सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान ग"/>
2026-10-17 10:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एटीएम काण्ड: कमजोरी या लापरबाही !

सचिन्द्र श्रेष्ठ | अहिले नेपालमा जहा तहि एटीएमको प्रयोग बढ्दै गईरहेको छ । प्राय बैंक, बित्तीय संस्थामा हुने लामो लाइन होस् या पैसा एक अर्को स्थानबाट आदानप्रदान गर्न छिटो सहज हुने र जुन सुकै अवस्थामा जुन बेला पनि निकळ्न मिल्ने भएका कारण यसको प्रयोग अहिले हवात्तै बढेको हो । यसले गर्दा आम मानिसहरूको समय बचत भएको त छदै छ यसको जोखिम र लापरबाही पनि उत्तिकै बढेको छ । 

सन् १९६७ जुनमा जोन शेफर्ड बार्रोंनले एटीएमको आबिश्कार गरे सँगै संसार भर सानो या ठुलो देश जहाँ तहि फैलिएको छ । बास्तबमा एटीएम (अटोमेटेड टेलर मेशीन) भनेर भनिन्छ । अहिले आएर एटीएमको सहजता सँगै यसले पारेको प्रभावमा समेत थप जोखिम भएका कारण यसको निराकरण तर्फ राज्य एबं बैंकिंङ सस्थाहरु लाग्नु पर्दछ ।

पटक पटक हुने एटीएमको दुरूपयोग, हैकरले ह्यकिंग गरी एकबाट अर्को बैंक खातामा गर्ने ट्रांजेक्शन अहिले देश बिदेशका बैंकिंङ सेक्टरलाई थप चुनौती खडा गरेको छ । जसका कारण मानिसले बैंक प्रति बिस्वास क्रमशः गुमाउदै आएको छ किनकी आफुले जम्मा गरेर बचत गरेको रकम अन्यले लुट्ने या चोरेर लैजान सक्ने समस्या भएको हुदा मानिस बैंकको भर पर्न छोड़ी सकेको छ । यसको पछिल्लो उदाहरण बिदाको अवसर पारी एनआईसी एशिया, जनता बैंक, प्रभु, ग्लोबल आईएमई, सनराइज बैंक जस्ता बैंकबाट चोरी गरी रहेको अवस्थामा ५ जना चिनिया नागरिक पक्राउ परेसँगै आम बैंक, बित्तीय संस्थाप्रति औला ठंडाउने र प्रश्न गर्नेको ताती देख्न सकिन्छ ।

एटीएमबाट चोरी हुने वा अन्य बैंक खातामा ट्रान्सफर गर्ने घटना यो मात्र नौलो र पहिलो पक्कै होइन । बि. स.२०७३ साल कार्तिक जहाँ तिहार बिदाको अवसर पारेर हिमालय बैंकको एटीएम बूथबाट रोमानिया नागरिकलाई चोरी गरेकोमा पक्राउ गरियो । यस्तै गरी स्विफ्ट ह्यकिंग गरी एनआईसी एशिया बैंकबाट पनि चोरी भयो ।

सन् २०१६ मा सेन्टर बैंक अफ़ बंगलादेशमा स्विफ्ट ह्यकिंग गरी बैंकको सुरक्षा प्रणालीमा छिरेर १० करोड़ अमेरिकी डलर चोरी गर्यो । प्राय ह्याकर संसार मा १०० वटा बैंक तथा बित्तीय सस्थामा स्विफ्ट ह्यकिंग द्रुत रकम प्रबाह सेवा लिई चोरी गर्ने चलन बढ़ी भएको र बिश्व भर बैंकिंङ प्रणालीमा रकम भुक्तानि सुबिधा दिने स्विफ्ट बिस्वसिलो सस्था पनि हो । सन् १९७० बाट बिश्वभर स्विफ्ट कार्ड (सोसाइटी फर वर्ल्डवाइड इंटरबैंक फाइनानसियल टेलिकम्युनिकेशन) प्रयोग गर्न थालिएको हो ।

उत्तर कोरियाली ह्याकर समुह लजारस ग्रुपले २०७४ मा नेपालको एक बाणिज्य बैंकको साढे ४६ करोड भन्दा बढी रुपैया चोरी गरेको थियो।बैंकको स्विफ्ट कार्ड ह्याक गरी चोरी भएको रकम भने ४ करोड़ रकम बराबर मात्र ह्याकरले लिन सफल भएको थियो । यसले गर्दा हरेक नेपालीको मनमा एक पटक पुनःढ़्याङग्रो ठटाउन बाध्य बनायो।आखिर बिस्वास गर्ने के को बैंक की राज्य जो दुबैबाट असुरक्षित छ । 

ह्याकरबाट हुने समस्यालाई समाधान गर्न राष्ट्र बैंकले साइबर सेक्युरिटी अडिट अनिबार्य गरेको पनि छ तर अहिलेको यस्तो घटनाले गर्दा बैंकको लापरबाही हो या राज्य को कमजोरीले यस्ता घटना घटेका छन यो सोचनीय बिषय रहेको छ आम मानिसमा ! 

अन्त्यमा चोरी गर्नेलाई पक्रेर वा केहि धरौटी लिई छोड़ी दिने जुन परम्परा छ, त्यसको सदा अन्त्य गर्ने हो । चोरी हुन नदिन के गर्न सकिन्छ र आम मानिसहरुको रकम सुरक्षित कसरी हुन्छ त्यसलाई सोचेर एटीएम मार्फ़त हुने चोरी ठगीमा हामी पनि यसको प्रयोग कसरी गरेका छौ र यस बाट हामीले कस्तो खालको लाभ लिन सकिने हो यसको सदुपयोग गर्ने की नगर्ने, जहाँ अहिले साइबर अपराधको शिकार बन्न हामी आफै लालयित त छैनौ यस तर्फ ध्यान दिएर बैंक र राज्यले पनि आगामी दिनमा यस्ता खालका अपराध बाट टाढा रहन के कस्तो खालको आधुनिक उपकरण, टेक्नोलोजी, आई टी बिशेषज्ञको आवस्यक छ त्यस तर्फ सोचेर कदम चालनु पर्ने देखिन्छ। अस्तु :

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु