राजनीतिले कसैले हारेको पनि छैन कसैले जितेको पनि छैन ।

समग्रमा रानीनीतीले हारेको छैन । भुमिका मात्रै परिबर्तन भएको देखिन्छ ।

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... राजनीतिले कसैले हारेको पनि छैन कसैले जितेको पनि छैन ।

समग्रमा रानीनीतीले हारेको छैन । भुमिका मात्रै परिबर्तन भएको देखिन्छ ।

"/>

2026-09-04 12:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनताको ताजा जनादेशले कुन दललाई के भन्यो ?

अशोकनाथ योगी |

राजनीतिले कसैले हारेको पनि छैन कसैले जितेको पनि छैन ।

समग्रमा रानीनीतीले हारेको छैन । भुमिका मात्रै परिबर्तन भएको देखिन्छ ।

संधै भारत र कांग्रेस अनि साना दलले काम गर्न दिएनन् हामी स्वर्ग बनाईदिन्थ्यौ भन्ने एमालेलाई गरेर देखाउ न त हामी हेर्छौ भनेको छ ।

नेपाली कांग्रेसलाई सत्ताको फोहोरी खेल अत्ति नै भयो, बिधी मिचियो बिधान मिचियो, संगठनमा आमुल परिबर्तन गर, निती र नेतृत्व परिबर्तन गर, पार्टी भित्रका ए, बी, सि, डी र ई लेभलका कांग्रेसको भेदभाब अन्त्य गर, बीपी र गणेशमान अनि गिरिजा र शुशिलको ब्याज नखाउ आफै पनि केही गर र सशक्त प्रतिपक्षको भुमिका निर्बाह गर र गुटहरु सदाका लागि अन्त्य गर, सबैलाई पार्टीसमान ब्यबहार गर, भनेर ताजा जनादेश दिएको फेरी पनि फाहोरी खेलमा भुलेर नलाग भनेको छ ।

माओवादीका लागि संगठन बिस्तार गर्ने अवसर हो, सबै परिबर्तनकारी र क्रान्तिकारीलाई एक ठाउँमा ल्याउ, अब पनि हिंसाका कुरा र हिन्दु धर्म बिरोधी कडा कुरा गरेर सम्भब छैन । नेपाल सुहाउदो निती अबलम्बन गर भनेको छ ।

मधेशबादी दललाई तिमी मधेशमा परिक्षण सरकार चलाउ र केन्द्रसंग राम्रो सम्बन्ध बिस्तार गर, अब आन्दोलन बन्द गर भन्ने जनादेश दिएको छ ।

३ देखि ५ प्रतिशत पनि राजा र हिन्दु धर्म कहिले बोक्ने कहिले जोड्ने दललाई राम्ररी भनेको छ, तिम्रो एजेन्डा ढुलमुले भयो, राजा चाहिएको भए र हिन्दु धर्म चाहिएको मन्त्री पदका लागि किन हतार गर्यौं ? तिमी कहिले फुट्छौ-कहिले जुट्छौ ठेगान छैन के हो । तिमी राजा-राजा भन्छौ, राजा आफै आउन चाहेका छैनन ।

बैकल्पिक शक्ति भनेका नयाँ शक्तिका बाबुराम र बिबेकशील लगायतलाई जनादेशले भनेको छ कि तिमीहरु आफै किन नमिलेको ? एउटै चुनाब चिन्ह किन नलिएको ? तिम्रो बाटो के हो ? धारणा के हो ? नयाँपन के हो ? यहि भनेको छ । तिमी सानातिना दल बनेर ठुला कुरा गर्न चाहान्छौ कि अलि बैकल्पिक शक्ति बनेर आमुल परिबर्तन गर्न चाहान्छौ । परिबर्तनकारीहरु जो एमाले/नेपालीकांग्रेस र माओबादीमा रहेका छन्, उनीहरुसंग खुला छलफल गर्न किन चाहेनौ ।

टिम बिस्तार गर्न नसक्नुको कारण के हो ? स्पष्ट पार भनेको छ । कतै मिलीहाल्ने भए पनि समयमा मिल । कि त बैकल्पिक शक्ति नै बनाउन चाहेको भए कतै नमिल्ने गरी मातृभुमीको कसम खाएर लाग भनेको छ ।

नेमकिपा, माले लगाएत जनमोर्चालाई भनेको छ कि अब सानो टुकडी चलाएर काम छैन । बिघटन गर, समृद्धिको अभियानमा लाग भनेको छ ।

२०७४ को निर्बाचनमा चाहे बाम पन्थी होस, चाहे हामपन्थी, चाहे बिप्लवपन्थी होस, सबैलाई दिएको ताजा जनादेशले परिबर्तन र रुपान्तरणका लागि संबिधानमा नमिलेका मुद्धालाई मिलाएर शान्ति र समृति तिर सर्मपित हुन भनेको छ ।

त्यसैले कसैले हारेको छैन, भुमिका मात्रै परिबर्तन भएको छ । जयहोस । मंगल होस । धन्यवाद । 

(लेखक सामाजिक बिकासका अभियान्ता हुन् )

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै