By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    1 day ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
    14 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
    16 hours ago
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    20 hours ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    16 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    20 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    4 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    5 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: अब म तस्कर कहलाईसकें, एसएसपी होइन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > अब म तस्कर कहलाईसकें, एसएसपी होइन
काठमाडौँ - KTMलेख

अब म तस्कर कहलाईसकें, एसएसपी होइन

साझासवाल
Last updated: May 3, 2018 4:58 am
साझासवाल
6 Min Read
Share

अनिल अधिकारी | 

गर्न चाहे के हुँदैन ? पछिल्लो समय साढे ३३ किलो सुन प्रकरणको घटनाले नेपालमा ठूलो चर्चा पाएको छ । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका एक पूर्वडिआइजीसहित ९ जना प्रहरी अधिकारीमाथि सुन तस्करीमा सघाउनेदेखि शाक्यका हत्यारा भगाउनेमा भूमिका खेलेको आरोप लागेको छ । 

त्यसो त अदालतमा दायर मुद्धाको टुंगो नलागी बोल्न बर्जित छ तर नबोली बसियो भने झन् सुनका नामुद तस्करहरु अदालतमा समेत नछिर्लान भन्ने विश्वास हामी आम नेपालीलाई छैन । देशको समृद्धिको लागि तस्करी गर्न हुँदैन भन्ने कुरा तस्करहरुलाई थाहा हुँदो हो त आज मैले यो टिप्पणी लेखिराख्नुपर्ने थिएन । 

कानुनले बर्जित गरेको कुरा तिनै कानुन लागू गराउने भूमिका खेलेकाहरुले मान्न छाडेपछि र यसरी तिनका अपराध विरुद्ध हामीले टिप्पणी लेख्नुपरेपछि अझ त्यसमा पनि साधारण बर्दीधारी भएको भए पनि सहने कुरा हुन सक्थ्यो, पूर्वडिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय राउत र प्रहरी हवल्दार अमरबहादुर थापाले गोरे समूहलाई प्रत्यक्ष सहयोग गर्ने गरेको अभियोग लागेपछि यो देशमा खै के कानुनी राज्य छ भन्ने ? 

सुन तस्करीको तत्कालिन समयमा उनीहरूले पदको दुरुपयोग गर्दै विमानस्थल सुरक्षा गार्ड कार्यालयको कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य लजिष्टिक्स लगायत प्रयोग गरेर आफ्ना ड्राइभर र व्यक्तिगत सुरक्षा गार्डलाई आपराधिक समूहको गतिविधिमा उपयोग गरेको देखिएको छ र यदी उनीहरुलाई अदालतले कुनै कसुर गरेको ठहर गरेन भने पनि उनीहरु जनताको अदालतका अपराधीहरु नै हुन् । विमानस्थलमा सुरक्षार्थ खटिएका व्यक्तिहरुको सहयोग बिना तस्करी सम्भव छ ? यो सबैभन्दा ठूलो प्रश्नको बिषय हो । अझै पनि बिमानस्थलबाट दैनिक सुन तस्करी हुने कुरा आई रहँदा अहिले त्यहाँ कार्यरतहरु प्रति पनि शंका उत्पन्न हुन्छ । बिमानस्थलमा चोरीनै नभए पनि चोर्छन कि भन्ने आशंका अहिले सबै विदेश जाने तथा फर्कने नेपालीहरुलाई हुनुको कारण उनीहरुको गलत नियत नै हो । चोरनै चोर बस्ने ठाउँमा एकाद सज्जनदेखि पनि डराउनुपर्ने हुन्छ भनेझैं अहिले बिमानस्थलदेखि त्यस्तै डर छ आम सर्वसाधारणलाई । 

सुन तस्करीको घटनामा अझै कयौं मोडहरु आउलान जिम्मेवार भएर सोच्ने हो भने त्यसै काण्डले बिमानस्थलका माथिल्ला तहका कर्मचारीदेखि तत्कालिन मन्त्रीसम्मलाई तान्नुपर्ने हुन सक्छ । किनकी देश चलाउन बसेर देश कसरी चल्दैछ भन्नेमा अन्जान रही कयौं तस्करहरुको सानदार पार्टी र तिनैसँग भेटघाटमा व्यस्त भईदिँदा यस्तै बिकृति सृजना भईदिन्छ भन्ने उनीहरुलाई हेक्का छैन । कुनै एउटा कार्यक्रममा गएर चाहिदा-नचाहिदा भाषणहरु गर्नुभन्दा जनताले समस्या देखेको निकायमा गएर नियमित अनुगमन गर्न सक्ने हो भने यस्ता तस्करीहरु आफैमा घट्छ । 

हामी नियतका कुरा गर्छौं । नियत सहि छ भने कसैलाई कसैले फसाउँन सक्दैन । तत्कालिन समयमा विमानस्थलमा तस्करी भईराख्दा टुलुटुलु हेर्नेदेखि अहिले तस्करी हुन्छ भन्ने जाँदाजाँदै पनि कुनै एक्सन नलिने जिम्मेवारहरु सबै दोषी हुन् । जे-जे गर्छन छाडा छाडीदिएर तस्करलाई सघाउनेहरु पनि तस्करनै हुन् । 

बुधबार एक जना एसएसपि जो तस्करीमा संलग्न भएको आरोपमा मोरङमा पक्राउ परेलगत्तै अदालत पेस गर्ने क्रममा संचारकर्मी माथि लात्ती बजारे । तिनको के कारण लात्ति बजार्ने साहश गरे तिनैलाई थाहा होला ? हुनसक्छ, त्यतिबेलासम्म तिनले आफूलाई एसएसपिनै हुँ भन्ने ठाने । उनले आफ्ना जवानहरुलाई जसरी सासन गर्थे त्यसरी नै सोचे । हुनसक्छ, तिनलाई आफैमा म यो देशको ठूलो मान्छे भन्ने लाग्यो वा यो देश म जस्ताकै मुट्ठीमा छ भन्ने लाग्यो । उनले लात्ती हान्नु अघि कुनै अक्कल पुर्याएको देखिन्न सिधा आफ्नो अगाडी कुनै संचारकर्मीले आफ्नो वास्तविकता उदांगो बनाउन लागेको सोचेर दायाँ-बायाँ कतै नसोची लात्ती उचाले । यसरी लात्ती बजार्ने तात्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी हुन् । 

उनले भुले कि अब म तस्कर कहलाईसकें, एसएसपि होइन । उनि देशका लागि जिम्मेवार एसएसपी थिए भने त्यसरी पक्राउ परेर अदालत गईराख्नुपर्ने थिएन र दिमाग समेत गुमेकोझैं गरि कुनै पत्रकार माथि त्यसरी आक्रामक हुनुपर्ने थिएन । उनको कर्तुतले नै अब उनि दोषी हुन् भन्ने सावित गरिदियो । एउटा जिम्मेवार पदमा पुगेका व्यक्तिमा सानो संयमता भन्ने कुरा हुनुपर्दैन ? पैसा र पावर छ भन्दैमा जे पनि गर्ने छुट छ ? यदी छैन भने र उनि सुन काण्डका दोषि सावित नभए पनि जनताको सूचनाको लागि खटिएको संचारकर्मी माथि हमलाको आरोपमा हदैसम्मको कारवाहीको भागीदार हुनुपर्छ । 

अर्को कुरा, बुधबार मोरङमा आरोपीहरुमै जुन भेदभाव देखियो त्यसले जसलाई पनि नमज्जा लाग्न सक्छ । प्रहरीको नियममा के छ भन्ने कुरा मैले यो टिप्पणी लेख्दा जानाकार हुन आवश्यक ठानिन र जे नमज्जा लाग्यो त्यसलाई टिप्पणीमा राखें  । मोरङ अदालत पेस गर्नु अघि सर्वसाधारण आरोपीलाई हतकडी लगाइएको थियो भने प्रहरी अधिकारीलाई किन हतकडी लगाईएन ? जुन आरोपमा अरु अदालत पेस हुँदैथिए त्यहि आरोपमा प्रहरी अधिकारीहरु पनि अदालत जाँदै थिए, त्यसरी भेदभाव गर्न पाइन्छ ? हुनसक्छ संचारकर्मीमाथि बुधबार भएको आक्रमणको कारण पनि यही भेदभावले उब्जाएको हो किनभने आफूसमान अपराध गरेको आरोप लागेकाहरुलाई हतकडी लगाएर अदालत पुर्याउँदा प्रहरी अधिकारीहरु स्वतन्त्र रुपमा अदालत पुगेका थिए, सायद अझै पनि उनीहरुमा मनोवल छ कि म त अर्कै मान्छे पो हुँ ! त्यसकै बल हुनसक्छ एसएसपिले हात खोलेरै लात्ति बजार्ने हौशाला पाए । उनले सोचे – मेरो त अझै पावर छ, पैसा छ ! पैसाले गर्न नहुने काम पनि गर्छ र त्यहि पैसाले सुन तस्करीको दाग पखाल्नेछु । 

यसैबीच संचारकर्मीमाथि लोहनीले गरेको दुर्व्यवहारको संचारकर्मीहरु र सरोकारवालाहरुले खुलेर बिरोध गर्नुपर्छ । लोहनी सहित तस्करी तथा हत्यामा संलग्न भनिएकाहरुमाथि कडा अनुसन्धान सहित हदैसम्मको कारवाही हुनुपर्छ । त्यसमा पनि अदालत परिसरमै संचारकर्मी कुटिंदा अदालत तथा नेपाल प्रहरीले तात्कालिन महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई के सजाय गर्छ हेर्न बाँकी छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article साढे ३३ किलो सुन काण्डमा यस्ता सात प्रश्न अनुत्तरित
Next Article रोल्पामा बालविवाह गर्ने एक जोडी विवाहमण्डपबाटै पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMडडेलधुरा - DDLराजनीति

देउवाको गृहनगरमा उम्मेदवार टुङ्गो लागेन, देउवाकै जिम्मा लगाइयो

57 years ago
दैलेख - DLKलेख

दैलेख महोत्सव २०७५ उद्घाटनदेखि समापनसम्मको रोमञ्चक पर्यटन तथा सँस्कृतिक मेलाका उपज र ज्ञान

57 years ago
काठमाडौँ - KTMधनुषा - DNSराजनीति

उम्मेदवारले मतदाताको खेतबारीमै पुगेर भोट माग्न थाले

57 years ago
काठमाडौँ - KTMमुख्य समाचार

जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड

2 weeks ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?