२९ पुष २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीले फेसबुक मात्रै चलाएर विकास, समृद्धि र परिवर्तन कसरी ल्याउलान र खै ?

१३ जेष्ठ २०७५, आईतवार ०९:४८

लोकेन्द्र प्रशाद जोशी/जेठ १३, दार्चुला ।


माथिको तस्बीर दार्चुला जिल्लाका प्रमुख हस्तीहरु जिल्ला समन्वय समिति, नगर तथा गाउँपालिका प्रमुखहरु, बिभिन्न कार्यालय, संघ संस्था प्रमुख लगायत व्यक्तीत्तहरुको हो । महाकाली नगरपालिका ५ गल्फैस्थित सुर्य प्रकाश डिलक्स होटलको बैठक हलमा एउटा महत्तपुर्ण टेलिभिजन कार्यक्रमको रेकर्डीङको पुर्ब तयारी भइरहदा सबैको आँखा फेसबुकमा झुमेको थियो । म लगायत सबैको ध्यान एकाग्र भएको थियो मात्र मोबाइलको पर्दामा, सबै जना इन्टरनेटमा ध्यानमग्न भएको बेला म संगै बस्नुभएका पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकर सिह धामीले मलाइ झस्काउँनुभयो, झस्कीनुको कारण म पनि फेसबुकमा अपडेट भएका पोष्टहरु हेर्दै म्यासेन्जरमा साथीहरुसंगको कुराकानीमा अलिअलि ब्यस्त नै थिए ….. प्रशंग हो फेसबुकको ब्यस्तता समाजिक सञ्जालमा ध्यानमग्न हुने सबैको साझा लत बन्दै गएको छ ।

बिहान आखाँ खुल्ने बित्तिकै सायद शौच लगायतका नियमित दिनचर्या गर्नुभन्दा पहिले मोबाइल खोलेर इन्टरनेट (फोसबुक, ट्युटर) चलाउँने बानि धेरैको बनिसकेको छ । बिउँझिएपछि सबै काम छोडेर कसले के पोष्ट गरेको छ ? कहाँ के के भैरहेको छ ? अर्थात के कुराले समाजिक सञ्जालमा चर्चा पाएको छ, भनेर फेसबुक हेर्नै पर्ने लत बसेको छ, हामी धेरैको । सरसर्ती साथीहरुका पोष्टहरु हेरीसकेपछि अरु काममा हात हाल्ने मन लाग्ने गरेको धेरैको साझा बानि होला नि है ? सकारात्मक नकारात्मक बिषय र प्रात्रलाइ लिएर दोहोरी नै चल्ने गरेको छ, हामीहरुको !

पछिल्लो समय समाजिक सञ्चालको ब्यस्तताले आफ्नो जिम्मेवारीमा रहेको काम समयमै नसकिने, बिद्यालय समय ढीलो भएको, खाना सेलाएको, मेटिङ लगायत धेरैधेरै काम छुटेको बिषय सामान्य बन्दै गएको छ । अभिभाबकहरुसंग बस्नुपर्दाको दिन त घुमाउँरो भाषामा गाली पनि खानुपर्छ हामीले ।  

मेरो आफ्नो कुरा गर्दा फेसबुक तथा ट्वीटरमा राखिएका समाचार तथा साथीका पोष्ट हेर्दाहेर्दै समय घर्केको पत्तै हुँदैन । आजै गर्नुपर्ने आफ्ना काम भरे, भोलि गरौंला भन्दाभन्दै धेरै दिन धकेलिदा समेत फेसबुकलाइ दिने समय त जसरीपनि ब्यबस्थापन गर्ने लत नै बनेको छ । कहिलेकाही सोच्दा सामाजिक सञ्जालप्रतिको यो ब्यस्तताले हाम्रा दैनिक गतिविधि नै अनियमित बनेका छन भनेर सोच्छु, तर इन्टरनेट चलाउँन थाल्यो कि टेलिकमसंग सापटी मागेको पैसा समेत सकिएको पत्तो हुदैन ।

घर, कोठा, कार्यालयमा मात्र होइन, बाटोघाटो, चिया चोक, प्रतिक्षालय अनि सार्बजनिक सवारी साधनमा समेत मोबाइलमा इन्टरनेट चलाउँनै पर्ने बानि बनिसकेको छ, म जस्तै हामी धेरैको । सोचिन्छ, मोबाइलबिनाको जीवन कस्तो हुन्थ्यो होला है ? उसो त केहि बर्ष पहिले गाउँघरसम्म फोनसम्मको सुबिधा नहुदापनि जीबन त चलेकै थियो तर बिश्व जगतका गतिबिधिहरुबारे यतिसारो अपडेट हुन भने पक्कै सकिएको थिएन ।

फेसबुकमा हुने स्टाटस, च्याट, ग्रुप च्याट, भ्वाइस कल, भिडियो कल लगायतको माध्यमबाट संसारको जुनसुकै कुनामा भएपनि एउटा मोबाइलको भरमा आफ्ना कुरा र गतिविधि साटासाट गर्न सकिन्छ । अर्थात यसरी भनौ, सिगों बिश्वजगत नै मानिसको मुठ्ठीमा बाधिएको छ ।

धेरै कुरामा हाम्रो जीबनशैलि सहजपनि बनाएको छ, समाजिक सञ्जालले तर धेरैको जीवन बर्बाद बनाउने माध्यम पनि बनेको छ । मानिसको निकै ब्यस्त, महत्वपूर्ण तथा उर्जाशील समय फेसबुक, ट्युटर लगायतका सामाजिक सञ्जालमा खर्च भैरहेको छ । धेरैको पैसा, समय मात्रै हैन, जीबन नै बर्बादीको दिशामा पनि हिडिरहेको छ । आफ्नो जिम्मेवारी, काम, कर्तब्य, भुमिकामा लगनसिल हुनुपर्ने समयमा बिभिन्न नकारात्मक काममा लागेर समाज, घर, परिवार अर्थात आफ्नो सुन्दर अमूल्य जीबन नै बर्दाद भइरहेको छ, भन्दा फरक नपर्ला । धेरैले त ज्यान समेत गुमाएका घटनाहरु प्रशस्तै सुन्न र देख्न पाइन्छन ।

सामाजिक सञ्जाललाइ सूचना, शिक्षा र मनोरञ्जनको माध्यम बनाउँनु त सकारात्मक होला तर बिभिन्न विकृतिहरुको तलतलमा फस्दैजादा बिद्यार्थी, कर्मचारी, बुद्धिजिबि लगायत आम नागरीकको जीबन बर्बादीको दिशामा अघी बढीरहेको छ ।

कक्षा कोठामा बिद्यार्थीले पढाइ छोडेर फेसबुक चलाउँने, शिक्षकले पढाउँन छोडेर फेसबुक चलाउँने, सबै क्षेत्रका कर्मचारी, जनप्रतिनिधिले दैनिक कार्यसम्पादन गर्न छोडेर फेसबुक चलाउँने हुदाहुदा सबै सर्बसाधारण मानिसको समुहले फेसबुक चलाउँने हो भने काम कस्ले गर्ने र प्रगति, बिकास, समृद्धि हुने कसरी ? यो बिषयमा सबैले समयमै सचेत बन्न सके अर्थात फेसबुकसंगै जिम्मेवारी, काम कारबाहि समेत पुरा गर्न सके सुनमा सुगन्ध हुने थियो कि ? यसै गतिमा फेसबुकको दुरुपयोग हुने हो भने कार्यालय समयमा फेसबुक बन्द र बिद्यालयमा प्रतिबन्ध गरीनुपर्छ,  …. बाकि पाठककै जिम्मामा !


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वकप अघिको अभ्यास खेलमा वेस्ट इन्डिजसँग नेपाल पराजित परराष्ट्रमन्त्री राणालाई प्रश्नः नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को हो? शेयर बजार लगातार ओरालो, कारोबार कति ? मिर्गौला फेल हुनुभन्दा पहिले पिसाबले दिन्छ यस्ता संकेत स्वर्णलक्ष्मी सहकारी ठगि प्रकरण: सरकारी वकिलको बहस सकियो आमनागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार होः उपप्रमुख डंगोल ‘दल फुटाउने र मिलाउने काम मेरो होइन, त्यस्तो अध्यादेश आउँदैन’: प्रधानमन्त्री ओली लस एन्जलस क्षेत्रमा आगलागी: उक्त क्षेत्रका नेपालीहरूको के छ अवस्था? झारखण्डमा प्रिन्सिपलले छात्रालाई सर्ट खोल्न बाध्य पारेको घटना सार्वजनिक रविविरुद्ध सरकारी वकिलको बहस- ‘उहाँ जत्तिको मान्छेलाई कानुनको अनभिज्ञता क्षम्य हुनै सक्दैन’ विपिन जोशीको तस्बिर-अंकित प्लेकार्ड बोकेर तेल अभिभमा इजरायलीद्वारा प्रदर्शन स्विस बैंकमा मेरो पैसा छ भन्ने हल्ला चलाइयो, छानबिन गर्न तयार छु: प्रधानमन्त्री ओली अमेरिकाको लस एन्जलसमा भइरहेको आगलागीमा परी मृत्यु हुनेको संख्या २४ पुग्यो माघका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति ? विपिन भाइ सकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ भन्नेमा ढुक्क छुः परराष्ट्रमन्त्री देउवा अहिलेसम्म अदालतमा हाजिर हुन गएनन् छवि, कहाँ छन् ? स्वर्णलक्ष्मी सहकारी गठी प्रकरण: रविको तर्फबाट सुशील पन्त‍ र रमन श्रेष्ठ‍ले मात्र बहस गर्ने आईएल टी-२० : दीपेन्द्रआबद्ध गल्फ पहिलो खेलमा पराजित, कुशलआबद्ध भाइपर्सको जित रास्वपा कोशी प्रदेश सभापतिलाई कारबाही गर्न बोलाइएको बैठक कोरम नपुग्दा रद्द रवि लामिछानेको थुनछेक बहस सुरू