2026-09-25 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काठमाडौँमा १ करोडमा पनि भनेजस्तो जग्गा पाइन्न, किन एकोहोरो बढ्दैछ जग्गाको भाउ ?

अनिल अधिकारी | भदौ २४, काठमाडौँ | काठमाडौमा जग्गाको भाउ यसरी बढेको छ कि अबको केहि बर्षमा चानचुने मान्छेले काठमाडौँमा जग्गा किन्नु कल्पना मात्र हुने जस्तो हुँदैछ । महँगो पनि यतिसम्मकि पछिल्लो समय काठमाडौँ को कुना-कुनामा समेत जग्गाको भाउ आकासिदा बैदेशिक रोजगारीमा आकर्षक गन्तब्य मानिएको कोरियामा ५ बर्ष बसेर आउने एक युवालाई कोरिया बसेर कमाएको २ करोडले पनि काठमाडौँमा भनेजस्तो घर वा घडेरी जोड्न मुस्किल भैसकेको छ । 

भूकम्प जानु अघि काठमाडौँको गोंगबु स्थित टाउनप्लानिङमा ४ आना जग्गा किन्न ५०/६० लाखले पुग्ने स्थिति थियो तर अहिले उक्त ठाउँमा आनाकै ५० लाख पुगेको छ । त्यहि आनाको ५० लाख  भनिएको जग्गा २ महिना पछि किन्न जाने हो भने ५२ लाख पुगिसक्छ । यसरी आंकलन गर्दा काठमाडौँको अधिकांश क्षेत्रमा जग्गाको भाउ अनियन्त्रित किसिमले बढ्दै जाने निश्चित छ । पछिल्लो समय सरकारले कृषि योग्य जग्गा कित्ता-काट गर्न नियन्त्रण गरेसंगै टुक्रा जग्गाको मूल्य झनै आकाशिदै छ । त्यसो त भूकम्पलगत्तै जग्गाको प्लटिङ व्यवसाय गर्नेहरुले काठमाडौँमा जग्गा-घर समेत जोडेर ६ महिना बर्षदिनमै करोडपति बनेका उदाहरणहरु छन् । 

अहिलेको स्थितिलाई हेर्दा काठमाडौँमा मध्यम वित्तीय क्षेमता भएको परिवारका लागि जग्गा किन्नु र घर बनाउनु प्रायः असम्भव सपना भईसकेको छ । नक्सा पास र पास भएका नक्शाबाट बन्ने घरका सुपरीवेक्षण नगर्ने सरकारी कार्यालयको दैनिकी बनेका छन् । दिनभरी सरकारी काम गर्ने सरकारी अमिन तथा कर्मचारी समेत बिहान-बिहान व्यक्तिहरुको जग्गा नाप्दै हिडेका छन् । बाहिर-बाहिर कित्ताकाट हुन्न भन्दै बिभिन्न नाममा भीत्र-भीत्रै कित्ता काट्ने अनि मुठाका मुठा पैसा अशुली जारी छन् । यसले के प्रमाणित गर्छ भने सरकारी संयन्त्रमै जग्गा दलाल र माफियाकरणको जालो छ । जसको कारण एकै बर्षमा एकै जग्गा ५/६ पटकसम्म बिक्रि भएका छन् । 

जग्गामा क्रेता र विक्रता विचको कुइरो छ जसलाइ दलाल भनिन्छ । जग्गाको भाउ बढ्नुमा सबैभन्दा बढी भूमिका दलालहरूको नै छ । जग्गाधनिबाट कमिसन पाउने हुँदा जति महँगोमा बचाउन सक्यो उसलाई त्यसै अनुसारको सम्झौता बमोजिम मोटो रकम पाउने सर्त गरिएको हुन्छ । त्यसो त विडम्बना के पनि छ भने दलालको रहोबरमा सम्म जग्गा देखाएर भिरको जग्गा पास गर्ने र फसाउनेसम्मको काम पनि भएका छन् । जग्गा दलालहरुलाई नियन्त्रणमा लिन सकिएन भने काठमाडौँमा जग्गाको भाउ अझै बढ्ने निश्चित छ । 

अर्को कुरा के पनि हो भने काठमाडौँ नेपालको राजधानी हो । पैसा कमाउनेहरुले काठमाडौँमा जग्गा र घर जोड्न चाहनु स्वभाविकै हो । ७७ जिल्लाकै मानिसहरुको चाहना यस्तै हुँदा पनि काठमाडौँमा जग्गाको कारोवार फस्टाएको छ । मानिसलाई जसरी हुन्छ घडेरी किन्नु छ, त्यसैले पनि जग्गाको भाउ महंगीएको छ । 

अर्को कुरा के पनि हो भने नेपालमा उद्योगधन्दाको अवस्था चौपट छ । आफ्ना देशका युवालाई विकेन्द्रीकरण गरेर देशको चौतर्फी बिकासका योजनाहरु गएका छैनन् । बिदेशमा पैसा कमाउनेहरुको सपना कुनै उद्योग खोल्नु वा लगानी गर्छु भन्दा पनि जग्गा जोड्नेमै केन्द्रित छ । त्यस्तो सोच पैदा हुनुमा सरकारी नीतिकै कमजोरी छ । देशमा लगानी सुरक्षित र फाइदाजनक हुने कुनै उद्घ्योगधन्दा तथा लगानीको वातावरण नहुँदा पनि जग्गामा केन्द्रित हुने गरेको पाइएको छ । त्यसैले कमाएको पैसा सदुपयोग गर्ने एकै मात्र ठाउँ जग्गा भएको कारण पनि ‘जग्गामा गरिएको लगानी फस्दैन’ भन्ने सोचले जग्गामा लगानी भईरहेको पाइन्छ । विदेशबाट आएका र जग्गामा लगानी गर्नेहरुले दलालले जति भन्छ, त्यसै मूल्यमा केहि घटाए झैं गरि जग्गामा लगानी गर्दा पनि जग्गाको मूल्य बढेर गएको छ ।

त्यसो त कुनै क्षेत्रमा जग्गा किन्न गइयो भने जग्गा दलालहरुको बाक्लो झुण्ड हुन्छ । कुनै एउटा जग्गा बिक्रीमा छ भने १० वटासम्म दलाललाई त्यसको खोजिनीति हुन्छ । यस्तो अवस्थामा जुन दलालले जग्गाधनीलाई बढी पैसा भाउ तिर्न सक्ने ग्राहक ल्याईदिन्छ जग्गाधनीले त्यसैलाई जग्गा दिन्छ । यस्तो अवस्थामा उक्त जग्गाको मोल स्वत: बढेर किनिदा संगैको साँध भएको जग्गाको जग्गा धनीले समेत आफ्नो जग्गाको मूल्य बढाइदिन्छ । त्यसपछि दलालहरुले त्यहि जग्गालाई देखाएर त्यहि त त्यति छ भन्दै जग्गा किन्नेलाई मोलमोलाई गर्न सुरु गर्छन् । 

जग्गा बढ्नुको कारण धेरै छन् तर दलालकै कारण सबैभन्दा बढी जग्गा महंगीने हुँदा तल एउटा उदाहरण दिएर दलालीको कारण कसरी जग्गाको मूल्य बढ्छ तल उदाहरणमा स्पष्ट पार्न खोजिएको छ: 

एक जना राम भन्ने व्यक्तिले काठमाडौँमा जग्गा किन्दैछ, उसले अब सिधै जग्गा धनीसँग जग्गा लिन चाहन्छ तर त्यो सम्भव हुँदैन । अब उसले श्याम भन्ने जग्गाको कारोवार गर्दै हिड्ने दलालको मद्धत लिन्छ । श्याम भन्ने व्यक्तिसँग जग्गा धनी वा अर्को दलालसँगको सम्बन्ध हुन्छ र उसले रामलाई ४/५ वटा जग्गा देखाउँछ । त्यस मध्ये रामलाई एउटा जग्गा मन पर्छ । तब मात्र जग्गा धनी हरी भन्नेसँग भेटेर कुरा फाइनल हुन्छ । यस्तो अवस्थामा रामले हरीलाई दिएको पैसाबाट दलाल श्यामले निश्चित कमिसन पाउँछ । यदी जग्गा धनि हरीले तोकेको भन्दा बढीमा जग्गा बेच्न सफल भएको छ भने दलाल श्यामले अझै मोटो रकम कमिसन पाउँछ । 

अब राम जग्गाधनि भयो । रामले किनेकै दिन आफूले हालेको मूल्य भन्दा प्रति आना १ लाखभन्दा बढी फाइदा राखेर जग्गा बेच्न चाहेको खण्डमा जग्गा दलालले त्यसै अनुसार अर्को जग्गा खरिद गर्नेलाई त्यहि जग्गामा पनि रामसँग कमिसन निश्चित गरेर बेच्नको लागि मान्छे खोज्न थाल्छ । यही प्रक्रियाले जग्गाको भाउ दिन, महिना गर्दै बढ्दै गएको छ । कुनै क्षेत्रमा एउटा जग्गाको भाउ सबैभन्दा बढी मानौं १५ लाख छ भने त्यसको वरिपरी त्यहि मूल्यको प्रभावले जग्गाको मूल्य बढ्छ । त्यसो त जग्गाको मूल्य महँगो हुँदा आधा-आधी पैसाको आधारमा जग्गा किन्नेले बाँकी पैसा ऋण गरेर जग्गा किन्ने हुँदा त्यसैको ब्याजमा फसेर ऋणमुक्त हुन संघर्ष गर्छ ।

यसरी सरकारी स्पष्ट नीति, अन्य व्यवसायमा जनतालाई केन्द्रित गराउन नसक्नु, लगानी सुरक्षित नहुने डर र अर्को देखासिकिकै कारणले पनि जग्गाको डिमाण्ड बढ्छ र त्यसै अनुसार बेथिति बसेको छ । सरकारले यस बिषयलाई बेलैमा नसोचे नत देशको बिकास सम्भव छ न त जग्गा किनबेचनै बन्द हुन्छ । 

एउटा व्यक्तिले कोरियाबाट कमाएर आएको पैसा जग्गाको ठाउँमा कुनै उद्योगमा लगानी गर्ने हो भने त्यसले देश आत्मनिर्भर मात्र हुँदैन ।  दैनिक हजारभन्दा बढी नेपाली युवालाई विदेश जानबाट रोक्न सकिन्छ । एक करोड लगानीमा एउटा उद्योगले ५ जनालाई रोजगारी दिन सक्छ भने त्यहि लगानी जग्गामा लगाउँदा न कसैले रोजगारी पाउँछ न त देशलाई प्रत्यक्ष लाभनै हुन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह