2026-10-16 10:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विपी राजमार्ग सिन्धुलीको कि राज्यको ?

राजमार्गमा निर्वाध रुपमा सबै प्रकारका सबारी साधन गुड्न पाउनु पर्छ । कुनै काइते र बेतुकका नीति छन् भने तिनलाई सँच्याउनुपर्छ । बाटो भत्किए बनाउनु पर्छ । बजेट छैन भने सरकारले बिनियोजन गर्नुपर्छ । विपी राजमार्ग सिन्धुलीको मात्र सम्पत्ति होइन, यो राज्यको सम्पत्ति हो । अवका दिनमा कसैले पनि केही बस्तु, साधन र श्रोतमाथि सिन्डिकेट लाद्नु हुँदैन । 

यो राजमार्गको स्तर उन्नती गर्ने काम सरकारको हो । सबारी त जस्तो सुकै भार बहनको होस् त्यो चलाउन पाउनु, सामान ढुवानी गर्न पाउनु जनताको नैसर्गीक अधिकार हो । बाटो भत्किन्छ भनेर सबारी साधन चल्न नदिनु र नयाँ लुगा फाट्छ, मैलिन्छ भनेर मैलो, पुरानो, फाटेको लगाउने ? के नाङ्गै हिँड्ने । 

त्यसैले कुनै नीति, बिधि, बिधान र कानूनले प्रगतिशील र क्रान्तिकारी बिकास निर्माणका काम गर्न रोक्छ भने त्यस्ता पश्चगामी कानून फेर्ने काम सरकारको हो । सरकार नझुक, साथ दिने जनता छन् । सोच फराकिलो राखौँ

विपी राजमार्ग बचाउने नाममा जिल्लाका केही पत्रकार, बुद्धिजिवी र समाजसेवी भन्नेहरु केही दिन अघि सिंहदरबारस्थित मन्त्रालयमै पुगेर भारी क्षमताका सबारी चलाउन नदिन ज्ञापन पत्र बुझाउन गएको देख्दा निकै टिठ लाग्यो । यस्तो भँगेराको जत्रो छाति राखेर जिल्लाको बिकास हुन्छ र ? यस्तो सोचाइले जिल्लाको बिकास गरौँला भन्ने सोचाई उनीहरुले राखेको भए त्यो केबल दिवा सपना मात्र हुनेछ । आजको बिज्ञान र प्रबिधिको यूगमा पनि यत्ति सानो सोचाई राखेर सिंगो नेपालको बिकास गर्न सकिँदैन । त्यसैले राष्ट्र निर्माणको यस अभियानमा समाजका हरेक क्षेत्र, पेशा, बर्ग, र समूदायका जनताले फराकिलो सोचाई लिएर निःस्वार्थी भावले अगाडी बढ्न सक्नु पर्छ । अनि मात्र सिन्धुली मात्र होइन समग्र देश बन्ने छ । 

– फणीन्द्र फुयाल ज्वाला

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु