2026-09-26 07:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

तम्घासको पहिचानः डोजर र लाकुरी मञ्च

(बिजय बिश्वकर्मा, तम्घास छापटोला) |

२०५४ को स्थानिय चुनाबपछी गाँउगाँउमा बिकासको लहर चल्यो । गाडी गुडने बाटाघाटा जतासुकै खनिन थालियो । हाम्रो जिल्लातिर पनि बाटो खन्ने प्रयोजनको लागी डोजर भित्रियो । बडेमानको फलामे ईन्जिन भएको अगाडी रुख, ठुलाठुला ढुङ्गा जे पर्छ सबैलाई सोत्तर बनाउदै पन्छाउदै बाटो खन्ने डोजर हेर्न हामीहरु झुम्मिन्थ्यौ । डोजर हेरेर रमाउने त उबेलाको कुरा भो अहिले म त्यो बाटो खन्ने डोजरको कुरा गर्न खोजेको छैन । 

एक डेढ वर्ष अघिसम्म पहिले तम्घास घर पुगेर बजार डुल्दा देखिने तर आजभोली तम्घास बजारमा मैले देख्न नसकेको डोजरको कुरा गर्दै छु । बडेमानको ज्यान, ज्यान भन्दा नि अझ ठुलो भारी बोक्ने काम, दिउसै तिनपाने सुर्काउने बानी, पौवाको बसाई र सुताई , दुःख मला कैले भैन सुखले मला कैले छोडिनु…. हा हा हा गर्दै टोलै थर्काउने गरी उन्मुक्त हाँसो । सोधे हुँला मैले पनि बेलाबखत घर कहाँ हो भनेर सोध्दा जहाँ बस्यो त्यहि घर भन्थे पछिपछि चासो राखिएन । कोही कसैले डोजरको घर बडागाँउतिर हो पहिला भारतीय आर्मीमा भर्ना भएर घरायसी समस्याले यस्तो भए भन्थे कोही कसैले एकपटक मानसिक समस्याले गर्दा यस्तो भएका हुन भन्थे । खैर जे सुकै होस उनलाई न परिवारको चिन्ता न साथीभाईको चिन्ता, नत परिआउने भबितब्यकै चिन्ता । एक किसिमले सोच्ने हो भने उनि विनोद चौधरी भन्दा सुखि थिए । 

जुन मान्छेमा धनको लोभ र महत्वाकांक्षा हुन्न त्यो मान्छे जस्तो सुखी अरु हुन सक्दैन । मेरो बुझाईमा डोजर त्यस्तै थिए । डोजर तम्घासको एक अंग थिए । जरकमरक र ठुला भारी बोकाउनुपर्ने काम पर्यो भने सम्झने पात्र भनेकै तिनै डोजर थिए । पहिला पहिला त बसपार्क, पुरानो बजार, लाकुरी मञ्च आसपास देखिन्थे खै आजभोली मैले नदेखेको धेरै भो । भारी बोकेर हात लाग्या पैसोले चिरिप्प तिनपाने सुर्काएर मस्त लाकुरी मञ्चमा सुतेको धेरै पटक मैले देख्ने गर्दथे । मोवाईल र नेटले बानी जातिविति बिगारेको छ मेरो । बिहान उठनसाथ फेसबुक खोल्दा ति डोजर र डोजर जस्तै अरु, अनि जिल्लाका सुकिलामुकिलाहरु सुस्ताउने ठाँउ लाकुरी मञ्चको लाकुरी ढलेको तस्विर देख्न पुगे । पहिलेको विकासे अड्डा जिविस, जिल्ला प्रशासन कार्यालय लगायतका अन्य कार्यालयको सामुन्ने रहेको लाकुरी मञ्चले ऐतिहासिक महत्व बोकेको थियो । 

राणाकाल, पञ्चायतकाल, बहुदलकाल र अहिलेको गणतन्त्रकाल भोगेको लाकुरी मञ्चको बलियो लाकुरी असार १० गते रातीको हुरीले ढालिदिएछ । यही मञ्चको शितलतामा धन हुने पनि रमाए, मन हुने पनि रमाए । जिल्लामा हुने गरेका असल कामको साक्षी बस्यो लाकुरी मञ्च तर गलत काम नदेखेर बसेन । असल कामको लागि मरिमेटेर योजना बनाउने मात्र हैन अरुलाई असफल गराउन कसरि छिर्के दाउ हान्न सकिन्छ भनेर पनि योजना बनाएको साक्षी हो लाकुरी मञ्च । कैयौंका घरबार जोडिदिने काममा सहयोग त गर्यो नै तैपनि कतिको विर्गान पनि त सम्पर्क स्थान बनिदियो । यही लाकुरी मञ्चले राणाहरुको जयजयकार सुनेहोला र सुन्यो विरोध पनि । हाम्रा राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भनेको सुनेको लाकुरी मञ्चको लाकुरीले ओख्रेनी अझ भनौ ‘आर्यघाटले के भन्छ ………. ले भन्छ’ भनेको पनि सुन्यो । यही लाकुरीले काङग्रेस, एमाले, माओबादी लगायतका दलका ठुला-साना नेतालाई धेरैपटक राम बनाएको पनि सुन्यो, रावण बनाएको पनि सुनेको थियो । गुल्मी जिल्लाको राजनितिक, सास्कृतिक, आर्थिक परिवर्तन र ईतिहासको साक्षी लाकुरी मञ्चको लाकुरी ढलेको छ । माघको अन्त्यतिर घर जाँदा रंग लगाएर चिटिक्क पारेर संरक्षण गरिएको देखेको थिए । लाकुरी बाहिरबाहिर चिटिक्क परेको तर भित्र चाहि धोद्रो परिसकेको रैछ ठयाक्कै एउटा राजालाई कुना पस्ने गराएर सयौं राजालाई पोस्न विवश कुनै लावण्य देशजस्तै ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह