शिक्षित बेरोजगारका आÏनै पिडा छन्।प्राय सबैका पिडाहरु मिल्दाजुल्दा जस्ता देखिन्छन् ।बाल्यावस्थामा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... शिक्षित बेरोजगारका आÏनै पिडा छन्।प्राय सबैका पिडाहरु मिल्दाजुल्दा जस्ता देखिन्छन् ।बाल्यावस्थामा "/>
2026-10-17 08:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

लेख

शिक्षित बेरोजगारी संख्या बढाउनको दोषी को ?

शिक्षित बेरोजगारका आÏनै पिडा छन्।प्राय सबैका पिडाहरु मिल्दाजुल्दा जस्ता देखिन्छन् ।बाल्यावस्थामा भविष्यको सुन्दर कल्पना गर्दा जति मिठास पाउथ्यौ,त्यो मिठास आज यथार्थको धरातालमा उभिदा धेरैलाई विषाद बन्ने गरेको यथार्थ हामी माझ छ।आखिरमा हाम्रो सरकारले ,अभिभावकले शिक्षामा गरेको लगानीको प्रतिफल यही नै हो त । 


शिक्षाले मान्छेलाई शिक्षितसँगसँगै स्वाभलम्बी बनाउनु पर्नेमा यहाँ त केबल शिक्षाले जागिरका लागि आवेदन भर्न सर्टिपिकेट हातमा थमथमाउने गरेको छ। हरेक अभिभावक यही चाहन्छ कि आÏना सन्ततिले समाजमा नामसँगसँगै राम्रो दाम पनि कमाओस् तर यहाँको यथार्थ एवं तीतो वास्तविकताका आÏनै मर्म स्पर्शी बेदना र अलिखित गुनासाहरु छन्। बाबु† त ठूलो भएर के बन्छस्?यस्ता प्रश्न आउन न पाउँदै हतनपत उत्तर दिन तमसीने हामी आज जागिरमा भौतारिदै ठिक छ।ठूलो भएर के बन्छस् जस्ता प्रश्नका जवाफ हरेक बच्चाले धेरै पटक आÏना बाल्यकालमा दिएकै हुनुपर्छ।तपाईले पनि अवश्य जवाफ दिनु भयो होला भविष्यमा के बन्ने भनेर।

त्यतिबेला उत्तर प्राय एकनासकै आउथ्यो,फेरिदैनथ्यो।आज भने आÏनो लक्ष्य दिनदिनै फेरिन्छन्।मैले नि जानी नजानी डाक्टर,ईन्जििन्यिर,पाईलट बन्छु भनेर पनि धेरैलाई उत्तर दिएँ होला। आखिरमा आज सपना पुरा हुने दिनसम्म आईपुग्दा पनि म आफूलाई के बन्छु भन्नेमा नै बढो अन्योलमा छु। बाटो बिर्सिएर अल्मिलिएको पैदल यात्रु जस्तै पाउँछु आफूलाई अहिले। जसले जुन बाटो जा भने त्यही बाटो जान मन लाग्ने तर आफै माथि विश्वास राखेर साहसका साथ यही बाटो सही भनेर हिड्ने आँट अझ बटुल्न सकेको छैन्।

गन्तव्यबिनाको यात्रा निरर्थक हुन्छ अनि लक्ष्यबिनाको जीवन पनि निरर्थक नै बन्दछ।यस्तै यस्तै परिधिको परिबन्दमा अल्झेको छु म।अहिले एम.बि.ए पढिरहदा पनि आÏनो लक्ष्य के हो भनेर भनेर कसैले प्रश्न गर्यो भने के भन्ने भन्ने जस्तो हुन्छ।सानामा धेरै पढि सकेपछि यो बन्छु त्यो बन्छु भनेर ठूलाठुला फुई लगाईयो।अहिले आएर लाग्छ कस्तो शिक्षा पढिछु मैले।एम.बि.ए सम्म आईपुग्दा पनि मेरो लक्ष्य आफै निर्धारण गर्न सकेको छैन्।म के बन्ने भनेर।सबैले भन्लान् यो कस्तो मुर्ख केटो रहेछ , यत्रो पढेर नि अझ के गर्ने पो भन्छ । हो यो यथार्थ हो।एम.बि.ए पढिसकेपछि ठुला ठुला सपना देख्नु स्वभाविकै हो तर के यी सबै सपनाले मूर्त रुप लेलान् र? म के बन्छु भनेर कहिले भन्न सक्ने हौला।एम.बि.ए चौथो सेमेष्टरमा कलेजमा एउटा सेमिनार भएको थियो।त्यो सेमिनारको सुरुवातमा आफूले आफू बसेकै ठाउँमा उभिएर आÏनो परिचय साथसाथै जीवनका लक्ष्य सुनाउनु पर्ने थियो। बिचरा म के लक्ष्य भन्ने भन्ने भयो। बढो चिन्तित भएँ।

म मात्रै चिन्तित भनेको त म नजिकै बसेको साथी पनि के भन्ने भनेर चिन्तित देखिन्थ्यो।उसलाई अब के भन्ने लक्ष्यमा भनेर सोधे। उसले सोच्दै भन्यो त बैंकर बन्छु भन म सरकारी जागिरे बन्छु भन्यो। अनि छाती ठूलो पार्दे सरलाई बैंकर बन्छु भने ।  वास्तवमा आÏनो लक्ष्य पाउन पनि एकछिनको लागि खेताला खोज्नु पर्यो मलाई। मैले साथीबाट लक्ष्य सापटी लिएँ एकछिनको लागि। यो कस्तो बिडम्बना।हामीलाई यहाँका स्कुल पढदा देखि नै केबल लामा लामा उत्तर घोक्न लगाईयो।परीक्षामा कसरी धेरै नम्बर ल्याउने भनेर जोड दिईयो । तर अहिले आएर बुझदैछु जीवनमा कलेजले जीवन उपयोगी व्यवहारीक प्रयोगात्मक शिक्षा दिएको भए, म आज आफूलाई यस्तो अन्योल एवं दुविधामा भेटाउदैनथे।

सर्टिफिकेट च्यापो अनि जागिरको आवेदन बुझाउन हिड्न सक्ने शिवाय केही दिएन यो हाम्रो शिक्षाले।वायुसेवा निगमको आवेदन फारम बुझाउन जाँदा लाईनमा टि.यू.का एक गोल्ड मेडलिष्टलाई भेटाएको थिएँ। सिमसिम पानी पर्दे थियो ता पनि हजारौको लाईनमा केही झर्को नमानी सटिफिकेट च्यापेर उभिरहेका थिएँ।अनि सोचे यत्रो गोल्डमेडलिष्ट त यहाँ छन भने हाम्रो हालत के होला।देशमा रोजगारीको सृजना गरिने वातावरण बनाउन सरकारबाट कुनै प्रभावकारी पहल नै पो भएको छ।

व्यवहारीक एवं प्रयोगात्मक शिक्षा हाम्रा स्कूल कलेजले दिएँ पक्कै पनि हामी जस्ता हजारौ विद्यार्थी आज यसरी लक्ष्यहीन भएर हिडनु पर्देन थियो कि।कुन जागिर कहाँ कहिले भेट्छु त्यही दिन मेरो लक्ष्य यो हो भनेर भन्नु शिवाय के नै पो गर्न सक्छु र म।शिक्षित बेरोजगारहरुले यस विषयमा एक पटक मनन गर्न अति जरुरी एवं सान्दर्भिक देखिन्छ।

– मनोज बोहोरा/साझा सबाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु