2026-09-26 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश कसैको जन्मदिनको केक होइन टुक्राटुक्रा पारेर खानलाई ! (टिप्पणी)


सुनिल कुँवर | प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औ जन्म दिन नेपालको नक्सा अंकित केक काटेर मनाएका छन् | आइतबार पुर्ख्योली घर तेह्रथुमको आठराई पुगेर हेलिकप्टर चार्टर गरेर १५ किलोको केक काटेर जन्मोत्सव मनाएका हुन् |

गाउँपालिकाले ओलीको जन्मोत्सवमा सार्वजनिक विदा पनि दिएको थियो भने ६ हजार जनालाई उनले भोज खुवाएका छन् | नेकपाकै आचारसंहिता उल्लङ्घन गर्दै ओलीले राजकीय शैलीमा देशको नक्सा अंकित केक काटेर जन्मोत्सव मनाएका छन् |

गत माघ ५ गते नेकपाले केन्द्रिय कमिटि बैठक बस्नु अघि कार्यकर्ताहरुमा एउटा सर्कुलर जारी गरेको थियो जसमा ११ बुँदै आचारसंहिता पालना गर्नुपर्ने बताइएको थियो | उक्त आचारसंहिताको दोस्रो बुँदामा उल्लेख गरिएको छ “जन्म दिन ब्रतबन्ध पास्नीजस्ता परम्परागत संस्कारहरुलाई घर परिवारमा मात्र सीमित गर्नुपर्छ” | तर नेकपाका अध्यक्ष समेत रहेका प्रधानमत्री ओलीबाट उक्त आचारसंहिता उल्लङ्घन भएको छ | कार्यकर्तालाई परिवारमै परम्परागत संस्कारहरु सिमित गर्नुपर्ने उर्दी जारी गरेका ओली आफैले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काटेर ६ हजार जनालाई भोज खुवाएका छन् |

छिमेकी राष्ट्र भारतले नेपाली भुमि कालापानी,लिम्पियाधुरा,सुस्ता औपचारिक रुपमा आफ्नो राजनीतिक नक्सामै सार्वजनिक गरिसक्दा पनि सरकार मौन छ | प्रधानमन्त्री ओलीले आफ्नो जन्मोत्सवमा देशको नक्सा अंकित केक काटेर दिन खोजेको संदेश के हो ? एउटा बाटोमा फालेको कागजलाई कसैले वास्ता गर्दैन,तर सोहि कागजमा भगवानको मुर्ति/तस्बिर भए समात्छ अर्थात खुट्टालागेमा सलाम गरेर हिड्छ | तसर्थ राष्ट्रियता अमुर्त चिज हो, जुन हरेक राष्ट्रका नागरिकहरुमा हुन्छ त्यसैले आफ्नो देशप्रतिको स्नेहलाई सबैले सम्मान गर्छन | 

जनअभिमतबाट राष्ट्रको उच्च पदमा पुगेका प्रधानमत्रीले जनताको राष्ट्रप्रतिको लगावलाई जन्मदिनको केकको रुपमा काटेर मनाउनुलाई कदापि राम्रो मान्न सकिदैन | सर्वहारा बर्गको नेता दावी गर्नेले हेलिकोप्टर चार्टर गरेर १५ किलोको केक काट्दै ६ हजारलाईभोज खुवाउनुलाई राजकीय शैली नभनेर के भन्ने ? कंहाबाट आयो हेलिकोप्टर चार्टर गर्ने पैसा ? सरकारी सम्पतिको दुरुपयोग गर्न पाइदैन | त्यो पैसामा नेपाली जनताको एक-एक पशिना बगेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह