By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    2 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    19 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    22 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    22 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    22 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 hour ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एनजीओबाटै पार्टी चलाउन सजिलो ! नत्र हजारौं कार्यकर्ता कसरी पाल्ने ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > एनजीओबाटै पार्टी चलाउन सजिलो ! नत्र हजारौं कार्यकर्ता कसरी पाल्ने ?
काठमाडौँ - KTMलेख

एनजीओबाटै पार्टी चलाउन सजिलो ! नत्र हजारौं कार्यकर्ता कसरी पाल्ने ?

साझासवाल
Last updated: July 1, 2018 7:06 am
साझासवाल
6 Min Read
Share

असार १७, काठमाडौँ | गैससको सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्रीकै दबाव आएपछि नेपालमा गैरसरकारी संघ–संस्थाको नाममा हुँदै आएको मनपरीको पर्दाफासमा ठूला पार्टीकै संरक्षण रहेको प्रमाणित भएको छ ।

भ्रष्टाचार नसहने भन्दै जनताको अगाडी चिल्ला भाषण दिने प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको दवावमा गृह मन्त्रालयले गैरसरकारी संघ–संस्थाको सम्पत्ति छानबिन स्थगित गरेको गोप्य सुचना बाहिरिएको हो । गैससको सम्पति छानबीन गर्दा तात्कालिन एमालेकै कयौं नेता तथा कार्यकर्ता छानबिनमा तानिने डरले तत्कालका लागि छानबिन नगर्न प्रधानमन्त्रीले दवाव दिएको बुझिएको छ  । 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा त्यसका सञ्चालक–पदाधिकारीको चल-अचल सम्पत्ति छानबिन नगर्न प्रधानमन्त्री ओलीबाटै दबाव आएपछि गृह मन्त्रालय पछि हटेको उच्च स्रोतले जानकारी दिएको छ । मन्त्रालयले गत जेठ २४ गते ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै गैरसरकारी संस्थाको आर्थिक कारोबार तथा चलअचल सम्पत्ति विवरण संकलन गरी पठाउन निर्देशन दिएको थियो । तर त्यसको एक साता पनि नबित्दै असार ४ गते गृहले आफ्नै परिपत्रबारे अर्को परिपत्र जारी गर्दै देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई तत्काल यसअघि दिइएको गैरसरकारी संस्था बारेको निर्णय कार्यान्वयन नगर्न सर्कुलर जारी गरेको थियो ।

तात्कालिन एमालेको गाविस तहदेखि जिल्ला तहसम्मका अधिकांश कार्यकर्ता एनजीओकरणमा होमिएका आरोप आउंदैगर्दा ओलीको दवाबले त्यस बिषयलाई प्रमाणित गर्दै लागेको बुझिन्छ । एनजीओकै कारण तात्कालिन एमालेका नेताकार्यकर्ताहरुलाई आर्थिक रुपमा चलखेल गर्न सहज भएको आरोप छ । अधिकांश जिल्ला तहमा खुलेका गैरसरकारी संस्थाको शाखा कार्यालयदेखि केन्द्रसम्म एमालेले आफ्नो कब्जामा लिएको अवस्थामा पछिल्ला केहि बर्षमा कांग्रेस/माओवादी वर्चस्वका पनि केहि गैर-सरकारी संस्थाहरु नभएका होइनन् तर एमाले जस्तो सक्रिय छैनन् । 

पछील्लो समय भूकम्प पिडित १४ जिल्लामा गैरसरकारी संस्थाहरुले पार्टीगत आडमै राहत वितरण गरेको पिडितहरुको गुनाशोबाट पनि गैरसरकारी संस्थामा राजनीतिको हावी छ । त्यसो त एमाले एनजीओ जस्तो भयो भन्ने गुनाशो पार्टी पंक्तिमै चलेको कुरा हो । २०१४को एमालेको नवौं महाधिवेशनमै पनि महेश बस्नेत समूह नेता रहेको जनसंगठनको छलफलमा प्रतिनिधिहरुले पार्टी स्वयं नै एनजीओको प्रभावमा पर्न लागेको भन्दै पार्टीको स्वीकृतिविना कुनै पनि कार्यकर्ताले एनजीओ खोल्न नपाउने व्यवस्था गरिनुपर्ने धारणा राखेका थिए । तर उक्त कुराको कुनै गम्भीर बहश भएन । 

त्यस्तै नेपाली कांग्रेसका नेता नेता डा.अमरेसकुमार सिंहले एमालेको टिप्पणी गर्दै नेकपा एमाले राजनीतिक पार्टी नभई सत्ताको भरमा एनजिओ चलाउने पार्टी भएको आरोप लगाएका थिए । कांग्रेस नेताको आरोप पुष्टि गर्न एमालेको जिल्ला तहको राजनीतिलाई हेरे पुग्छ । एमालेका नेता देखि कार्यकर्तासम्म गैरसरकारी संस्थाकै भरमा टिकेका आरोप लाग्ने गरेका छन् । 

त्यस्तै परशु घिमिरेले एउटा सान्दर्भीक लेखमा उल्लेख गरेका छन् – जब मुलुकभर भएका सबै एनजीओको परिचालन गर्ने जिम्मा इन्सेकले पायो । मुलुकको कुल राष्ट्रिय बजेटकै हाराहारीमा इन्सेकलाई युरोप, अमेरिकालगायतका मुलुकबाट रकम आउन थाल्यो । त्यो रकमका कारण मोटाउँदै गएको एमालेले ठूलो माछोले सानो माछोलाई निले जस्तै अन्य सबै कम्युनिस्ट पार्टीहरूलाई निल्न भ्याएको आरोप एमालेलाई छ ।  मुलुकका सबै जिल्लामा इन्सेक, सिविन लगायतको बलियो सञ्जाल बनेपछि त्यसको आर्थिक अपचलनको प्रभावले एमालेले जनतालाई आर्थिक रुपमा आफूतर्फ तानेको बिषयमा परशु घिमिरेले लेख मार्फत स्पष्ट पारेका छन् । उनले एनजीओबाट संचालित एमाले नेपालको गलैंचा, गार्मेन्ट उद्योग रसातलमा पुगेको आरोप लगाउँदै एनजीओबाट हरेक जिल्लामा कम्तिमा सयजना एमालेका कार्यकर्ता पालिएको आरोप लगाएका छन् । एमालेका कार्यकर्ताहरु इन्सेकलगायत एनजीओबाट मोटो रकम पारिश्रमिक लिई पूर्णकालीन रूपमा पार्टीको संगठन गर्ने अवसर पाएका छन् । 

माथिको बिषयलाई प्रामाणिकरण गर्ने गरि जिल्ला तहमा एमालेका भनेर खुलेयाम एनजीओहरु संचालनमै छन् । अहिले बैदेशिक रोजगारीको शीलशीलामा दुबई पुगेका धादिङका श्याम नेपालले एक पटक धादिङमा एक एनजिओमा जागिर खान जाँदा एमाले हो भने मात्र जागिर दिन सकिने बताएपछि आफुले अर्को पार्टीको भएकै कारण उक्त एनजीओमा जागिर खान नपाएको बताएका थिए । यस्ता घटना सबै जिल्लामा छन् । तात्कालिन एमालेले आफ्ना कार्यकर्तालाई खर्च जुटाउन र राज्यमा बिभिन्न दाता र बजेटबाट बिभिन्न नाममा जाने बजेटलाई जिल्ला तहमा यसरीनै आफ्नो नाममा पार्ने गरेको बुझिन्छ । पछिल्लो समय एमालेकै सिको गर्दा कांग्रेस तथा माओवादीले समेत जिल्ला तहसम्म एनजिओको प्रभाव पुर्याउन भूमिका खेल्ने गरेको अवस्थामा माओवादी केन्द्र र एमाले मिलेर नेकपा बनेपछि जिल्ला तहमा एनजीओको नाममा थप अपचलन हुने देखिएको छ ।

माथिका बिभिन्न घटना र आरोपलाई थप पुष्टि पार्ने गरि अहिले एनजिओमा भएको बेथिति र राजनीतिकरण हटाउनुपर्ने समयमा केपी ओली नेतृत्वले नै एनजिओको सम्पत्ति छानबिन रोकिएको छ । छानबिन पछि सार्नु भनेको आफ्ना नेता तथा कार्यकर्ता जोगाउने मेसो गर्नु हो । एनजीओबाटै पार्टी चलाउन सजिलो भएको अवस्थामा ओलीको दवाब हुनु नेकपाको लागि सामान्य बिषय भएपनि आम जनताको लागि निकै घातपूर्ण काम हो । 

बिभिन्न नाममा बिकास र बिदेशी दाताले दिएको आर्थिक रकमको अपचलन गर्दै आफुलाई नेतृत्वमा पुर्याउने अनि जनताको आँखामा छारो हाल्ने काम कहिलेसम्म गर्ने ? तात्कालिन एमाले खेमा सच्चिनु आवश्यक छ, साथै कांग्रेसले एमालेबाट सिकेको सिको र नेकपा बनेसँगै तात्कालिन एमालेकै लय पछ्याउने क्रममा रहेको तात्कालिन माओवादी केन्द्र खेमाहरुले यस बिषयमा गम्भीर बन्नु जरुरी छ । अन्तिममा, तत्काल एनजीओको सम्पत्ति छानबिन गर्ने काम सुरु गर्नुपर्ने र एनजिओको हरेक गतिबिधिलाई अनुगमन गर्नुपर्ने बेला आएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article भारी वर्षासँगै बाढीको जोखिम रहकाले सचेत रहन बाढी पूर्वानुमान शाखाको आग्रह
Next Article तङ्ग–इल मो–दो संघको नेतृत्वमा पौडेल, मार्सल आर्टको विकासमा लाग्ने सांसदको भनाइ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMबैदेशिक रोजगार

आकर्षक तलबको लोभ देखाएर कुवेत पुर्‍याइ १८ घण्टासम्म काममा लगाइ मानसिक र शारीरिक यातना

57 years ago
काठमाडौँ - KTMमुख्य समाचारराजनीति

क्याब्रिअन पट्रोलमा स्वर्ण पदक विजेता सैनिक टोली सुशोभित

9 months ago
काठमाडौँ - KTMसमाज

रक्तसञ्चार सेवाको ५२ औँ बर्ष पूरा, नेगेटिभ रगत समूह ३ प्रतिशतको हाराहारीमा

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

सर्वोच्चलाई प्रतिशोधमा प्रयोग गर्दै पराजुली

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?