अनिल अधिकारी | कहाँबाट सुरु गरौँ ? कुन क्षेत्रबाट सुरु गरौँ ? जता हेर्यो उस्तै समस्या, उस्तै व्यवहार । 

प्रायजसो भ्रस्टाचार, अनियमिता र देशको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अनिल अधिकारी | कहाँबाट सुरु गरौँ ? कुन क्षेत्रबाट सुरु गरौँ ? जता हेर्यो उस्तै समस्या, उस्तै व्यवहार । 

प्रायजसो भ्रस्टाचार, अनियमिता र देशको"/>

२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अरुलाई ‘आँखा छोप’ भनेर ना-ङ्गै हिड्न पाइने देश

२०७४, १३ पुष बिहीबार १०:३७

अनिल अधिकारी | कहाँबाट सुरु गरौँ ? कुन क्षेत्रबाट सुरु गरौँ ? जता हेर्यो उस्तै समस्या, उस्तै व्यवहार । 

प्रायजसो भ्रस्टाचार, अनियमिता र देशको संक्रमणकालिन अवस्थाको कारण देशमा आईपरेकोको बिबिध समस्याको बिषयमा लेख्ने म आज एउटा फरक क्षेत्रको बिषयमा कुरा गर्दैछु, जुन सामाजिक बिकृतिको रुपमा देशलाई नै विकृत बनाउने तरिकाले आईरहेको छ । 

हिँजो केहि मानिस कानुनको डरले डराउँथे भने केहि मानिस आफ्नो इज्जत र प्रतिष्ठामा आँच आउने डरले आत्मालोचित भएर गलत काममा उद्देलित हुन्थेनन् तर समय-काल फेरिँदै जाँदा गलत गर्नेलाई कानुनले पनि देखे-नदेखे झैं गर्ने अनि जो गलत व्यवहार गर्दैछ त्यसैलाई भाइरल, त्यसैलाई सम्मान गर्न थालेपछि सच्चा व्यवहारमा विश्वास गर्नेहरु गुमनाम बन्ने अवस्था छ । म कुरा गर्दैछु – सामाजिक संजाल र युटुवमा अपलोड हुने नेपाली भिडियोको । यसो भन्दै गर्दा कतिपयले मलाई आधुनिकता बिरोधि वा बिबिध नामको उपमा देलान् तर '…..लाई भन्दा हेर्नेलाई लाज' भने जस्तो अतिनै भए पछी मैले यो लेख लेख्न बाध्य भएको हुँ । १९ घण्टा भन्दा बढी सामाजिक संजाल र अनलाइनमा आवद्ध भएर काम गर्ने ममा यस्ता विकृत भिडियोहरु आफसे-आफ देखा पर्छन् । कसैले सेयर गर्दा, युटुव वा फेसबुकमा यस्ता भिडियोहरु एकाएक भाइरल बन्छन् । 

हुनत सामाजिक संजाल खुला हुन्छ । सामाजिक संजालमा मानिसहरु आफ्ना कुरा राख्न र कसैले राखेको कुरामा प्रतिक्रिया दिन स्वतन्त्र हुन्छन् तर यति धेरै स्वतन्त्रता दिनु पनि राम्रो हुँदैन जसले सिङ्गो क्षेत्रनै विकृत गराओस् । देश लोकतान्त्रिक व्यवस्थामा अगाडी बढेको छ, यो व्यवस्थामा अन्य व्यवस्थामा भन्दा बढी स्वतन्त्रता अवश्य हुन्छ तर यो व्यावस्थामा पनि नियम हुन्छ, कानुन हुन्छ, कानुनले बर्जित गरेको कुरा यो व्यवस्थामा पनि लागु हुन्छ भन्ने कुरा बुझ्नुपर्छ । 

आधुनिक मिडिया अनलाइनमा विश्वभरी छरिएर रहेका नेपाली तथा विश्वकै ट्रेन्ड अध्ययन गर्न पाइने, सूचना आदान-प्रदान गर्न सबैभन्दा सहज स्थिति छ । नेपालीहरुको लोकप्रिय सामाजिक संजाल फेसबुक, ट्वीटर तथा युटुव हुन् । ट्वीटरभन्दा पनि फेसबुक र युटुवमा प्राय नेपालीहरुको दिनरात कट्ने गरेको छ । अनुमानित तथ्यांकनै हेर्ने हो भने पनि अनलाइनमा हरेक २ नेपाली मध्ये १ जना परिचित छन् । गाउँगाउँमा फेसबुक प्रयोगकर्ता छन् । समयको मागले गाउँ-गाउँका साधारण पढ्न जान्नेमात्रले पनि अहिले अनलाइनको सुबिधा भोग गरिरहेका छन् । तर यति धेरै क्रेज, यति धेरैको आवश्यकता बनेको अनलाइनमा सरकारले कुनै किसिमको परिबन्ध वा लगाम लगाउन सक्ने कानुन बनाउन सकेको छैन । फेसबुकमा पोष्ट हुने अनेक विकृत सामग्रीहरुले गाउँसम्मका जनता प्रभावित छन् । बजारमा खुला रुपमा बेच्न नपाइने यौन पुस्तकहरु, पोर्न भिडियोहरु खुलम-खुला गाउँ-गाउँका जनताको पहुँचमा पुगेका छन्, त्यसोत सामाजिक बिकृतिका भिडियोहरु खुलम-खुला नेपालबाटै उत्पादित भईरहेका छन् । युटुवको लागि खिचिने सामाग्रीहरु अश्लिलतामा केन्द्रित छन् । 'देखाए चल्ने नत्र फ्लप' को स्थिति छ । युटुवमा भिडियो अन्तर्वार्ताको ट्रेन्ड निकै चलेको छ, जसमा अश्लिल शब्द र छाती देखाएर आफ्ना नाङ्गा चरित्रहरुलाई इज्जतका साथ पस्किने गरिएका छन् । चलचित्र तथा मोडलिङ्गको क्षेत्रमा जसको सरिर खुल्छ उनिहरू मात्र बिक्रि भएका छन्, टिकेका छन् । जसले खोल्दैनन् उनीहरुमाथि अन्याय भएको छ । 


नाम तोकेर यो र त्यो भन्ने भन्दा पनि क-कसले युटूवमा वा फेसबुकमा कसरी उत्ताउला भिडियो दिन्छन् सबैलाई थाहा छ । जसले त्यस्ता सिन दिनसक्छ, त्यसलाई नै देशविदेशबाट अफर आउँछन्, तिनैका कुराहरु मिडियामा कभरेज भएका छन् । यसरी हेर्दा नेपालीको ट्रेन्ड नै अब सहि लिग छाडेर गलत लिगपछि दौडिन थालेको छ । यी सब हुनुमा नेपाल सरकार र जिम्मेवार निकायहरुकै बढी दोष छ । चलचित्रमा लाग्ने सेन्सर फेसबुक/युटूवमा लगाउने स्थिति छैन या भनु नेपालका जिम्मेवार निकायहरुलाई अनलाइनको ट्रेन्ड र यसले जमाईसकेको प्रभावबारे कुनै चेतना छैन । 

नेपालमा भएका गलत अभ्यासको बिषयमा प्रतिक्रिया दिनेहरु पनि नभएका होइनन् । सामाजिक संजाल र युटुवमा अपलोड हुने भिडियो तथा अश्लिल सामग्रीहरुको बिषयमा प्रतिक्रिया दिएर बिरोध जनाउनेहरु पनि धेरै छन् तर जो बिरोधि छ उसैको मुखमा बुजो लगाइन्छ । भनिन्छ – 'हेर्न मन नलागे नहेरे भईगो नि ! हेर्ने बेलामा मज्जा मानि-मानि हेर्ने अनि यस्तो प्रतिक्रिया दिने ?' त्यसैले यसरी प्रतिक्रिया दिनेहरुले अरुलाई 'आँखा छोप' भनेर आफु चाही नाङ्गै हिडेका छन् । युटुवमा आउने अश्लिल भिडियोको बारे खुलेर कमेन्ट गर्दा उल्टो गालि खाइन्छ, भन्छन् – 'हेर्न मन नलागे नहेरे भईगो नि ? नहेर्न छुट छ ।' सडकमा नाङ्गै हिड्ने अनि किन नाङ्गै हिडेको भन्दा 'नहेरे भईगो नि ?' भनेर सुख पाइन्छ ? सरकारले यस बिषयमा ध्यान नदिंदासम्म यिनिहरु आफ्नो नाङ्गो नाच देखाईनै रहनेछन् । 

अर्को कुरा 'एकाएक हिट, एकै दिनमा हिट हुनु छ भने खोलिदिए पुग्छ, जे मनमा आउँछ बोलिदिए पुग्छ' यही सुत्र नेपाली युटुबर्सको हकमा लागु हुँदैछ । भिजिटर ल्याउदा सोहि अनुसार युटुबले दिने पैसाको लोभमा पनि कतिपयले आफ्ना भिडियोलाई भाईरल बनाएका हुन्छन् ।


देशमा बिदेशी पैसा भित्रनु राम्रो कुरा हो तर त्यसो भन्दैमा लाख पैसा पाएर खर्वौँको मौलिकतालाई गुमाउनु किमार्थ हुँदैन । पैसाको लोभका कारण नेपालको मौलिक संस्कृति र मौलिक कलाकारहरु छायाँमा परेका छन् । कुनै अन्तर्वार्ता दिन जानकै लागि भए पनि 'वानपिस' वा त्यस्तै छाडा ड्रेस किन्नुपर्ने बाध्यता छ । त्यसो त कपडा खोलिदिने सेलीब्रेटिको पछाडी अधिकांश युटुव भिडियो च्यानलहरु दौडिएका छन् । ब्यबहारमा सेक्स नभएपनि बोलेर 'सफ्टपोर्न'कै काम भएका छन् । यसरी 'सफ्टपोर्न' खिच्नेहरु अनलाइन मिडियाको नाममा सूचना बिभागकै परिचयपत्र बोकेर ढुक्कले 'म पत्रकार' भन्दै हिडेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन सुनको मूल्य बढ्यो संवैधानिक परिषद बैठक सुरू हुरीका बेला सतर्कता अपनाउन आग्रह महेश बस्नेतकी पत्नी अम्बिकासहित १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध