डायमण्ड म्याग्देली | फाल्गुन २८ मा केपी ओली नेतृत्त्वको सरकारले विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समुह किटान गर्दै प्रतिवन्ध लगाउने निर्णय गरेसंगै विगत केहि दिन देखी नेपाली राजनितिमा तरंग सिर्जना भएको छ | सडकदेखी सदनसम्म, प्रतिपक्षदेखी"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... डायमण्ड म्याग्देली | फाल्गुन २८ मा केपी ओली नेतृत्त्वको सरकारले विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समुह किटान गर्दै प्रतिवन्ध लगाउने निर्णय गरेसंगै विगत केहि दिन देखी नेपाली राजनितिमा तरंग सिर्जना भएको छ | सडकदेखी सदनसम्म, प्रतिपक्षदेखी"/>
२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

किन हुँदैछ ‘विप्लब विद्रोह’ ? ढिलो-चाडो यस्तो विद्रोहले भयानक रुप लिन सक्छ

२०७५, १० चैत्र आईतवार ०३:५७

डायमण्ड म्याग्देली | फाल्गुन २८ मा केपी ओली नेतृत्त्वको सरकारले विप्लव नेतृत्त्वको नेपाल कम्युनिष्ट पार्टीलाई अपराधिक समुह किटान गर्दै प्रतिवन्ध लगाउने निर्णय गरेसंगै विगत केहि दिन देखी नेपाली राजनितिमा तरंग सिर्जना भएको छ | सडकदेखी सदनसम्म, प्रतिपक्षदेखी सत्तापक्षसम्म, सर्वसाधारण नागरिकदेखी राजनितिक कार्यकर्ता, नेता, पत्रकार, वौद्दिक वर्गसहित आम रुपमा यो चासो र वहसको विषय वनेको छ | पक्ष र विपक्षमा तर्क र विचारहरु सार्वजनिक भईरहेका छन | कसैले स्वीकार गरोस या नगरोस त्यो उस्को निजि विचार हुन सक्छ तर "विप्लव विद्रोह" अव राष्ट्रिय वहसको केन्द्रमा पुगेको छ र अवको नेपाली राजनिति त्यहि वरिपरी घुम्न सक्ने सम्भावनालाई कसैले नजरअन्दाज गर्नु उपयुक्त देखिदैन त्यसैले सवै पक्षवाट सार्थक र सकारात्मक भुमिकाको आवश्यकता देखिन्छ |

"विप्लव विद्रोह" वर्तमान राज्यले भनेजस्तै समस्या हो या राज्यमा विद्यमान विकृतिले जन्माएको विकल्प ? विप्लव विद्रोह जन्मिनुका आधार र कारणहरु के हुन ? त्यो विषयमा सतही हैन गहिराईमा पुगेर चर्चा र समिक्षा गर्नु आवश्यक छ |

आजको विप्लव विद्रोहलाई आकाशवाट एक्कासी फुत्त धर्तिमा झरेजस्तै ठहर गरी सतही टिका-टिप्पणी गरेर समय गुजार्नु भन्दा यो २०५२ सालमा सुरु भएको जनयुद्दकै निरन्तरता हो भन्ने सच्चाई लाई वुझ्न कत्ति कन्जुस्याई गर्नु हुदैंन | यसो भन्नुको मतलव २०५२ सालमा जनयुद्दको सुरुवात पुर्व राष्ट्रियता.जनतन्त्र र जनजिविका का सवालहरुलाई समेटेर तत्कालिन देउवा सरकार समक्ष जुन ४० सुत्रिय मागहरु पेश गरिएको थियो र देउवा सरकारले ति मागहरुलाई पुरा गर्न  क्रियाशिलता देखाउनु, संवाद र अन्तर्क्रियाको पहल गर्नुको सत्ता पुरै वेवास्ता गरेपछी त्यहि एजेण्डाले जसरी जनयुद्द जन्माएको थियो | त्यसरी नै आजको विप्लव विद्रोह पनि त्यै ४० सुत्रिय माग.जनयुद्दको एजेण्डा, जनयुद्द पछी पनि फेरीन नसकेको पुरानो विकृतियुक्त संसदीय राज्य प्रणालीको कारण जन्मिएको देखिन्छ |

हुन त हिजो जनयुद्दको नेतृत्त्वकर्ता प्रचण्ड स्वयम आज वर्ग संघर्षको वाटोमा नभई यहि संसदिय प्रणालीको अभ्यासमा हुनुहुन्छ | वहासंगै वावुराम भट्टराई, राम वहादुर थापा "वादल" लगाएत कैयौ नेताहरु त्यहि अभ्यासमा फर्किसक्नुभएको छ र उहाहरुको तर्क राजनितिक क्रान्ति पुरा भयो अव कुनै क्रान्ति र विद्रोहको आवश्यकता र सम्भावना छैन भन्ने छ | झट्ट सुन्दा कतिपयलाई त्यस्तै होकी भन्ने पनि छ |.किनकी राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना, संघियता, धर्म निरपेक्षता, समावेसी र समानुपातिक प्रतिनिधित्त्व आदी तर समयको विकाशक्रम संगै ति भ्रमहरु विस्तारै हट्दै जाने क्रम सुचारु छ |

जनयुद्दको उदेश्य जनताको जनवादी गणतन्त्र थियो | जनताको जनवादी गणतन्त्र भन्नुको अर्थ नारायणहिटी दरवारको अधिकार र शक्ति खोसेर जनतालाई हस्तान्तरण गर्नु थियो | शितलनिवास र सिंहदरवारमा सार्नु थिएन | शामन्तवादको अन्त्य, राजा/रजौटाको फजुल खर्च, तडक/भडक र अत्यन्त विलासीपुर्ण जिवनशैली, संस्कार, तामझामको खारेजी गर्नु थियो | गणतान्त्रिक नव शामन्त, रजौताहरु जन्माउनु र त्यो दरवारको विकृति त्यहां स्थानान्तर गर्नु थिएन | संघियताको नाममा त्यस्को शाखाहरु गाऊ/नगरसम्म विस्तार गर्नु थिएन | समावेसी, समानुपातिक प्रतिनिधित्वमार्फत पिछडिएका वर्ग, क्षेत्र, समुदाय, लिंगका नागरिकलाई राज्य संचालनको मुल प्रवाहमा समाहित गर्ने उदेश्य थियो | कुनै धनाढ्य पुजिंपति वर्ग, दलाल, तस्कर, गुण्डाहरुलाई मोटो रकममा सांसद पद वेचेर उनिहरुलाई फेरी देश लुट्न र जनता ठग्न वैधानिकता प्रदान गर्ने आशय कतै थिएन | पहुंचवाला नेताको श्रीमति, छोराछोरी, वुहारी, आफन्तजन, नाता/गोता, समर्थक सिमित झुण्ड/भक्तहरुलाई सांसद, मन्त्रि, मेयर वनाउने तथा अन्य सार्वजनिक लाभको पदमा भर्ति गर्ने र जागिरे वनाउने कल्पना कहिं कतै थिएन तर आज त्यस्को दुरुपयोग गरिएको छ र नागरिकलाई भ्रमित पार्न खोजिदै छ |

यदी राजनितिक क्रान्ति/वर्ग संघर्ष पुरा भएको हो भने के आज देशमा वर्गिय शोषण र सामाजिक विभेद छैन त ? के धनि र गरिव. गरिखाने र वसी खाने वर्ग, मजदुर र मालिक  विचको असमानता अन्त्य भयो त ? के मुठ्ठिभर पुंजिपतीहरुको नियन्त्रणमा रहेको अवैध अकुत सम्पत्ति कव्जा गरेर राष्ट्रियकरण गरियो त ? के सिमित शामन्तहरुको स्वामित्त्वमा रहेको हजारौ हेक्टर जमिन खोसेर भुमिहिन गरिव सुकुम्वासीहरुलाई  वांडियो त ? के आजसम्म देश लुटेर कंगाल वनाउने भ्रष्ट, तस्कर, दलाल, माफिया विचौलियालाई जेलमा कोचियो ? के देशको नदी/नाला, उद्योग, कलकारखाना लगायत राष्ट्रिय सम्पदा/सम्पत्ति विदेशीलाई वेचेर खाने दलाल, देशद्रोहीहरुलाई कठालो समातेर कठघरामा उभ्याईयो ? के विगतमा भारतसंग गरिएका असमान सन्धि/सम्झौता खारेज भए ? के आज भारतिय हस्तक्षेप छैन/भारतले सिमा क्षेत्रमा दिनानुदिन हाम्रो भुमि मिचिरहेको छैन ? के अव आम नागरिकलाई गास, वास कपास/शिक्षा, स्वास्थ्य रोजगारको ग्यारेन्टी हुने अवस्था छ ? 

के जनयुद्दमा ज्यान गुमाएका शहिद, वेपत्ता परिवार, घाईते/अपांग, आम ईमान्दार कार्यकर्ता, गरिव जनताले परिवर्तनको महशुस गरेका छन | उनिहरुको जिवनमा कुनै फेरवदल आएको छ ? के जनयुद्दमा नि:स्वार्थ योगदान गर्नेहरुले अहिले गर्व गर्ने अवस्था छ ? के गाउंको झुप्रो घर, २/४ रोपनी पाखा वारी पार्टीकरण गर्दै एक जोर कपडा झोलामा प्याक गरेर गोल्ड स्टार जुत्ता र वाटाको चप्पल पड्काउदै सर्वहाराको भेषमा क्रान्तिमा लागेका केहि सिमित नेताहरु एक दशक पछी काठमाडौ छिर्दा रातारात करोडपति वनेको दुनियाको आँखाले झल्झल्ती देख्नुलाई क्रान्ति नै मान्ने ?  तिनिहरु सहित तिनका आसेपासे अवसरवादीहरु रातारात सडकछापवाट करोडपती वन्नु, झुपडीवाट आलिसान महलमा सर्नु, आर्थिक हैसियत, जीवनशैली रातारात वदलिनु, नव धनाढ्य वर्गमा रुपान्तरण हुनु, विलासिपुर्ण जिवनशैलीमा रुमल्लिन पुगेका छन् | "विप्लव विद्रोह" यिनै यावत समस्याले जन्माएको बिद्रोहलाई मान्न सकिन्छ | विद्रोहको कारण खोजेर समाधान नगरिने हो भने ढिलो-चाडो यस्तो विद्रोहले भयानक रुप लिन सक्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला