2026-09-26 05:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पनि आइएसको खतरा ! सतर्क छ त सरकार ?

Nepal ISIS

असार १९, काठमाडौँ | बंगलादेश पछी भारत आक्रमणको प्रयासमा आईएस रहेको भन्ने रिपोर्टहरु बिभिन्न समाचार एजेन्सीहरुले सार्वजनिक गरेसंगै नेपाल पनि त्यो जोखिममा परेको छ ।

भारतसँगको खुला सिमानाका कारण कुनैपनि बेला त्यस्ता आतंकवादीहरु नेपाल पस्न सक्नेछन् । बिशेषत: गरिवी, भ्रष्टाचार, बैदेशिक रोजगार र खूकुलो प्रशासनबाट प्रभावित देशमा सजिलै प्रवेश गर्ने सक्ने आतंककारीहरुलाई नेपाल प्रवेश गर्न त्यति अफ्ट्यारो छैन । एक रिपोर्ट अनुसार भारतका मात्र ५०० भन्दा बढी नागरिकहरु आइएसको सम्पर्कमा छन् जस मध्ये १९ जना आतंककारी अहिले पनि आइएसमा काम गर्छन । यस अघिको रिपोर्ट अनुसार २५ जना भारतीय नागरिक आइएसमा रहेको भनिएको थियो जसमा ६ जना बिभिन्न आतंकि हमलामा मारिईसका छन् । अहिले भारतमा रहेका शंकास्पद ५०० जनाको रिपोर्ट इन्टेलिजेन्स एजेन्सीजको राडारले राख्दै आएको छ । भर्खरै खुलाशा भएको एक रिपोर्ट अनुसार भारतमा आइएससँग मिल्ने भारतीयको संख्या अनुमान भन्दा बढी हुन सक्छ ।

बंगलादेश भारतको छिमेकी देश हो । त्यस्तै नेपाल पनि भारतको 'रोटि बेटीकै' सम्बन्ध भएको छिमेकी देश हो । त्यसैले पनि भारतमा पस्ने आईएस आतंककारी नेपाल नपस्ला भन्न सकिन्न । अर्को गौण कुरा के पनि छ भने आइएसले बिभिन्न देशमा आफूलाई घुसाउनको लागि सोहि देशका नागरिक प्रयोग गर्ने गरेको स्पष्ट देखिएको छ । जसमा हाम्रो जस्तो देश, जसको लाखौँ युवा पैसा र रोजगारीकै लागि बिभिन्न देशमा भारतको बाटो वा श्रीलंका हुँदै गईरहेको अवस्था छ । यस्तो अवस्थामा आईएसले नेपालमा घुस्ने बाटोको रुपमा यस बाटो पनि अपनाएको हुन सक्छ । अर्को बिषय भारतबाट आइएसमा सक्रिय भएका १९ जना नागरिक छन् भन्दै गर्दा नेपालबाट कोहि पनि नागरिक आईएसमा छैनन् त ? यो नेपालले आफैलाई प्रश्न गर्नुपर्ने बिषय हो । यदी छैनन् भनेपनि खुसि भएर बस्ने बेला छैन .. 'अलर्ट' रहनुपर्छ ।

बैदेशिक रोजगारीको नाममा नागरिकलाई छाडा छोडीदिँदा त्यसले दिर्घकालिन असर गर्छ भन्ने कुरा नेपाल सरकारलाई थाहा छैन वा बुझेर पनि बुझ पचाएको जस्तो देखिन्छ । नेपालसँग कति नागरिक कुन देशमा के-के गर्दैछन् भन्ने पनि डाटा छैन । कानुनी बाटो अपनाएर बिदेशीनेको डाटा सरकार सँग छ तर कति फर्किए, कति फर्किएनन् भन्ने डाटा छैन । त्यसो त भारत र अन्यदेशको बाटो हुँदै विदेशिने नेपालीको डाटा सरकारले चाहेर पनि राख्न सक्ने अवस्था छैन । यो निकै संबेदनशील बिषय हो । रोजगारीको क्रममा पैसाकै लागि बिक्ने नागरिक यस्तो कार्यमा पनि होमिन सक्छन् वा उनीहरुलाई बिभिन्न डरमा यस्तो काममा लाग्न बाध्य बनाईन सक्छ । सरकार सतर्क हुनु जरुरी छ ।

अर्को कुरा खुला सिमाना र फितलो सुरक्षाको कारण तेश्रो वा दोश्रो देशबाट नेपाल सहजै घुस्ने वातावरण नेपालमा छ । नेपाल आउने हरेक बिदेशी नागरिकको कृयाकालापमा निगरानी राख्नु आवश्यक छ ।

नेपालमा आइएसबाट कुनै थ्रेट नभए पनि नेपालाई सेल्टर बनाउन सक्ने आशंकामा गृह मन्त्रालयले विशेष सतर्कता अपनाउन नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र अध्यागमन विभागलाई निर्देशन दिईसकेको छ । आईएसकै बढ्दो गतिविधिका कारण अध्यागमन विभागले सिरियाका नागरिकलाई भिजिट भिसा नदिने प्रस्ताव अघि बढाएको छ ।

सरकार अझै यस बिषयमा संबेदनशील बनोस् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह