2026-06-25 05:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लैंगिक हिंसाको चपेटमा बाबाहरुको रसलीला

2019-12-04

सचिन्द्र श्रेष्ठ | हाम्रो साँघुरिएको समाजमा धर्म,संस्कृति,जातजातिका नाममा लैंगिक हिंसा सदियौ देखि जारी छ । त्यही हिंसाको अनेक रूप बेला -बेलामा सुन्न र देख्न पाइन्छ। जसको प्रत्यक्ष प्रसारण आजकल धर्म गुरु, बाबा ,मुल्लाह,पादरी जस्ता धार्मिक आस्थाका पूजारिहरुको चर्चा अहिले छ |

अहिले लैंगिक हिंसाका बिरुद्ध अभियान चलि रहेका बेला "सिद्ध बाबा"नामले परिचित साधुको यौन, बलात्कार जस्ता काण्ड बाहिर आएको छ। यसले हाम्रो समाजमा सकारात्मक भन्दा नकारात्मक सन्देश दिएको छ। समय-समयमा घट्ने यस्ता घटनाले नेपाली समाज,राष्ट्र कुन दिशा तर्फ मोड़ीदै छ भन्ने प्रष्ट आउनुले ऱ्याली,गोष्टि, सेमिनार भनेर ठुला ठुला होटल, लजमा गरिने कार्यक्रम प्रभावकारी नभएको देखिन्छ |

बर्षनि मंसिर आउन साथ यी दिवस मनाई रहदा गाउँका दूर-दराजमा बोक्सी,छाउपड़ी प्रथा, बाल बिबाहले प्रश्रय पाइरहेको छ, यसको रोकथाम र न्यूनीकरणमा टेवा दिनुको सट्टा सहर बजार मुखी कार्यक्रम, दिवस मनाउनु कत्तिको उचित हुन्छ कुन्नि यो महिलावादीलाई थाहा होला | यो भन्नुको मतलब आफूलाई पुरूष ठान्नेहरु पनि यसबाट अछूत भने छैनन् |

पुरानो सोच न हो, हामी गुरु,बाबा, लामा ,इमाम,स्वामी अनेक नाम दिएका छौं,जसको आराधना, गुनगान सधै गाइरहन्छौ, उसको योग्य भक्त बनेर उसले गरेका हरेक क्रियाकलापमा साथ दिइ रहन्छौ, यसैको फाइदा उनीहरुले यस्तो ज्ञान दिन्छन् की आम मानिसहरू तिनिहरुलाई कुनै चलचित्रको  नायक र भगवान मान्न तयार हुन्छन् | यसैको फल बिस्तारै उनिहरुले गर्ने नकारात्मक काम, धन्दामा आफु होमिन थालछौ अनि मात्र हाम्रो दिमागको बत्ती जल्न थाल्छ त्यस बेला सम्म अत्यन्त ढिला भई सकेको हुन्छ |

यी घटेका घटना पहिलो होइन छिमेकी मुलुक भारतमा केहि बर्ष पहिले "बाबा आसाराम जी " पनि यही बलात्कार,हत्या जस्ता घटनामा संलग्न रही अहिले जेलको चिसो हावा खाई रहेका छन। जब की उनलाई भारतका ठुला ठुला नेताहरु उसको पाउमा ढोग्न गएका छन। त्यति ठुलो ख्याति प्राप्त गरे पनि आखिर पाप धुरीबाट कराऊँछ भने जस्तो भयो |

सायद यसैको देखा सिकी फेरि नेपाली "सिध्द बाबा" मा देखिन थाल्यो। उनका पनि ठूलै फ्यान फलोइंङ भएको अहिले सामाजिक सञ्जालमा देखिने तस्बिरले पुष्टाएको छ जहाँ-जहाँ ठुला महामहिम देखि सामान्य नागरिक सम्म पछि लागेका छन |

बदलिदो समय परिवेश, तेज रफ्तारको इंटरनेट पहुँच र मिडियाको बोलाबलिले आजकल कुनै बिषय बस्तु बासी हुदैन। घटना बिगत होस् या बर्तमान देखिनै हाल्छ कुनै घटना लुक्न सक्दैनन यसले पीडितलाई न्याय र दोषीलाई कारबाही गर्न प्रेरित गरेको छ |

यो भनी रहदा आखिर किन महिला ,बालबालिका नै यसको शिकार भएका छन यसमा चर्चा गर्नु आवस्यक छ। छिटो महिलालाई आफ्नो बसमा पार्न सजिलो हुने या महिलाको मन नै कमलो हुने ,छिट्टै अरु प्रति बिस्वास गर्ने बानीले स्वयं महिला लाई नै यस्ता खालका घटना बट गुज्रीरहनु परेको छ |

वास्तवमै गुरु,लामा, धामीहरुको भर परेर अनुयायीहरु आफ्नो समस्या समाधान गर्न उनिहरुको मा जाने गर्छन् | के उनीहरु पनि लामा गुरु,बाबा भन्ने बितिकै कुमार नै बस्नु पर्छ भन्ने पक्कै नहोला हाम्रो सोच भने बाबा गुरूजी,लामा पादरी जस्ता ब्यक्तिहरु कुमार नै बसेर दुनिया लाई सकरात्मक सन्देश बाडदै हिड्नु पर्छ भनेर सिकाउंने गरिन्छ |

रजनिस ओशोले यौनलाई खुला रुपमा सहज समाजमा पचने गरी  हिडन सल्लाह दिएको पढन पाइन्छ । हुन पनि हो यौन के मा हुदैन न मानिस ,न पसुजन्य बस्तु सबैलाई आवस्यक पर्ने न हो। मात्र फरक कुन बेला कस्तो बेला कसरी प्रयोग गर्न सकिने हो | पशुले बरु पुच्छरले ढाकेर हिडला बरु हामी भने खुलेआम देखाएर हिडछौ | के बाबा, साधू सन्त हुदैमा यौन बर्जित छ त तिनिहरुलाई ? प्राकृतिक ईश्वरीय शक्तिलाई रोकेर राख्न सकिदैन। हामी यो समझन हुदैन की गुरु, लामा ,बाबा जस्ताका पद लिदैमा केहि गर्न हुन्न भन्ने होइन। यसलाई कसरी सही र सहज ढंगले लिन सकिन्छ । बाबा हुदैमा यौन उतेजना नहुने ,कुमार नै भएर जिन्दगी बिताऊंनु पर्ने जस्तो बलजफति लगाइने कारण यी खालका घटना घटेका छन |

ओम शान्ति होस् या बौद्ध मार्गीमा समर्पित भएर हिड्ने हरुमा समेत बाहिर नदेखिने गरी यौन कार्य भएको समाचार बेला मौकामा बाहिर आउछ | आखिर सभामुख जस्तो उच्च पद धारण गर्नेको हालत पनि देखियो,बिशिष्ठ श्रेणीमा त यस्तो छ भने आम नागरिकले यी कूकर्म गर्देनन् भनेर बुझ्नु गलत छ। पहिले हामी किन यस्तो कार्यमा संलग्न छौ, भनेर आफूलाई सोध्न जरुरी छ। ठुलाले भनेको मानने, उसको इच्छाको पूर्ति गर्ने सहजविश्वास गर्नेका कारणहर कोही यी दुर्घटनाबाट अगाडि बढ्नु परेको छ |

विदेशबाट शुरू भएको ह्यास ट्याग मी टू पनि खुबै चर्चित रहयो हलीउड बलीवुड हुँदै कलीउड सम्म यसको असर रहयो।थुप्रै कलाकारले बदनामीको बिल्ला भिरनु पर्यो। बिर्सन यो पनि मिल्दैन की कतिले आफ्ना फाइदाका लागी गरे त कतीले बेइज्जत गर्न यसको सहारा लिए |

करिब २ महिना पहिले भारतीय वेब सीरीज 'सेक्रेड गेम्स २' हेरेको थिए जहाँ पात्र 'गुरूजी' पंकज त्रिपाठीलाई पनि गुरुका नाममा यस्तै खुला यौनका कुरा देखाईएको छ। आजकल हरेक सिनेमा, नाटकमा सधै नेगेटिभ चरित्रलाई चित्रण गरी अगाडि बढाउने र पोजिटिभ चरित्रलाई खासै महत्व नदिने कारण पनि दर्शकमा घृणा पैदा गराउन सफल भएका छन |

लैंगिक हिंसाका जति कुरा बाहिर गरे पनि घर बाटनै यसको सुरुवात छ,छोरालाई बोर्डिंङ स्कूल र छोरीलाई सरकारी स्कूल मा पढ़ाऊँने मानसिकता,मरने बेलामा छोराको हात बाट दागबत्ति दिनु पर्ने धार्मिक, सास्कृतिक र पारम्परिक मानसिकतामा जोडिने हामीले कहिले समान र सम्मान दिन नसकदा पनि घरमानै लैंगिक हिंसाको प्रत्यक्ष असर भोगेको छौ।

बाबा, लामा,साधू सन्त ,इमाम, पादरी जे भनेर चिनिन्छ ऊनिहरु मात्र यी घटनाका कारक तत्व होइनन। हामीले उनीहरुलाई भगवानको दर्जा जो दिन्छौ जसले पत्थर र मूर्ति मा बिस्वास गर्न सक्ने बनाउन सफल छन।यौन हरेकमा हुने र सहज देखाउन नसक्ने भएका कारण यी गल्तीहरु दोहोरिएका छन।यसलाई निराकरण गर्न स्कूल तहमा यौन शिक्षा,नैतिक शिक्षाको पाठ्यक्रम अवस्यक छ।

लैंगिक हिंसाका गोष्टि भई रहदा समाजमा भएका लामा,साधु सन्त, धामीलाई पनि जेन्डरको तालिममा सहभागिता जनाउन सक्ने बातावरण बनायो भने पनि उनिहरुमा चेतना जागृत हुन सक्ने देखिन्छ। त्यसैले उनिहरुले गलत काम गलत नजर ले हेर्ने भन्दा पनि आफु पनि कुन खालको परिवेश संस्कार अनुसार चल्ने भनेर आफूलाई नियालेर अगाडि बढन सके आगामी दिनहरुमा यस्ता खालका घटना कम हुने हुन्छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक