अस्मिता बेल्वासे | काठमाडौँ उपत्यकामा धुवा, धुलो, फोहोरको कारण बढ्दो वातावरण प्रदुषणले मानिसको जन–जिवन कष्टकर बन्दै गएको छ । चुनावको बेला नेताज्युहरुले जनता सामु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... अस्मिता बेल्वासे | काठमाडौँ उपत्यकामा धुवा, धुलो, फोहोरको कारण बढ्दो वातावरण प्रदुषणले मानिसको जन–जिवन कष्टकर बन्दै गएको छ । चुनावको बेला नेताज्युहरुले जनता सामु"/>
2026-06-26 04:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

यस्तो तालले कसरी बन्छ स्मार्ट सिटि ?

अस्मिता बेल्वासे | काठमाडौँ उपत्यकामा धुवा, धुलो, फोहोरको कारण बढ्दो वातावरण प्रदुषणले मानिसको जन–जिवन कष्टकर बन्दै गएको छ । चुनावको बेला नेताज्युहरुले जनता सामु काठमाडौ सिटिलाई स्मार्ट सिटी बनाउने सपना नबाढेको कहाँ पो हो र ? आखिर नेताज्युहरुले चुनावमा दिएका सपनाहरू सपनामा नै सिमित रहे ।

जनसङ्ख्याको चाप भएको काठमाडौँ शहर धुवाँ-धुलोको प्रदुषण पनि उत्तिकै फिजिएका छ । बाटो फराकिलो बनाउन भत्काइएका सडकबाट उड्ने धुलोसँगै सवारी साधनबाट निस्कने धुवाँका कारण उपत्यकाका जनताले सास्ती भोग्नु परेको छ । सडक विस्तार गर्न सरकारले योजना धेरै सुनायो तर कार्यन्वायनभने गरेको छैन । संधै व्यस्त हुने उपत्यका सडकहरुमा जनताले धुवाँ-धुलो खाँदै हिड्न वाध्य भएका छन् । कहिले जान्छ सरकारको ध्यान ? यस्ता वाध्यताहरु निम्त्याउन सडकको धुवाँ-धुलो र हिलोमा जोखिमपूर्ण यात्रा गरिरहेका आम जनताप्रति सरकारको ध्यान गएको छैन । सूचना कमी भएको हो की सरकारले कानमा तेल हालेर बसेको हो ? जनतामाथी बेखबर छ सरकार । 

 

धुवाँ-धुलो मात्र होइन, घरबाट निस्कने फोहोर पनि उत्तिकै छ- सडकका किनारमा, न त निर्माण गर्न लागेको सडक विस्तार गरेको छ, न त फोहोरलाई व्यवस्थापन गर्न सकेको छ सरकारले । काम जिम्मेवारी लिएका निकायहरुले समयमा पूरा नगर्दा जनताहरु प्रदुषणबाट निसास्सिएका छन् । सडकमा हिड्ने अवस्था छैन । घाम लाग्दा धुँलोले मान्छे ढाक्छ भने पानी पर्दा हिलाम्मे हुन्छ सडक । कतिसम्म सास्ती भोग्नु पर्ने हो जनताले ? सडकमा हिडिसक्नु छैन । जनताप्रतिको स्वास्थ्यमा कसले चासो राख्ने ? झन–झन जनताको स्वास्थ्य माथी असर बढ्दै गएको छ । शारीरिक कमजोरीहरु भएर रोगी बढ्दैछन् । यस्तो अवस्थामा सरकारको ध्यान कता छ खै ?

जनताले अपेक्षा गरेर चुनिएको सरकार आज मौन छ । विकासका रुपमा सरकारले दिएको सास्तीले जनता आजित बनेका छन् । धुवाँ-धुलो हिलो फोहोरमा हिड्नु पर्ने बाध्यता टार्न नसक्ने सरकार छ भने आम जनताको समस्या कसले सुन्ने ? यस्तो सास्ती कहिले सम्म हुन्छ, केही ठेगान छैन । अझै पनि सरकारले काम गर्ला भन्ने जनताको आश मरिसकेको छ । 

सरकाको कामबाट आम जनताले राहत पाउने आश मारिसकेका छन् । एक वर्ष सडक विस्तार गर्ने, फोहोर व्यवस्थापन गर्न भनि योजना निकाल्छ तर अर्को वर्ष ति योजनाहरु नै भत्काएर मौन बस्छ सरकार । कामलाई निरन्तर पूर्णता दिन सकेको छैन । सरकारले आम जनतालाई दुःख र सास्ती बाहेक केही दिन सकेको छैन । सरकारले यस्ता अन्य अव्यवस्थीत भएको ठाउँलाई मध्यनजर गरेर कहिले संवेदनशील भई सोच्न सक्ला ? 

सरकारले सुरु गरेको योजना विस्तारको अभियान कहिले पुरा हुन्छ ? उपत्यकाका जनताले कसरी र कहिले सहज र सुरक्षित यात्रा गर्न पाउँछन् ? यही कुरालाई आम जनताले पर्खिरहेका छन् । सरकारले बनाएको हरेक योजना विकास जनताको लागि भएता पनि त्यस्ता विकासले उल्टो जनतालाई सास्ती दिइरहेको छ । बिकासको नाममा दुःख र सास्ती मात्र भोग्नुपर्ने कस्तो विकास हो यो ?


समयमै योजना विकास गर्न नसक्दा आम जनता माथीको स्वास्थ्य र अधिकारलाई ध्यान नदिएको सरकारले समयमै योजना कार्यन्वायन गर्न सकेन भने हजारौँ आम जनता प्रति नकारात्मक असर पर्न जान्छ । यस्को जिम्मेवारी कस्ले लिन्छ ? प्रश्न सरकारलाई छ । 

समयमै विकास योजनाहरु कार्यन्वानमा आउन सके र सडक विस्तार र फोहोर व्यवस्थापन गरिएर भत्काइएका गल्लीहरु समयमै निर्माण भए जनतामा सहजता हुने थियो कि ? 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ