Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २४ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यस्तो बेथिति कहिलेसम्म ? अघि-अघि बाटो बन्दै, पछी-पछी भत्कदै !

२०७५, १० जेष्ठ बिहीबार ०९:०५

अनिल अधिकारी | नेता वा ठेकेदार व्यक्ति बिशेषसँग जोडिने कुरा हो त्यसैले सडकको हाल बेहाल बनाउनुमा मुख्य कारक नै नेता र ठेकेदार हुन् । जब सडक गतिलो बन्दैन तब उपभोक्ता निरन्तर त्यसको शिकार बन्नुपरेको छ । नेता र ठेकेदारकै स्वार्थले सडक गतिलो बन्दैन र त्यसैको सिकार निर्दोष नागरिक मारिन्छन् वा अंगभंग बन्छन् । 

आजकाल केहि स्वार्थीहरुको कारण दैनिक लाखौँ जनताले दु:ख वा पीडा भोग्नु परेको अवस्था छ । जुन कुरालाई सबैले बुझेर पनि बुझ पचाएको जस्तो देखिन्छ । धेरै योजनाहरु ठेकेदारले तोकेको समयमा बनाउदैनन् । दुइ बर्षमा बन्ने सडकको लागि म्याद थपाई-थपाई १० बर्ष लगाइन्छ । जुन अबधिसम्ममा अघि-अघि बाटो बन्दै जान्छ त्यसैको अनुरुप पछीपछी बाटो भत्किदै जान्छ । अनि फेरी काम सक्नुपहिले नै उही असफल ठेकेदारले अर्को ठेक्का पाउँछ । 

मैले शिर्षकमा ठेकेदार र नेताको ग्र्याण्ड मोडल डिजाइन गर्नुको कारण हरेक नेपालीले बुझीसकेको कुरा हो । सडक निर्माणमा कति घोटाला हुन्छ, ठेकेदारले कसरी ठेक्का पाउँछन् र त्यसमा नेताको भूमिका के हुन्छ भन्ने कुरा प्राय धेरैले शंका गरेकै बिषय हो र त्यो शंका बास्तबिकता पनि हो । 

सडक बिकास गर्ने धेरै मोडलहरु छन् तर कार्यान्वयनमा किन गलत बाटो नै रोजिन्छ त ? भन्ने कुराको सिधा र प्रष्ट उदाहरण छ । त्यो हो, परम्परागत बाटोमा स्वार्थ पुरा हुन्छ । नयाँ मोडल लागु गर्दा निस्वार्थी र बिकासबादी हुनु अनिवार्य हुन्छ, जुन कुरा ९९% नेतामा लागु हुँदैन । पेशाले नै राजनीति अंगाल्ने उहाँहरुको घरपरिवार धान्नकै लागि वा निहित स्वार्थपूर्तिको लागि राम्रा सडक बन्दैनन्, राम्रा बिकासका योजनाहरु अलपत्र पर्छन । राजनीतिक वा व्यक्तिगत स्वार्थ हावी हुँदा अधिकांश बिकासका कामहरुले शतप्रतिशत प्रतिफल दिदैन ।

असारे बिकास एक महिना चल्छ । अनि बर्षाको पानीसंगै बग्छ । फेरी अर्को बर्ष बिकास हुन्छ, फेरी पनि बर्षामै बग्छ । यसरी हरेक बर्ष निरन्तर बगिरहन्छ, 'अविरल बग्दछ इन्द्रावती' भनेझैँ । कसलाई हेक्का छ ? बिकास बग्दा निकास बग्छ । समृद्धि बग्छ । 

अझ आजकाल जता पनि बिगार्ने बीचको मान्छे 'बिचौलिया' । यसैको मारमा सडक र यात्रु निरन्तर पेलिएका छन् । बिकासको लागि बजेट पुगेका छन् तर ९० प्रतिशत भन्दा बढी बजेट गलत समय र गलत व्यक्तिको हातमा पुग्छन् । तब बिकासले फड्को मार्न सक्दैन । नीति बनेका छन् कार्यान्वयन गर्ने निकायनै निहित स्वार्थमा लागेपछि त्यसले गलत रुप लिन्छ । 

बजेट निरन्तर बगेको बग्यै छ, कतै बाटो बनाइदैछ, कतै ढल खनिदैछ, तर त्यो काम कति पुस्तापछी सकिन्छ भन्न सकिन्न । सडक निर्माणको कार्य हिउँदमा गरिए यस्तो अवस्था आउने थिएन भन्ने हेक्का कसैलाई छैन । देशभरका ग्रामिण सडकको हाल बेहाल अवस्थामा छ । ग्रामीण सडक बर्षामा २/३ महिना बन्द हुन्छ भने बर्षभरी बिभिन्न रोकतोकको अवस्था कायम रहन्छन । बजेट बर्षेनी जान्छन तर त्यसको दिर्घकालिन सामाधानको उपाय सोचिन्न वा जानेर पनि गरिन्न । 

ठेकेदारलाई जुन बिकास योजना निर्माणको जिम्मा दिईएको हुन्छ, त्यसलाई कडाई गरिन्न, उसलाई त्यो समयमा जे-जे पोलिसी तोकिएका छन् त्यो पुरा गर्नैपर्ने भन्ने अनिवार्य गरिन्न । बरू उल्टो उसँग बार्गेनिंग हुन्छ र उसैलाई सहयोग गरिन्छ । काम गर्न नसकेपछी फुकुवा गर्नेसम्मको सेटिंग मिलाइन्छ वा झनै थपेर बजेट दिइन्छ । जस कामको लागि कर्मचारीदेखि नेता, मन्त्रीसम्म मुछिन्छन् । …. अनि जतिसुकै गलत काम गरेपनि उनीहरु 'सेफल्याण्ड'मा हुन्छन तर 'डेन्जरल्याण्ड'मा रहेका ड्राइभर र यात्रुहरु कतिखेर कहाँ गएर जाकिने वा ठोक्किने हो भन्नेमा हरेक खाल्टाखुल्टि र अफ्त्याराहरुमा भगवान पुकार्छन । यसको समाधान कसरी गर्न सकिन्छ ? जिम्मेवार निकायले सोचोस् र  ब्यबहार गरोस् … 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारीको नाममा ठगी गरेको अभियोगमा दुई जना पक्राउ एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ: माधव नेपाल अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो: रवि लामिछाने हामीले विगतका निर्णयहरू कार्यान्वयन भए–नभएको राम्रोसँग समीक्षा गर्नुपर्छ: सभामुख अर्याल बजेटमा सबै विषयलाई समेट्ने प्रयास गरिएको देखिन्छ: वर्षमान पुन हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ