अहिलेको सन्दर्भमा शुश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अहिलेको सन्दर्भमा शुश"/>

2026-09-26 08:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘सक्नुहुन्छ भने सुध्रिएर पशुपति शर्मालाई गलत सावित गर्नुस्’

आभास पौडेल | “साच्चै हामीलाई देशको मायाँ छ भने हामी सबैभन्दा पहिला एक सच्चा नेपाली वन्न सिकौं अनि मात्र बल्ल कुनै राजनितिक दलको कार्यकर्ता बनौं । कुनै पनि कुरा नेपाली भएर र दु:ख पाएको जनताको नजरले हेरौं अनि मात्र यहाँको बेथिति र वास्तविक चित्र देख्न सकिन्छ ।

अहिलेको सन्दर्भमा शुशासन, विकास, शान्ति र समृद्धिलाई मुल नारा वनाएर गठन भएको सरकार एउटा लोकप्रिय गायकले विकृतिको भण्डाफोर गर्दै सरकारको उदेश्यलाई सहयोग पुग्नेगरी गित सार्वजनिक गर्दा तर्सिनुपर्ने कुनै कारण छैन । त्यसैले हटाउनेनै हो भने नेपालमा चरम चुलीमा पुगेको भ्रष्टाचार हटाउन सक्नुपर्छ । बलात्कार गर्दा शोषण गर्दा, घुस खाँदा, हत्या हुँदा, अपहरण गर्दा त्यस माथी एक्सन लिनुको सट्टा हाम्रो देश र जनताको यथार्थ चित्र उतार्ने गितलाई प्रतिवन्ध लगाउनुको कारण के हो ? एउटा गीतले बालुवाटारनै तर्सनुपर्ने किन ? 

पार्टीको झण्डा देखायो कार्यकर्तालाई कुकुर भन्यो यमराजको शासन भन्यो भनेर उफ्रनेहरु पार्टीभक्त कार्यकर्ता मात्र हुन् भन्ने प्रमाणित हुन्छ । देश बन्न नसक्नुको कारण पनि यहि हो भन्दा फरक नपर्ला । महान बरिष्ठज्युहरुलाई पशुपति शर्माको गीतले यथार्थ कुराको चित्रण गर्दा यतिसम्म टाउको दुख्यो भने एउटा दिन दुखि नागरिकलाई कस्तो अनुभव भयो होला । निर्मला बलात्कार पछीको हत्या काण्ड, वाइड बडि घोटाला काण्ड, सुन तस्करी काण्ड लागायत अनेकौं काण्डमा मौन बसिदिदा एउटा कलाकारले गीत गाए त्यसैको समर्थनमा गीत भाइरल भईरहेको छ । 

यहाँ त बहुमतको सरकार छ, जे छ आफ्नो अनुकुल हुन पर्छ भन्ने भईसकेको छ । उदाहरण -चारैतिरबाट दबाव आएपछी अनन्त: पशुपति शर्माले गित हटाए, यो बाट के प्रष्ट हुन्छ भने नेपालमा नेपालीले स्वतन्त्र तरिकाले आफ्नो कुरा राख्ने अधिकार छैन । 

पशुपतिको गीत गलत रहेको, शब्द चयनमा ध्यान दिनपर्ने भन्दै गर्दा देशको यथार्थ जे छ, त्यसैलाई प्रस्तुत गरेको पाउँदा निकै मनासिव लाग्यो । उनको गितको भाव बुझेर जुनसुकै नेपाली मनले पशुपति शर्मालाई धन्यवाद दिनुपर्छ । 

गितको अर्थ बुझेर पशुपतिलाई दबाब दिएका कार्यकर्ताहरुले अब आफ्नो गलत बाटोमा रहेका नेताहरुलाई सहि बाटोमा ल्याउने कि नल्याउने ? सक्नुहुन्छ भने कार्यकर्ता तथा नेताज्यूहरु सुध्रिएर पशुपति शर्मालाई गलत सावित गर्नुस् अन्यथा गीतको भावले टपक्कै तपाइँ नेता र कार्यकर्तालाई टिपेर पस्किएको छ । देशमा लोकतन्त्रको स्थानमा लुटतन्त्र हावी भएको सन्दर्भमा यो गीतलाई जनवादी गीत भन्न सकिन्छ । यो गीतले प्रस्तुत गरेको भाव सिधा र स्पष्ट छ, जो नेपालको वर्तमान परिस्थितिसँग मेल खान्छ । यसैबाट पाठ सिकेर सुध्रिनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह