2026-10-17 11:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

स्वर्गभुमीलाई विकट भनेँ- ‘मलाई माफ गर जुम्ला’

लक्ष्मी पौडेल अनुरागी । कर्णाली प्रदेशका दश जिल्ला दशमध्ये एक जुम्ला  । कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट लगातार बाह्र घण्टा भन्दा बढि समय यात्रा पश्चात स्वर्गको अनुभुती गर्न पाउने ठाउ जुम्लामा नयन बिसाउन सकिन्छ । तिनै आँखाले हेर्नै हम्मेहम्मे हुने अनकन्टार पहाड , मुटु चिसो बनाउने डरलाग्दा पहरा र चट्टान अनि चिसो पानिलाई आफ्नै काखबाट हुत्याइरहेका सयौ छहरा , आफ्नै रफ्तारमा दौडिरहेकी कर्णाली नदिको काख काखै , हिमा कर्णालीको पुच्छर र तिला कर्णालीको प्यारो काखसंगै सयौ साना खोलाहरु पार गर्दा जुम्लाले स्वागत गर्छ । मुसुक्क हाँसेर स्वागत गरेका तिनै पहाड र डाफे हिमालका खोचहरु सायद हाम्रै स्वागतमा तड्पिएका होलान  । जुम्लीनी अन्टी हाम्रै लागी तातोपानि लिएर आउछिन । अनि जुम्ली अंकल भेडाको रौ बाट बनाएको लोभलाग्दा र आकर्षक अर्गानिक पाखी हाम्रा लागि तम्तयार  बनाउछन । वरिपरी सुन्दर ति सेताम्मे पहाडले मुस्कान दिईरहँदा साच्चिकै हामिले फोटो खिच्दा  ‘ पच्चिस ‘  भनेर मुस्कुराएको याद आउँछ । जुम्ली साँल्दाईले खस भाषामा स्वागत गर्दा त साँच्चीकै कता न कता भएको अनुभव हुन्छ । चिसोले पहिलो दिन ओछ्यानमै करेन्ट लागेको जस्तो आभास भएको मान्छे लाई एक हप्ताको जुम्ला बसाईले जुम्ला र जुम्लीहरुको मायामै डुबुल्कि खेलिरहन रहरहरुको भेल उब्जाउनु पनि अनौठो कुरा थिएन । सधैझै जुम्लामै रमाउन मन लाग्नु अनौठो किरा लागेन । पात झरेर अस्थिपञ्जर जस्तै बनेका स्याउ र अरु फलफुलका बोटहरु देख्दा मलाई अर्कोपटक जुम्ला जान तम्तयार बनायो ।

परापुर्व कालमा जुम्ल्याहा शब्दको अपभ्रंश हुँदै यस जिल्लाको नाम जुम्ला रहन गएको हो भन्ने  सुन्न पाएँ । 

वरिपरी पहाड, बीचमा तिला नदि त्यसको वारपार समथर जमीन  जमीन मा  मिलेर रहेका थुम्म थुम्म बस्तिहरु र टोलहरुले साय सामाजिक एकताको पाठ पक्कै सिकाउछ  । छरिएर रहेका बस्तीको परिकल्पना गरेर जुम्ला प्रस्थान गर्नेहरुलाई सायद दाँतमा ढुङ्गा लागेको अनुभुती गाराइदिन्छन भन्छन जुम्ली अंकल अन्टीहरु । कस्ता मिलेका चिटिक परेका गुजुमुजुक्क बस्तिहरु र त्यस्तै मार्सी फल्ने खेतका फाँटहरु देख्दा स्वर्ग भुल्न बाध्य को नै नहुदो हो सायद ।   छेउमै आफ्नै वेगमा बगिरहेको तीला नदी । त्यसैमा सेताम्मे डाँफे हिमालको मुस्कानले को नै भुतुक्क नहुँदोहो सायद ।  नेपाली भाषाको उद्गम थलो सिजा पुग्दा पनि मन लठ्ठै परिहाल्यो । जहाँ पनि मिलेर रहेका बस्तीहरुले सायद जो सुकैले सामाजिक एकताको पाठ सिक्छ होला । त्यसैमा सिंजाली अन्टीले नेपाली खस भाषामा गित गाउँदा सुनिरहन बाध्य कसलाई पो बनाउँदैन होला र ! वरिपरी सेताम्मे हिमाल , बिचमा हिमा नदी र वारपारी मिलेका बस्तिहरु र हिमाको छालमा सुन्दर खेतका फाँटहरु सम्झिन मन लाग्यो ।

तिला, हिमा नदी ,चन्दननाथ मन्दिर,भैरवनाथ मन्दिर, कनकासुन्दरी मन्दिर,सिस्ने हिमाल,   सिंजाक्षेत्र, तातोपानी, गोठिचौर, बागबानि स्याउ जस्ता चिजले  जुम्लालाई जुम्ला जस्तो बनाएको मैले पाएँ ।  

इतिहासमा उल्लेख भए अनुसार  जुम्लाको सिञ्जा राज्य  भएको जिल्ला हो  जुम्ला ।  सस्कृती प्रेमी, इतिहासकार, प्रकृतीप्रेमी , पत्रकार र विद्यार्थीहरुको लागी जुम्ला जिल्लाको सेरोफेरोको भ्रमणले धेरै कुरा सिकाउछ । कलाकारलाई गित गाउँ-गाउँ बनाइदिने , लेखकलाई लेखुलेखु बनाईदिने स्वर्गभुमी जुम्लालाई कसरी भुल्न सकिन्थ्यो र । 

मलाई माफ गर जुम्ला । मैले गल्ति गरेको थिएँ । कृपया मलाई क्षमा गर जुम्ला । मैले तिमिलाई सँधै कर्णालीको बगर भनिरहेँ । मैले सधै तिमिलाई जुम्ला भनेर हेपिरहे । मलाई माफ गर जुम्ली अंकल, अन्टी मैले तिमिहरुलाई सधै जुम्ली भनेर होच्याइरहेँ । म अनि मेरो परिवारको जुम्ला, जुम्ली र सिङ्गै साविक कर्णाली प्रतिको नजर कहिल्यै सहि हुन सकेको थिएन । दैलेख पछी अनकन्टार पहरा र छहराको जिल्ला  कालिकोट  पछी जुम्लाले स्वागत गर्छ । जुम्ला र जुम्लीप्रतीको नजरमा त्यतिबेला परिवर्तन हुन्छ । जतिबेला जुम्ला पुगिन्छ । लाखौँ सम्भावनाका विचमा केही चुनौतीको जिल्ला जुम्लाले लाखौ, करोडौँ नेपालीलाई अर्गानिक स्याउ खुवाएको छ । अर्गानिक सिमी खुवाएको छ । म लगाएत मेरा साथिहरुले मार्सीधानको खिर भनेर सामाजिक सञ्जाल फेसबुक रङ्गाईरहँदा मैले जुम्लालाई सम्झिन सकिन र ति मार्सि फल्ने सुन्दर खेतका फाँटहरुलाई कहिल्यै सम्झिन सकिन । उल्टै जुम्ला भनिरहेँ र जुम्ली भनिरहेँ । त्यसैले मलाई माफ गर जुम्ला । सयौ छहरा नदि ताल तलैया र मनमोहक हिमाल हरुले मलाई आज मोहनी लगाएर मेरो गल्तीलाई सम्झाइदिएका छन ।  जुम्ला भन्नेवित्तिकै फरक र खराब सोच भएकाहरु कृपया जुम्ला जानुहोस र असलि जुम्लाको रुप हेरेर आउनुहोस । मलाई माफ गर जुम्ला मैले जुम्लालाई यो सोच्न सकिन कि सामाजिक एकताको सुन्दर रुप भएको जिल्ला भनेर । छरिएर रहेको समाज र बस्ति भएको  जिल्ला को परिकल्पना गरेर जुम्ला जानेहरु मध्ये म पनि हुन सक्छु होला सायद । के छैन जस्तो लाग्छ जुम्लामा ।  बाह्रै महिना तातो पानी बग्ने पनि यहाँ नै । वास्तवमा जुम्ला लाई फरक नजरले हेर्नु र फरक सोच राख्नुले कर्णाली प्रदेशका अन्य जिल्लावासी हरुलाई गलत कामको जिम्मा आउने गर्छ ।  मलाई माफ गर्नु जुम्ला मैले सधै अभागि भनिरहेँ तिमिलाई । तर मैले तिमिले पठाएको स्याउ खाँदै तिम्रै कुरा काटिरहेँ । तिमिलाई लाई थि जुम्ला भनिरहेँ । तिमिलाई ब्यर्थ भनिरहेँ । म र मेरो परिवारले मार्सिधानको भात खाँदै जुम्ली अंकललाई पाखे भनेर हेपिरह्यो । जुम्लाई विकट दुरदराज भनिरह्यो , खाडी भनिरह्यो ।  मेरा साथिहरुले जुम्लाको मार्सिधानको भात खाँदै गरेको फोटो फेसबुकमा पोष्ट गरिरहँदा जुम्लिदाईलाई पाखे र केही थाहा नपाएको पाखे भनिरहे र फेसबुक मेसेजमै गाली गरिरहे । त्यतीबेला मलाई नाजावाफ बनिरहे । जुम्लाको सिमीको दालंग भात खाँदै पल्लाघरका माइला काकाको परिवारमा जुम्ला , बिकट , असहज र जुम्लीलाई पाखे र नराम्रो भनेर कुरा काटिरहँदा म नाजवाफ भए । त्यसैले समग्र कर्णाली रो पर्यटन , विकास र समृग्वी जुम्ला जिल्लाविना असम्भव छ । यसकारण जुम्ला र जुम्लीप्रतीको सोच र नजर परिवर्कन गरिन जरुरी छ । एकचोटी ज्युगै स्वर्गको अनुभुती गर्न जुम्ला पुग्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु