अनिल अधिकारी |

पछिल्लो समय ज्वालामुखी गाउँपालिकाको डोजर काण्ड र धादिङकै नामुद पत्रकारहरुले समेत पैसा खाएर घटना लुकाउन तत्पर रहेको देखि गाउँपालिका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अनिल अधिकारी |

पछिल्लो समय ज्वालामुखी गाउँपालिकाको डोजर काण्ड र धादिङकै नामुद पत्रकारहरुले समेत पैसा खाएर घटना लुकाउन तत्पर रहेको देखि गाउँपालिका"/>

2026-09-26 08:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ज्वालामुखी गाउँपालिका भित्रको भ्रष्टाचार छताछुल्ल, स्थानीय पत्रकारहरुको ध्यानाकर्षण होस्

अनिल अधिकारी |

पछिल्लो समय ज्वालामुखी गाउँपालिकाको डोजर काण्ड र धादिङकै नामुद पत्रकारहरुले समेत पैसा खाएर घटना लुकाउन तत्पर रहेको देखि गाउँपालिकासंग पत्रकारहरुले आर्थिक/भौतिक सहयोग मागेको बिषय सुन्नमा आएका छन् । यो घटना इंगित गाउँपालिका मात्र नभई अन्यत्र पनि सुनिएको कुरा हो । जसको बलमा पत्रकारसंग प्रत्यक्ष पैसाको मोलतोल गर्न जिम्मेवार कर्मचारी तथा पदाधिकारीहरु पछी पर्दैनन् भन्ने घटना बिहिबार दियोपोष्टले सार्वजनिक गरेको समाचार तथा अडियो रेकर्डले स्पष्ट पार्छ । 

सार्वजनिक अडियो एकतर्फी भएकाले रुपमा सम्पादित भएकाले मैले यसलाई समाचारको रुपमा नभई टिप्पणीको रुपमा प्रस्तुत गरेको छु । नेपालको कानुन अनुसार जानकारी बिना कसैसंग भएको कुराकानी रेकर्ड गरि सार्वजनिक नमिल्ने भएता पनि यो रेकर्डले सार्वजनिक महत्व  बोकेको बुझेर सार्वजनिक भईसकेको बिषयमा आफ्ना तर्क प्रस्तुत गरेको छु । 

सार्वजनिक अडियो रेकर्ड अनुसार ज्वालामुखी गाउँपालिकाका लेखापाल नामुद भ्रष्टाचारी हुन्, जो प्रत्यक्ष जिल्लाको खानेपानी तथा गाउँपालिकामा जोडिएर अनियमितता गर्नमा तल्लिन छन् । उनले एक जना पत्रकारसंग पैसाको बार्गेनिङ गर्दै जिल्लाका अन्य पत्रकारहरुको इमानमा समेत प्रश्नवाचक चिन्ह खडा गरिदिएका छन् । प्रस्तुत विषयमा कुरा उठान गर्दै-गर्दा केहि समय अघि मसँग धादिङकै एक गाउँपालिकाका जिम्मेवार व्यक्तिले धादिङकै एक जना नामुद पत्रकारको बिषयमा तितो कुरा पोखेका थिए । जुन कुरा गाउँपालिकाको काम गराईको पारदर्शितासँग सम्बन्धित थियो । ति पत्रकारले धम्कि दिएका रहेछन् – गाउँपालिकाले आफ्नो प्रस्ताव नमाने समाचारहरु फलोअप गरिरहने… ।’ 

अब ज्वालामुखी गाउँपालिकाको डोजर काण्ड र त्यससँग सम्बन्धित घटनातिर लागौं । ‘ज्वालामुखी गाउँपालिकाले जनतालाई समेत पत्तो नदीई डोजर किन्यो र ५ महिनादेखि अलपत्र पार्यो’ भन्ने बिषय सार्वजनिक भएसँगै त्यस बिषयमा बिभिन्न टिकाटिप्पणीहरु आए । अधिकांसले नकारात्मक टिप्पणी गरे । बाहिरी नजरले हेर्दा डोजर किनेर थन्क्याएको भन्ने बिषय स्पष्ट बेथितिसंग जोडिन्छ । भीत्री रुपमा जवाफ खोज्दा अनुमति प्राप्त चालक नभएर थन्किएको भन्ने जवाफ आयो । शंका गर्ने बाटो छाडेपछी मुसा पनि बिरालो हो कि भन्नुपर्ने अवस्थामा अब झन उक्त डोजर काण्डको घटना बढ्दै गएर छाताछुल्ल भईदियो । 

बिहिबार ज्वालामुखी गाउँपालिकाका लेखापाल वेद प्रसाद पंगाली र एकजना पत्रकारबीच भएको अडियो कुराकानी सार्वजनिक भएपछी त्यस बिषयले गम्भीर रुप लिएको हो । 

गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका अनुसार डोजर ५ महिनासम्म थन्किनुको कारण ‘अनुमति प्राप्त चालक नभएर हो ।’ तर डोजर चालक चाहिएको भन्दै कुनै सूचना समेत नआएको पाइएको छ । स्थानीय तहले आवश्यक पदपूर्ति गर्दा नियमानुसार गर्नुपर्छ भन्ने हुँदा ज्वालामुखी गाउँपालिकाको वेबसाइटमा समेत डोजर चालक चाहिएको बिषयमा कतै सूचना उल्लेख गरिएको छैन । किन सूचना जारी भएन होला भनेर बुझ्दै जाँदा अर्को अचम्मको रहश्य फेला पर्यो । राजनीतिक रुपमा गाडी र डोजरको लागि चालक खोज्न अध्यक्ष र उपाध्यक्षको भागमा भागबण्डा लगाइएको रहेछ । गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिना (कांग्रेसका हुन्)ले गाडी चालक राखेकोले डोजर चालक राख्ने भाग उपाध्यक्ष जानुका सिंखडा (नेकपाकि हुन्) को भागमा परेको रहेछ । तर यहाँ घटना त्यतिमै सिमित रहेन, आशंका थपियो कि उक्त डोजर कतिमा खरिद गरियो ? यहीनेर आएर अध्यक्ष र लेखापालको मत समेत बाझिन पुग्यो । यही बिषयको चासो लिंदा लेखापालले पत्रकारलाई बिकाउ ठानेर आँट गरेरै पैसा दिनेसम्मको बार्गेनिङ गरे । जुन कुरा सार्वजनिक भयो । 

तश्विर स्रोत: jwalamukhimun.gov.np 

ज्वालामुखी गाउँपालिकाका लेखापालले दियोपोष्टका पत्रकारलाई सिधै १ लाखको अफर गरेको देखि पत्रकार महासंघ धादिङका अध्यक्षलाई समेत १ लाख २० हजार राखिदिएको भन्न भ्याए । उक्त सार्वजनिक कुराकानीले डोजर खरिदमा अनियमितता भएको प्रमाणित त गर्यो नै, यसका साथै कर्मचारी र जिम्मेवार पदाधिकारीमा समेत पत्रकार बिकाउ हुन्छन भन्ने नराम्रो प्रभाव परिसकेको रहेछ भन्ने प्रमाणित गरिदियो । लेखापालको अडियो सुन्नेले सिधै बुझे – ‘धादिङ पत्रकारहरु बिकाउ रहेछन ।’ 

घटनाको गहिराई बुझ्ने हो भने डोजर खरिदको बिषयलाई लिएर खरिद प्रक्रिया र डोजर मूल्य समेत बढाइएको बिषयमा दियो पोष्टले समाचार तयार पारेको र उक्त समाचार सार्वजनिक हुँदा अनियमितता बाहिर आउने डरले लेखापाल वेद प्रसाद पंगालीले समाचार रोक्न बार्गेनिङ गर्न खोजेको देखिन्छ । सार्वजनिक समाचार र अडियो अनुसार गाउँपालिकाले १ लाख २० हजार पत्रकार महासंघका धादिङ अध्यक्ष नवराज छत्कुलीको लागि छुट्याइसकेको स्पष्ट भनिएको छ । यस बिषयले अध्यक्ष छत्कुलीको प्रतिष्ठामा समेत प्रश्नवाचक चिन्ह खडा गरिदिएको छ । त्यस्तै रेकर्डमा छ – ‘भान्से भनेको म हुँ, जिल्लाका अरु साथिहरु (पत्रकारहरु)लाई पनि सोध्नुहोला, को-को लाई चिन्नुहुन्छ… ।’ यो अभिव्यक्तिले अध्यक्ष छत्कुली मात्र नभई जिल्लाका अरु पत्रकारहरुको बिषयमा समेत प्रश्नचिन्ह खडा भएको छ । 

अब माथिको बिषयले धादिङ जिल्लाको सिङ्गो पत्रकारहरुको प्रतिष्ठा र त्यसको नेतृत्व लिएका पत्रकार नवराज छत्कुलीलाई समेत इंगित गरेकोले उठान भएको बिषय गलत हो भने यथासक्य यस बिषयमा गम्भीर भई सम्बन्धित गाउँपालिकाका पदाधिकारी, स्थानीय पत्रकारहरु र स्थानीय नागरिकहरु समेतलाई उपस्थित गराई सार्वजनिक सुनुवाई गर्नुपर्ने देखिन्छ । त्यस्तै गाउँपालिकाको पछिल्लो घटनाक्रमलाई गाउँपालिकाका जिम्मेवार पदाधिकारीहरुले जनता समक्ष स्पष्ट पार्नु आवाश्यक छ ।

साथै लेखापाल पंगालीको अभिव्यक्तिले उनि स्वत: भ्रष्ट प्रमाणित भईसकेको अवस्थामा यस्ता नैतिक रुपमा पतन भएका व्यक्तिलाई जिम्मेवार निकायले कस्तो कारवाही गर्छ, हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह