2026-09-26 05:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुन्धारा गोश्वारा हुलाकको भन्सारमा घूस मागेपछि…

फणीन्द्र फुयाल ज्वाला | जापानमा बस्ने आफन्तका लागि हुलाक मार्फत सामान पठाउन करिव एक साता अघि काठमाडौको सुन्धारामा रहेको गोश्वारा हुलाक कार्यालय पुगें । सामान विदेश पठाउनका लागि भन्सार तिर्नुपर्ने रहेछ । भन्सार कार्यालय पनि हुलाककै हाता भित्र रहेछ । एक के.जी सामानको एक हजार नौ सय रुपैयाँ तिरेँ र त्यसको बिल काटेँ । 

सामानमा लाहा छाप हान्ने एक जना मोटो ज्यान भएका ब्यक्ति त्यहिँ छेउमा मैनबत्ति बालेर बसेका थिए । उनी सामान प्याकिङ गरेको पोकाको बाहिरी भागमा लाहा छाप हान्दै रु २५ रुपैयाँ माग्दै थिए । मैले हेरिरहेको थिएँ, उनी सबैसँग लाहा छाप हान्दै पैसा माग्थे, अरु चाहिँ खुरुखुरु आज्ञाकारी भएर पैसा दिन्थे । केही समयपछि मेरो सामानको पोकोमा लाहा छापा हान्ने बेला आयो । ती मोटा ब्यक्तिले लाहा छाप मारे र म सँग पनि २५ रुपैयाँ मागे । मैले भनेँ, मलाई २५ रुपैँयाको बिल काटेर दिनुहोस् अनि मात्र पैसा दिन्छु नत्र भने म भित्र गएर तपाईको हाकिमसँग कुरा गर्छु । मलाई थाहा थियो उनले पैसा आफुखुसि रुपमा असुली रहेका थिए । मैले फेरी भनेँ, समान जोखेर पठाए बापत लाग्ने दस्तुर १९ सयको बिल काटेको काटेको छु, फेरी २५ रुपैयाँ किन ? मलाई २५ रुपैयाँको बिल दिने भए मात्र पैसा दिन्छु नत्र यो तपाईले मसँग मागेको घूस हो, म दिन्न । 

उनी त्यसपछि अक्क न बक्क भए र एकै छिनमा तपाईको पैसा चाहिँदैन जानुस् भने । मैले त्यहाँ वरीपपरी बस्ने सबै सामान पठाउने मानिसहरुलाई यी भन्सारका कर्मचारीले घूस मागेका हुन् तपाईहरु कसैले सामानको पोकोमा लाहा छाप लगाएको पैसा नदिनु, दिनै परे २५ रुपैयाको बिला काटेर मात्र दिनु भनेँ । ती कर्मचारीको त्यस्तो चरित्र देखेर म त्यहाँ करिव एक घण्टासम्म उनको निगरानी गरिरहें । म बसुन्जेल उनले अरु बाँकि कसैसँग पनि २५ रुपैयाँ लिएनन् मात्र पोकोमा लाहा छाप लगाउँदै पठाउँदै गरिरहे । थाहा छैन, फेरी उनले २५ रुपैयाँ असुल्दै छन् कि त्यो धन्दा बन्दा गरे । 

ती कर्मचारीसँग मैले उनको नाम सोधेँ र आफु पत्रकार भएको कुरा पनि अवगत गराएँ । उनले आफ्नो नाम राम भएको बताए तर थर बताएनन् । उनको छेवैमा रहेका अर्का कर्मचारीले रिसाएर भने, यो देशमा किलोका किलो सुन एयरपोर्टबाट ओसार्नेलाई केही गर्न नसक्ने हामीले २५ रुपैयाँ लिएकोमा यत्रो बिरोध । उनको आशय थियो कर्मचारीलाई थोरै रुपैयाँ भष्टाचार गर्न चाहिँ छुट हुनुपर्छ ।

त्यसपछि म भन्सारको २३ नं कोठमा पुगेर आफुले भोगेको कुरा त्यहाँको एक जना महिला कर्मचारी (सायद हाकिम) लाई सुनाएँ । उनीसँग ती कर्मचारीको पुरा नाम र बतन मागें तर उनले दिन चाहिनन् । उनको नाम सोधेँ तर उनले आफ्नो नाम पनि बताउन चाहिनन् । भन्सारका अन्य कर्मचारीसँग र हुलाकका कर्मचारीसँग पनि मैल ति लाहा छाप लगाउने कर्मचारीको पुरा नाम, तह सबै सोधेँ तर कसैले पनि उनको बारेमा थप जानकारी दिन चाहेनन् । 

तिनै लाहा छाप लगाउने कर्मचारी करिव चार बजेपछि कार्यालय परिसरमै चुरोटको धुवाँ उडाउँदै बसिरहेका थिए । सायद उनको ‘मुड अफ’ थियो त्यो दिन । लग्थ्यो, सरकारी अड्डा र सार्वजनीक स्थानमा धुमपान गर्न पाइदैन भन्ने कानूनलाई उनले चुरोटको धुवाँसँगै उडाइरहेका थिए ! उनी मलाई एकोहोरो हेरिरहे, म भने उनलाई नदेखेझैँ गरी फटाफटी गेटबाट बाहिएिँ ।

एक जना महिला कर्मचारीले ती लाहा छाप लगाउने कर्मचारीको रिटायर्ड हुनै लागेको र उनले गल्ती गरेको बताइन् अनि उनका बारेमा केही समाचार प्रकाशन नगरिदिन मलाई साँझ ०१४२४०९६४ नं बाट कल गरिन् । पत्रकारिता के हो भन्ने विषयमा उनले मलाई सिकाउने कोसिस् पनि गरिन् । मैले उनलाई आफु यही पेशामा एक दशक भन्दा लामो समयदेखि सक्रिय रहेको र यही विषयमा एमए गरेको हुनाले मलाई धेरै नसिकाउन आग्रह गरेँ र फोन काटिदिएँ । 

मलाई यस्तो लाग्यो कि गोश्वारा हुलाक सुनधाराको भन्सारका कर्मचारी र हुलाकका कर्मचारीको सेवाग्राहीसँग पैसा असुली गर्ने सेटिङ छ र त गलत कामका बिरुद्ध कोही पनि बोल्दैनन् । सूचना माग्दा पनि लुकाउँछन् ।

राष्ट्रिय सूचना आयोगका आयुक्तहरु देशभरका सरकारी कार्यालयका कर्मचारीलाई आफ्नो कार्यालयको सूचना प्रवाह गर्न तालिम, गोष्ठि र अन्तक्र्रिया कार्यक्रमको आयोजना गर्दै हिँडेका छन् तर यो कार्यालयका प्रमुख लगायतका कर्मचारीहरुलाई सूचना प्रवाह गर्न कसले सिकाउने ? सुशासन कायम गर्न कसले सिकाउने ? देशको प्रमुख राजधानी मैं यस्तो खुलम खुल्ला घूस माग्ने प्रचलन र सूचना लुकाउने कुप्रथा छ भने हामी संघीय गणतान्त्रीक मुलुक र सरकारसँग कस्तो अपेक्षा गर्न सक्छौ ? यो एउटा गम्भिर प्रश्न हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह