेसम्म अनैतिक रुपमा चुस्न पल्केकाहरुलाई रवि लामीछाने ‘स्टाइल’ तगारो हो । उनले केही कार्यक्रममा आफुलाई किन्न खोजेको भन्दै आफ्नो निस्वार्थ छविको परिचय दिईसकेका छन् । त्यसो त उनले आफुलाई यस्तै गरेर चर्चामा पुर्याउने भित्री स्वार्थ राखेका छन् भने पनि त्यसले देश र जनताको अहित गर्दैन । कानुन बनाएर कानुन पालना किन भएन भनेर सोध्न पाउनु जनताको अधिकार हो कि हैन ? आफ्नो देशमा रोजगार दिन नसकेर आर्काको देशमा बेचिन बाध्य नेपालीहरुको ब्यबस्थापनको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? 

अर्को कुरा, 

यदी रवि केहि कुरामा अतिवादी भएकानै हुन् भने पनि उनको आकर्षक पक्षलाई किन नदेखेको ? के सरकारले ठगहरुलाई ठग्न लाईसेन्स दिएको छ ? अर्को कुरा के पनि छ भने यदी रवि लामिछानेले नेपाली नागरिकता त्यागिसकेका छन् भन्ने प्रमाणित नै भए पनि लामिछानेको जनतालाई सहयोग गर्नुको पछाडी स्वार्थ चाही के छ त ? बिरोधिहरुले यसको जवाफ दिनुपर्छ । अन्यथा रवि बिदेशी नै हुन् भने पनि उनले नेपालको हितका लागि आफ्नो ज्यान समेतको बाजी राखेर काम गरिरहेका छन् भन्ने कुरा स्मरण रहोस् । जुन साहश न त मुकुन्दले गर्न सकेका छन् नत दिल निसानीलेनै गरेका छन् । 

अन्तमा, 

यो देशमा राम्रा भविष्यको अन्त्य हुन्छ, राम्रो तरिकाले फुल्छकि भनेर सोचिएका कोपिलाहरु फुलेर शुन्दर हुनु अगावै चुडालिन्छन् । अरु देशले डिभी चिट्ठा र बिभिन्न नाममा आफ्नो देशको सम्भावनालाई लिएर जाँदा त्यसैलाई आकर्षित पारेर चोक-चोकमा म्यानपावर, कन्सल्टेन्सी र डिभी सेन्टरहरु खोलेर राखेका छौं । सम्भावनाका फूलहरु आफ्नै देशमा फुल्ने वातावरण नदिएर विदेशमा भासिन बाध्य पार्छौं । सायद रवि पनि त्यहि सम्भावनाको एउटा उदाहरण हुन् । यदी उनि प्रति खोलिएको तेश्रो फायर सत्य हो र उनि नेपाली नागरिक नभएकै सहि उनको अभ्यासलाई हामीले साथ दिनु जरुरी छ । किनकी उनको अभ्यास जनतामुखी छ र देशको वर्तमान अवस्थाको लागि पाच्य छ ।

– अनिल अधिकारी | (लेखक अधिकारी साझा सबाल डटकमका सम्पादक हुन् ।)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरीमा डुबेर १२ वर्षीया बालिकाको मृत्यु भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा न्यूजिल्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध र सशक्त बनाउनुपर्छ : पुष्पकमल दाहाल भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन