2026-09-04 10:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश असुरक्षाको भूमरीमा

भीम लामा ।

पछिल्लो समयमा समाजमा जनतालाई शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न खटिएका प्रहरी संगठनका केही अधिकृतहरुका कारण बदनामी बन्दै गएको छ । समाजका हरेक सुरक्षाको जिम्मेवार संगठन प्रहरी भएता पनि विकृति नियन्त्रणमा नागरिकको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । तथापी सभ्य समाज निर्माणका लागि प्रहरी र नागरिकबीच एकअर्कामा सहकार्यको भावना हुन जरुरी पर्दछ । समाजमा हुने चोरी, लुटपाट, हत्या, हिंसा तथा अन्य अपराधिक क्रियाकलापलाई नियन्त्रण गरी आम जनतालाई शान्ति सुरक्षाको प्रत्यभूति गराउन नेपाल प्रहरीको दायित्व हो । समाजमा घटिरहेका घटना, अनिमियतता जस्ता सामाजिक अपराधहरु समाजबाटै उत्पन्न हुने तत्व हुन् । यसको नियन्त्रणका लागि पनि समाज नै उत्तम उपाय र माध्यम हुन् । समाजमा हुन सक्ने दूर्घाटनाबाट बचाउँन हामी नागरिक पनि सचेत र सजग बन्न अनिवार्य छ ।

राज्यले उपलब्ध गराएको सेवा सुविधा सहित जनताको हित र जनपक्षिय भावनामा स्थापित हुनु जिम्मेवारी प्रहरीको कर्तव्य हो । तथापी पछिल्लो समयमा नेपालप्रहरीभित्र अनेकौ कमिकमजोरीहरु बाहिरिदै गर्दा जनताले आशा गरेको प्रहरीलाई कसरी विश्वास गर्नु ? सुनकण्डपछि हत्या, बलात्कारपछि हत्या र प्रहरी अधिकृतहरु नै घूसकण्डमा पक्राऊ यस्ता दृश्यले देश कतातिर मोडिदै छ बन्ने जिज्ञासा आम नागरिकमा पैदा भईसकेको छ । अनुशासन र इमान्दारिताको नारासहित सपथ लिएका प्रहरी अधिकृतहरुको दिनप्रतिदिनको क्रियाकलापले गर्दा सामान्य नागरिकहरु आजित बनेका छन् । प्रहरीका केही अधिकृतहरु भ्रष्ट्रचारी, नेता, मन्त्री र ठूला–ठूला व्यापारीसंग साँठगाँठ गर्दै आर्थिक अनिमियततामा मुछिएका छन् । सुशासन र समृद्धिको नारासहित प्रहरीले चलाएको टोल–टोलमा प्रहरी, प्रहरी मेरो साथी जस्ता राम्रा अभियानहरु त्यतिकै ओझेलमा परिरहेका छन् । अभियान अनुसारको कार्य गर्ने नै हो भने समाजमा भएका जस्तोसुकै अपराधिक गतिविध नियन्त्रणमा असम्भाव भन्ने केही हुन्न ।

समाजको शान्ति सुरक्षाका लागि नेपाल प्रहरीले राम्रा योजनाहरु नल्याएका होईनन तर यहाँ केही राजनीतिक छत्रछायाँमा परेका प्रहरी अधिकृतका कारण प्रहरी संगठन कमजोर बन्दै गएको छ । त्यस्तै राजनीतिबाट संक्रमित प्रहरीकै कारण बदनामी खेप्दै आएका प्रहरी संगठन कन्चनपुरकी १३ वर्षिय निर्मला पन्थको बलात्कारपछि हत्या भएको र अहिलेसम्म अपराधी पक्राऊ गर्न नसकिएको भन्दै प्रहरी प्रमुख सर्बेन्द्र खनाललाई केही दिन अघि पदबाट अटाउन सत्तपक्षकै विद्यार्थी संगठनले गृहमन्त्रीकहाँ ज्ञापनपत्र बुझाएका छन् । यी गतिविधिले के देखाउँछ भने घटनाको नाममा एकपछिअर्को राजनीतिकरण भईरहेको स्पष्ट हुन्छ । यहाँ घटनाको अनुसन्धान र कारवाहीभन्दा पनि सडक तताउने र शक्ति देखाउने काम बढि भएकै कारण कुनै पनि काम प्रभावकारी नभएको छर्लङ्ग भएको छ । एकथरी घटनाको विरोधमा सरकारको विरोध गरेको देखिन्छ भने अर्को थरी घटनाको प्रमाण मेटाउँदै अपराध उम्काउन खोजिएको देखिन्छ । यस्तै नसुहाँउदो तालमेलले देशलाई असुरक्षाको भूमरीमा धकिलिरहेको छ । प्रहरी आफैमा कमजोर छैनन्, प्रहरीलाई चलाउने नेतृत्व कमजोरी भएका कारण देशमा आर्थिक अनिमियतता, भ्रष्ट्रचार, हत्या हिंसा जस्ता अपराध मौलाउँदै गएको हो ।

कुनै मुद्धमा अनुसन्धान गरेका प्रहरी कमजोरी बन्दै जानु र प्रहरी प्रमुखको राजीनामा माग्नु कतिको समय सान्दर्भिक होला ? त्यही प्रहरी संगठनको नेतृत्व गर्ने राजनीतिक पृष्ठभूमिबाट गएका गृहमन्त्रीको चाँही किन राजीनामा मागिएन ? कमजोरी प्रहरीको मात्रै देखिएन यहाँ त राजनीतिक गतिविधिमै प्रश्न चिन्ह उब्जिएको छ । विशुद्ध राजनीति गर्ने हो भने नेपालमा काँचुली फेर्न समय नै लाग्र्दै अस्वस्था प्रतिस्पर्धा, प्रतिसोधको राजनीति र स्वार्थकै राजनीतिका कारण देश खोक्रो बन्दै गएको छ । यसबारे आम सचेत पिँडीले सोचिएन भने देशको दूरगतीतर्फ बढ्ने छ बेलैमा सजग बन्न र गराउन अनिवार्य छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास अभाव लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङबाट दुई जनाको शव निकालियो प्रतिनिधिसभाको बैठक सुरु मन्त्रिपरिषद्को बैठक बस्दै भोटेकोशी बाढीको क्षति र जोखिम न्यूनीकरणबारे प्रधानमन्त्री शाहलाई पुनका सुझाव कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२, ४ हजार ८७५ जना बेपत्ता रास्वपा सचिवालय बैठक जारी कृष्णभीरमा पृथ्वी राजमार्ग पुनःनिर्माण सुरु, सडक खुलाउन तीव्र तयारी सुन प्रतितोला ३ लाख नाघ्यो, एकैदिन ७,६०० रुपैयाँ वृद्धि धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ