2026-10-17 11:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ?

नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेड तथा चीनको पावर चाइना कम्पनी बीच काठमाडौ– कुलेखानी– हेटौंडा सुरुङमार्ग आयोजना निर्माण तथा संचालन व्यवस्थापनको निमित्त मिति २०७५ साल श्रावण ०९ मा संयुक्त विकास सम्झौता भएको छ भन्ने कुरा सुन्नमा आयो । 

यस्तै सूचना लगभग एक/दुई वर्ष पहिले पनि नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेड तथा क्यानडियन कम्पनी बीच काठमाडौ– कुलेखानी–हेटौंडा सुरुङमार्गको सम्झौता भएको कुराहरू चर्चामा आएको थियो । यसप्रकार नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरुले नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका शेयर धनीहरुलाई सुरुङमार्गको सम्झौता भएको छ भनी पटकपटक झुक्याउने कहिले सम्म हो ? 

नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरुले ६/७ वर्ष बाट सुरुङमार्ग बनाउने नाममा शेयर धनीहरुलाई झुक्याउंदै आइरहेका छन । नेपाल पुर्वाधार विकास कम्पनी लिमिटेडका कार्यसमितिका पदाधिकारीहरुलाई कार्वाही गरि शेयर धनीहरुको शेयर लगानी हरु लाई सुरक्षित गरि फिर्ता गर्ने कसले ?

अहिले फेरि भवन भट्ट लाई अध्यक्ष बनाइएको छ । ठग र माफियाहरुलाई सरकारको नै सहयोग रहेकोे देखिन्छ । नत्र सुरुङ्गमार्गका पदाधिकारीहरुलाई कार्वाही गर्न सरकार उदासीन छ किन ?

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग कार्य समिति पदाधिकारीहरुले सर्वसाधारण र आम नागरिकहरुको शेयर लगानी ३१ करोड रकम दुरुपयोग गरेका छन् । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ? 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौ ,प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ९हेलो सरकार०, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालयलाई  वि.सं. २०७३ साल चैत्र  १५ गते उजुरी ९निवेदन० दिदा ३१ करोड रकम दुरुपयोग गर्ने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गका सम्पूर्ण कार्यसमिति पदाधिकारीहरुलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौ ,प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय ९हेलो सरकार०, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग मन्त्रालय र अर्थ मन्त्रालय ९राज्य० बाट कारवाही भईरहेको छैन किन ?

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा सर्वसाधारण र आम नागरिकहरुको शेयर लगानी रहेको छ। आम नागरिकहरुले आफ्नो कष्‍ट र दुःख गरेर बगाएको रगत, पसिना र मेहनतको कमाइ काठमाण्डौं हेटौंडा सुरुङमार्गको शेयरमा लगानी रहेको मध्ये ३१ करोड रकम नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गको कार्य समिति पदाधिकारीहरुले दुरुपयोग गरेका छन्। दुरुपयोग गरेको ३१ करोड रकम तत्कालिन अध्यक्ष कुश कुमार जोशी सहितको कार्य समिति पदाधिकारीहरु, निवर्तमान अध्यक्ष भवन भट्ट सहितको कार्यसमिति पदाधिकारीहरु र अध्यक्ष लाल कृष्ण केसी  सहितको कार्यसमिति पदाधिकारीहरु  कस कसले दुरुपयोग गरेका छन्। राज्यबाट कारवाही गरिनु पर्दछ । 

सर्वसाधारण र आम नागरिकहरुको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा शेयर लगानी रहेको ३१ करोड रकम दुरुपयोग गर्नेहरुको सम्पत्ति र जाय जेथाहरुबाट असुल गराई राज्यले काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण कार्यलाई यथाशीघ्र संचालन गराउनुपर्दछ। 

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग राज्य (सरकार) ले गर्दा ओझेलमा परेको छ। विकास निर्माणमा राज्यको पटक्‍कै चासो देखिंदैन।

नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गको लागी राज्यले नै अनुमती दिएको थियो। आजसम्म काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण भइ सक्नुपर्ने हो तर विडम्वना भएन यसमा राज्य (सरकार) नै दोषी र जिम्मेवार छ । सुरुङमार्ग निर्माणका लागि राज्यका प्रमुख पद ओगटेर बसेका नेताहरु मौन किन? काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माणमा राज्यलाई चासो नभएको किन? राज्य लाचार र निरही किन? खुलेआम ३१ करोड रकम दुरुपयोग गर्ने ठगहरुलाई छुट किन? राज्यको प्रमुख पद ओगटेर बसेका र प्रमुख ओहदामा भएकाहरुको मिलोमतो ठगहरुसँग छ के? यदि छैन भने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले निर्माण गर्ने भनिएको काठमाण्डौं हेटौंडा सुरुङमार्ग कार्य आजसम्म संचालन गर्न नसकी ३१ करोड रकम स्वाहा भइ सक्यो तर ३१ करोड रकम दुरुपयोग गर्ने ठगहरुलाई राज्यले कारवाही गरेको छैन किन? साच्चिकै हाम्रो मुलुक नेपालमा कानूनी शासन नभएको हो त ? 

मकवानपुरमा पनि घर भएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अरु विषयमा ठुलठुला कुरा र भाषण गर्छन तर काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो र लगानी खोई? मकवानपुरमा घर भएका अहिले भर्खरै काँग्रेश पार्टीबाट राज्यमन्त्री बनेका इन्द्र बानियाले मकवानपुरमा पनि अन्तर्राष्ट्रिय विमानस्थल बनाउने भनेर मकवानपुरवासीलाई दिवा सपना बाँडेका छन् तर काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो र लगानी खोई? र मकवापनुरमा घर भएका नेपालको ऐन, नियम र कानून बनाउन गएका रामनारायण विडारीको काठमाण्डौं हेटौंडा विकास निर्माणमा चासो र लगानी खोई? यस्तै मकवानपुरमा घर भएका सांसद सुभाष चन्द ठकुरी बाहेक मकवानपुरका सांसद (सभासद) हरुको काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा चासो र लगानी खोई? भाषण र गफ ठुल ठुला दिने गर्छन काठमाण्डौं हेटौंडा सुरुङमार्ग विकास निर्माणमा मकवानपुरका सांसदहरु कसैलाई पनि पटक्‍कै चासो छैन किन? 

राज्यले नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्ग निर्माण गर्नेबाट कर र राजस्व लिइरहेको छ। राज्यले यसरी उम्कन पाउँदैन, छिनोफानो लगाउनुपर्दछ। राज्यले आम नागरिकहरुलाई मुलुकमा कानूनी शासन भएको अनुभूती दिलाउनु पर्‍यो । 

यसकारण हाम्रो मुलुकमा रहेका अनुसन्धान, अनुगमन र छानबीन गर्ने निकायहरुले ऐन, नियम र कानून बमोजिम सर्वसाधारण र आम नागरिकहरुको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको काठमाण्डौं हेटौंडा सुरुङमार्गमा रहेको ३१ करोड रकम शेयर लगानी दुरुपयोग गर्नेहरुलाई यथा शीघ्र कारवाही गरिनुपर्दछ ।सुरुङ्गमार्गका ठगहरुलाई कारवाही गर्न राज्य उदासीन किन ? 

स्वतन्त्र नेपाली नागरिक

राकेश कुमार शर्मा

जिल्ला मकवानपुर 

हेटौंडा उपमहानगरपालिका वडा नं.–२

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु