By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    16 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    19 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    20 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    20 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    23 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    23 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    23 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: नेविसंघ सुधार्ने जिम्मा कसको ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > नेविसंघ सुधार्ने जिम्मा कसको ?
काठमाडौँ - KTMलेख

नेविसंघ सुधार्ने जिम्मा कसको ?

साझासवाल
Last updated: February 14, 2018 9:00 am
साझासवाल
7 Min Read
Share


शुशील भट्ट / फाल्गुन २ काठमाडौँ | पछिल्लो समय राजनीतिक वृत्तमा कांग्रेसले हालै सम्पन्न तीनै चरणको निर्वाचनमा व्यहोरेको हारको समीक्षा भइरहेको छ । कांग्रेसको हारका पछाडि विभिन्न कारण औँल्याइएका छन् । नेतृत्वको अक्षमता, कमजोर सांगठनिक उपस्थिति र भ्रातृ संस्थालाई चलायमान बनाउन नसक्नुलाई कांग्रेसको हारको कारण ठान्नेहरू धेरै छन् । तर, के कांग्रेसका भ्रातृ संस्था चलायमान छन् त ? वा उनीहरूको संगठन त्यति चुस्त छ त ? तिनले माउपार्टीको चुनावी नतिजालाई फेरबदल गर्न सक्ने ल्याकत राख्छन् त ? यो प्रश्न अहिले कांग्रेसका भ्रातृ संगठनले आफैँलाई सोध्ने वेला भइसकेको छ ।

कांग्रेसको नर्सरीको रूपमा रहेको नेपाल विद्यार्थी संघ (नेविसंघ) आज इतिहासको कमजोर मोडमा आइपुगेको छ । कुनै समय यस्तो थियो, कलम र मसालअंकित झन्डा सडकमा नफहराएसम्म विद्यार्थी आन्दोलनले उचाइ लि“दैनथ्यो । झन्डै ५ दशक पुग्न लागेको नेविसंघको इतिहास यति गर्विलो छ कि सबै किसिमको परिवर्तनको नेतृत्व उसले गर्दै आएको छ । तर, विडम्बना, आज विद्यार्थी आन्दोलनको नेतृत्व त परैको विषय, संगठनमै एकता कायम गर्न नेतृत्वले नसक्दा नेविसंघ नै गुट र उपगुटमा विभक्त भएको छ । झन्डै १० वर्षपछि निर्वाचनमार्फत नेतृत्व पाएको नेविसंघमा नयाँ ऊर्जा उत्पन्न हुने आमविद्यार्थीमा आशा थियो । त्यहीअनुरूप अधिवेशनलगत्तै पहिलो बैठकमा हरेक क्याम्पस र विवादित जिल्लाको समस्या हल गर्ने भनियो पनि । आज निर्वाचन सम्पन्न भई नयाँ नेतृत्व आएको १७ महिना बितिसक्दा पनि विवाद हल भएको छैन, बरु टीके नेतृत्व छान्दा अन्यत्र पनि विवादको लहरो तानिएको छ । काठमाडौं उपत्यकाका २० भन्दा बढी प्रमुख क्याम्पसमा नेविसंघ नेतृत्वविहीन छ । यस्तै देशभरमा ३४ जिल्ला समिति रिक्त छन् भने अन्य जिल्ला समिति दुुई वर्ष नाघेर विधानतः अधिवेशन गर्नुपर्ने अवस्थामा छन् । औँलामा गन्न सकिने केही जिल्ला र क्याम्पसबाहेक धेरै क्षेत्र, जिल्ला र क्याम्पस निष्क्रिय छन् ।

११औँ महाधिवेशनपश्चात् पहिलो बैठकले संगठन सुदृढीकरण र समन्वयका लागि विभिन्न कार्यदल गठन गर्यो, जसमा संविधान कर्यान्वयनका लागि दबाब अभियान, शैक्षिक गुणस्तर, स्ववियु निर्वाचन आदि विषय समेटिएका थिए । तर, जनमानसमा देखिने गरी यी कार्यदलले काम गर्नु त परको विषय, बैठक बसेकोसमेत जानकारी छैन । केन्द्रीय समितिको दोस्रो बैठकमा आइपुग्दा मर्यादाक्रमको विषयलाई लिएर हामीबीच द्वन्द्व सुरु भयो । जसबाट बैठक नै दुुईवटा स्थानमा बस्ने परिस्थिति बन्यो । लामो अन्तरालमा हुने भनिएको स्ववियु निर्वाचनमा टिकट वितरण कार्यदल नै विधानविपरीत बन्यो, जसमा उपत्यका र प्रदेशका सहमहामन्त्री नै परेनन् । उम्मेदवार छनोटमा देखिएको विवादका कारण विभिन्न क्याम्पसमा तालाबन्दी गर्ने परिस्थिति सिर्जना भयो ।

११औँ महाधिवेशनमा बन्दसत्रविनै सीधै निर्वाचन गरिएको थियो, जसका कारण पहिलो बैठकले नै नीति तथा कार्यक्रम निर्माण गरी केन्द्रीय समितिसमक्ष अध्यक्षको नेतृत्वमा कार्यदल निर्माण गर्ने निर्णय गरियो । तर, १७ महिना बितिसक्दा पनि अझै नीति तथा कार्यक्रम बन्न सकेको छैन । नीति तथा कार्यक्रमविनै संगठन चलाइरहनु अध्यक्षले संगठनको विधि र विधान भुल्नु होइन र ? यसरी संगठन अस्तव्यस्त अवस्थामा पुुग्दा केन्द्रीय समितिमा रहेको आफ्नो उपस्थितिप्रति नै प्रश्न गर्ने अवस्था बनिसकेको छ । त्यसैले माउपार्टी चलायमान भएन, चुस्त भएन भनेर झकझक्याउने नैतिक आधार पनि नेविसंघले गुमाउन थालेको छ । किनभने सिसाको घरमा बसेर बाहिरका मानिसलाई ढुंगा प्रहार गर्ने मुख्र्याइँ गर्न सकिन्न ।

दोस्रो बैठकबाटै विभक्त नेविसंघ प्रशिक्षणको नाम दिएर तेस्रो बैठक राखियो । तर, मातृपार्टी कांग्रेसले बनाएको नेविसंघ निर्देशन समितिको भाषण सुन्ने थलोका रूपमा मात्र तेस्रो बैठक सकियो । त्यसयता आजसम्म कोठामा दुई–चारजना साथीको भेटघाटबाहेक बैठक बस्न सकेको छैन । संगठन सुदृढीकरणका लागि न त बैठक बस्न सक्यो । बरु प्रदेश र क्षेत्रगत तहबाट भएका कार्यक्रमलाई नै स्पष्टीकरणका नाममा झनै धुरवीकृत बन्ने अवस्था सिर्जना गरियो । निर्वाचित केन्द्रीय समितिको आकर्षक कार्यक्रमको रूपमा जहाँ विद्यार्थी, त्यहाँ नेविसंघ भन्ने नारासाथ त्रिचन्द्र क्याम्पसबाट पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा शुुभारम्भ गरिएको सदस्यता वितरण महाअभियान केबल औपचारिकतामा मात्र सीमित बन्न पुुग्यो । जिल्ला, क्षेत्र, क्याम्पस, सिटिइभिटी र माविसम्म पुर्याउने लक्ष्य लिइएको सदस्यता वितरण महाअभियान त्रिचन्द्रको प्रांगणबाहिर आउनै सकेन । केन्द्रीय समितिमा निर्वाचित भएको एक सदस्यको हैसियतले यी सब कार्य हुनुमा आपूmलाई पनि दोषको भागीदार ठान्नुबाहेक थप केही गर्न नसकिने अवस्थामा पुगिएको छ ।

यो त भयो संगठनमा देखिएको आन्तरिक अस्तव्यस्तता । अर्कातर्फ हामी मातृपार्टीलाई विधानसम्मत नचलेको भनी खबरदारी गरिरहेका छौँ । अझ पुस्ता हस्तान्तरण हाम्रो भाषणको विषय बन्ने गर्छ । तर विडम्बना, हामीले संगठनलाई विधानअनुसार सञ्चालन गर्नु त परको विषय, केन्द्रीय समितिलाई पूर्णता दिन र विभिन्न विभागसम्म गठन गर्न सकेका छैनौँ । चुनावअघि दिएको नाराजस्तै नेतृत्व इमानदार भए अब अर्को महाधिवेशनको तयारीमा लाग्नुपर्ने हो, किनकि बाध्यात्मक अवस्थाको नाममा समय नथपिए आगामी भदौदेखि यो नेतृत्वको कार्यकाल सकिन्छ । कार्यकाल सकिनुअघिसम्म विभिन्न विभाग गठन भए भने पनि त्यसले के काम गर्ला ? सोचनीय छ । वास्तवमा आज नेपाली विद्यार्थी आन्दोलन गम्भीर मोडमा आइपुुगेको छ । आन्तरिक किचलो र प्रतिस्पर्धा फरक विषय हो, वाम एकता हुँदै गरेको अवस्थामा आफ्नो अस्तित्व जीवन्त राख्न र विद्यार्थी आन्दोलनलाई अझ सशक्त बनाउन हाम्रो धेरै क्रियाशीलता अपरिहार्य छ । तर, त्यसनिम्ति नेतृत्वका साथै गुट र उपगुटमा रमाउनेहरूले संगठनको बाह्य वातावरण सुुदृढीकरणमा कहिले दिन्छन् ध्यान ?

हाम्रो गुटगत राजनीतिको चक्रव्यूहका कारण विद्यार्थी अधिकारका लागि खर्चनुपर्ने मूल्यवान् समय कोठे बैठकमा त सीमित भएन हाम्रो ? शिक्षामा समानता, सर्टिफिकेट राखेर स्वरोजगारका लागि राज्यले बनाउनुपर्ने वातावरण, आधुनिक, प्राविधिक, शिक्षामा समयानुकूल परिमार्जन र प्रविधिमैत्री शिक्षालगायत हाम्रा एजेन्डालाई अरूले बोक्ने परिस्थिति बन्न दिनु हुन्न । यसका लागि अब नेतामुखी होइन, नीतिमुखी हुँदै आन्तरिक व्यवस्थापन गरी संगठन सबलीकरणमा लाग्न ढिला भइसकेको छ ।

विद्यार्थी अधिकारलाई सडकमा बहसमा ल्याएर गन्तव्यमा पुर्‍याउने र त्यसको उत्सव मनाउनेतिर लाग्न छाडेर व्यक्तिका जन्मोत्सव सामाजिक सञ्जाल तथा रेस्टुरेन्ट र होटेलमा मनाउन थाल्नु र विभिन्न ‘फ्लेवर’का बर्थडे केक काट्दै गर्दा देखिने एकताका झलक किन मुद्दामा विभाजित र विभक्त हुन्छन् ?

आशाअनुरूप कर्म नहुँदा निराशा उत्पन्न हुनु स्वाभाविक हो । तर, त्यही निराशाभित्र पनि आशा खोज्न सक्नु र भरोसायोग्य वातावरण बनाउनु नेतृत्वको गुण हो । आज नेविसंघमा निराशाभित्र आशा खोज्दै नयाँ कार्यदिशा र कार्यक्रमसहित अगाडि बढ्नु नेतृत्वको दायित्व हो । देशभित्र मात्र होइन, विदेशमा समेत अध्ययनरत नेविसंघप्रति आस्थावान् साथीलाई एकत्रित गर्दै सक्षम, सबल र ऊर्जाशील नेविसंघ निर्माणमा हामी केन्द्रीय समितिमा रहेका सदस्य तथा पदाधिकारी चुकिरहेका छौँ । यसतर्फ ध्यान दिँदै विद्यार्थीका वर्गीय तथा शैक्षिक मुद्दालाई उठान गर्दै नेविसंघको पुरानो साख जोगाउनु आजको अवश्यकता हो ।

(भट्ट नेविसंघ केन्द्रीय सदस्य हुन् )

Share This Article
Facebook Email Copy Link Print
Previous Article नियम मिच्नेलाई ट्राफिकले घरमै चिठी पठाउने
Next Article पुनःनिर्माण भूकम्प प्रतिरोधी, अझ राम्रो र बलियो हुनुपर्ने
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMरोल्पा - RLPसमाज

अपांगता भएकी छोरीलाई ‘तीनमहिने सुई’ !

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

भुक्तानी प्रणालीमा डिजिटल क्रान्ति: निजी क्षेत्र अघि–अघि सरकार पछि–पछि

57 years ago
काठमाडौँ - KTMसमाज

कस्तो छ आजको मौसम ?

57 years ago
काठमाडौँ - KTMसमाज

बंगालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?