By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    14 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    17 hours ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    17 hours ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    17 hours ago
    नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाह
    21 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    20 hours ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    21 hours ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बैदेशिक रोजगारको सपनामा डुबेको जिन्दगीहरु
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बैदेशिक रोजगारको सपनामा डुबेको जिन्दगीहरु
काठमाडौँ - KTMलेख

बैदेशिक रोजगारको सपनामा डुबेको जिन्दगीहरु

साझासवाल
Last updated: July 1, 2019 4:18 am
साझासवाल
9 Min Read
Share

विकास युवा | राणाकाल, पंचायतकाल, बहुदलीय प्रजातन्त्र हुदै गणतन्त्रसम्म आइपुग्दा देशलाई विकास गर्छु भनेर कति भाषणहरु गरे होलान कति पम्लेट छाप्यो होला र अझै पनि हामीले सुनिरहेको छ, देश बनाउछ, विकास गर्छ, समृद्ध बनाउछ, रोजगार सृजना गरि सारा युवाहरुलाई आफ्नै देशमा रोजगार दिनेछु भन्ने वाक्यांसहरु । यी शब्द उच्चारण गर्ने अनुहारहरु पनि कति फेरिसक्यो तर देशले कहिलै कोल्टे फेरिएन र त आज देशको स्थिति यो अबस्थामा देख्छौ कि भ्रस्टाचार, ब्यब्त बेतिथी अनि जसको शक्ति उसको मनोमानी छ । अभाव, असुविधा अनि चारैतिर लथालिंग छ, साथै सबभन्दा प्रमुख समस्या त बेरोजगार छ, त्यसैले यो देशमा बसेर केहि हुनेवाला छैन, भन्ने सारा नेपाली युवाजमातहरुको एउटै जनभावना छ । फलस्वरूप पाखुरामा बल भएको धेरैजसो युवा जमातहरु बिश्वबिद्यालयको सट्टा राहधानी बिभाग तिरको म्याराथुन सुरु गर्छ अनि सात समुन्द्र पारीको ब्यस्त शहर, सफा सडक अनि चिल्ला तेज गतिमा हुइकिने कार अनि सुकिला मुकिलाहरुको ठाउँमा रोजगार, पैसा र त्यै रेमिटान्सले बनेको खुशी परिवारको सपना देखिन्छन् । यो आजको नेपाली समाजको वास्तविक बिम्ब हो । यतिसम्म कि अब त कोहि पनि युवा आफ्नै परिवारसंग हासेर बचुला, दुई गासको जोहो स्वदेशमै गर्छु, स्वदेश नै बस्छु भनेपनि त्यो नै समाजले “सारा अरु ठिटाहरुले विदेश गई कमाउन थाल्यो यसको सोच हेर” भनेर गिज्याउने प्रवृतिले गर्दा पनि लज्जित बनेर बाध्यताले बैदेशिक रोजगार नै अंगाल्नु पर्ने भएको छ । तर यी बाध्यता भित्रबाट चलेको जिन्दगीहरुको अर्थ के छ ? यो गम्भीर सोचनीय बिषय बनेको छ अनि उति नै संबेदनशील पनि । तर यो बिषयतिर न कसैको ध्यान न त खासै चासो नै । यसले समाजमा पारेको नकारात्मक असरको जिम्मा लिने पनि कोहि छैन ।

हो नेपाली युवाजमातलाई आजको यो अबस्थामा ल्याई पुर्याउने  मुख्य कारक राजनीतिक अस्थिरता र शासकबर्गको रहेको छ भने उति नै अस्वाभाविक सामाजिक मान्यताहरु पनि । जसको कारण समाजमा पर्ने दीर्घकालीन असरको बारे कसैलाई चासो नै छैन । बैदेशिक रोजगारलाई नेपाली युवाको पर्यायबाची सोच्ने नेपाली समाजको सोच अनि त्यहि सामाजिक  सोचलाई मान्यता दिदै र अरु कारण देखाई आफ्नो देश, परिवार र साथीसंगीहरुलाई छोडेर काल्पनिक जीवनको मिठो सपनाभित्र चुर्लुम्म डुबेर बिकशित र आधुनिक शहरभित्रको गल्लि – चौबाटोमा कुदिरहेको हामी युवा जमातले एकपटक सोच्नु पर्ने मुख्य  कुराहरु के हो भने के बैदेशिक रोजगार मात्र एक र बाध्यकारी अन्तिम विकल्प हो त ? के देश भित्र केहि गर्न सक्ने अबस्था नै नभएको हो या बिदेशमा जस्तो समय चिनेर काडा श्रम गर्यो भने स्वदेशमै सम्भब हुदाहुदै पनि डाँडा घरको माईला वा गैरी गाउको हर्केको बिदेशमा गएर गरेको कठोर परिश्रमलाई बिर्सेर देश र परिवारले प्राप्त गरेको रेमिट्यान्सको देखासिकीको पछि मात्र दौडने ? यसरि बैदेशिक रोजगारीसंग मात्र साईनो गासेर कहिलेसम्म जीवनको यात्रा चलाउने ? सौभाग्यले पाएको यो जिन्दगी आर्थिक प्रलोभनको चक्रब्युह भित्र रुमलिएर वास्तविक अनि प्राकृतिक पारिवारिक आनन्द, मोह र खुसीहरूबाट कति दिन टाढा रहने ? यी यस्ता कुराहरुमा हामी युवा नै ठण्डा दिमागले सोचेर पाइला चाल्नु बाहेक अरु कुनै बुद्धिमानी कदम हुन सकिन्न नत्र भने युवाजमातको जीवन आफ्नो शरीरबाट निस्केको मिठो सुबासलाई थाह नभएर त्यहि सुवासको खोजीमा पुरै जङ्गलभित्र भौतारिएर थकित हुनुपर्ने कस्तुरी जस्तो गुमन्ते जीवन बिताउन बाध्य हुन्छ भने यता कडा श्रम र पसिनासंग साटेको करोडौको रेमिट्यान्समाथि बाउबाजेकै बिर्ता झैँ चुनावताका मिठो सपना बाडेर चुनाब जितेपछि त्यहि जनतालाई नचिन्ने नेताले बिलासिताको जीवन अनि भिआईपि विदेश शयर गर्ने बाहेक देश र जनताको हितमा केहि काम गर्छ भन्ने सोच राख्नु नै गलत साबित भैसक्यो । यहि रेमिट्यान्सबाट नेताको व्यक्तिगत स्वार्थ र सम्पतिमा फट्को मार्छ, तर देशले कहिले कोल्टे फेरिन्न र त जुन सरकारले पनि अन्तत्वगत्वा देशमा औद्योगिक क्रान्ति गरि देशभित्र नै रोजगार दिनुको सट्टा नया नया बैदेशिक रोजगारको गन्तव्यको खोजि गर्छ र हामीलाई बैदेशिक रोजगार मै जान बाध्य बनाउछ । कारण जिन्दगी भर परदेशको म्याराथुनमा रहेको युवाहरुको पारिवारिक मोह र खुसीको दिन न त ४० कटेसी आउछ न त ५० कटेसी आउछ न त जीवनको अर्थ नै रहन्छ र यी मुल्यवान जीवनको पानाहरु परदेशमा आधुनिक युगको ठुल्ठुला मेशिनसंग भलाकुसारी गर्दागर्दै फगतमा कुनै दिन बितिन्छ ।

सन् १९८० को दशकसम्म साउदी अरबमा काम गर्न जाने दक्षिण कोरियन अनि तिनका देश आज लाखौ नेपाली युवाजमातको सपनाको देश बनेको छ । ९० को दशकसम्म सामान्य आर्थिक हैसियत राख्ने सिंगापुर, मलेशिया आज विश्वको बिकसित देश बनेको छ । आउने दशक भित्र छिमेकी देश चिन विश्वको आर्थिक महाशक्ति देश बन्दैछ र दक्षिण छिमेकी भारत विश्वको सबभन्दा बढी औद्योगिक राष्ट्र हुदै शक्तिशाली राष्ट्र बन्दै गर्दा हाम्रो राजनितिक बेतिथी चरम अबस्थाबाट गुज्रिरहेको छ । कुनै संक्रमणकाल वा युद्ध पछि जुनै पनि देशले तिब्र विकास गरेर देशलाई नया उचाइमा पुर्याएको उदाहरण धेरै देखेको वा सुनेको भएतापनि चरम भ्रस्टाचारको दल दलमा फसेको हाम्रो देश नेपालमा १० बर्षे शसक्त जनयुद्ध गरि सत्तामा पुगेको आशालाग्दो नेताहरुले कहिल्यै पनि तिब्र आर्थिक बिकासको फट्को लिने दिशातिरको यात्रा तय गरिएन र फलस्वरूप देश बिकासको कडी मानिने युवाजमात बाध्यात्मक बैदेशिक रोजगारमार्फत आफ्नो र भाबी सन्ततिको लागि सामान्य गाँस, बास र कपासको लागि पनि करोडौ मुल्यको श्रम बाह्य श्रम बजारमा सामान्य पारिश्रमिकमा बेचिनु परेको छ र बेचिरहेको छ । एक सच्चा, देशभक्त, कर्तव्यनिष्ठ र दुरदर्शी नेताको अभाबले गर्दा र अस्थिर राजनीतिक परिपाटीले गर्दा देशभित्र दिनानुदिन बढ्दो बेरोजगार, सस्तो श्रम मुल्य र समायोजन नै गर्न नसक्ने आकासिदो महँगीको बिकराल अबस्थाको सृजना भएको छ जसले बैदेशिक रोजगारलाई नै बढ्दो प्रोत्शाहन दिइरहेको छ । 

आज बैदेशिक रोजगारको प्रभाब नपरेको कुनै गाउ – ठाउँ बाकी छैन । देशको मुख्य शहर देखि दुर दराजको गाउहरु युवाबिहिन बनाएको छ । बाँच्दा जन्ती मर्दा मलामी भन्ने सदियौंदेखिको उक्ति नै झुठ साबित भैसकेको छ । बिबिध सांस्कृतिक-भाषिक भिन्नता रहेको हाम्रो समाजमा सदियौदेखि चलिआएको संस्कारको तिब्रगतिमा बिनाश देखा परेको छ । बैदेशिक रोजगारको कारण गाउँ घरमा युवाबिहिन हुदा पुस्तान्तरण गर्दै जगेर्ण गर्नु पर्ने कतिपय धर्म, संस्कार, भाषा र संस्कृति पुस्तान्तरण गर्न नपाएर चलनमा रहिआएको सेलो, रोधी, हाक्पारे भाकाको लोप हुदै आएको छ । माघी पर्व धमिलो भएको छ । उधौली-उभौलीको साकेला नाचमा ढोल-झ्याम्ट बजाउने जमातको अभाब छ । लाखे नाचको पुस्तारान्तरण हुन सकेको छैन । बिबाहमा रतौली नाच्ने अनि मादल बजाउने जनको अभावको कारण रतौली लोप हुदैछ । इतिहास बोकेको पाट्टी-पौवा, देउराली-चौतारीको बर-पिपलमा जिर्ण चौतारी देखेर दिनरात न्याउली रोइरहेको छ भने आयातित संस्कार र संस्कृतिले पहिचान लोप हुने अबस्थामा पुगेको छ साथै अर्को सामाजिक पारस्पारिक सम्बन्धमा ठुलो फाटो आई नकारात्मक असर देखा परेको छ । देउराली-चौतारीको बर-पिपललाई साक्षी राखेर संगै जिउने कसम खाएको प्रियसीलाई बैदेशिक रोजगारले नै तोड्न बाध्य बनाएको छ भने जन्मेदेखिको समाज र संस्कार अनि आफ्नो प्रियसीको माया मारेर आज सारा युवाजमात छुट्टिएको टाढा बस्न बिबश भएको छ । कथित बैदेशिक रोजगारले आज सारा युवा जमातको आफ्नो प्रिय-प्रियसीसंगको अन्तरंग बात, माया-स्नेह, कोमल स्पर्श, न्यानो अंगालो र मुल्यवान चुम्बनहरुबाट टाढा बनाएको छ । जिन्दगीको महत्वपुर्ण समयमा साथ दिनुपर्ने र संगै बाच्नुपर्ने अमुल्य पलहरुबाट एक्ला-एक्लै बाच्न बाध्य भएको छ । 

प्यारो छोरा-छोरीको हृदयस्पर्शी तोतेबोली र टुकुटुकु हिड्न सिकाउने बाबाहरु मुल्यवान अनुभब लिनुबाट चुकेको बिबशताले एकान्त ठाउँमा परेली भिझाई बाच्नु बाध्य परेको छ जुन कहिल्यै दोहोर्याएर अनुभब लिने अवस्था हुदैन । बुढेसकाल लागेको बाबा-आमाहरु उमेरको उत्तरार्धमा उही छोरा-छोरीको हातको सहारामा त्यो चोक, त्यो डाडा, त्यो मन्दिर अनि ति बरपिपलको चौतारीमा गएर बैशमा बिताएको पलको पुन:स्मरण गरेर अन्तिम सास फेर्ने इच्छा अधुरो राखेर संसारबाट बिदा लिने इच्छा प्रकट गर्दा न हामीले साथ दिन सक्यो न मिठो माया दिन सक्यो, जुन बाध्यता र परिस्थितीले यस्तो बनायो यी सारा बाध्यता र परिस्थितीको उत्तर न कसैले दिन सकिन्छ न त राज्यबाट नै मुल्यांकन हुन्छ त्यसैले जीवन परिबर्तनको म्याराथुनमा दौडिरहेको हामी युवा जमातले के सोच्नु आवश्यक छ भने हाम्रो जीवन रहेसम्म यात्रा चलिरहन्छ तर यो घुमन्ते जीवन र यात्राले मुल्यवान जीवनको हरेक पलहरुको पारिवारिक खुशी, माया-स्नेहबाट टाढिनु कतिको बुद्धिमानी  हुन सकिन्छ सोचनीय छ । जीवनको हर पलको खुसीहरू न त साचेर राख्न सकिन्छ न त बितेको मुल्यवान समय कहिल्यै फर्केर आउछ नै । यो त केवल हामीले काल्पनिक संसारको सपनामा फगत गरेको यात्रा मात्र । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article ‘सगरमाथा, सिता र बुद्धले देश चिनाउन सकेनछ, एक रातको कार्यक्रमले चिनाउँछ !’ (भिडियो)
Next Article जुम्लाका शिक्षकले गरे तलब नपाएको भन्दै विद्यालयमा तालाबन्दी
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीतिसमाज

ट्रम्पको आदेशले यूएसएआईडीबाट नेपालमा सञ्चालित थप सात कार्यक्रम रोकिए

1 year ago
काठमाडौँ - KTMराजनीति

अपेक्षित परिणाम आएन, हामी गठबन्धनको समीक्षा गर्नेछौं – माधव नेपाल

57 years ago
काठमाडौँ - KTMसमाज

मुख्यमन्त्री राईले भने- म रचना रिमाललाई वान साइड लभ गर्छु

57 years ago
काठमाडौँ - KTMसमाज

आगामी बजेटमा सुदूरपश्चिम ‘सुदूर नहोस्…

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?