२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘मन्त्री अधिकारीले त्यसैदिन राजिनामा दिएको भए…!’

२०७५, १५ फाल्गुन बुधबार ०६:२१

अनिल अधिकारी | नेपाली समाजमा एउटा महत्वपूर्ण शब्द छ 'भाग्य' ! मानिसहरु कुनै पनि अप्रिय घटनामा परे वा त्यस घटनाबाट जोगिए, जुनसुकै अवस्थालाई पनि 'भाग्यको खेल' भन्दै चित्त बुझाउँछन् । यसै कारण पनि मानिसको जीवनमा आईपर्ने जुनसुकै अवस्थालाई यही 'भाग्य' भन्ने शब्दले निकै महत्वपूर्ण भूमिका खेलेको छ । यसै कारण पनि मानिसहरुमा भीत्री विश्वास के छ भने 'भाग्यमा लेखिएको कुरा कसैले मेटेर मेट्न सक्दैन ।'

अधिकांशले बोल्ने भाषालाई यहाँ प्रस्तुत गर्ने हो भने, 'भाग्य' जसलाई हामी नियती पनि भन्छौं, यही नियतिको खेलमा परे पर्यटन मन्त्री रवीन्द्र अधिकारी । तर उनीसँगको भाग्यको खेल सकारात्मक नभई नकारात्मक भईदियो । 

बुधबार जब मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनाबाट मृत्युको खबर आयो तब समाचार पाउनेहरुमा एउटा गम्भीर बिषय उठ्यो । अधिकांशले एउटा बिषयलाई प्रमुखताका साथ उठाए । त्यो कुरा के थियो भने केहि महिना अघि वाइडबडी काण्डमा बिवावित बनेका मन्त्री अधिकारीले राजिनामा दिने हुन् कि भन्ने धेरैलाई लागेको थियो । केहि मिडियाले 'आज पर्यटन मन्त्रीले राजिनामा दिने !' भन्दै समाचार समेत प्रसारण गरेका थिए । बिपक्षी पार्टी तथा केहि समुहले मन्त्री अधिकारीको राजिनामाको माग गर्दै नारावाजी समेत गरेका थिए । उनलाई आफ्नै पार्टीका नेता, सहकर्मी, शुभेच्छुक लगायतले पनि सकेसम्म राजिनामा दिएर छानविनमा सहयोग गर्नु राम्रो हुने सल्लाह दिएका थिए । त्यहि क्रममा उनले पुस २३ गते मन्त्रालयमै पत्रकार सम्मेलन गरे । उनले राजिनामा दिन सक्ने बुझेर मन्त्रालय पुगेका संचारकर्मीहरुको ठूलो चापले पनि त्यस्तै बताइरहेको थियो कि अधिकांश पत्रकार उनको राजिनामाको समाचार आफ्नो संचार माध्यममा कभरेज गर्नकै लागि त्यहाँ पुगेका थिए । त्यसदिन बिहान ११ बजे नै लेखा समितिको बैठक बोलाइएको अवस्थामा मन्त्री अधिकारीले त्यसको १ घण्टा मात्र अघि अर्थात विहान १० बजे पत्रकार सम्मेलन गर्नुलाई अर्थपूर्ण ठानेर धेरै पत्रकारहरुको उपस्थिति रहेको थियो । त्यसै कारण पनि उक्त दिन उनको राजिनामा हुन सक्ने कुराको अड्कलमा अधिकांश थिए । तर त्यसदिन उनले राजिनामा दिएनन् । 

आज उनको दुर्घटनापछी भएको मृत्युको खबरले सिंहदरवारदेखि जनतासम्म यही बिषयले खिन्नता वा चर्चा पैदा गराएको छ । वाइड बडी प्रकरणमा उनको संलग्नता रहे/नरहेको प्रमाणित नभईसकेको अवस्थामा उनको मृत्युले धेरैलाई स्तब्ध बनाएको छ । अधिकांशले भाग्यको खेल भन्दै भाग्यले एक पटक राजीनामाको मोडमा पुर्याएको तर नदिएको भनेका छन् । 'त्यो दिन राजिनामा दिएको भए न उनि मन्त्री पदमै विमानस्थल निरिक्षण गर्न जान्थे न दुर्घटनामा उनि पर्थे !' यो कुरा मन्त्री अधिकारीको दुर्घटनाको खबर पाएपछि सिंहदरवार भीत्रै सुनिएको कुरा हो । मन्त्रीको निधनको खबरसंगै सिंहदरवारमा पुर्व निर्धारित कार्यक्रमहरु समेत स्थगित भए । सोहि क्रममा पत्रकार तथा बिभिन्न मन्त्रालयका कर्मचारीहरु यस्तै कुरा गर्दै दुख व्यक्त गर्दै थिए । त्यसो त सिंहदरवार मात्र हैन, यो कुरा बाहिर जनतामा पनि उत्तिकै महत्वपूर्ण बनेर आयो ।

माथिकै बिषय सामाजिक संजालमा पनि पोखिएका छन्- एकजनाले सामाजिक संजालमा लेखेका छन् 'यदी वाइड बडी प्रकरणमा नैतिकताको आधारमा मन्त्री पदबाट राजिनामा दिएको भए आज सायद रबिन्द्र अधिकारी स्वच्छ छबिका साथ हामी माझ हुने थियो यो पक्कै हो । सबैको स्वर्गमै बास होस । दु:खद अवस्था ।' भनेर लेखेका छन् । 

फेसबुकमै अर्का एक जनाले 'मन्त्री रवीन्द्र अधिकारीको अन्तिम तस्वीर' भन्दै लेखेका छन् – 'वाइड बडी काण्डमा नाम समेटिएपछि राजिनामा दिएको भए सायद आज अझ धेरैले सहानुभुति राख्थे भन्ने मेरो व्यक्तिगत बुझाइ हो । नयाँ नेपाल बनाउन सक्ने सम्भावना भएका थोरै मध्येका एक नेताको निधनमा दुःखी हुनै पर्दछ । मन्त्री रवीन्द्र अधिकारी लगायत सबै मृतकप्रति श्रद्धाञ्जली । 


पर्यटनमन्त्री रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटनामा पर्नु अघि चुहानडाँडा, तेह्रथुमा बन्न लागेको एयरपोर्टको कार्यक्रममा सहभागी भइ ताप्लेजुङ तर्फ जानू पुर्व लिएको तस्बिर । फोटो : विशाल कार्की 

जे होस् भाग्यको कुरा मानिसको जीवन यापनसँग प्रत्यक्ष जोडिएको कुरा हो । भाग्यले राजिनामा दिने मोडमा पुर्याएको तर राजिनामा नदिएको भन्दै टिप्पणी उठाउनुलाई पनि भाग्यमा विश्वास राख्ने जोकोहीलाई पनि प्रभावित बनाउछ नै, त्यसमा पनि नेपाल जस्तो अधिकांश हिन्दु धर्ममा आस्था राख्नेहरुको मनमा झन् यस्ता बिषय उठ्नु स्वभाविक हो । केहि कुरा गुमाई सकेपछी त्यसो भएको भए वा नभएको भए भन्दै मनोयुद्ध चलाउनु हाम्रो जीवन यापनकै एउटा पक्ष हो । जसरी मन्त्री अधिकारीको मृत्युको कारण राजिनामा भयो त्यस्तै कारण खोज्ने हो भने हरेक कुरा जोड्न सकिन्छ । यहाँ समय, परिस्थिति, अर्को व्यक्ति, हेलिकप्टरको सट्टा कार आदि-इत्यादि । 

यथार्थमा भन्नु पर्दा हरेक घटनालाई संयोग भन्न सकिन्छ । उनले राजिनामा नदिनु पनि संयोगनै हो भने उनि दुर्घटनामा पर्नु पनि संयोग नै हो । यस अघि पुर्व गृहमन्त्री माधव घिमिरेको दुर्घटनाको बिषयलाई पनि हेर्ने हो भने उनले आफैले कार चलाएको अवस्थामा दुर्घटना भएको छ । त्यतिखेर पनि धेरैको मनमा प्रश्न थियो कि 'आफैले गाडी नचलाएको भए… !'  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ