सुनिल कुँवर | राजनितिक नेतृत्व गर्ने नेताहरु जनताका सेवक हुन मालिक होइनन्, लोकतान्त्रिक मुल्यमान्यता र शिद्धान्तमा जनता सर्वेाच्च हुन्छ भन्ने कुरामा राजनितिक नेत"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सुनिल कुँवर | राजनितिक नेतृत्व गर्ने नेताहरु जनताका सेवक हुन मालिक होइनन्, लोकतान्त्रिक मुल्यमान्यता र शिद्धान्तमा जनता सर्वेाच्च हुन्छ भन्ने कुरामा राजनितिक नेत"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीतिक नेतृत्व जनताका सेवक हुन्, मालिक होईनन्

२०७६, २७ जेष्ठ सोमबार ११:२१

सुनिल कुँवर | राजनितिक नेतृत्व गर्ने नेताहरु जनताका सेवक हुन मालिक होइनन्, लोकतान्त्रिक मुल्यमान्यता र शिद्धान्तमा जनता सर्वेाच्च हुन्छ भन्ने कुरामा राजनितिक नेतृत्व प्रष्ट हुनु जरुरी छ ।

राज्य सत्तामा नपुगुन्जेलसम्म जनतालाई अनेकौ सपनामात्र बाँडेर भ्रम मात्र सृर्जना गर्ने अनि शासनसत्तामा पुगेपछि  लोकतान्त्रिक मर्मलाई बिर्सिएर जनताप्रतिको दायीत्व भूल्ने  प्रवृति नेपाली राजनितिज्ञहरुमा रहँदै आएको छ ।  ब्यवस्था जस्तोसुकै भएपनि संस्कार असल हुनुपर्दछ, पक्कै पनि देशको विकाश हुने निश्चित छ । राजनितिक नेतृत्व अहंकार र दम्भबाट टाढा रहेर देश विकासको बाटोमा अघि बढ्नु आजको आवश्यकता र जनचाहना हो । सरकारलाई स्वेच्छाचारी र निरङकुश हुनबाट रोकी जनताप्रति जवाफदेही र उत्तरदायी बनाउन लोकतान्त्रिक ब्यवस्थामा सरकारको स्वच्छ आलोचना गर्न पाउनु पर्दछ । नागरिक समाजले आफ्ना माग राख्न पाउनु पर्दछ, जनताले आफ्नो आवाज बुलन्द बनाउँन पाउनु, शान्तिपूर्ण आन्दोलन गर्न पाउँनु लोकतन्त्रको सर्वब्यापी अवधारणा हो । 

वर्तमान नेतृत्वले जनअपेक्षा अनुरुप काम गर्न सकेको छैन । स्वतन्त्र नागरिक जब शान्तिपूर्ण रुपले आफ्ना विचार अभिव्यक्त गरिरहेको अवस्थामा समातेर विना पक्राउ पूर्जि कठोर अपराधिजस्तै  समात्नुले वाकस्वतन्त्रता, मानव अधिकार र संविधानको धज्जि उडाएको छ । राज्यको संविधान र कानुन भन्दा माथि कोही पनि हुन सक्दैन, चाहे त्यो प्रधानमन्त्री नै किन नहोस् या राष्ट्रपति, सबै कानुनि राज्यमा बराबर हुन्छन् । नागरिक अभियान्ता ज्ञानेन्द्र शाही माथि गरेको हमला र उनलाई दिईएको यातनाले बताउँछ कि वर्तमान राजनितिक नेतृत्व दम्भ र कुरुरताले भरिएको छ । उनीहरु संविधानमा नै ब्यवस्था गरिएको वाक स्वतन्त्रता, प्रेस स्वतन्त्रता र मानव अधिकारको गित गाईरहेका छन् तर खै नागरिकलाई शुरक्षा कहाँ छ ? यतिका चेलीबेटि, दिदिबहिनी र आमाहरु बलत्कारको सिकार बनेर निरीह जीवन विताई राखेका छन्, खै कानुन कहाँ छ ? निर्मला पन्त जस्ता कयौं निर्मलाहरु कति बलात्कृत भए, कति मारिए तर खै हत्यारा कुन कुना र कन्दरामा लुकेर बसेका छन ? कहाँ छ सरकार ? किन खोजि गर्दैन, हत्यारा र अपराधिलाई ? किन लुकाउँछ, सरकार आफैले भ्रष्टाचारी, अपराधि र बलत्कारीलाई ? देशमा भ्रष्टाचार, विकृति, बलत्कारी, महंगिले जिउने जिवनमा बाँच्ने आशा र आफूले खाने गाँसमा बज्रपात भएको छ, यो निहत्था जनतामाथि भएको यो शोषण र दमन हो । मैले एउटा सच्चा देशभक्त नागरिक भएर भन्नै पर्छ कि भारतियलाई देशको नागरिकता लत्याएर राष्ट्रको सर्वभौमसत्ता र स्वाधिनतामा प्रश्न खडा गरेको छ, हाम्रो राष्ट्रियता विदेशिलाई सुम्पेको छ । त्यसकारण राष्ट्रिय स्वधिनताको लागी नेपाली जनताले अब चुप लागेर बस्नु हुदैन ।

सरकार कार्यकर्ता पाल्दैमा ठिक्क, प्रतिपक्ष गुट उपगुट र आरोप प्रत्यारोपमा ठिक्क, सोझा जनता बिचैलीमा, आफ्नो दुई छाक टार्न  दिनभरि श्रम गरेर पसिना बगाईराखेका छन्, त्यही पसिनाले तिरेको करबाट लोकतन्त्रका महाराजा तथा महारानीहरुलाई अठाह्र करोडको गाडी तीन अर्बको हेलीकोप्टर ?  प्रेम सन्जेल जस्ता भ्रष्टाचार विरोधि अभियान्तालाई जेल, ज्ञानेन्द्र शाही जस्ता नागरीक अगुवालाई कठोर यातना, के यही हो लोकतन्त्र ? प्राचिन समयमा राजा महाराजाहरुले जे भन्यो त्यही मान्नु पथ्र्यो, यस्तो राजा र रैति बिचको सम्बन्धलाई  लोकतन्त्रमा दर्शाउन नखोज्नुस् महाशय ज्युहरु ?

यो देशमा मौलाएको भ्रष्टाचारी, घुसखोरी, बलत्कारी र महंगीलाई कसले नियन्त्रण गर्ने ? राजनितिक नेताहरु आफै भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । वाइड वडी काण्ड खै कहाँ सेलायो ? ३३ किलो सुन खै कहाँ गयो ? वालुवाटारको जग्गा ब्यक्तिको नाममा ? सरकार समृद्ध नेपाल सुखि नेपाली नारा मै ब्यस्थ । नारामात्र आकर्षक लाएर उखान टुक्काले जनताका कान फुटिसके, भूँडी भरिएर फूट्न लागीसक्यो, केवल ति बिकासे नाराहरु घोषण पत्र मै सिमित रहे । जनता खानेपानी नपाएर सिटामोल नपाएर, भूकम्पले भत्काएको घर बनाउन नसकेर विवश दर्दनाक जीवन विताईराखेका छन् । यस्तो स्थितिमा सरकार जानताका पिडालाई किन बुझ्दैन ? पत्रकारीताको नाममा पार्टीकारिता गरिरहेका झोले पत्रकारहरुलाई सूचनाको हतियार बनाएर जनतामा प्रोपोगान्डामात्र सिर्जना गरिरहेका छन् । यस्तो अवस्थामा कुनै एउटा नेपाली सच्चा देशक्क्त नागरिक यहाँ यस्तो भयो है भनेर सरकारलाई खबरदारी गर्दछ, त्यस्ता ब्यक्तिलाई सरकार सिधै गिरफतार गरेर कठोर सजाय दिन थाल्छ ।

सक्छौ भने सरकार भारतबाट नेपाल छिरेर गोली चलाई राखेका भारतिय गुन्डाहरुलाई समात, नेपालको ६० हेक्टर जमिन मिचेको भारतलाई ढकढक्याएर आफ्नो राष्ट्रियता बचाउन तिर लाग्नुस्, होईन भने एउटा भ्रष्टाचार विरोधि आन्दोलनमा लागेका निर्दोश जनतलाई समातेर जनताको वाक स्वतन्त्रता माथि सरकारले हमला गर्न मिल्दैन । लोकतन्त्रको धज्जि उडाएर राजा र रौतिको जस्तो ब्यवहार सरकारले जनतासंग गर्न मिल्दैन, सयौं बर्षसम्म देशको शासन सत्तामा एउटै रहन सक्दैन लोकतान्त्रिक ब्यवस्थामा जनता सर्वोच्च हुन्छन्, सर्वब्यापी मान्यता नै यही हो ।अर्को पाँच बर्षको निर्वाचन प्रणलीलाई पनी ध्यानमा राख्नु पर्दछ । जनताले आफै मूल्याङकन गर्नेछन । एकवर्षमा सकिने काम दश बर्ष लगाउँदा समेत ठेकेदारलाई किन कारवाही हुँदैन ? विहान पिच गरेको बाटो बेलुकी उप्कन्छ ? आज बनाएको पुल भोली भत्किन्छ, यस्तो काम गर्दा समेत सरकार ठेकेदारलाई किन कारबाही गर्न सक्दैन ? भ्रष्टाचार र अन्यायलाई प्रश्रयदिएर राजनितिक छाता भित्र कति दिनसम्म लुकाउने हो, त्यसको पनि जनताले पक्कै पनि मूल्याङकन गर्नेछन ।

यदी प्रचण्डले देश र जनताकै लागी संघर्ष गरेका थिए भने, आज सत्तामा पुगे पनि किन ति गरिब र निमुखाको आवाज सुन्दैनन ? आफू विलासितामा रमाएर, राज्य र सत्ताको लागी संघर्षगरेको पुष्टि हुन्छ । १७ हजार नेपाली मारे कयौं सिन्दुर पुछियो, टुहुरा भए अपाङग भए खै तिनिहरुको जीवनमा के परिवर्तन आयो ? आज पनि छटपटि मै जीवन गुजारी राखेका छन हिजोका प्रचण्ड संगै सशस्त्र युद्ध गर्नेहरु ।

वर्तमान राजनितिक नेतृत्व दम्भ र अहंकारबाट टाढारहेर जनताको हित र विकास गर्नुको विकल्प छैन । यसरी विनाकारण जनतालाई दुःख दिई रहने, कानुनको धज्जि उडाउने हो भने, जनताले पनि आफ्नो बाटो रोजिसकेका छन । हिजोको जहानियाँ राणाशासन ढाले, राजतन्त्र ढाले, यो दुई तिहाईको सरकार ढाल्न केहीलाग्ने छैन नेपाली जनतालाई,यदि सरकारको यस्तै रबाफिया प्रवृति हो भने, यसरी राजनितिक नेतृत्वले कमाउनका लागी, विलासिताको राजनिति नभएर  देश र जनताको सेवामा समर्पित भएर लाग्नु आजको आवश्यकता हो । जनचाहाना बुझेर विलासिताको राजनिति त्यागेर जनहितमा काम गर्नु विलासितालाई त्याग गर्न सक्नु पर्दछ, त्यो नै नेपाली जनताको वर्तमान आवश्यकता र राजनितिक नेतृत्वको असल चरित्र हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ