2026-11-06 11:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोदी भ्रमणको गम्भीर भूल: प्रदेश २ लाई सिधा सहयोग गर्न मिल्छ ?

अनिल अधिकारी | आफ्नै देशको उत्पादन र आफ्नै परिश्रमले आर्जिएको मुलुक बनाउन छाडेर हामी परजीवी झैं बनेका छौं र जसले जे दियो हात थापेर आफैलाई थप कङ्गाल बनाउन तल्लिन छौं | बैदेशिक सहायता हाम्रो देशलाई आवश्यक हुनसक्छ तर कुन स्वार्थमा त्यसरी पैसा बाडिन्छ भन्ने कुरा हाम्रा दिग्गज नेताहरुले बुझ्न नसक्दा देशमा भावी पुस्तासम्मले समस्या भोग्नुपर्ने स्थिति आउने पक्का संकेत देखिन्छ | यसै बिषयलाई थप गहिरिएर बुझ्ने हो भने प्रदेश २ लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिने भनिएको १०० करोडको सहयोग स्वार्थपूर्ण छ | वास्तवमा भन्नुपर्दा यो सहयोगले भविष्यमा नेपालको सार्वभौमिकतामा भीत्री रुपमा धावा बोलेको छ | 

जनकपुरमा ४ घण्टा रहेका नरेन्द्र मोदीले ३० डिग्रीको घाममा गरेको चर्को भाषणका बीच प्रदेश २ लाई सय करोड सहयोग दिने घोषणा गर्दा नेपालका नेताहरु तालि बजाईरहेका थिए | त्यसरी तालि बजाउनेमा रक्षामन्त्री इश्वर पोखरेल, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुर उप-महानगरपालिकाका मेयर किशोर साह लगायत थिए तर कसैले पनि आजसम्म त्यस दिनको समिक्षा गरेको छैन | कुनै पनि छिमेकी देशका प्रधानमन्त्रीले त्यसरी कुनै एक प्रदेश लक्षित गरेर आर्थिक सहयोग दिने घोषणा गर्दा, त्यहि दिन उनैका पार्टीका नेताले जनकपुरलाई भारतमा फिर्ता ल्याउन माग गर्दै गर्दा हाम्रा देशका नेताहरु गम्भीर देखिएनन् | बरु १०० करोडको भाषणमा तालि पिटेर रमाए | 

उसैत भारतले प्रदेश २ मा गरेको गतिबिधि संकाश्पद छ भन्ने हाम्रै नेताहरुको भाषणमा सुन्न सकिने कुरा हो, त्यसमा पनि त्यसै दिन मोदीकै पार्टीका एक नेताले नेपालको जनकपुर फिर्ता लिन माग गर्दा त्यसको जवाफदेहिता मोदीले लिनुपर्ने थियो | त्यस बिषयमा मोदी बोल्न तयार भएनन् नत नाकाबन्दिकै बारेमा केहि बोले | मधेस आन्दोलनमा प्रत्यक्ष रुपमा नाकाबन्दी गरेको भारतले संघियता लागू भईसेको नेपालको प्रदेश २ लाई मात्र सहयोगको घोषणा गर्नु सामान्य बिषय होइन | त्यसैले भारतको सहयोगमा प्रदेश २ कै जनताले पनि तालि पिटेर रमाउने अवस्था हुँदैन किनकी उनले हाम्रो स्वभिमान किन्नको लागि उक्त रकम खर्चिएको हुनसक्छ जो कुनै देशको पैसाको किनिने बिषय होइन | 

यस्तो अवस्थामा प्रदेश २ का जनतालाई आफ्नो इशारामा राख्नकै लागि भारतले आफ्नो अस्त्र प्रहार गरेको नबुझेर त्यसैमा तालि पिटेर रमाउने हाम्रो स्वभिमान हो ? भारतको सहयोगको बलमा अब प्रदेश नम्बर २ समृद्ध भयो भनेर त्यहाँको मुख्यमन्त्रीले भाषण गर्न सुहाउँछ ? जतिसुकै गरिब र पछाडी परेको प्रदेश भएपनि कर्णालीले झैं दृढ संकल्प लिएर प्रदेश २ ले काम गर्नुपर्छ, अनि मात्र प्रदेश २ समृद्ध छ भनेर छाती फुलाएर भन्न सकिन्छ | मोदीले प्रदेश २ मा यसो र उसो गर्दिन्छु भन्दा गड्गडाहट तालि बज्छ भने हाम्रो स्वभिमान त्यहि हो ? सबै बिकासको कुरालाई शत प्रतिशत ध्यान दिने हो भने आन्तरिक रुपमै सबैभन्दा समृद्ध प्रदेश २ बन्ने आधारहरु छन् | उब्जनीको भण्डार हुनसक्छ भने बिकासको लागि अन्य प्रदेश जस्तो असहज अवस्थामा छैन | 

यहाँ एउटा मात्र केन्द्रित बिषय के हो भने कुनै पनि छिमेकीको सहयोग लिने कुरामा नेपाल सजग रहनुपर्छ | आज प्रदेश २ लाई भारतले सहयोग गर्दा  भोली अर्को प्रदेशलाई चीनले सहयोग गर्ला ! अनि के अब हाम्रो ७ प्रदेश छिमेकीको भागबन्डामा छाडिदिने ? कुनै पनि देशले नेपालको कुनै पनि प्रदेशलाई सहयोगको घोषणा गर्दा कुटनीतिक मर्यादामा हेक्का राख्नु पर्छ कि पर्दैन ? कुनै पनि सहयोग केन्द सरकारलाई दिने कि प्रदेश सरकारलाई भन्ने बिषयमा स्पष्ट नीति हुनुपर्छ कि पर्दैन ? देश-देश बीच लेनदेन हुनु सामान्य हो तर अब प्रदेस र देश बीच लेनदेन हुँदा त्यसको प्रत्यक्ष असर केहि समयमा देखिने पक्का छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उम्मेदवार छनोटमा नातावाद र पहुँच निषेध गर्दै रास्वपाले जारी गर्‍यो ७ बुँदे निर्देशन ममता काफ्ले हत्या प्रकरण : अदालतमा नरेशको बयान, शव टुक्राटुक्रा पारेको स्वीकार अर्घाखाँचीमा बस दुर्घटना, १६ घाइते; ६ जनाको अवस्था गम्भीर गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन : प्रचण्ड बाढीपहिरो प्रभावित रसुवा, धादिङ र नुवाकोटमा कांग्रेसले पुनःस्थापना अभियान चलाउने जनताले देखाएको ऐनामा झम्टिनु राजनीतिक चरित्र होइन : रवि लामिछाने सुदूरपश्चिमसँग कर्णाली ३९ रनले पराजित सस्तोमा डलर साट्ने भन्दै लुटपाट गर्ने एक युवक गोली प्रहार गरी नियन्त्रण तिहारअघिको अन्तिम कारोबार दिन नेप्से सामान्य अंकले बढ्यो सुदूरपश्चिमले कर्णालीलाई दियो १७६ रनको लक्ष्य चितवनकै विश्वासले रास्वपा देशकै ठूलो पार्टी बन्यो : रवि लामिछाने सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु बीच बाटोमै रोकिए दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो एकै दिनमा सकियो सुनका असर्फीको स्टक, आज चाँदीका मेडालियन मात्रै बिक्री हुने सर्वोच्चमा दर्ता भयो दानबहादुरको रिट, पेशी तोक्न बाँकी सार्वजनिक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा तीन जना पक्राउ सरकार र रास्वपाबीच कुनै विवाद छैन : सभापति लामिछाने एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त, सुदूरपश्चिम–कर्णाली र चितवन–पोखरा आमनेसामने सुनको मूल्य तोलामा ५ हजार ९०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो सरकारले आरोप पुष्टि गरोस्, पक्राउ गर्न कानुनी आधार चाहिन्छ : प्रदीप पौडेल